समाचार
१५ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवालाई लिखित पत्र नै बुझाएर केन्द्रीय कार्यसमितिको निर्णय सच्याउन आग्रह गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र सिटौला समूहका नेताहरुको बहिस्कारका बीच कांग्रेस केन्द्रीय समितिले बहुमतका आधारमा महाधिवेशनको कार्यतालिका बनाउनुका साथै विभागहरु थपेर ४७ वटा पुर्याउने निर्णय गरेको थियो । पार्टीको केन्द्रमा […]
१५ पुस, काठमाडौं । यती समूहलगायतले लिएको लिजबारे छानविन गर्न आफू तयार रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । साथै शेरबहादुर देउवाको नेतृत्वमा कामचलाउ सरकारले गरेका निर्णयहरु पनि छानविनको दायरामा आइनुपर्ने प्रधानमन्त्री ओलीले बताएका छन् । विभिन्न ठाउँको जमीन र संरचनाहरु लिजमा दिने क्रममा अनियमितता भएको भन्दै प्रधानमन्त्री ओलीले त्यसमाथि छानविन हुनुपर्ने बताएका हुन् […]
१५ पुस, काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बीउ बिजन सम्बन्धी विधेयक सर्वसम्मत रुपमा पारित गरको छ । मंगलबार बसेको समिति बैठकले बीउ बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ पारित गरेको हो । यो विधेयक ७ जेठ २०७६ मा संसदमा दर्ता भएको थियो भने दफावार छलफलका लागि १ भदौ […]
१५ पुस, पोखरा । गुरुङ समुदायको ठूलो पर्व ‘तमु ल्होसार/ल्होछार’ मंगलबार भव्य रुपमा मनाइएको छ । मृग वर्गलाई बिदाइ र मुसा वर्गको स्वागतमा गुरुङ समुदायले आआफ्नो पायक पर्ने ठाउँमा भेला भई खुसियाली मनाएका छन् । काठमाडौंमा रहेका गुरुङ समुदाय भने टुँडिखेलमा भेला भएका थिए । उनीहरुले आफ्नो जातीय पोशाकका साथै विभिन्न परम्परागत गरगहना लगाएर मेला […]
१५ पुस, चितवन । चितवनको कालिका नगरपालिका-९ मिलन बजारमा रहेको एनसेलको टावरमा मंगलबार साँझ आगजनी गरिएको छ । आगलागीको घटना थाहा पाउने वित्तिकै जुटपानी प्रहरी चौंकीबाट प्रहरीहरु परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । टावरमा अहिले पनि आगो लागिरहेको स्थानीयले बताए । आगो कसले र किन लगायो भन्ने बारेमा केही […]
१५ पुस, नवलपुर । नवलपुरको धार्मिक पर्यटकीय स्थल गैंडाकोटको मौलाकालिका मन्दिरमा केबुलकार सञ्चालन गरिने भएको छ । मौलाकालिका केबुलकार प्रालिले स्थानीयसँगको सहकार्यमा केबुलकार निर्माण प्रक्रिया अगाडि बढेको छ । मौलाकालिका फेदीमा रहेको गणेशमन्दिर नजिकैको क्षेत्रबाट केबुलकार लैजाने गरी सम्भाव्यता अध्ययन पूरा भएको गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले जानकारी दिए । मौलाकालिकामा केबुलकार सञ्चालनका लागि सबै […]
१५ पुस, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सूचना प्रविधि र विशेष सेवासम्बन्धी विधेयकबारे सरकारलाई प्रश्न गर्न आम नागरिकलाई अपील गरेको छ । सूचना प्रविधि विधेयकले सामाजिक सञ्जालमा कसैलाई हेच्याउने, जिस्क्याउने काम गरे ५ वर्षसम्म जेल हाल्न व्यवस्था छ भने विशेष सेवासम्बन्धी विधेयकमा सरकारले सार्वसाधारणको फोन ट्यापिङ गर्न सक्ने व्यवस्था छ । कांग्रेसले दुबै विधेयकको […]
१५ पुस, काठमाडौं । नक्कली सुन बेच्न खोज्ने तीन जना धनगढीमा पक्राउ परेका छन् । पक्राउ परेकाहरुको नाम भने खुलाइएको छैन । प्रहरीले उनीहरुबाट २ किलो ४ सय ग्राम सुनजस्तो देखिने पहेँलो धातु बरामद गरेको स्रोतको भनाइ छ । तर, प्रारम्भिक परीक्षणबाट पहेँलो धातु नक्कली सुन भएको पाइएको प्रहरीको दाबी छ । घटनामा अन्य व्यक्ति […]
१५ पुस, काठमाडौं । घुस लिएको आरोप लागेपछि निलम्बनमा परेका दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी उप-सचिव खगेन्द्रप्रसाद रिजाल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धानज आयोगले मंगलबार उपसचिव रिजाललाई नियन्त्रणमा लिएको हो । भ्रष्ट्राचारजन्य कार्य गरेको सम्बन्धमा थप अनुसन्धान गर्नका लागि रिजाललाई नियन्त्रणमा दिइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । रिजालले दोलखामा प्रमुख जिल्ला […]
१५ पुस, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद खेमप्रसाद लोहनीले सरकारलाई ‘सीमा सुरक्षा मन्त्रालय नै बनाउन सुझाव दिएका छन् । मंगलबार संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा उनले छुट्टै सीमा सुरक्षा मन्त्रालय बनाउन सरकारलाई निर्देशन दिनुपर्ने बतचाए । छलफल चलिरहँदा सांसद लोहनीले भने, […]
१५ पुस, काठमाडौं । माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले ७ प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय सञ्चाललनमा ल्याएको छ । प्रदेश १ को मोरङ जिल्लाको विराटनगर, प्रदेश २ को धनुषा जिल्लाको जनकपुर, प्रदेश ३ को ललितपुर, गण्डकी प्रदेशको कास्की जिल्लाको पोखरा, प्रदेश ५ को दाङ जिल्लाको घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको […]
१५ पुस, काठमाडौं । प्रदेश २ को पर्साको ठोरी र प्रदेश ३ को चितवनलाई जोड्ने छोटो दुरीको वैकल्पिक मार्गमा मंगलबारदेखि दुई चक्के सवारी साधन मोटरसाइकल तथा साइकल सञ्चालनमा आएका छन् । कुटो कोदालोको सहायताले ठोरी-बाँदरझुला-कुसुमखोला-प्याउली हुँदै माडीको बगही पुग्ने वैकल्पिक बाटो स्थानीयले निर्माण गरेपछि यो सडक भएर मोटरसाइकल तथा साइकल गुड्न थालेको बाँदरझुलाका स्थानीय मदन […]
१५ पुस, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा भाग लिन भारतीय पर्यटन प्रहृलाद सिंह पटेल नेपाल आइपुगेका छन् । उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्वागत गरे । भ्रमण वर्षको औपचारिक उद्घाटन बुधवार दशरथ रंगशालामा हुँदैछ । यस समारोहमा सहभागी हुन चीनबाट सहायक पर्यटन मन्त्री नेपाल आइपुगेका छन् । जमैका […]
१५ पुस, बुटवल । माछाको व्यावसायिक प्रवर्द्धन गर्ने मुख्य उद्देश्यले रूपन्देहीमा पहिलोपटक वृहतस्तरको मत्स्य, कृषि तथा माघी महोत्सव हुने भएको छ । रुपन्देही माछाका लागि उर्वर ठाउँ रहेको, यहाँका चारवटा गाउँपालिकामा माछा सुपरजोन कार्यक्रम लागू भएकाले यसको बजार बिस्तार गर्न र कृषि क्षेत्रकै विकासमा योगदान पुर्याउन महोत्सव आयोजना गरिएको हो । नेपाल मत्स्य व्यवसायी संघ […]
१५ पुस, काठमाडौं । भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा भाग लिन चीनका सहायक पर्यटनमन्त्री वङ सियापोफेङ नेपाल आइपुगेका छन् । उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्वागत गरेका छन् । भ्रमण वर्षको उद्घाटनमा नेपाल आउने उच्च विदेशी पाहुनामध्ये उनी पनि एक हुन् । नेपाल भ्रमण वर्षको उद्घाटन बुधबार दशरथ रंगशालामा हुँदैछ […]
१५ पुस, काठमाडौं । ६ वर्ष भयो, उखु किसानहरुले आफ्नो उत्पादनको मूल्य नपाएर सडकमा संघर्ष गर्दै आएको । यसपाली बल्ल यो विषय राष्ट्रिय मुद्दा बनेको छ । एक त फलाउन गाह्रो, फलाएपछि बेच्नलाई उस्तै संघर्ष, अनि बेचेपछि भुक्तानी लिन झन् महाभारत । हरेक वर्ष दोहोरिने यो कथाले धेरै उखु कृषकहरुलाई त पलायन नै बनाइसकेको छ […]
१५ पुस, काठमाडौं । नेपाल भ्रमण वर्षको मुखमा बर्दियामा अत्याधुनिक रिसोर्ट संचालनमा आएको छ । बर्दिया राष्ट्रिय निकुन्ज र यस आसपासमा आउने पर्यटकको सुविधालाई लक्षित गर्दै बर्दियाको ठाकुरबाबा नगरपालिका, ९ ठाकुरद्धारमा बबई रिसोर्ट सञ्चालनमा आएको हो । जंगल सफारी, वर्ड वाचिङ, बबई नदी र कर्णा लीमा र्याफ्टिङ, डल्फिन वाचिङजस्ता प्याकेज उपलब्ध हुने रिसोर्टका प्रवन्धक धर्मराज […]
१५ पुस, काठमाडौं । गुरुङ समुदायको नयाँ वर्ष ल्होसार मंगलबार देशभर गुरुङ समुदायले भव्य रुपमा मनाएका छन् । उनीहरुले आजको दिनलाई पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्ने दिनको रुपमा मनाउँछन् । यसवर्ष मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिएको छ । गुरुङ समुदायले वर्ष गणनाका लागि १२ वटा जनावरको नाम राखेका छन् । […]
१५ पुस,बुटवल । प्रदेश ५ सरकारले प्रदेशसभाको अधिवेशन माघ ५ गते आह्वान गर्न सिफारिस गरेको छ । चार महिनापछि पहिलोपटक अधिवेशन डाकिएको हो । प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख यादवले आगामी माघ ५ गतेलाई प्रदेश सभाको अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको […]
१५ पुस, जनकपुरधाम । प्रदेश २ को प्रदेशसभाको बैठक मंगलबार लगातार दोस्रो दिन पनि सांसदहरुले अवरुद्व गरेका छन् । प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका सांसदले दोस्रो दिन पनि प्रदेशसभा बैठक अवरुद्व गरेका हुन् । गत आर्थिक बर्षमा सञ्चालन गरिएका योजनाको भुक्तानी नदिएको भन्दै सांसदहरुले पछिल्लो केही महिना यता संसद बैठक अवरुद्व गर्दै […]
१५ पुस, काठमाडौं । चिनी उद्योगीहरुले किसानको उखु खरिदको बक्यौता रकम फिर्ता गर्न प्रतिवद्धता जनाएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सम्पर्क बाहिर रहेका उखु उद्योगी सम्पर्कमा आएका र किसानको रकम फिर्ता गर्ने प्रतिवद्धता जनाएको जानकारी दिए । मंगलबार संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले यसअघि सम्पर्कबाहिर […]
from समाचार – Online Khabar https://ift.tt/2u0dIeS
via IFTTT