Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

‘चिकेन होलिडे’ लगत्तै कुखुराको मासु र अण्डाको मूल्यवृद्धि

१० पुस, काठमाडौं । नेपाल ह्याचरी उद्योग संघले केही दिनअघि ‘चिकेन होलिडे’का नाममा कुखुराका चल्ला र अण्डा नष्ट गर्ने अभियान चलायो । अभियान सकिएलगत्तै कुखुरा व्यवसायी र अण्डा उत्पादकहरुले आफ्नो उत्पादनको मूल्य बढाएका छन् । नेपाल अण्डा उत्पादक संघले कुखुराको ठूलो अण्डाको मूल्य मंगलवारबाट लागू हुने गरी प्रतिक्रेट २९० रुपैयाँ तोकेको हो । यसअघि ठूलो […]

पर्सामा १ वर्षमा ६९ वटा मानव अधिकार उलंघनका घटना

१० पुस, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१९ बिन्दवासिनीमा १६ वर्षीया बालिकाको ललाई फकाई विवाह भयो । ५२ वर्षीय स्वरुप साहले हिरालाल दास तात्वाविरुद्ध ०७६ जेठ २ गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गरे । ०७५ फागुन ११ गते बालिकाको बिवाह भएको थियो । प्रहरीले तात्वालाई ०७६ जेठ २५ गते पक्राउ गरी आवश्यक कारबाही अगाडि बढायो […]

फुटपाथ व्यवसायीद्वारा बुटवलमा प्रदर्शन

१० पुस, बुटवल । बुटवलमा नेपाल स्वरोजगार व्यापार श्रमिक संघले बिरोध प्रदर्शन गरेको छ । नगर प्रहरीको ज्यादती रोक्न माग गर्दै बुटवल उपमहानगरपालिकाविरूद्ध स्वरोजगार मजदुर प्रदर्शनमा उत्रिएका हुन् । स्वरोजगार मजदुरलाई नगर प्रहरीले कुटपिट गरेको विरोधमा सडकमा उत्रिएको संघर्ष समितिका संयोजक इन्द्र नेपालीले बताए । बुटवल बसपार्कबाट सुरू भएको प्रदर्शन पुष्पलाल पार्क, ट्राफिकचोक हुँदै उपमहानगरपालिका […]

स्वास्थ्य मन्त्रालयमा फोहोरको डंगुर ठीक हुँदैन : राज्यमन्त्री रावत

१० पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले मन्त्रालयबाटै सुधारको काम गर्ने बताएका छन् । स्वास्थ्य मन्त्रालयमा फोहोरको डंगुर ठीक नहुने भन्दै राज्यमन्त्रि रावतले मन्त्रालयलाई स्वस्थ बनाउन सुरु भएको बताए । यसअघि मन्त्रालय विधि र थितिमा नचलेको इंकित गर्दै राज्यमन्त्री रावतले भने, ‘यहाँ पनि थुप्रै समस्या छन् । मन्त्रालय थितिले चलेको छैन । […]

चोरी मुद्दाका अभियुक्त २५ वर्षपछि पक्राउ

१० पुस, काठमाडौैं । लकडी चोरी मुद्दामा फरार भएका एकजना अभियुक्त २५ वर्षपछि पक्राउ परेका छन् । बाराको कोल्हवी नगरपालिका-३ का गौरी शंकर चौधरीलाई घटना भएको २५ वर्षपछि इलाका प्रहरी कार्यालय कोल्हवीको प्रहरी टोलीले बुधबार नियन्त्रणमा लिएको हो । तत्कालीन पुनरावेदन अदालत हेटौंडाको वि.स. २०५० फागुन १९ गतेको फैसलाले चौधरीलाई चोरी मुद्दामा २ महिना कैद […]

पीपीएल क्रिकेट : बुटवलविरुद्ध ब्याटिङ गर्दै विराटनगर

१० पुस, पोखरा । नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल)को इलिमिनेटरमा बुटवल ब्लास्टरले टस जितेको छ र फिल्डिङ रोजेको छ । अब विराटनगर टाइटन्सले ब्याटिङ थालेको छ । समूह चरणको अन्तिम खेलमा बुटवललाई नै ठूलो अन्तरले हराएर विराटनगरले इलिमिनेटरमा स्थान बनाएको थियो । आजको विजेताले उपाधिका लागि चितवन राइनोजसँग खेल्नेछ । 

कर्णाली प्रदेश समन्वय परिषदको दोस्रो बैठक सुरु

१० पुस, सुर्खेत । कर्णाली प्रदेश प्रदेश समन्वय परिषदको दोस्रो बैठक बिहीवारदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ । परिषद संयोजक मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकमा पहिलो बैठकका निर्णयहरुको समीक्षा, विज्ञहरुको कार्यपत्र प्रस्तुति, प्रदेश तथा स्थानीय तहका सरकार बीचको समन्वय तथा आगामी योजनाका सम्बन्धमा छलफल हुने बताइएको छ । बैठकबाट संघीयताको कार्यान्वयन, योजना निर्माण […]

रक्षामन्त्रीको जवाफ : संसदले बनाएको कानूनअनुसार गोकर्णको म्याद थपेका हौं

१० पुस, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संसदले बनाएको कानूनअनुसार नै गोकर्ण रिसोर्टको लिज अवधि थप गरिएको बताएका छन् । राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै नेपाल ट्रष्टका अध्यक्ष समेत रहेका मन्त्री पोखरेलले जवाफ लिएका हुन् । ‘मन्त्रिपरिषद् वा नेता विशेषले निर्णय गरेर होइन, संसदले त्यो ऐन बनाएको हो’ उनले […]

जेठसम्ममा पिच होला चाबहिल-जोरपाटी-साँखु सडक ?

९ पुस, काठमाडौं । बर्षौंदेखि विजोक अवस्थामा रहेको चाबहिल–जोरपाटी–साँखु सडकको काम जेठसम्ममा सक्नेगरी सरकारले नयाँ लक्ष्य निर्धारण गरेको छ । तर, विगतको काम गराइ हेर्ने हो भने जेठसम्ममा काम सकिने कुरा अपत्यारिलो लाग्छ । सडक विभागले सडकको अनुगमन गरी फिल्डमा रहेका समस्याबारे छलफल गरेपछि जेठसम्म जसरी पनि सक्ने लक्ष्य तय गरेको छ । सडक खण्डको […]

सभामुख आफूले प्रस्ताव गर्न पाउनुपर्ने प्रचण्डको अडान, दुई अध्यक्षबीच कुरा मिलेन

१० पुस, काठमाडौं । पूर्वएमाले र पूर्वमाओवादीबीच सभामुख चयनमा कुरा नमिलेपछि बरिष्ठ नेताहरुले सचिवालय बैठकमा छलफल गरेर एउटै मत बनाउन नेतृत्वलाई दबाब दिएका छन् । नेकपा स्रोतका अनुसार अहिलेसम्म व्यक्ति तोकेर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छैन । तर प्रचण्डले सभामुख कसलाई बनाउने भन्ने प्रस्ताव आफूले ल्याउन पाउनुपर्ने अडान राखेका […]

संविधानको ‘साझा अधिकार’मा अल्मलिएका शिक्षक

१0 पुस, डोटी । सर्लाहीको कबिलासी नगरपालिका–७ का उमेश राय शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीको शिक्षक छनोटको खुला प्रतिस्पर्धामा समावेशी कोटाबाट छनोट भए । उनलाई विभागले डोटी पठायो । शिक्षा विकास तथा समन्वय ईकाई डोटीले उनलाई नियुक्ति दिएर पदस्थापनका लागि पूर्वीचौकी गाउँपालिकामा पठायो । तरm गाउँपालिकाले पदस्थापन नगरी उमेशसहित ६ जनालाई शिक्षा ईकाईमै […]

काठमाडौंबाट यस्तो देखियो खण्डग्रास सूर्यग्रहण

१० पुस, काठमाडौं । काठमाडौंमा खण्डग्रास सूर्यग्रहण सुरु भएको छ । काठमाडौंबाट सूर्यमा ग्रहण लागेको प्रस्ट देखिएको छ । बिहीबार बिहान ८ बजेर ४२ मिनेटबाट काठमाडौंमा ग्रहण सुरु भएको हो ।  पञ्चांग निर्णायक समितिका अनुसार, बिहान १० बजेर १ मिनेटमा मध्य हुने ग्रहण ११ बजेर ३१ मिनेटमा समाप्त हुनेछ । सुदूरपश्चिमको महेन्द्रनगरमा ८ बजेर ३८ मिनेटमा […]

नक्सा हेर्दा यस्तो देखिन्छ सुस्ता अतिक्रमण

सन् १८१६ को सुगौली सन्धि अनुसार नवलपरासी जिल्ला र भारतको अन्तराष्ट्रिय सीमाना नारायणी/गण्डकी नदी हो । सन्धिमा उल्लेख भए अनुसार नारायणी/गण्डकीको पश्चिमतर्फ नेपाल र पूर्वतर्फ भारत हो । सुगौली सन्धिताका सुस्ता भन्ने बस्ती नारायणी/गण्डकी नदीको पश्चिममा थियो । जब नदीको धार परिवर्तन भई नदी सुस्ताको पश्चिबाट बग्न थाल्यो र सुस्ता पूर्वमा पर्न थयो । त्यहीबेलादेखि […]

वैदेशिक लगानी प्रतिबद्धता १७ अर्बले बढ्यो, पर्यटन क्षेत्रमा आकर्षण

९ पुस, काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिनामा वैदेशिक लगानी प्रतिबद्धतामा उछाल आएको छ । उद्योग विभागको विवरणअनुसार अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा १७ अर्ब बढी लगानी प्रतिवद्धता आएको हो । साउन २ गते देखि पुस ९ गतेसम्म विभागमा २६ अर्ब ९३ करोड १७ लाख ८० हजार कुल लगानीमा १४१ उद्योग खोल्न विदेशी लगानीकर्ताले […]

सिद्धबाबा प्रकरण : मुद्दा फिर्ता लिन दबाब दिएको अडियो रेकर्ड मिल्यो

१० पुस, विराटनगर । ‘सिद्धबाबा’ भनिने विवादास्पद धार्मिक गुरु कृष्णबहादुर गिरीले आफ्नो नभएको भनेर दाबी गरेको अडियो रेकर्ड उनकै भएको पुष्टि भएको छ । काठमाडौं बसोबास गर्दै आएकी महिला अनुयायीमाथि करणी गरेको आरोप लागेका सिद्धबाबाले पीडित महिलालाई टेलिफोन गरी मुद्दा फिर्ता लिन दबाब दिएका थिए । रुँदै मुद्दा फिर्ता लिन दबाब दिएको टेलिफोन सम्बाद पीडित […]

काठमाडौं झनै चिसियो, न्यूनतम तापक्रम ०.९

१० पुस, काठमाडौं । काठमाडौं उपत्यका थप चिसिँदै गएको छ । बुधबार न्यूनतम तापक्रम २.९ मापन भएको काठमाडौंको तापक्रम बिहीबार अझै घटेर ०.९ मा झरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, बिहीबार बिहान ८ः४५ बजे काठमाडौं उपत्यकाको तापक्रम ०.९ मापन भएको हो । मौसमविद् सजिना शाक्यका अनुसार, बिहीबार बिहान ५ः४५ मा काठमाडौंको न्यूनतम तापक्रम १ […]

पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन

१० पुस, काठमाडौं । पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ । श्रेष्ठको बिहीबार बिहान साढे ५ बजे त्रिवि शिक्षण अस्पताल टिचिङमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । श्रेष्ठलाई निमोनिया भएको थियो । निमोनियापछि उनलाई उपचारका लागि  बुधबार अस्पताल लगिएको थियो । त्यही उपचारका क्रममा बिहीबार उनको निधन भएको हो । पूर्वसचिव श्रेष्ठ […]

अफगानिस्तानको शान्ति पदयात्रामा सहभागी २७ जनाको अपहरण

१० पुस, काठमाडौं । पश्चिमी अफगानिस्तानको शान्ति पदयात्रामा सहभागी २७ जनालाई तालिवान लडाकुहरुले अपहरण गरेका छन् । पिपुल्स पिस मुभमेन्टले शान्ति र युद्धविरामको माग गर्दै करिब दुई साता अगाडिदेखि हेरात प्रान्तबाट आफ्नो यात्रा सुरु गरेको थियो । तर फराह प्रान्त प्रवेशपछि उनीहरुको अत्तोपत्तो नरहेको बीबीसीले जनाएको छ । फाराह प्रान्तका डेपुटी गभर्नर मसूद बख्तावरले ६ […]

चोरेको वाकीटाकी बोकेर प्रहरी रूप धारण, धम्क्याउँदै हिँडेपछि फन्दामा

१० पुस, काठमाडौं । ‘प्रहरी हुँ’ भन्दै सेट (वाकीटकी) देखाएर धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको रत्नपार्क क्षेत्रमा आपराधिक व्यक्तिहरूको सूचना संकलन गरी निगरानी राख्ने क्रममा सिन्धुपाल्चोकका कुमार श्रेष्ठलाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । थापाका अनुसार, प्रहरीले खानतलासी गर्न खोजेपछि उनी दुर्व्यवहार गरेर […]

कीर्तिपुरबाट देखाइयो सूर्यग्रहणको लाइभ

१० पुस, काठमाडौं । शिक्षा मन्त्रालयअन्तर्गतको बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले बिहीबार लाग्ने खण्डग्रास सूर्यग्रहणको अवलोकन गराउने भएको छ । काठमाडौंमा बिहीबार बिहान ८ः४२ बजेदेखि ११ः३१ बजेसम्म ग्रहण लाग्नेछ । सुदूरपश्चिमको महेन्द्रनगरमा ८:३८ मा सुरु भई ११:१९ मा सकिनेछ भने पूर्वको झापामा भने ८: ४८ मा सुरु भई ११ः२७ […]

‘हेरौं न, सरकारले कस्तो व्यवहार गर्छ’

९ पुस, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि राजनीतिक बहस भने राष्ट्रिय जनता पार्टी नेपालतिर सोझिएको छ । राष्ट्रियसभाको चुनावलाई लिएर सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) र राजपाबीच सहमति हुनु, त्यसको केही दिनमा समाजवादी पार्टीका अध्यक्ष समेत रहेका तत्कालीन उपप्रधानमन्त्री तथा कानूनमन्त्री उपेन्द्र यादवले संविधान संशोधनको प्रस्ताव मन्त्रिपरिषदमा लैजाँदा प्रधानमन्त्री केपी शर्मा […]



from समाचार – Online Khabar https://ift.tt/35Y1mC7
via IFTTT
Powered by Blogger.