Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रमाणपत्र विवादपछि चालिसेले दिए राजीनामा

१० पुस, पोखरा । पोखरा महानगरपालिकाका वरिष्ठ नगर प्रहरी निरीक्षक वसन्तप्रसाद चालिसेले बिहीबार राजीनामा दिएका छन् । २ वटा प्रमाणपत्र पेश गरी जागिर खाएको सार्वजनिक भएपछि उनले राजीनामा दिएका हुन् । ‘बिहीबार उहाँले राजिनामा दिनुभएको छ,’ महानगर सूचना अधिकारी भरतराज पौडेलले भने, ‘बाँकी कारबाहीको प्रक्रियामा छौं ।’ चालिसेको पहिलो नागरिकतामा जन्ममिति २०१७ फागुन ५ गते […]

चिसो बढेपछि बुटवलका विद्यालयमा ३ दिन विदा

१० पुस, बुटवल । बुटवलका विद्यालयमा ३ दिन चिसो विदा दिइने भएको छ । उपमहानगर क्षेत्रमा अत्यधिक चिसो बढेकोले पुस ११ देखि १३ गतेसम्म विद्यालयमा विदा दिने निर्णय गरिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ । तीन दिनको चिसो विदा स्थानीय विदाबाट कट्टी हुने उपमहानगरपालिकाले उल्लेख गरेको छ । यसअघि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि विद्यालयलाई विदा दिने […]

प्रदेश २ सरकारले छोरीको बिमा गर्न शिविर सञ्चालन गर्ने

१० पुस, जनकपुरधाम । प्रदेश २ सरकारले अब घर–घरमै पुगेर छोरीहरुको बिमा गरिदिने भएको छ । बिभिन्न कारणले अपेक्षाकृत रुपमा छोरीहरुको बिमा हुन नसकेपछि प्रदेश सरकारले यसका निम्ति शिविर सञ्चालन गरी घर–घरमै पुगेर बिमा सञ्चालन गर्ने जनाएको छ । प्रदेश २ सरकारले ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान अन्तर्गत सुरु गरेको छोरी शिक्षा बिमा कार्यक्रम कर्मचारी […]

राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल तोकियो

१० पुस, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल तोकेको छ । माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ७ प्रदेशका ७ ठाउँमा मतदानस्थल तोकिएको छ । प्रदेश १ को विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश २ को जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण स्मृति भवन, प्रदेश ३ को ललितपुर महानगरपालिकाको वडा समितिको भवनमा मतदानस्थल तोकिएको छ […]

रौतहटका ७० विपन्न परिवारलाई कम्बल वितरण

१० पुस, रौतहट । चिसोबाट प्रभावित रौतहटका ७० गरिब तथा विपन्न समुदायका परिवारलाई बिहीबार कम्बल वितरण गरिएको छ । दैवि प्रकोप उद्दार समितिले डोम समुदायका ७० गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरेको हो । केही दिन यता लगातार शीतलहर चल्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा समितिले कम्बल वितरण गरेपछि उनीहरुले राहतको […]

नेपाल–चीन वाणिज्य वार्ता अनिश्चित, लेबल विवाद लम्बियो

१० पुस, काठमाडौं । डिसेम्बर महिनाको दोस्रो साता बस्ने भनिएको नेपाल–चीन वाणिज्य वार्ता अनिश्चित बनेको छ । चिनियाँ पक्षको अनुरोधमा स्थगन गरिएको र नयाँ मितिको टुंगो नलागेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनायो । बैठक बस्न नसक्दा तत्काल देखिएको दुई मुलुकबीच खाद्यवस्तुको आयात निर्यातमा उब्जिएको नयाँ विवाद लम्बिएको छ । नेपालबाट चीनतर्फ निर्यात हुने खाद्यवस्तुमा […]

गंगालाल हृदय केन्द्रको कार्यकारी निर्देशकमा झापाका अधिकारी नियुक्त

१० पुस, काठमाडौं । सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक झापाका डा. चन्द्रमणि अधिकारीलाई नियुक्त गरेको छ । पुस ७ गते बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई सो पदमा चार वर्षका लागि नियुक्त गरेको हो । त्यस्तै सरकारले नेपाल मेडिकल काउन्सिलका रिक्त सदस्य पदमा ६ जनालाई मनोनित गरेको छ । जसमा किशोरविक्रम मल्ल, डा. हरिहर […]

उखुको खरिद मूल्य गत वर्षकै कायम

१० पुस, काठमाडाैं । सरकारले गत वर्षकै उखुको खरिद मूल्यलाई निरन्तरता दिएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले उखुको खरिद मूल्य प्रति क्विन्टल ५३६ रुपैयाँ ५६ पैसा तोकेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । न्यूनतम लागत, ढुवानी, मुनाफा र आुदान समेत गरेर चालु आर्थिक वर्षका लागि यो मूल्य निर्धारण गरिएको सरकारी दाबी छ […]

सुरक्षण मुद्रण जिटुजीबाट गर्न सञ्चार मन्त्रालयलाई अनुमति

१० पुस,काठमाडौं । सरकारले नोटदेखि पासपोर्टसम्म स्वदेशमै छाप्नका लागि आवश्यक सुरक्षण मुद्रण उपकरणहरु सरकार–सरकारबीचको समझदारीमा (जिटुजी)बाट खरिद गर्ने निर्णय गरेको छ । निजी कम्पनीसँग खरिद गर्दा मूल्यदेखि गोपनीयतासम्मको प्रश्न उठ्ने भएकाले जर्मनी वा फ्रान्समध्ये एउटा देशको सरकारसँग सम्झौता गर्ने प्रक्रिया अघि बढाइने भएको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले सुरक्षण मुद्रणसम्बन्धी उपकरणहरु खरिद गर्ने सम्बन्धमा फ्रान्स […]

संविधानको ‘साझा अधिकार’मा अल्मलिएका शिक्षक

१0 पुस, डोटी । सर्लाहीको कबिलासी नगरपालिका–७ का उमेश राय शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीको शिक्षक छनोटको खुला प्रतिस्पर्धामा समावेशी कोटाबाट छनोट भए । उनलाई विभागले डोटी पठायो । शिक्षा विकास तथा समन्वय ईकाई डोटीले उनलाई नियुक्ति दिएर पदस्थापनका लागि पूर्वीचौकी गाउँपालिकामा पठायो । तरm गाउँपालिकाले पदस्थापन नगरी उमेशसहित ६ जनालाई शिक्षा ईकाईमै […]

फौजी किरा नियन्त्रण गर्न प्रदेश १ मा विशेष टोली

१० पुस, विराटनगर । प्रदेश १ का तराईका जिल्लामा पनि फौजी किराको प्रकोप देखिएपछि प्रदेश सरकारले प्रकोप नियन्त्रणको काम थालेको छ । पहिले पहाडी जिल्लामा देखिएको फौजी किराको लार्भा र बयस्क पुतली केही महिनायता झापा, मोरङ, सुनसरीलगायतका जिल्लाका मकैबालीमा पनि भेटिएका छन् । प्रदेश कृषि निर्देशनालयका कार्यबाहक निर्देशक प्रकाशकुमार डाँगीले मोरङका दक्षिणी भेग रंगेली, बुद्धनगर, […]

आफै चढेको बसले किच्दा एक युवकको मृत्यु

१० पुस, काठमाडौं । पर्साको ठोरीबाट चितवनको भरतपुर तर्फ आउँदै गरेको बसले किचेर एक युवकको बिहीबार मृत्यु भएको छ । मृत्यु हुनेमा ठोरी गाउँपालिका-१ रोजीनगरका २१ वर्षीय अनम प्रजा रहेका छन् । ठोरी भन्सार क्षेत्रबाट चितवनको भरतपुरका लागि छुटेको ना५ख १२१२ नम्बरको बसको ढोकाबाट खसेका प्रजालाई पछाडिको चक्काले किच्दा उनको घटनास्थमै मृत्यु भएको इलाका प्रहरी […]

प्रधानमन्त्रीले विश्वासको मत लिनुपरे कुनै महाभारत होइन : सरकारका प्रवक्ता

१० पुस,काठमाडौं । सत्ता साझेदार समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनु पर्ने वा नपर्ने भन्ने बहस अर्थहीन रहेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बताएका छन् । बिहीवार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले विश्वासको मत लिनुपरे पनि कुनै महाभारत नहुने बताए । उनले प्रतिनिधिसभामा बहुमत रहेकाले […]

विराटनगर पीपीएलको फाइनलमा

१० पुस, काठमाडौं । विराटनगर टाइटन्स नमस्ते पोखरा पि्रमियर लिग (पीपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अब उसले उपाधिका लागि चितवन राइनोजसँग खेल्नेछ । फाइनलमा स्थान सुरक्षित गर्ने क्रममा विराटनगरले बिहीवार भएको इलिमिनेटरमा बुटवल ब्लास्टरलाई २१ रनले हरायो । बुटवलमाथि उसको यो लगातार जित हो । बुटवललाई नै ठूलो अन्तरले हराएर बिराटनगरले इलिमिनेटरमास्थान पक्का […]

सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु, एक घाइते

१० पुस, जनकपुरधाम । सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । अर्की एक महिला घाइते भएकी छन् । जाडो छल्न आगो तापीरहेकी जिल्लाको बरहथवा नगरपालिका वडा नम्बर १७ निवासी राजमतिदेवी साहको जलेर मृत्यु भएको छ । ४० बर्षीया साह बुधबार साँझ आफ्नो आँगनमा आगो तापीरहँदा उनको शरीरमा आगो सल्केको थियो । […]

प्रहरीलाई समयमै खबर गर्दा ‘बलि’ बाट जोगिइन्

१० पुस, काठमाडौं । ‘एउटा राम्रो प्राजेक्टका लागि ६ फिट हाइट भएको मोडल चाहिएको छ । काम गर्ने हो ?’ ब्यूटी कन्टेस्ट हुँदै एकाध म्यूजिक भिडियोमा पनि अभिनय गर्न सुरु गरेकी २१ वर्षीया प्रमिला (नाम परिवर्तन) लाई दुई साताअघि अफर आयो । मोडलिङ क्षेत्रमा भर्खरै प्रवेश गर्दै गरेकी उनका लागि यो अवसर थियो । त्यसमा […]

६ हजार घुससहित सशस्त्रका इन्सपेक्टर र सहायक हवल्दार पक्राउ

१० पुस, बुटवल । रूपन्देहीको गैडहवा गाउँपालिका विष्णुपुरास्थित शसस्त्र प्रहरी वेश क्याम्पका प्रहरी निरीक्षण तेजबहादुर जोरा र शसस्त्र प्रहरी सहायक हवल्दार वीरेन्द्रप्रसाद चौधरी ६ हजार रुपैयाँ घुस रकमसहित बिहीबार पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनीहरूलाई गैडहवा–३ बाट ६ हजार रुपैयाँ घुस सहित रंगे हात पक्राउ गरेको हो । घरयासी सामान […]

वन्यजन्तुको अंग तस्करी गर्ने ७ जना हतियारसहित पक्राउ

१० पुस, धनगढी । जिल्ला प्रहरी कार्यालय बाजुराले बुढीनन्दा नगरपालिका-८ स्थित शिल्पे लेकमा अवैध रूपमा वन्यजन्तुको अंग तस्करी गर्ने ७ जनालाई हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढीनन्दा ८ गोठीका आइते बोहरा, बल बहादुर बोहरा, मनिचन्द्र बोहरा, कविन्द्र बोहरा, दल कामी, पृथ्वी बोहरा र बुढीनन्दा १० पिरकोटका पृथ्वी सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका […]

सरकारले तोक्यो उखुको खरिद मूल्य

१० पुस, काठमाडौं । सरकारले उखुको खरिद मूल्य तोकेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले उखुको खरिद मूल्य प्रति क्विन्टल ५३६ रुपैयाँ ५६ पैसा तोकिएको छ । न्यूनतम लागत, ढुवानी, मुनाफा र अनुदानसमेत गरेर चालु आर्थिक वर्षका लागि यो मूल्य निर्धारण गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

रकम फिर्ता नगरेको झोंकमा बुहारीको हत्या !

१० पुस, जनकपुरधाम । रकम फिर्ता नगरेको निहुँमा जेठाजुले खुकुरीले हान्दा धनुषामा महिलाको मृत्यु भएको छ । आफ्नै जेठाजु श्रीप्रसाद पञ्जियारको खुकुरी प्रहारबाट ३८ बर्षीया रानीको मृत्यु भएको हो । घटनापछि फरार भएका श्रीप्रसादलाई जनकपुरधाम उपमहानगरपालिका १ स्थित रेल्बे ट्रयाकबाट बुधबार राति ९ बजे पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिए । […]

हात्ती महोत्सवको विरोधप्रति प्रचण्डको असन्तुष्टि

१० पुस, चितवन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हात्ती महोत्सवको विरोधप्रति असन्तुष्टि जनाएका छन् । बिहीबारदेखि सुरु भएको महोत्सवको उद्घाटन समारोहमा प्रचण्डले भने, ‘आजकाल कोहीकोही आफूलाई निक्कै बुझक्कड ठान्ने मानिसहरुले मानिस र जनावरको सम्बन्धमा दरार पैदा गर्न खोज्छन्, त्यो निकै दुखद पक्ष हो ।’ महोत्सवको तयारी गर्दा मानिसले वर्ष दिनभरी […]



from समाचार – Online Khabar https://ift.tt/2MsNBUc
via IFTTT
Powered by Blogger.