Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

इम्बोस्ड प्लेट कार्यान्वयनमा जुट्दै सरकार, डेढ वर्षमा २५ लाखलाई बाँड्नुपर्ने

११ पुस, काठमाडौं । सर्वोच्चको आदेशले रोकिएको इम्बोस्ड नम्बर प्लेट वितरण सरकारले फेरि सुरु गर्ने तयारी गरेको छ । इम्बोस्ड प्लेटको विरुद्धमा परेको रिट खारेजीको निर्णय सर्वोच्चले लिएपछि यातायात व्यवस्था विभाग जुर्मुराएको हो । फैसलाको पूर्ण पाठ आउनासाथ यसलाई पुनः कार्यान्वायनमा लैजाने तयारी थालिएको स्रोतले बतायो । यसअघि सर्वोच्चले अन्तरिम आदेश दिएपछि इम्बोस्ड प्लेटको वितरण […]

नेकपाले सभामुख टुंगो लगाउन नसक्दा संसद् बैठक धकेलिँदै

११ पुस, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेदवारमा सहमति जुटाउन नसक्दा प्रतिनिधिसभाको निर्धारित बैठक नै प्रभावित भएको छ । शुक्रबार १ बजेका लागि कार्यसूचीसमेत तय भइसकेको बैठक कम्तीमा चार दिन धकेलिने भएको छ । उपसभामुख डा.शिवमाया तुम्बाहम्फेले सूचना टाँसेर बैठक पुस १४ वा १६ गतेका लागि राख्ने तयारी भइरहेको संसद सचिवालय […]

टक्सार कार्यालयको दुई तलामा प्राधिकरणले भूकम्प संग्रहालय बनाउने

११ पुस, काठमाडौं । ०७२ को भूकम्पका स्मृतिहरूलाई जोगाउने उद्देश्यले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले संग्रहालय बनाउने भएको छ । साविकको टक्सार कार्यालय (राष्ट्र बैंक) पुनर्निर्माण सम्पन्न भएसँगै त्यसको दुई तल्लामा संग्रहालय स्थापना गर्ने योजना छ । संग्रहालय निर्माणको लागि डिजाइनको काम सम्पन्न भइसकेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले जानकारी दिए । उनका अनुसार, यो […]

चाबहिल–गौशालामा सडक र खानेपानीको काम गर्न एउटै ठेक्का

१० पुस, काठमाडौं । काठमाडौं महानगरलाई ‘खनपुरी नगरी’ भनेर पनि गिज्याउने गरिन्छ । अन्तरसरकारी समन्वयको अभावमा एउटा निकायले सडक बनाउने र लगत्तै अर्कोले भत्काउने प्रवृत्तिलाई लिएर यस्तो ठट्टा गरिएको हो । महिनौंदेखि बिग्रेको सडक ठूलो दबावपछि बल्लतल्ल सडक विभागले बनाउँछ । सडक बनेलगत्तै खानेपानीको पाइप र ढल बिछ्याउन खानेपानी आयोजनाले त्यसलाई फोर्छ । सडकपेटी बनेपछि […]

ए डिभिजन लिगमा आज पनि दुई खेल हुँदै

११ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । तेस्रो चरणअन्तर्गत आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र त्रिपुरेश्वरस्थित दशरथ रंशालमा एक–एक खेल हुने आयोजकले जनाएको छ । पहिलो खेल विभागीय टोली त्रिभुवन आर्मी र हिमालयन शेर्पा क्लबबीच एन्फा कम्प्लेसमा हुनेछ । खेल १२ बजे सुरु हुनेछ । पहिलो खेलमा फ्रेण्ड्सलाई पराजित […]

यमनमा अज्ञात समूहको आक्रमण, १७ सर्वसाधारणको मृत्यु

११ पुस, काठमाडौं । यमनको उत्तरी क्षेत्रमा अज्ञात समूहले आक्रमण गर्दा कम्तीका १७ जनाको ज्यान गएको छ । यमनको उत्तर क्षेत्रमा अवस्थित गभर्नरको कार्यालय रहेको सादा सहरमा भएको आक्रमणमा कम्तीमा १७ व्यक्तिको ज्यान गएको राष्ट्र संघले जनाएको छ । बिहीबार मृत्यु भएका १७ सर्वसाधारणमध्ये १२ जना इथियोपियाली आप्रबासी रहेका र पाँच जना यमनी नागरिक रहेको […]

सिन्धुपाल्चोक बस दुर्घटनामा आमा गुमाएकी बालिकालाई मावलीको जिम्मा

११ पुस, सिन्धुपाल्चोक । जिल्लाको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु जिरी सडकको ६ किलोमा गत मंसिर २९ गते भएको बस दुर्घटनामा परेकी छमहिने बालिकालाई बिहीबार आफन्तको जिम्मा लगाइएको छ । बालिकाकी आमा सुनीता तामाङको घटनास्थलमा मृत्यु भएको र बाबु बसका चालक सुमन तामाङ प्रहरी हिरासतमा रहेकाले बालिकालाई १२ दिनपछि मामा र ठूलीआमाको जिम्मा लगाइएको प्रहरी नायब […]

टोटनह्यामसँग ब्राइटन पराजित, घरेलु मैदानमै चेल्सीले हार्‍यो

११ पुस, काठमाडौं । टोटनह्यामसँग ब्राइटन पराजित भएको छ । खेलको सुरुवातमा ब्राइटनले बनाएको १ गोलको अग्रता भत्काउँदै टोटनह्यामले २–१ गोल अन्तरमा खेल जितेको हो । टोटनह्यामका लागि डेले अली र ह्यारी केनले गोल गरे । एडम वेब्स्टरले ३७ औं मिनेटमा गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएको थियो । तर, दोस्रो हाफमा टोटनह्यामले २ गोल फर्कायो । […]

रातमा सक्रिय हुने १२२ चिनियाँले के गर्थे ? कसुर भेटिएन, निष्कासनको सम्भावना

११ पुस, काठमाडौं । नेकपालाई रिक्त सभामुख चयनमा परेको सकस आजका सबैजसो दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । यसबाहेक पत्रपत्रिकाको पहिलो पृष्ठमा छापिएका सामग्रीमा विविधता छ । कुनैले पक्राउ परेका चिनियाँले के काम गर्थे भन्ने प्रश्नको जवाफ खोजेका छन् केहीले गोकर्ण रिसोर्ट विवाद, चिसोले जनजीवनमा पारेको प्रभावलगायत विषयबारे समाचार बनाएका छन् । कान्तिपुरले बूढानीलकण्ठस्थित ४ […]

संस्थापन र पौडेल समूहको वार्ता असफल

१० पुस, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसको संस्थापन र रामचन्द्र पौडेेल समूहको वार्ता बिहीबार पनि असफल भएको छ । दुबै पक्ष आआफ्नो अडानमा बसेपछि सहमति हुन नसकेको वार्तामा संलग्न नेताहरुले बताएका छन् । मुख्य विवाद भने नेपाल विद्यार्थी संघमा अडि्कएको छ । वार्तामा पौडेल समूहको वार्ता टोलीले नेवि संघको विधानअनुसार ३२ वर्षभन्दा कम उमेरका […]

प्रहरीलाई समयमै खबर गर्दा ‘बलि’ बाट जोगिइन्

१० पुस, काठमाडौं । ‘एउटा राम्रो प्राजेक्टका लागि ६ फिट हाइट भएको मोडल चाहिएको छ । काम गर्ने हो ?’ ब्यूटी कन्टेस्ट हुँदै एकाध म्यूजिक भिडियोमा पनि अभिनय गर्न सुरु गरेकी २१ वर्षीया प्रमिला (नाम परिवर्तन) लाई दुई साताअघि अफर आयो । मोडलिङ क्षेत्रमा भर्खरै प्रवेश गर्दै गरेकी उनका लागि यो अवसर थियो । त्यसमा […]

सात महिनामा खरिद नियमावली चौथो पटक संशोधन, ठेकेदारलाई थप सहुलियत

१० पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगर्ने ठेकदाहरुलाई कारबाही गर्न निर्देशन दिएको एक महिना नपुग्दै सार्वजनिक खरिद नियमावलीमा संशोधन भएको छ । तर फेरि म्याद थप्ने बाटो राखिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद नियमावलीको नवौं संशोधन गर्ने निर्णय गरेको हो । साढे ७ महिनाकै बीचमा नियमावलीमा यो चौथोपटक संशोधन […]

रुपामा पाहुनालाई कोशेलीः अनदीको चामल र तिख्खर मह

८ पुस, पोखरा । कुनै कार्यक्रम होस् वा सभा समारोह या कुनै गाउँ भ्रमणमा पुग्ने अतिथि वा पाहुनालाई रुपा गाउँपालिकाले मौलिक र स्थानीय उत्पादन कोशेली लिने चलन चलाएको छ । रुपाको कोशेली हुन्छ, कहिले ठेकी त कहिले तिख्खर मह । अनि कहिले अनदीको चामल । शहरबाट बनिबनाउ र आयातित सामानमा लेखेर मायाको चिनो उपहार दिने […]

रक्षामन्त्रीको जवाफ : संसदले बनाएको कानूनअनुसार गोकर्णको म्याद थप्यौं

१० पुस, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संसदले बनाएको कानूनअनुसार नै गोकर्ण रिसोर्टको लिज अवधि थप गरिएको बताएका छन् । राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै नेपाल ट्रष्टका अध्यक्ष समेत रहेका मन्त्री पोखरेलले जवाफ लिएका हुन् । ‘मन्त्रिपरिषद् वा नेता विशेषले निर्णय गरेर होइन, संसदले त्यो ऐन बनाएको हो’ उनले […]

एक सातादेखि मृगौला प्रत्यारोपण ठप्प, बिरामीको विचल्ली

१० पुस, काठमाडौं । झापाको बुधबारे ४ की मनिषा मगर मृगौला प्रत्यारोपणका लागि डेढ महिनाअघि बाबुसँग काठमाडौं आइन् । सबै परीक्षण सकेर उनीहरु प्रत्यारोपणको पर्खाइमा रहँदा मृगौला तस्करीको आरोपमा पुल्चोकस्थित निदान अस्पतालका चिकित्सकहरुसहित केही पक्राउ परे । यसले मृर्गौला प्रत्यारोपण ठप्प भयो । वैदेशिक रोजगारीका लागि दुवईमा रहेका मनिषाका बाबु दुवै मृगौला फेल भएकी छोरीलाई […]

‘आदेश पालक होइन, संसदको नेता छानौं’

१० पुस, काठमाडौं । कृष्णबहादुर महरा सभामुख रहँदा प्रमुख विपक्षी नेपाली कांग्रेसले उनीमाथि बारम्बार चोर औंला ठड्यायो । उसले संसदभित्र र बाहिर पनि बारम्बार भनिरह्यो, ‘सभामुखबाट आग्रहपूर्ण व्यवहार भयो, सरकारको आदेश पालक जस्तो भए ।’ पूर्व माओवादी नेता समेत रहेका महराले राम्रोसँग सभा सञ्चालन गर्न नसकेको कांग्रेस नेताहरुको ठम्याइ छ । साथै प्रधानमन्त्री केपी शर्मा […]

जीप दुर्घटनामा आमाको मृत्यु, ४ वर्षीय छोरा घाइते     

१० पुस,  बनेपा । धुलिखेल नगरपालिका–११ पात्लेखेतस्थित वीपी राजमार्गमा बिहीबार अपराह्न जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–८ की अन्दाजी २५ वर्षीया मीनाकुमारी बोगटी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । रामेछापबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ६१५३ नम्बरको जीप आफैं अनियन्त्रित भई सडक किनारामा भएको […]

एमसीसीको बिरोध गर्नेहरुलाई आफैं थाक्न दिनुस् : गोकुल बास्कोटा

१० पुस,काठमाडौं । सरकारले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदन हुने सन्दर्भमा कुनै भ्रम नरहेको प्रष्ट पारेको छ । चीनसँगको बीआरआई जस्तै अमेरिकासँगको एमसीसी पनि विकासमा साझेदारीमात्र रहेको सराकारका प्रवक्ता गोकुल बास्कोटाले बताए । बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा केही नेताले व्यक्तिगत तुष्टि पोख्न र कतिपयले नबुझेर विरोध गरे पनि उनीहरु आफैं थाक्ने बास्कोटाले […]

सभामुखबारे नेकपा अनिर्णित, उपसभामुखको राजीनामा कहिले ?

१० पुस,काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकको सम्भावित कार्यसूचीमा सभामुख चयन प्रक्रिया अघि बढाउने उल्लेख छ । तर उपसभामुख शिवमाया तुम्बाहाम्फेले बिहीबार साँझसम्म राजीनामा दिएकी छैनन् । सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक बाध्यताका कारण नेकपाले उनलाई उपसभामुखबाट राजीनामा गर्न भनिसकेको छ । सभामुख निर्वाचन प्रक्रिया शुरु हुनुअघिनै उपसभामुखको राजीनामा नआए सभामुख नेकपाले नपाउने कांग्रेस […]

काठमाडौंका होर्डिङ बोर्ड झिक्न चार टोली परिचालन गरिने

१० पुस, काठमाडौं । काठमाडौंका चोक–चोकमा रहेका होर्डिङ बोर्ड हटाउन काठमाडौं महानगरपालिकाको नेतृत्वमा ४ वटा कार्यदल बनाएर परिचालन गरिने भएको छ । बिहीबार गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा बसेको बैठकले कार्यदल बनाएर तत्कालै होर्डिङ बोर्ड हटाउने निर्णय गरेको हो । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले सरोकारवाला समेतको सहभागितामा भएको बैठकले सहरको सौन्दर्य बढाउनका लागि होर्डिङ बोर्ड हटाउन […]

सातौं राष्ट्रिय कृषि गणनाका लागि सुझाव संकलन

१० पुस, बुटवल । हरेक १० वर्षमा गरिंदै आएको राष्ट्रिय कृषि गणना अन्तर्गत २०७८ सालमा गरिने सातौं राष्ट्रिय कृषि गणनाका लागि केन्द्रीय तथ्याङ्क विभागले प्रदेशगत रुपमा सुझाव संकलन थालेको छ । तीनै तहका सरकारलाई चाहिने कृषि सम्बन्धी तथ्याङ्क उपलब्ध गराउने उद्देश्यका साथ बिहीबार बुटवलमा छलफल र अन्तरक्रिया भएको छ । अन्तरक्रियामा बोल्दै प्रदेश ५ की […]



from समाचार – Online Khabar https://ift.tt/2Q0KXHA
via IFTTT
Powered by Blogger.