Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बसको ठक्करबाट एक बालिकाको मृत्यु  

१४ पुस, काठमाडौं । रौतहटमा बसको ठक्करबाट सोमबार एक बालिकाको मृत्यु भएको छ । परोहा नगरपालिका-२ जिगडवा बेलबिछुवास्थित सडकमा ना.३ ख १४२८ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने महमद अलिकी ५ वर्षीया छोरी सिधरा खातुनको मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको सुकदेव चोकस्थित शिवदर्शन हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको […]

प्रहरीलाई घुस दिन खोजेको आरोपमा महिला पक्राउ

१४ पुस, वीरगञ्ज । बाराबाट प्रहरीले प्रहरी कर्मचारीलाई घुस दिन खोजेको आरोपमा एक जना महिलालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका-२ छपकैयाकी अम्बेया खातुनलाई पक्राउ गरेको हो । बाराको जीतपुर सिमरा उपमहानगरपालिका-७ स्थित इलाका प्रहरी कार्यालय, जीतपुर, बाराको कार्यालय भवन अगाडि चेकजाँचका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरीले वीरगञ्जबाट हेटौंडातर्फ जाँदै गरेको […]

कृषिमन्त्रीको दाबी – खसीको मासुको अनियन्त्रित मूल्यवृद्धि रोक्यौं

१४ पुस, काठमाडौं । सांसदहरुले खसीको मासुको मूल्य काठमाडौंमा नियन्त्रण बाहिर गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । मासुको बजार व्यवस्थापनमा सरकार निरिह भएको भन्दै उनीहरुले व्यवसायीका कारण जनता महँगीको मारमा परेको बताए । प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबारको बैठकमा यस विषयमा छलफल भएको थियो । बैठकमा समितिका सभापति विमल […]

बुटवलमा दोस्रो सडक खाना महोत्सव सुरु

१४ पुस, बुटवल । बुटवलमा दोस्रो सडक खाना महोत्सवको आयोजना गरिएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा अंग्रेजी नयाँ वर्ष २०२० को अवसर पारेर सोमवारदेखि तीन दिने सडक खाना महोत्सव सुरु गरिएको हो । विभिन्न जातजातिको सांस्कृतिक पहिचान झल्किने झाँकीसहितको र्‍यालीले बजार परिक्रमा गरेपछि मुख्यमन्त्री शंकर पोखरेलले महोत्सवको उद्घाटन गरे । ‘अतिथि […]

गुल्मीमा नवजात शिशुको शव भेटियो

१४ पुस, गुल्मी । गुल्मीमा नवजात शिशुको शव फेला परेको छ । रुरु क्षेत्र गाउँपालिका-१ कालीगण्डकी तट नजिकै शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणी पुनले जानकारी दिए । भेटिएको शव कसको हो भन्ने केही नखुलेको प्रहरीले जनाएको छ । पोस्टमार्टमको लागि शव गुल्मी अस्पतालमा लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको […]

‘अब सरकारले श्रीमान श्रीमतीको सबै कुरा सुन्नेछ’

१४ पुस, काठमाडौं । सरकारले नेपाल विशेष सेवा विधेयक २०७६ राष्ट्रियसभामा पेश गरेको छ । राष्ट्रियसभाको सोमबार बसेको बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विधेयक प्रस्तुत गर्दै सामाजिक जीवनलाई अनुशासित, व्यवस्थित र सभ्य बनाउन आवश्यक भएको दाबी गरे । यसअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य प्रकाश पन्तले विरोधको सूचना पेश गरेका थिए, जसलाई वहुमतले अस्वीकृत […]

वीरगञ्ज महानगरका कर्मचारी १५ हजार घुससहित पक्राउ

१४ पुस, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको कार्यालयका एकजना कर्मचारी घुससहित पक्राउ परेका छन् । कार्यालयको लेखा फाँटमा कम्प्युटर अपरेटरको रुपमा कार्यरत राकेशकुमार जयसवाललाई अख्तियारले १५ हजार घुससहित नियन्त्रणमा लिएको हो । राकेशलाई अख्तियारको टोलीले कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका प्रमुख शिव काफ्लेले भने वीरगञ्जमा अपरेशन चलाएको तर थप विवरण आइनसकेको […]

उखुको मूल्य तोकेर हुँदैन, सरकारले नै खरिद गर्नुपर्छ : मन्त्री साह

१४ पुस, जनकपुरधाम । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साहले किसानलाई ध्यानै नदिइ सरकारले उखुको मूल्य तोकेको बताएका छन् । केही दिनअघि मात्रै केन्द्र सरकारले अघिल्लो वर्षकै बराबर उखुको मूल्य तोकेको थियो । त्यसबारे उनले प्रश्न गरे, ‘मूल्य तोकेर मात्रै सरकारको जिम्मेवारी सकियो त ?’ मूल्य तोकेएपछि सरकारले आफैं उखु खरिद […]

एमसीसी सम्झौता संसदबाट पास हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

१४ पुस, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पास हुने बताएका छन् । एमसीसी इण्डो प्यासिफिक रणनीतिको अंग भए नभएको विषयलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा चर्को बहस भएको थियो । यसबारे सरकारले अमेरिकासँग बुझ्ने र सचिवालयले निर्णय गर्ने सहमतिका साथ बैठक सकियो । तर त्यही […]

सिद्धबाबालाई ३ लाख धरौटीमा छाड्न आदेश

१४ पुस, काठमाडौं । बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो । उनीमाथि आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोप लागेको छ । गत कात्तिक ४ गते एक महिलाले  बलात्कारको उजुरी  दिएपछि मंसिर १६ गते प्रहरीले गिरीलाई आईसीयुबाटै […]

संरक्षित वन्यजन्तुको अवैध कारोबार, १३ जना पक्राउ

१४ पुस, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध ओसारपसारमा संलग्न भएको आरोपमा १३ जनालाई पक्राउ गरेको छ । ब्युरोले एक साताको अवधिमा उनीहरुलाई पक्राउ गरेर आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसार पठाएको हो । सालकको दुईवटा छालासहित महोत्तरीका सिंहबहादुर मोक्तान, मकवानपुरका कालबहादुर जिम्बा, धादिङका सुके तामाङ र उमेश […]

संसदीय समितिको निर्देशन : जसरी पनि उखु किसानलाई पैसा दिलाऊ

१४ पुस, काठमाडौं । संसदको उद्योग बाणिज्य र श्रम तथा उपभोक्त हित समितले उखु किसानहरुलाई पैसा दिलाउन सरकारलाई निर्देशन दिएको छ । किसानको पैसा नतिर्नेलाई राज्यको सबै संयन्त्र लगाएर कारबाही गर्न पनि भनेको छ । मिलले पैसा नदिएको भन्दै उखु किसानहरु आन्दोलन गर्न काठमाडौं आएका थिए । उनीहरुले सोमवार संसदीय समितिमा उपस्थित भएर आफ्नो पीडा […]

बैंकको सीईओ हटाउन पनि राष्ट्र बैंकलाई सोध्नुपर्ने !

१४ पुस, काठमाडौं । बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत हटाउनका लागि नेपाल राष्ट्र बैंकको सहमति लिनै पर्ने गरी ऐन संसोधनको प्रस्ताव गरिएको छ । व्यवस्थामा बैंकको सञ्चालक समितिले जुनसुकै बेला निर्णय गरेर सीईओ बर्खास्त गर्न सक्ने साविकको व्यवस्था संसोधन गर्न लागिएको हो । सीईओको काम सन्तोषजनक नभए हटाउन सकिने तर राष्ट्र बैंकको सहमति […]

नेपाल बैंकका पूर्वशाखा प्रबन्धक पक्राउ

१४ पुस, काठमाडौं । प्रहरीले नेपाल बैंक लिमिटेड, डिल्लीबजारका पूर्वशाखा प्रबन्धक भुपराज कोइरालालाई पक्राउ गरेको छ । प्रबन्धक रहँदा बैंकलाई नभएको दायित्व सिर्जना गराएर अनुचित लाभ लिएको आरोपमा उनलाई पक्राउ गरिएको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसपी बेलबहादुर पाण्डेका अनुसार नेपाल बैंक लिमिटेडका मानव स्रोत व्यवस्थापन विभागका मुख्य प्रबन्धक दीपेन्द्रराज काफ्लेको जोहरी […]

कहाँ भागे चिनियाँ गिरोहका नाइके ?

१४ पुस, काठमाडौं । नेपालमा बसेर चीनविरुद्ध गतिविधि गरेको आरोपमा चलाइएको अपरेशनप्रति चिनियाँ पक्ष असन्तुष्ट देखिएको छ । नामै किटान गरेर पठाइएका मुख्य अभियुक्तहरुलाई भगाइएको भन्दै चिनियाँ पक्षले असन्तुष्टि जनाएको हो । गृह मन्त्रालय स्रोतकाअनुसार चिनियाँ पक्षले नेपालका विभिन्न क्षेत्रमा रहेका ७० घरमा बसेर करिब एक हजार व्यक्तिले चीनविरुद्ध गतिविधि गरिरहेको रिपोर्ट दिएको थियो । […]

वीरगञ्जको नेशनल कलेजले फेरि असुल्यो विद्यार्थीसँग अतिरिक्त शुल्क

१४ पुस, काठमाडौं । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले विद्यार्थीहरुसँग फेरि अतिरिक्त शुल्क असुलेको खुलेको छ। मागेको शुल्क नतिरे फाइनल परीक्षाको फर्म भर्न नदिने भन्दै कलेजले अतिरिक्त शुल्क मागेको नेशनल कलजेमा अध्यनरत एक विद्यार्थीले बताए।, ‘हामी हरेक ब्याचका विद्यार्थीले आइओएममा पुरा शुल्क तिरे पनि कलेजले अतिरिक्त शुल्क मागेको छ,’ १८ औ ब्याचका एक विद्यार्थीले भने, ‘परीक्षा फर्म […]

कांग्रेस महाधिवेशनको मिति सार्नु हुँदैन : शेखर कोइराला

१४ पुस, मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन निर्धारित समयमै हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन मोरङ शाखाले सोमवार आयोजना गरेको पत्रकार भेटघाटमा उनले २०७८ साल चैतमा हुने स्थानीय तहको निर्वाचन अगाडि नै पार्टी महाधिवेशन हुनैपर्ने बताए । रामचन्द्र पौडल समूहको बहिस्कारका बीच ११ पुसमा बसेको कांग्रेस केन्द्रीय […]

नाम र राजधानीबारे नेकपा निर्णय–प्रदेशको अकर्मण्यता कि जनवादी केन्द्रीयता ?

१४ पुस, काठमाडौं । नेकपा स्थायी कमिटी बैठकमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको नाम र राजधानी टुंगो लगाउन पार्टी केन्द्रबाटै निर्णय होस भन्ने प्रस्ताव राखे । तर, उनले त्यसो गर्दा स्थानीय जनभावना बुझेर गर्नुपर्छ भन्ने कुरा पनि लिखत रुपमै राखेका थिए । उनको आशय तलको जनभावना बुझेर माथिबाट निकास दिँदा पार्टी पंक्ति भेगीय […]

बुटवलमा १७ करोड लागतमा गुरुङ भवन बन्दै

१४ पुस, बुटवल । गुरुङ समुदायको कला संस्कृति संरक्षण र सम्बर्द्धनका लागि बुटवलमा संग्रहालयसहितको गुरुङ भवन बन्ने भएको छ । गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीको पहलमा १७ करोड रुपैयाँ लागतमा बेसक्याम्पस्थित महाज्ञान बौद्ध बिहार परिसरको १० कट्ठा क्षेत्रफलमा गुरुङ भवन बन्न लागेको हो । गुरुङ भवनमा गुरुङ संग्रहालय, एक हजार जना अट्ने सुविधासम्पन्न सभा हल र […]

खरिद नियमावली संशोधनले विकास खर्च बढाउला कि अलपत्र आयोजना ?

१४ पुस, काठमाडौं । सरकारले चालु आर्थिक वर्षको साढे पाँच महिनामा १०.२५ प्रतिशत मात्रै पुँजीगत (विकास) खर्च गर्न सकेको छ । यस अवधिमा करिब ४० अर्ब खर्च गर्ने लक्ष्य रहेकोमा चार अर्ब पनि विकास खर्च हुन सकेन । अपेक्षित विकास खर्च हुन नसक्नुको एउटा कारण देखाइएको थियो, खरिद नियमावलीमा भएको पछिल्लो संशोधनहरू । निर्माण व्यावसायीले […]

जेसिसको महाधिवेशनमा चितवन आएका युवक इनारभित्र मृत फेला

१४ पुस, चितवन । चितवनको रत्ननगरमा हालै सम्पन्न जेसिसको महाधिवेशनमा सहभागी हुन आएका एक युवक इनारभित्र मृत फेला परेका छन् । काभ्रे घर भएका कृष्णकुमार मानन्धर आइतबार सााझ मृत फेला परेका हुन् । उनी पुस ११ गतेदेखि हराइरहेका थिए । रत्ननगरमा भएको नेपाल जेसिसको ४६ औं महाधिवेशनमा सहभागी हुन काभ्रेबाट आएका मानन्धरको शव फेला परेको […]



from समाचार – Online Khabar https://ift.tt/2rGDeFp
via IFTTT
Powered by Blogger.