समाचार
१३ पुस, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाको कार्यकक्षमा तोडफोड गरेका छन् । लामो समयदेखिका मागहरु ध्यानाकर्षण गराउन भन्दै नेविसंघका त्रिवि सचिव योगेन्द्र रावलको नेतृत्वमा पुगेको टोलीले कार्यकक्षमै तोडफोड गरेको हो । तोडफोडबाट उपकुलपतिको कार्यकक्षमा रहेका टेबुल र कुर्सीमा क्षति भएको छ । राजनीतिक नियुक्ति, स्ववियु चुनाव, त्रिविभित्रको प्रहरी चौकीलगायतका […]
१३ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न देशविदेशमा रहेका आदिवासी जनजातिहरूलाई आग्रह गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघसँग आइतबार मन्त्रालयमा छलफल गर्दै उनले भ्रमण वर्ष मूल आयोजक समितिमा जनजाति प्रतिनिधिलाई मनोनित गरिने जानकारी दिए । पर्यटन मन्त्री भट्टराई भ्रमण नेपालमा बाहिर रहेका आदिवासी […]
१३ पुस, काठमाडौं । हवाई कम्पनीले उडान डिले (विलम्ब), क्यान्सिल (रद्द) वा हवाई यात्रा गर्ने अवसरबाट वञ्चित गरेमा यात्रुले क्षतिपूर्ति दाबी गर्न सक्ने भएका छन् । सरकारले गैरसैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन २०१५ लाई विस्थापित गरी नयाँ ल्याउन लागेको ऐनमा यो प्रावधान समेटिएको हो । सरकारले हवाई यात्रामा यात्रुको अधिकारलाई बलियो बनाउँदै ‘नेपाल नागरिक […]
१३ पुस, धनगढी । अत्यधिक चिसो बढेपछि कैलालीको घोडाघोडी नगरपालिकाले तीन दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको शिक्षासम्बद्ध पदाधिकारी र प्रधानाध्यापकको बैठकले नगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरेको हो । नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले विज्ञप्ति जारी गरी पुस १४, १५ र १६ गते बिदा दिने […]
१३ पुस, रौतहट । शीतलहरका कारण बढेको अत्यधिक चिसोका कारण मध्य तराईको रौतहटलगायतका जिल्लामा जनजीवन प्रभावित भएको छ । यहाँका वासिन्दाले ५ दिनदेखि घाम देख्न पाएका छैनन् । शीतलहरले आइतबार रौतहट सदरमुकाम गौरको जनजीवन नै ठप्प बनाएको छ । यहाँको तापक्रम ४ डिग्री सेल्सियसमा झरेको छ । चिसोकै कारण सरकारी कार्यालयमा सेवाग्राहीको संख्या घटेको छ […]
१३ पुस, बुटवल । सीमा विवादबारे श्वेतपत्र जारी गर्न माग गर्दै मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । आइतबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्तमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाइएको हो । भारतले जारी गरेको राजनीतिक नक्सा तुरुन्त सच्याउ, अतिक्रमित नेपाली भूभागबाट भारतीय सेना तत्काल फिर्ता गर भन्ने आव्हानसहित मानव अधिकार […]
१३ पुस, पोखरा । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्षको घोषणा गरेको छ । भ्रमण वर्ष सुरु हुन अब २ दिनमात्रै बाँकी छ । भ्रमण वर्षको मुखमै पोखरामा हुन लागेको सडक महोत्सवमा सहभागी हुन आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारले लक्ष्य पूरा गर्ने गरी तयारी भइरहेको बताए […]
१३ पुस, काठमाडौं । प्रहरीले काठमाडौंबाट नेत्रविक्रम चन्द (विप्लव) समूहका एक दर्जन बढी कार्यकर्ताहरुलाई पक्राउ गरेको छ । आइतबार दिउँसो प्रदर्शनीमार्गबाट प्रहरीले १३ जनालाई पक्राउ गरेको हो । विप्लव समूह निकट विद्यार्थी अखिल क्रान्तिकारीको आयोजनामा सीमा अतिक्रमणविरुद्ध प्रदर्शन गर्न लागिएको थियो । कालापानी, लिपुलेकलगायतका भूभागलाई भारतले आफ्नो नक्साभित्र पारेको विरोधमा प्रदर्शनको तयारी भइरहेको बेला प्रहरीले […]
१३ पुस, काठमाडौं । नेपाली कांग्रेसका सांसदको विरोधका बाबजुद प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुको बहुमतले विधेयक पारित भएको हो । नेपाली कांग्रेसका सांसदहरुले विधेयकको समग्र विषयमा सरोकारवाला पक्ष र सञ्चार क्षेत्रसँग छलफलको माग गरेका थिए । नागरिक स्वतन्त्रता, मौलिक हक हनन गर्ने, […]
१३ पुस, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (साविकको नेपाल खाद्य संस्थान)मा ४८७ क्वीन्टल कुहिएको चामल भेटिएको छ । संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले उपभोक्ता अधिकारकर्मीसहित आइतबार थापाथलीस्थित गोदाममा अनुगमन गर्दा कुहिएको बास्मती चामल फेला परेको हो । गोदाममा चार वर्ष पुरानो र उपभोग्य मिति नभएको चामलसमेत भेटिएको छ । […]
१३ पुस, काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिनानिष्कर्ष टुंगिएको छ । सभामुख चयन र मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी)बारे छलफल गर्न नेकपाले आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको थियो । तर, बैठक विषयमा अनिणिर्त हुँदै टुंगिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आइतबार बिहान सचिवालय […]
१३ पुस, काठमाडौं । बक्यौता रकम माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका उखु किसानले आइतवार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । शनिबार माइतीघर मण्डलामै धर्ना दिएका उनीहरुले आइतवार प्रदर्शन गरेका हुन् । सरकारले आफ्ना माग सम्बोधन नगरेकाले प्रदर्शन सिंहदरबारसम्म गर्ने किसानहरुले बताए । बक्यौता रकम नपाउन्जेल घर नफर्किने काठमाडौं केन्द्रित भएका उखु किसानहरुको […]
१३ पुस, काठमाडौं । तीनकुनेस्थित नापी विभाग अगाडि ७० वर्षीया वृद्धालाई ठक्कर दिएर भागेको टिपर क्षेत्रपाटीमा भेटिएको छ । राति करिब साढे ९ बजे टिपरले ठक्कर दिँदा वृद्धा गम्भिर घाइते भएकी थिइन् । लगत्तै, उनलाई उपचारका लागि नजिकैको सिभिल अस्पताल पुर्याइएको थियो । तर, चिकित्सकले मृत घोषित गरे । मृत्यु हुने वृद्धाको परिचय खुलेको छैन […]
१३ पुस, काठमाडौं । कीर्तिपुर नगरपालिकाले बागमती नदी किनारमा बसेका सुकुम्बासीहरुको टहरा भत्काएको छ । चोभार नजिक बागमती नदी क्षेत्र अतिक्रमण गरेर बसेको र बोसो मिश्रित साबुन फ्याक्ट्री सञ्चालन गरेर दुर्गन्ध फैलाएको भन्दै टहरा भत्काइएको हो । कीर्तिपुर नगरपालिकाकी उपमेयर सरस्वती खड्काले वातावरण प्रदूषण भएको गुनासो आएपछि बोसो फ्याक्ट्रीसहितका टहरा भत्काउन सुरु गरिएको बताइन् । […]
१३ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका ३ सय ६७ बेवारिसे मानिसको उद्धार गरेको छ । काठमाडौंका सडकलाई बेवारिसे मानिसमुक्त (मानवमुक्त महानगर) पार्ने अभियानअन्तर्गत ३ सय ६७ जनाकाे उद्धार गरिएको महानगरपालिकाले जनाएको छ । उद्धार भएकामध्ये शुक्रबारसम्म २ सय १५ जना घर फर्किएका छन् भने आश्रममा १ सय ५२ जना रहेका छन् ।काठमाडौं महानगरले […]
१३ पुस, काठमाडौं । मनाङ मर्स्याङदी र थ्री स्टार क्लब नेपालका दुई ठूला र चर्चित क्लब हुन् । तर यस सिजन शहीद स्मारक ए डिभिजन लिग सुरु हुनुअघि दुवै क्लबका पहिलो रोजाईँका अधिकांश खेलाडीले छाडेपछि प्रदर्शन कस्तो होला भन्ने कौतुहलता जागेको थियो । यस सिजन लिगमा तीन चरणको खेल सकिँदासम्म यी दुई क्लबको प्रदर्शन भने […]
१३ पुस, सिरहा । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आजदेखि ५ दिनका लागि सिरहा नगरपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाको शिक्षा शाखा प्रमुख सुवोध लामाले सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहरलाई दृष्टिगत गर्दै पुस १३ देखि १७ गतेसम्म नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिएको जानकारी दिए […]
१३ पुस, काठमाडौं । विश्वका ठूला शहरमा रहेका अग्ला भवन र टावरमा नेपालको राष्ट्रिय झण्डा तथा नेपाल भ्रमण वर्षको लोगो फहराइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका हुन् । भट्टराईका अनुसार अहिलेसम्म विश्वका मुख्य एक दर्जन शहरका अग्ला भवन र टावरमा नेपाल र भ्रमण वर्षको […]
१३ पुस, काठमाडौं । प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा नै कायम गर्ने निर्णय नेकपाले गरेको छ । आइतबार बिहान बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो । प्रदेश ३ सरकारका एक मन्त्रीले प्रदेशको नाम र राजधानी टुंगो […]
१३ पुस, काठमाडौं । समाजवादी पार्टी (सपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विवादित गोकर्ण फरेस्ट रिर्सोट प्रकरणबारे व्यंग्य गरेका छन् । ‘यती’को खोजीमा वैज्ञानिकहरू आजित भएको वैज्ञानिकहरू आजित भएको बेला हाम्रा प्रम र आसेपासेहरूले उसलाई हुर्काएर यस्तो जब्बर जन्तु बनाइसकेछन्’ डा. भट्टराईले सामाजिक सञ्जालमा टि्वट गरेका छन्, ‘नेपाल ट्रस्टका पदाधिकारीहरूले ‘यती’ नहुने हो भने […]
१३ पुस, राजविराज । मंसिरको पहिलो साता एकाबिहानै ५० वर्षीय रामदेव सदा घरको आँगनमा बाँस चिर्दैछन् । सप्तरीको सदरमुकाम राजविराजबाट डेढ किलोमिटर हिँडेपछि उनको गाउँ बोरिया पुगिन्छ । करीब ३५ घर रहेको गाउँमा बसोबास गर्ने यो समुदायलाई धेरैले दलित बस्ती भनेर चिन्छन् । रामदेव चिरेको बाँसले बार बनाउँदैछन् ताकि मुटु काँप्ने चिसोले घरभित्र छिरेर कसैको […]
from समाचार – Online Khabar https://ift.tt/2MEXrmh
via IFTTT