समाचार
१२ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आँखा दान गर्ने घोषणा गरेका छन् । तिलगंगा आँखा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा घिसिङले मृत्युपछि आँखा दान गर्ने घोषणा गरे । ‘मरणपछि स्वर्ग जाने आशा गर्ने सबैले गर्छन्, जो जसले आँखा दान गर्नुहुन्छ उहाँहरु स्वर्गमै पुगेर आफ्नो खाँखालेसंसार देखेकाहरुको खुसी हेरेर बस्नुहन्छ जस्तो मलाई […]
१२ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध प्रेस संगठन नेपालका केन्द्रीय पदाधिकारीसहित सदस्यहरुले शनिबार सपथ लिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा देशभरबाट आएका प्रेस संगठनमा आवद्ध पत्रकारहरुलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सपथ खुवाएका थिए । सपथ पत्रमा मर्यादित, जनपक्षीय र जिम्मेवार पत्रकारिताको लक्ष्यप्रति प्रतिवद्ध रहने, श्रमजिवी पत्रकारको हित रक्षाका लागि […]
१२ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गोकर्ण रिसोर्टको २ हजार ७९३ रोपनी जग्गा थप २५ वर्षलाई यति समूहलाई नै लिजमा दिने निर्णयको बचाउ गरेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध प्रेस संगठनले गरेको ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रममा ओलीले सरकारलाई बद्नाम गराउन देश विदेशबाट अनेक प्रयास भएरहेको बताए । स्रोत साधन भएकाहरुले मिडियामा लगानी […]
१२ पुस, बिराटनगर । सातै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीले प्रदेश सरकारलाई नेतृत्वदायी भूमिकासहित प्रदेश प्रहरी गठनको बाटो खोल्न संघीय सरकारलाई आग्रह गरेको छ । संघीय प्रहरी ऐनले प्रदेश प्रहरीलाई दिएको भूूमिका अर्पयाप्त भएको उनीहरुको निश्कर्ष छ । सातै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीहरु शनिबार प्रदेश १ को राजधानी विराटनगरमा भेला भएका थिए । भेलाले […]
१२ पुस, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले निर्वाहमुखी पेशा छाडेर व्यवसाययिक उत्पादनमा जान दुग्ध किसान र डेरी व्यवसायीलाई आग्रह गरेका छन् । उनले एक-एक जनाले निर्वाहमुखी तरिकाले पेशा व्यवसाय गर्नुको साटो सामूहिक लगानीमा ठूलो मात्रामा व्यवसायिक उत्पादनमा जान सुझाव दिएका हुन् । नेपाल डेरी एशोसियसनको २१ औ केन्द्रीय साधारण सभाको बुटवलमा उद्घाटन […]
१२ पुस, पोखरा । सरकारले एउटै आयोजनाका निम्ति पटकपटक अधिग्रहण गरेर उठिबास गराउन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित क्षेत्रका वासिन्दाको गुनासो छ । पछिल्लो पटक थप १ सय ४ रोपनी जग्गा अधिग्रहण गने निर्णय भएपछि प्रभावित क्षेत्रका बासिन्दा आन्दोलित छन् । शनिबार पोखरा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री योगेश भट्टराईले भने स्थानीयको मागलाई […]
१२ पुस, पोखरा । पर्यटनमन्त्री योगेश भट्टराईले पोखरा सबै कुराले पूर्ण भएकाले व्यवसायीले हरेक कुरा नमाग्न आग्रह गरेका छन् । ‘पोखरा प्राकृतिक रुपमा मात्रै धनी छैन । यहाँको पाहुना सेवा सत्कार पनि अरुभन्दा उत्कृष्ट छ,’ उनले भने, ‘सधैं यो भएन, त्यो भएन भनेर बस्ने होइन ।’ नेपालको सबैभन्दा ठूलो सडक महोत्सव ‘पोखरा स्टि्रट फेस्टिबल’ शनिबार […]
१२ पुस, काठमाडौं । प्रहरीले काठमाडौंमा चोरी र लागूऔषध ओसारपसार तथा बेचविखनविरुद्ध स्वीप अपरेसन चलाएको छ । यो अपरेसनमा २०६ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । बिहीबार मात्रै उपत्यकाबाट यो अपरेसनमा ६१ जना पक्राउ परेका थिए । त्यसदिन बसुन्धरा, टोखा, बाँसबारी र मन्डिखाटारमा अभियान चलाइएको थियो । शुक्रबार पनि गौशला, चाबहिल र […]
१२ पुस, पोखरा नेपालको ठूलो सडक महोत्सव ‘पोखरा सडक महोत्सव’ शनिबारबाट सुरु भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान)नले गर्दै आएको महोत्सवको यो २१ औं संस्करण हो । ५ दिनसम्म चल्ने महोत्सवको पर्यटनमन्त्री योगेश भट्टराईले उद्घाटन गरेका हुन् । जाडो महिना पोखराको पर्यटन सुनसान हुने र त्यसैलाई ब्यूँझाउन सडक महोत्सव सुरु भएको संयोजक लक्ष्मण […]
१२ पुस, काठमाडौं । अशिक्षित परिवारका व्यक्तिलाई प्रलोभनमा पारेर ‘बलि चढाइएको’ घटना सार्वजनिक नभएका होइनन् । तर, राजधानीबाटै एकजना व्यवसायिक मोडललाई बलि चढाउने उद्देश्यसहित भारततर्फ लान खोजिएको समाचार बाहिरिएपछि सर्वसाधारणले आश्चर्य मानेका छन् । काठमाडौं प्रहरी परिसर, टेकुले बिहीबार पत्रकार सम्मेलनमार्फत ७ जना आरोपितलाई सार्वजनिक गरेर घटनाको फेहरिस्त प्रस्तुत गरेको थियो । यो अवधिमा पीडित युवती […]
१२ पुस, पोखरा । बिराटनगर टाइटन्सलाई ३२ रनले हराएर पहिलो पटक पोखरा प्रिमियर लिग जितेको चितवन राइनोजका खेलाडीहरुले खुसी मनाउन समेत पाएका थिएनन्, एक युवा दौडिँदै क्रिकेट मैदानमा प्रवेश गरे । अनपेक्षित रुपमा समर्थक मैदानमा प्रवेश गरेपछि स्वयंसेवकले रोक्न सकेनन् । क्रिकेट समर्थक क्रिजमा पुग्नै लाग्दा लडे । उठेर चितवन राइनोजका क्याप्टेन पारस खड्कालाई अंगालो […]
१२ पुस, काठमाडौं । फुलचोकीबाट हराएका ५ जनाको सकुशल उद्दार गरिएको छ । बाँडेगाउँ र जिल्ला प्रहरी कार्यालय ललितपुरबाट खटिएको प्रहरी टोलीले बाटो भुलेर जंगलमा हराएकाहरुको उद्दार गरेको हो । उनीहरुलाई सकुशल फला पारेर फर्काइँदै गरेको प्रहरीले जनाएको छ । बाँडेगाउँबाट प्रहरी निरीक्षक अरुण भट्टराईको नेतृत्वमा ७ जना प्रहरीको टोली उद्दारका लागि गएको थियो । […]
१२ पुस, जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयतालाई बचाउन कांग्रेसभित्र एकता अपरिहार्य भएको बताएका छन् । स्थानीय नेता बलराम नायकको १३ औं पुण्यतिथिमा धनुषाको सबैलामा शनिबार आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै देउवाले सरकार संघीयतालाई बर्बाद गर्ने उन्मुख रहेको बताए । ‘संघीयतालाई बचाउन कांग्रेसका सबै शक्तिलाई एकजुट हुनु आवश्यक छ । पार्टीभित्र एकताको विकल्प […]
१२ पुस, काठमाडौं । केही दिनयता झ्याप-झ्याप बिजुली जाने समस्याले उपभोक्ता दिक्क बनेका छन् । तीन हप्ताअघि हप्ता हल्का वर्षा भएलगत्तै उपत्यकाभित्र र बाहिर धेरै स्थानमा बेलानकुबेला बिजुली जाने क्रम बढ्दो छ । धेरैतिरबाट गुनासो आउन थालेपछि नेपाल विद्युत प्राधिकरणले अध्ययन थालेको छ । त्यसक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ शनिबार सबस्टेसनहरुको निरीक्षण गरेका छन् […]
१२ पुस, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहका विद्यार्थी नेता पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले शनिबार विप्लव समूहको विद्यार्थी संगठनको जिल्ला सचिव ललित बमलाई पक्राउ गरेको हो । विद्यार्थीकै सहसचिव मानबहादुर तुर्बा शुक्रबार पक्राउ परेका थिए । दुबै कालिकोटका हुन् । दुबैलाई म्याद थपका लागि भोलि जिल्ला अदालत ललितपुरमा उपस्थित गराउने […]
१२ पुस, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले केन्द्रीय कार्यसमितिले बहुमतका आधारमा गरेको निर्णयहरु सच्याउन माग गरेको छ । पौडेल र कृष्णप्रसाद सिटौला समूह समूहको बहिस्कारका बीच शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले कार्यकाल एक वर्ष थप्ने, २०७७ फागनु ७-१० सम्म १४औं महापधिवेशन गर्ने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट पौडेल समूहको बैठकले गलत मनसायका […]
१२ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रका आलोचकहरुमाथि खनिएका छन् । पार्टीको समर्थनमा बोल्न नसक्ने, सरकारको समर्थनमा बोल्न नसक्ने, विरोध मात्र बोल्नेहरु कुण्ठाग्रस्त भएको उनले बताए । नेकपासम्वद्ध प्रेस संगठनले शनिबार गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले गलत नीति, गलत व्यवहार वा आन्दोलनलाई कमजेार पारेको भए पार्टीका नेताहरुले आलोचना […]
१२ पुस, काठमाडौं । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलको टोली शुक्रबार राति ९ बजे सडक अनुगमनमा निस्किएको थियो । टोलीमा काठमाडौं महानगरपालिका, मानवसेवा आश्रम र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरु सहभागी थिए । काठमाडौँको कमलादीस्थित गणेशमन्दिर नजिक सडकछेउमा बन्दोबस्तीको ओढ्ने ओछ्याउनेसहित एक दम्पत्ति सुत्ने तरखरमा भेटिए । चिसोका कारण खोकी लागेकाले श्रीमती […]
१२ पुस, काठमाडौं । बक्यौता रकम माग गर्दै उखु किसानहरुले काठमाडौंको केन्द्रित आन्दोलन थालेका छन् । उनीहरुले शनिबार माइतीघर मण्डलामा धर्ना दिएका छन् । उखु किसानका अगुवा हरेश्याम रायले भने, ‘जबसम्म हामीले बक्यौता रकम पाउँदैनौं, तबसम्म हामी यहाँबाट फर्किँदैनौं ।’ उनका अनुसार सरकारले ५३६ रुपैयाँ प्रतिक्वीन्टल उँखुको मूल्य तोकिदिए पनि चिनी मिलहरुले बिभिन्न शीर्षकमा काटेर […]
१२ पुस, पोखरा । साइकल सिटी पोखराले शनिबार पाँचौं ‘टुर दी पोखरा’ साइकल र्याली गरेको छ । ‘थोपा थोपा इन्धन बचाऔं’ मूल नारासहित साइकल सिटीले करिब एक हजार साइकल यात्रीको सहभागितामा र्याली गरेको हो । वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उदघाटन गरेको र्याली पोखरा रंगशालाबाट सुरु भएको थियो । आचार्यले पछिल्लो समय वातावरण […]
१२ पुस, पोखरा । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पोखरामा अवस्थित हिमा गृह पर्यटकीय गन्तव्यकै रुपमा खुला गरिने बताएका छन् । यसअघि गोकर्ण फरेष्ट रिसोर्ट यति समूहलाई दिने निर्णय गरेको सरकारले पोखराको हिमा गृह पनि रिसोर्ट बनाउन निजी क्षेत्रलाई दिने तयारी गरेको खबरले पोखरेली झस्किएका बेला पर्यटनमन्त्री भट्टराईले हल्लाको पनि नलाग्न आग्रह गरे […]
from समाचार – Online Khabar https://ift.tt/2F1P0NK
via IFTTT