समाचार
११ पुस, पोखरा । हिमा गृह रिसोर्ट निजी क्षेत्रलाई भाडामा दिने तयारी भइरहेको नेपाल ट्रष्टका अधिकारीहरुको अभिव्यक्तिले पोखरामा तरंग ल्याएको छ । गोकर्ण रिर्सोटको सम्झौता झण्डै ६ वर्ष बाँकी रहँदै अर्को २५ वर्षका लागि यति समूहलाई दिने निर्णयको बचाउ गर्न नेपाल ट्रष्टको कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरेको थियो । त्यसक्रममा कार्यकारी सचिव गजेन्द्रकुमार ठाकुरले हिमा […]
११ पुस, विराटनगर । आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको बयान सकिएको छ । शुक्रबार जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासमा उनको बयान भएको हो । अदालतले बयान लिइरहँदा अदालत बाहिर भने सिद्धबाबा पक्ष र महिला अधिकारकर्मीले नाराबाजी गरिरहेका थिए । प्रवेश द्धारको दायाँ सिद्धबाबाका अनुयायीहरुले जय जय राम, जय श्रीराम भन्दै नारा […]
११ पुस, विराटनगर । पूर्वका उद्योगीहरुले सहज रुपमा उद्योग, व्यापार तथा व्यवसाय सञ्चालन गर्ने वातावरण तयार गरी दिन माग गरेका छन् । उद्योगको क्षेत्रमा देखा परेका कानूनी जटिलता हल गर्दै सामान्य अवस्थामा पनि राजधानी काठमाडौं पुग्नुपर्ने वाध्यताको अन्त्य गर्न उनीहरुले माग गरेका हुन् । प्रत्येक प्रदेशमा राजस्व न्यायाधिकरण लगायतका प्रदेशस्तरीय कार्यालयहरूको स्थापना गर्नुपर्नेमा उनीहरुले जोड […]
११ पुस, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिवको अधिकार खोसिने भएको छ । युवा तथा खेलकुद मन्त्रालयले ‘खेलकुदको विकाससम्बन्धी विधेयक’मा सदस्य सचिव एक्लैले कार्यकारिणी अधिकार प्रयोग गर्दै आएको भन्दै कटौती गर्ने प्रस्ताव ल्याएको थियो, जसलाई संसदको शिक्षा तथा स्वास्थ्य समितिले स्वीकार गरेको छ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माकाअनुसार प्रचलित कानुन बमोजिम वार्षिक […]
११ पुस, काठमाडौं । सशस्त्र प्रहरीका गोताखोर तालिम लिएका कर्मचारीहरुलाई सामूहिक रुपमा निःशुल्क दुर्घटना बिमा गरिएको छ । प्रधान कार्यालय हल्चोकमा शुक्रबार एक कार्यक्रमका बीच नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल शाखाले प्रतिव्यक्ति दुई लाख रूपैयाँको बिमा गरेको हो । सशस्त्र प्रहरी बलका गोताखोरहरुको बिमा गर्ने कार्य २०७४ सालदेखि सुरु भएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी […]
११ पुस, बुटवल । नेपाल डेरी एसोसिएशनले दुग्धजन्य पदार्थको गुणस्तरीय उत्पादन, दक्ष जनशक्ति उत्पादन र अनुसन्धानका लागि राष्ट्रियस्तरको डेरी रिसर्च सेन्टर स्थापना गर्न माग गरेको छ । २१ औं वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा बुटवलमा शुक्रबार पत्रकार सम्मेलन गरी एसोसिएशनले यस्तो माग गरेको हो । नेपालकै पहिलो डेरी सथापना भएको काभ्रेको नालास्थित टुसालमा रिसर्च सेन्टर स्थापना गर्न […]
११ पुस, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम बहादुर रावलले मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका कतिपय प्रावधानहरु नेपालको हितमा नरहेको दाबी गरेका छन् । आफू अमेरिकी सहयोग लिन नहुने पक्षमा नरहेको, तर कतिपय विषय दुवै देशले स्पष्ट पार्नुपर्ने बताए । शुक्रबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा पूर्वमन्त्री समेत रहेका […]
११ पुस, हेटौंडा । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा प्रदेश ३ सरकारले पहिलो फ्लाइटबाट भरतपुर आउने २० पर्यटकलाई सौराहामा निशुल्क बसोबास गराउने घोषणा गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले काठमाडौंबाट पहिलो हवाई यात्रामा चितवन आउने पर्यटकका लागि एक रात सौराहामा खान बस्न, जंगल तथा हात्ती सफारीको निः शुल्क व्यवस्था गरेको मन्त्री […]
११ पुस, काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिकासहित प्याकेजमा सहमति नभएसम्म केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने निर्णय गरेको छ । शुक्रबार पौडेल समूहका वार्ता टोली संयोजक प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बसेको पौडेल समूहको बैठकमा वार्ता टोलीले अहिलेसम्म भएका छलफलबारे ब्रिफिङ गरेको थियो । महाधिवेशन कार्यतालिका, नेविसंंघ, केन्द्रीय विभाग […]
११ पुस, काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ स्थित रामचन्द्र भञ्ज्याङमा शुक्रबार भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । अन्य ४ जना घाइते छन् । ३ जनाको घटनास्थलमै र २ जनाको उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रदेश ३ का प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक अरुण पौडेलले अनलाइनखबरलाई जानकारी […]
११ पुस, काठकाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले १२ सय मेगावाटको बहुप्रतिक्षित बुढीगण्डकी जलविद्युत आयोजना प्रभावितले पाउने मुआब्जा रकममा लाभकर छुट दिन प्रस्ताव गरेको छ । हाल बुढीगण्डकी आयोजनाका प्रभावितलाई दिइएको मुआब्जामा १० प्रतिशत लाभकर लिने गरिन्छ । तर प्रभावितहरुले त्यसको विरोध गर्दै आएका छन् । शुक्रबार राष्टियसभा अन्तर्गततको राष्ट्रिय सरोकार समितिमा ऊर्जामन्त्री वर्षमान […]
११ पुस, राँझा (बाँके) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित सम्पर्क कार्यालयमा स्थानीय तहका उजुरी धेरै परेका छन् । बाँके, बर्दिया र दाङ कार्य क्षेत्र रहेको अख्तियारको नेपालगञ्जस्थत सम्पर्क कार्यालयमा आर्थिक वर्ष २०७६/७७ को पहिलो पाँच महिनामा परेका ४३३ उजुरीमध्ये करिब आधा स्थानीय तहका छन् । मङ्सिर मसान्तसम्म स्थानीय तहमा सङ्घीय मामिलातर्फ १३० र शिक्षातर्फ […]
११ पुस, पोखरा । साइकल सिटी पोखराले गर्दै आएको ‘टुर दि पोखरा’को पाँचौं संस्करण शनिबार हुने भएको छ । ‘थोपा थोपा इन्धन बचाऔं’ नारासहित सुरु भएको टुर दि पोखराको यस संस्करणमा १८.५ किलो मिटर साइकल दौड हुने भएको छ । साइकल सिटीले टुर दि पोखराका लागि साइकलयात्री विशाल गर्बुजा र जमुना थापालाई सद्भावना दूत समेत […]
११ पुस, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि साउदी अरेबियाका राजदूत मुसेइड अल मारवानेले शुक्रबार शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटमा नेपाल-साउदी अरेबिया द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपाल र साउदी अरबियाबीच जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै राजदूत मारवानेको […]
११ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष तथा व्यवसायी चन्द्रप्रसाद ढकालले महासंघको बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । बाग्लुङ उद्योग वाणिज्य संघको आयोजनामा बाग्लुङमा सुरु भएको बाग्लुङ महोत्सवको उद्घाटन समारोहमा उनले बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका हुन् । ‘बाग्लुङ उद्योग वाणिज्य संघले मलाई बरिष्ठ उपाध्यक्ष पदमा प्रस्ताव गर्यो, महासंघका […]
११ पुस, रौतहट । नेपाल भारतको सीमाको दशगजा क्षेत्र बनाइएका संरचनाहरु हटाउन सुरु गरेको छ । नेपाल र भारत दुवै पक्षका सुरक्षाकर्मीको संयुक्त पहलमा दशगजा क्षेत्रमा बनाइएका गाईगोठ, घरटहरा, पसल तथा बजार हटाउन थालेको हो । रौतहटको पश्चिमी सीमा क्षेत्रबाट सुरु भएको अभियान सरमुजवासम्म पुगेको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणले जनाएको छ । […]
११ पुस, काठमाडौं । अख्तियार दुरुपयोय अनुसन्धान आयोगले घुस लिएको आरोपमा एक प्रहरी हवल्दारलाई पक्राउ गरेको छ । आयोगले आठ हजार रुपैयाँ घुस लिएको भन्दै इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत प्रहरी हवल्दार राजु श्रेष्ठलाई नियन्त्रणमा लिएको हो । दमक नगरपालिका–४ ताराबारीको काठमिलबाट पक्राउ परेका हवल्दार श्रेष्ठले काठ फर्निचर कारोबारमा सहजीकरण गर्छु भनेर सेवाग्राहीसँग घुस लिएको […]
११ पुस, काठमाडौं । नेपाल र चीनबीचको अन्तरदेशीय प्रसारणलाइनको निर्माणको थप प्रक्रिया अघि बढ्ने भएको छ । दुबै देशले आ–आफ्नोतर्फका भूभागमा पर्ने प्रसारणलाइनको निर्माणको लागि विस्तृत सम्भाब्यता अध्ययन अघि बढाउने सहमति गरेका छन् । नेपाल चीनबीचको संयुक्त ऊर्जासम्बद्ध प्राविधिक समिति बैठकमा यस्तो सहमति भएको हो । प्राविधिकस्तरमा संयुक्त रुपमा परियोजनाको विस्तृत अध्ययन गर्ने विषयमा प्राधिरकण […]
११ पुस, काठमाडौं । अकुपाई टुँडिखेल अभियान अन्तर्गत शनिबार बिहान खुल्लामञ्चलाई सिंगार्ने कार्यक्रम हुने भएको छ । सोसाइटी अफ नेपलिज, आर्किटेक्ससँगको सहकार्यमा कलाकार धन यख्याले खुलापन र वातावरणीय सन्तुलन झल्कने गरी रंगिचंगी आकृतिहरु कोर्ने कार्यक्रमहरु रहेका छन् ।आकृतिहरुमा थप रङ्ग भर्न बालकदेखि वृद्धासम्मले सहयोग गर्ने छन् । टुँडिखेलमा भएको अतिक्रमण रोक्न गत कात्तिक देखि सुरु […]
११ पुस, काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ स्थित रामचन्द्र भञ्ज्याङमा शुक्रबार जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । मृतकको पहिचान खुल्न नसकेको र मृतक मध्ये १ जना महिला र २ जना पुरुष रहेको प्रदेश ३ का प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक अरुण पौडेलले अनलाइनखबरलाई जानकारी दिए […]
११ पुस, रामेछाप । रामेछाप नगरपालिकाको वडा नम्बर ८ स्थित भंगेरीमा अन्तर्राष्ट्रिय स्तरको संग्रहालय बन्ने भएको छ । सहिद गंगालाल र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव स्व. पुष्पलाल श्रेष्ठको जन्मस्थलमा सो संग्रहालय बन्न लागेको हो । भंगेरीलाई कम्युनिस्टहरुको तीर्थस्थलको रुपमा विकास गर्ने गरी भंगेरीलाई अन्तर्राष्ट्रिय संग्रहालयको रुपमा विकास गर्ने प्रदेश-३ का आर्थिक मामिला तथा योजनामन्त्री […]
from समाचार – Online Khabar https://ift.tt/2Q20wyU
via IFTTT