समाचार
१५ पुस, वीरगञ्ज । हराएको तीन वर्षपछि एक भारतीय महिलाको पारिवारिक पुनर्मिलन भएको छ । मानवसेवा आश्रम वीरगञ्ज शाखाले भारतको बिहार सिक्टा सिर्सिया नजिकै घर भएकी मीनादेवी साहको पारिवारिक पुनर्मिलन गराएको हो । प्रहरीले उनलाई मंसिर २२ गते राति १० बजेतिर ठाकुरराम बहुमुखी क्याम्पस क्षेत्रमा फेला पारेर मानव आश्रमको जिम्मा लगाएको थियो । झण्डै १६ […]
१५ पुस, काठमाडौं । प्रहरीले आधा किलो अवैध सुनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको महाराष्ट्रका घर भई आर ७६३८८७३३ नम्बरको राहदानी बाहक हरिराम नेपाली छन् । विमानस्थल सुरक्षा प्रहरी कार्यालयको टोलीले उनलाई फ्लाइ दुबई एयरलाइन्सबाट नेपाल छिर्ने क्रममा पक्राउ गरेको हो । प्रहरीका अनुसार दुवईबाट आएका उनले मलद्वारमा लुकाएर […]
१५, पुस, चितवन । चितवनको भरतपुरमा माघ दोस्रो साता घर निर्माण सामग्री सम्बन्धी मेला हुने भएको छ । भरतपुरमा रहेको प्रर्दशनी केन्द्रमा माघ ८ देखि ११ गतेसम्म मेला हुन लागेको हो । एएस इभेण्ट एण्ड मार्केटिङ प्रालि र इभेण्ट सोलुसन प्रालिको संयुक्त आयोजनामा हुन लागेको मेलामा पछिल्लो समय आधुनिक शैलीमा बनाइने घर, तिनमा प्रयोग हुने […]
१५ पुस, काठमाडौं । प्रहरीले एक किलो नक्कली सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ कारबाहीका २२ वर्षीय भुपाल लिम्बु र पाँचथरको मिक्लाजुङका २४ वर्षीय अरुण राई छन् । उनीहरु गोंगबुस्थित होटल तनहुँबाट पक्राउ परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी उमेश लम्सालले अनलाइनखबरलाई बताए । ‘नक्कली सुन बिक्री गर्नलाई ४५ लाखमा डिल […]
१५ पुस, काठमाडौं । मानव तस्करहरुले यौन शोषणका लागि नेपाली किशोरीलाई दिल्लीका निजी अपार्टमेन्टमा बिक्री गर्न थालेको पाइएको छ । पहिले दिल्लीको कोठीमा बेचविखन हुने गरेकामा अहिले दिल्लीका निजी अपार्टमेन्टहरुमा पनि बिक्री गरेको पाइएको माइती नेपालले जनाएको छ । मंगलबार विज्ञप्ति जारी गरी माइती नेपालले मानव बेचबिखन र ओसारपसारले नयाँ रुप लिन थालेको बताएको हो […]
१५ पुस, बुटवल । नेपाल-भारत सीमानाका रुपन्देहीको बेलहियाबाट भारत हुँदै तेस्रो मुलुकसम्म बेचबिखनका लागि लैजाँदै गर्दा २४२ जना महिला तथा बालबालिकाहरुको उद्धार भएको छ । एक वर्षको अवधिमा बेचिएका १४ जनासहित दुई सय ४२ जनालाई भारतका विभिन्न ठाउँबाट उद्धार गरिएको हो । भारत र खाडी मुलुकमा गएर हराएकामध्ये फेला परेका अधिकांश महिला तथा बालबालिकामाथि शारीरिक, […]
१५ पुस, काठमाडौं । घरमा भाडा लिएर अवैध गतिविधि गरेको आशंकामा १ सय २२ जना चिनियाँ नागरिक पक्राउ परेपछि सरकारले डेरावालाको विवरण संकलन गर्नुपर्ने भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृहसचिव प्रेमकुमार राईसहित सुरक्षा निकायका प्रमुखहरुको बैठकले कोठा भाडामा लिएर बस्नेको विवरण संकलन गर्ने निर्णय गरेको हो । उपत्यकासहित देशका मुख्य शहरमा घर भाडामा […]
१५ पुस, काठमाडौं । सोह्रखुट्टेको ओरालोमा पानी ट्यांकरले ६ वटा गाडीलाई ठक्कर दिएको छ । ब्रेक फेल भएपछि अनियन्त्रित भएर ओरालो झरेको ट्यांकरले बस, कार र मोटरसाइकल गरी ६ सवारी साधानलाई ठक्कर दिएको हो । महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका डीएसपी सन्तोष राठौरका अनुसार घटना बिहान करिब ९ बजेको हो । ‘धन्न कुनै मानवीय क्षति हुन […]
१५ पुस, काठमाडौं । मोडललाई ‘बलि चढाउने’ प्रयास गरेको आरोपमा समातिएको गिरोहले थप दुई जनालाई पनि निशाना बनाएको हुनसक्ने देखिएको छ । अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिसँग तेस्रो पक्षले ‘३ फिट उचाइभन्दा कम उमेरका दुई जनाको काम भइसकेको’ बताएको तथ्य प्रहरीले फेला पारेको हो । काठमाडौं प्रहरी परिसर, टेकुले चलाएको ‘कोभर्ट अप्रेसन’मा पीडित युवतीको सकुशल […]
१५ पुस, गुल्मी । तीन जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र धाम गुल्मीको रुरुस्थित रिडीमा झण्डै एक दशकपछि दोस्रो रुरु महोत्सव हुने भएको छ । पहिलो रूरू महोत्सव २०६२ सालमा आयोजना गरिएको थियो । रुरु क्षेत्र गाउँपालिका-१ मा गुल्मी उद्योग बाणिज्य संघ रिडी शाखा र रुरु फ्रेन्डस क्लबको संयुक्त आयोजनामा यही पुस २९ देखि माघ ९ गतेसम्म […]
१५ पुस,कन्चनपुर । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेकपामा अब कोही पनि पूर्वको नरहेको बताएका छन् । सभामुखमा पूर्वमाओवादीले दाबी गरिरहेको सन्दर्भमा मन्त्री बास्कोटाले नेकपामा अब पूर्वका कोही नरहेको बताए । कञ्चनपुरमा पत्रकारहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा नेकपा नेता बास्कोटाले भने, ‘नेकपामा अब पूर्व–पश्चिम छैन । पूर्वएमाले र पूर्वमाआवादी अब इतिहास भइसक्यो । […]
१५ पुस, काठमाडौं । ‘तिम्ले पराइ ठानेपछि, पराइ हुन के भयो र ?’ अञ्जु पन्तले गाएको यो गीत नसुन्ने सायदै होलान् । यो गीत यति हिट भयो कि लेख्ने, संगीत भर्ने र गाउने सबैलाई हिट बनायो । यो गीतले गायिका अञ्जु पन्तलाई मात्र होइन, गीतकार लोकराज अधिकारीसँगै संगीतकार सन्तोष श्रेष्ठलाई पनि स्थापित बनायो । पहिले […]
१५ पुस, काठमाडौं । भ्रमण वर्षलाई सफल बनाउन स्वयम्भूमा सप्ताहव्यापी सांस्कृति महोत्सव आयोजना गरिने भएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत नेपाल प्रहरी र काठमाडौं महानगरपालिका १५ वडाको आयोजनामा महोत्सव आयोजना हुन लागेको हो । महानगरपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष ईश्वरमान डंगोलका अनुसार, एक सातासम्म चल्ने महोत्सवमा विभिन्न सांस्कृतिक पहिचानहरु झल्कने कार्यक्रमहरु हुनेछन् । सन् २०२० […]
१५ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सार्वजनिक सम्पत्तिमा क्षति हुने गरी कुनै गतिविधि भए त्यसमा संलग्नबाटै क्षतिपूर्ति भराइने चेतावनी दिएका छन । नेपाल नागरिक उड्डयन प्राधिकरणको २१ औं वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्राधिकरण कर्मचारी युनियन, आधिकारिक ट्रेड युनियनका अध्यक्ष श्रवणकुमार यादवले प्राधिकरण विभाजन गर्ने निर्णयविरुद्ध कर्मचारीले आन्दोलन गर्ने […]
१५ पुस, डोटी । जिल्ला प्रशासन कार्यालय, डोटीले छाउपडीविरुद्ध सक्रिय भएर लाग्न जिल्लाका सरोकारवाला निकायहरूलाई पत्राचार गरेको छ । महान्यायाधिवक्ताको कार्यालयले छाउपडी प्रथाविरुद्ध उत्रन पत्राचार गरेपछि जिल्लाका सबै सरोकारवाला निकायलाई पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालय, डोटीले जनाएको छ । गत मंसिर १७ गते अछामको साँफेबगर नगरपालिका–३, सिद्धेश्वर डिक्रेनीको छाउ गोठमा सुतेकी २१ वर्षीया पार्वती बुढा […]
१५ पुस, डोटी । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सुदूरपश्चिमका नेताहरु समृद्ध भएको, तर जनता समृद्ध हुन नसकेको टिप्पणी गरेका छन् । सुदूरपश्चिमका नेताहरु पटक–पटक देशका प्रधानमन्त्री र शक्तिशाली मन्त्री भएपनि आफ्नो क्षेत्रको विकासमा ध्याननदिँदा यो क्षेत्र पछि परेको मन्त्री वास्कोटाको भनाइ छ । ‘नेताले आफ्नो समृद्धि गरे पनि प्रदेशलाई माथि उकास्न सकेनन्’ धनगढीमा […]
१५ पुस, काठमाडौं । सभामुख उम्मेदवार कसलाई बनाउने भन्नेबारे छलफल गर्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । सभामुख चयनका लागि प्रतिनिधिसभाले आजबाट प्रक्रिया सुरु गर्न लागिरहेका बेला प्रचण्ड यसबारे छलफल गर्न बालुवाटार पुगेका हुन् । आइतबार नेकपाको सचिवालय बैठक बसे पनि सभामुखको एजेण्डामा छलफल नगरी प्रचण्ड चितवन […]
१५ पुस, काठमाडौं । होर्डिङ बोर्ड हटाउन सर्वोच्च अदालतले आदेश दिएको ४ वर्षपछि काठमाडौं महानगरले कार्यान्वयनमा अग्रसरता देखाएको छ । सहरका चोकचोकमा राखिएका होर्डिङ बोर्डहरू महानगरले विभिन्न टोली बनाएर गत शुक्रबारदेखि हटाउन थालेको हो । ४ वर्षपछि भए पनि काठमाडौं महानगरले सर्वोच्चको आदेश कार्यान्वयन सुरु गर्दा सोही आदेशले छुने ललितपुरले भने चासो देखाएको छैन । […]
१५ पुस, काठमाडौं । सरकारले सातदोबाटो-रत्नपार्क-चक्रपथ मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयार गर्ने भएको छ । रेल विभागले पहिलोपटक काठमाडौंमा ‘एलिभेटेड इलेक्ट्रिफाइड मेट्रो रेल’को डीपीआर बनाउन लागेको हो । यसका लागि केही दिनमै कम्पनी छनोट भएर परामर्शदातासँग सम्झौता हुने रेल विभागका महानिर्देशक बलराम मिश्राले जानकारी दिए । उनका अनुसार छनोट हुने कम्पनीले विस्तृतमा सर्भेसहितको डिजाइन […]
१५ पुस, काठमाडौं । भूकम्पबाट आवास गुमाएर अनुदान सम्झौता गर्न बाँकी लाभग्राहीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्झौता गर्ने अन्तिम अवसर दिएको छ । तर, अनुदान सम्झौता गरिसकेका र गर्न बाँकी सबैले असार मसान्तसम्ममा आवास निर्माण सम्पन्न गरी तेस्रो किस्ता बुझिसक्नुपर्नेछ । पहिलो किस्ता भने यही पुस मसान्तभित्र बुझिसक्न प्राधिकरणले भनेको छ । भूकम्पका घर गुमाएका कतिपय […]
१५ पुस, चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले महसुल नबुझाउनेहरुको लाइन काट्ने कामलाई तीव्रता दिएको छ । साउनदेखि पुस १० गतेको अवधिमा ११ सय ७४ ग्राहकको लाइन काटिएको छ । लाइन काटिएकाहरुको कुल बक्यौता २ करोड ४ लाख १७ हजार ५ सय ७३ छ । तीमध्ये ८ सय १४ वटा लाइन रकम तिरेपछि […]
from समाचार – Online Khabar https://ift.tt/35c561y
via IFTTT