समाचार
१० पुस, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसको संस्थापन र रामचन्द्र पौडेेल समूहको वार्ता बिहीबार पनि असफल भएको छ । दुबै पक्ष आआफ्नो अडानमा बसेपछि सहमति हुन नसकेको वार्तामा संलग्न नेताहरुले बताएका छन् । मुख्य विवाद भने नेपाल विद्यार्थी संघमा अडि्कएको छ । वार्तामा पौडेल समूहको वार्ता टोलीले नेवि संघको विधानअनुसार ३२ वर्षभन्दा कम उमेरका […]
१० पुस, काठमाडौं । ‘एउटा राम्रो प्राजेक्टका लागि ६ फिट हाइट भएको मोडल चाहिएको छ । काम गर्ने हो ?’ ब्यूटी कन्टेस्ट हुँदै एकाध म्यूजिक भिडियोमा पनि अभिनय गर्न सुरु गरेकी २१ वर्षीया प्रमिला (नाम परिवर्तन) लाई दुई साताअघि अफर आयो । मोडलिङ क्षेत्रमा भर्खरै प्रवेश गर्दै गरेकी उनका लागि यो अवसर थियो । त्यसमा […]
१० पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगर्ने ठेकदाहरुलाई कारबाही गर्न निर्देशन दिएको एक महिना नपुग्दै सार्वजनिक खरिद नियमावलीमा संशोधन भएको छ । तर फेरि म्याद थप्ने बाटो राखिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद नियमावलीको नवौं संशोधन गर्ने निर्णय गरेको हो । साढे ७ महिनाकै बीचमा नियमावलीमा यो चौथोपटक संशोधन […]
८ पुस, पोखरा । कुनै कार्यक्रम होस् वा सभा समारोह या कुनै गाउँ भ्रमणमा पुग्ने अतिथि वा पाहुनालाई रुपा गाउँपालिकाले मौलिक र स्थानीय उत्पादन कोशेली लिने चलन चलाएको छ । रुपाको कोशेली हुन्छ, कहिले ठेकी त कहिले तिख्खर मह । अनि कहिले अनदीको चामल । शहरबाट बनिबनाउ र आयातित सामानमा लेखेर मायाको चिनो उपहार दिने […]
१० पुस, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संसदले बनाएको कानूनअनुसार नै गोकर्ण रिसोर्टको लिज अवधि थप गरिएको बताएका छन् । राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै नेपाल ट्रष्टका अध्यक्ष समेत रहेका मन्त्री पोखरेलले जवाफ लिएका हुन् । ‘मन्त्रिपरिषद् वा नेता विशेषले निर्णय गरेर होइन, संसदले त्यो ऐन बनाएको हो’ उनले […]
१० पुस, काठमाडौं । झापाको बुधबारे ४ की मनिषा मगर मृगौला प्रत्यारोपणका लागि डेढ महिनाअघि बाबुसँग काठमाडौं आइन् । सबै परीक्षण सकेर उनीहरु प्रत्यारोपणको पर्खाइमा रहँदा मृगौला तस्करीको आरोपमा पुल्चोकस्थित निदान अस्पतालका चिकित्सकहरुसहित केही पक्राउ परे । यसले मृर्गौला प्रत्यारोपण ठप्प भयो । वैदेशिक रोजगारीका लागि दुवईमा रहेका मनिषाका बाबु दुवै मृगौला फेल भएकी छोरीलाई […]
१० पुस, बनेपा । धुलिखेल नगरपालिका–११ पात्लेखेतस्थित वीपी राजमार्गमा बिहीबार अपराह्न जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–८ की अन्दाजी २५ वर्षीया मीनाकुमारी बोगटी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । रामेछापबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ६१५३ नम्बरको जीप आफैं अनियन्त्रित भई सडक किनारामा भएको […]
१० पुस,काठमाडौं । सरकारले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदन हुने सन्दर्भमा कुनै भ्रम नरहेको प्रष्ट पारेको छ । चीनसँगको बीआरआई जस्तै अमेरिकासँगको एमसीसी पनि विकासमा साझेदारीमात्र रहेको सराकारका प्रवक्ता गोकुल बास्कोटाले बताए । बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा केही नेताले व्यक्तिगत तुष्टि पोख्न र कतिपयले नबुझेर विरोध गरे पनि उनीहरु आफैं थाक्ने बास्कोटाले […]
१० पुस, काठमाडौं । काठमाडौंका चोक–चोकमा रहेका होर्डिङ बोर्ड हटाउन काठमाडौं महानगरपालिकाको नेतृत्वमा ४ वटा कार्यदल बनाएर परिचालन गरिने भएको छ । बिहीबार गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा बसेको बैठकले कार्यदल बनाएर तत्कालै होर्डिङ बोर्ड हटाउने निर्णय गरेको हो । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले सरोकारवाला समेतको सहभागितामा भएको बैठकले सहरको सौन्दर्य बढाउनका लागि होर्डिङ बोर्ड हटाउन […]
१० पुस, बुटवल । हरेक १० वर्षमा गरिंदै आएको राष्ट्रिय कृषि गणना अन्तर्गत २०७८ सालमा गरिने सातौं राष्ट्रिय कृषि गणनाका लागि केन्द्रीय तथ्याङ्क विभागले प्रदेशगत रुपमा सुझाव संकलन थालेको छ । तीनै तहका सरकारलाई चाहिने कृषि सम्बन्धी तथ्याङ्क उपलब्ध गराउने उद्देश्यका साथ बिहीबार बुटवलमा छलफल र अन्तरक्रिया भएको छ । अन्तरक्रियामा बोल्दै प्रदेश ५ की […]
सन् १८१६ को सुगौली सन्धि अनुसार नवलपरासी जिल्ला र भारतको अन्तराष्ट्रिय सीमाना नारायणी/गण्डकी नदी हो । सन्धिमा उल्लेख भए अनुसार नारायणी/गण्डकीको पश्चिमतर्फ नेपाल र पूर्वतर्फ भारत हो । सुगौली सन्धिताका सुस्ता भन्ने बस्ती नारायणी/गण्डकी नदीको पश्चिममा थियो । जब नदीको धार परिवर्तन भई नदी सुस्ताको पश्चिबाट बग्न थाल्यो र सुस्ता पूर्वमा पर्न थयो । त्यहीबेलादेखि […]
१० पुस, सप्तरी । सप्तरीको राजगढ गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । गाउँपालिका अध्यक्ष तथा कार्यपालिकाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजगढ गाउँपालिकाका तीन जना वडाध्यक्षको नेतृत्वमा कार्यालयमा तालाबन्दी गरेको हो । विकास निर्माणका योजनामा काखापाखा गर्दै अधिकांश गतिविधि नियमविपरीत गरिएको आरोप लगाउँदै वडा नम्बर २ का अध्यक्ष ललितनारायण सिंह, वडा नम्बर ४ का अध्यक्ष हेमनारायण साह […]
१० पुस, ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–२ आम्बेगुदिनमा सडक निर्माणका क्रममा रुख ढल्न पुग्दा रुखले किचेर एक जनाको ज्यान गएको छ । आम्बेगुदिनस्थित हप्पुखोलाबाट तेल्लोक जोड्ने मोटरबाटो निर्माणका क्रममा ढलेको रुखले किच्दा स्थानीय ६० वर्षीया पदम माया खड्काको घटनास्थलमा नै ज्यान गएको आम्बेगुदिन प्रहरी चौकीले जनाएको हो । प्रहरीका अनुसार बिहीबार दिउँसो घर छेउमा रहेर […]
१० पुस, पोखरा । पोखरा महानगरपालिकाका वरिष्ठ नगर प्रहरी निरीक्षक वसन्तप्रसाद चालिसेले बिहीबार राजीनामा दिएका छन् । २ वटा प्रमाणपत्र पेश गरी जागिर खाएको सार्वजनिक भएपछि उनले राजीनामा दिएका हुन् । ‘बिहीबार उहाँले राजिनामा दिनुभएको छ,’ महानगर सूचना अधिकारी भरतराज पौडेलले भने, ‘बाँकी कारबाहीको प्रक्रियामा छौं ।’ चालिसेको पहिलो नागरिकतामा जन्ममिति २०१७ फागुन ५ गते […]
१० पुस, बुटवल । बुटवलका विद्यालयमा ३ दिन चिसो विदा दिइने भएको छ । उपमहानगर क्षेत्रमा अत्यधिक चिसो बढेकोले पुस ११ देखि १३ गतेसम्म विद्यालयमा विदा दिने निर्णय गरिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ । तीन दिनको चिसो विदा स्थानीय विदाबाट कट्टी हुने उपमहानगरपालिकाले उल्लेख गरेको छ । यसअघि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि विद्यालयलाई विदा दिने […]
१० पुस, जनकपुरधाम । प्रदेश २ सरकारले अब घर–घरमै पुगेर छोरीहरुको बिमा गरिदिने भएको छ । बिभिन्न कारणले अपेक्षाकृत रुपमा छोरीहरुको बिमा हुन नसकेपछि प्रदेश सरकारले यसका निम्ति शिविर सञ्चालन गरी घर–घरमै पुगेर बिमा सञ्चालन गर्ने जनाएको छ । प्रदेश २ सरकारले ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान अन्तर्गत सुरु गरेको छोरी शिक्षा बिमा कार्यक्रम कर्मचारी […]
१० पुस, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल तोकेको छ । माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ७ प्रदेशका ७ ठाउँमा मतदानस्थल तोकिएको छ । प्रदेश १ को विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश २ को जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण स्मृति भवन, प्रदेश ३ को ललितपुर महानगरपालिकाको वडा समितिको भवनमा मतदानस्थल तोकिएको छ […]
१० पुस, रौतहट । चिसोबाट प्रभावित रौतहटका ७० गरिब तथा विपन्न समुदायका परिवारलाई बिहीबार कम्बल वितरण गरिएको छ । दैवि प्रकोप उद्दार समितिले डोम समुदायका ७० गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरेको हो । केही दिन यता लगातार शीतलहर चल्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा समितिले कम्बल वितरण गरेपछि उनीहरुले राहतको […]
१० पुस, काठमाडौं । डिसेम्बर महिनाको दोस्रो साता बस्ने भनिएको नेपाल–चीन वाणिज्य वार्ता अनिश्चित बनेको छ । चिनियाँ पक्षको अनुरोधमा स्थगन गरिएको र नयाँ मितिको टुंगो नलागेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनायो । बैठक बस्न नसक्दा तत्काल देखिएको दुई मुलुकबीच खाद्यवस्तुको आयात निर्यातमा उब्जिएको नयाँ विवाद लम्बिएको छ । नेपालबाट चीनतर्फ निर्यात हुने खाद्यवस्तुमा […]
१० पुस, काठमाडौं । सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक झापाका डा. चन्द्रमणि अधिकारीलाई नियुक्त गरेको छ । पुस ७ गते बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई सो पदमा चार वर्षका लागि नियुक्त गरेको हो । त्यस्तै सरकारले नेपाल मेडिकल काउन्सिलका रिक्त सदस्य पदमा ६ जनालाई मनोनित गरेको छ । जसमा किशोरविक्रम मल्ल, डा. हरिहर […]
१० पुस,काठमाडौं । सरकारले नोटदेखि पासपोर्टसम्म स्वदेशमै छाप्नका लागि आवश्यक सुरक्षण मुद्रण उपकरणहरु सरकार–सरकारबीचको समझदारीमा (जिटुजी)बाट खरिद गर्ने निर्णय गरेको छ । निजी कम्पनीसँग खरिद गर्दा मूल्यदेखि गोपनीयतासम्मको प्रश्न उठ्ने भएकाले जर्मनी वा फ्रान्समध्ये एउटा देशको सरकारसँग सम्झौता गर्ने प्रक्रिया अघि बढाइने भएको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले सुरक्षण मुद्रणसम्बन्धी उपकरणहरु खरिद गर्ने सम्बन्धमा फ्रान्स […]
from समाचार – Online Khabar https://ift.tt/2EW1Qgs
via IFTTT