समाचार
१२ पुस, काठमाडौं । कमलादीको एक क्याफेमा कफीको चुस्की लिँदै उनी बोल्छन्, ‘भर्खर त सुरुवात गरेका छौँ, भन्ने कुरा के नै पो छ र ?’ हुन पनि हो जम्मा २ वटा गीत निकालेका छन्, तैपनि आम श्रोताहरुमा पुगिनसकेको । हामीसँग पनि सोध्ने कुरा धेरै थिएन । तैपनि सोध्यौँ, ब्याण्डको नाम शून्य ? यसलाई कसरी बुझ्नुभएको […]
१२ पुस, रामेछाप । दरवन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा रामेछापको स्वास्थ्य क्षेत्र प्रभावित भएको छ । स्वास्थ्य मौलिक अधिकार भए पनि स्वास्थ्यकर्मी नै नभएपछि रामेछापको स्वास्थ्य सेवा कमजोर बन्दै गएको छ । १ जिल्ला अस्पताल, ३ प्राथमिक स्वास्थ्य केन्द्र, ५१ स्वास्थ्य चौकी र एक उपस्वास्थ्य चौकीमा दरबन्दीअनुसार ३ सय ३ जना स्वास्थ्यकर्मी हुनु पर्नेमा २ सय ३५ […]
१२ पुस, काठमाडौं । सार्वजनिक सम्पत्तिको रुपमा रहेको टुँडिखेललाई जोगाउन भन्दै शुरु भएको अकुपाई टुँडिखेल अभियानमा प्रहरी अवरोध गरेको छ । अभियान अन्तर्गत शनिबार खुलामञ्च सिंगार्ने कार्यक्रम थियो । प्रहरीले रंगरोगन नगर्न निर्देशन दिएको अभियन्ताहरुले बताएका छन् । माथिको आदेश भन्दै प्रहरीले रंगरोगन तथा कुनै पनि कार्यक्रम गर्न नदिने र गरेमा बल प्रयोग गर्ने चेतावनी […]
१२ पुस, पोखरा । करिब २ वर्षअघि मुस्ताङमा बाहिरी सवारी साधन लैजान नपाइने र त्यहीँका स्थानीय बस प्रयोग गर्नुपर्ने ‘यातायात सिन्डिकेट’ थियो । मुस्ताङमा सिन्डिकेट हुँदा पोखराबाट जाने स्वेदशी तथा विदेशी पर्यटक समस्यामा परेको भन्दै पोखरेली पर्यटन यातायात व्यवसायी समितिले विरोध गरेको थियो । पछि सो सिन्डिकेट हट्यो र सबै प्रकारका बस मुस्ताङ निर्वाध रुपले […]
१२ पुस, काठमाडौं । काठमाडौंमा यो वर्षकै सबैभन्दा चिसो महसुस भएको छ । किनभने काठमाडौंमा शनिबार बिहान ८:४५ बजे गरिएको मापनमा न्यूनतम तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियस छ । यो यस वर्षकै सबैभन्दा कम तापक्रम हो । बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ०.९ डिग्री थियो । मौसम विज्ञान विभागले तापक्रम घट्ने क्रम जारी रहने र […]
१२ पुस, काठमाडौं । म्याट डोहेर्टीले ८९औं मिनेटमा गोल गरेपछि (वोल्भरह्याम्पटन वन्डरर्स) वल्भ्सले साविक विजेता म्यानचेष्टर सिटीमाथि पुनरागमन जित हात पारेको छ । गोलकिपर एडरले रातो कार्ड पाए पनि रहिम स्टर्लिङको दुई गोलमार्फत सिटीले पहिले २-० ले अग्रता लिएको थियो । तर त्यसपछि खेललले अर्कै मोड लियो । सिटी दश खेलाडीमा रहेको फाइदा उठाउँदै वल्भ्सले […]
१२ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तेस्रो चरणको अन्तिम खेल हुँदैछ । दिउँसो ३ बजे दशरथ रंगशालामा हुने खेलमा थ्री स्टार क्लब र एपीएफ भिड्नेछन् । यस सिजन थ्री स्टार अपराजित छ भने एपीएफ जितबिहिन छ । ललितपुर डर्बीमा जावलाखेलसँग गोलरहित बराबरी खेल्दै लिग शुरुवात गरेको पाटने क्लब थ्री स्टारले […]
१२ पुस, कञ्चनपुर । वि.सं. २०३५ मा यहाँ ल्याइएको हात्ती ‘रतनकली’ को बिहीबार राति मृत्यु भएको छ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेको ८४ वर्षीया रतनकलीको चराउन निकुञ्ज लगेका बेला मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले बताए । ‘हात्तीसारका कर्मचारीले बिहीबार रतनकलीलाई चराउन छेउमै लगेका थिए,’ प्रमुख संरक्षण अधिकृत पौड्यालले […]
१२ पुस, काठमाडौं । नेपाल भ्रमण वर्ष शुरु हुन एक साता मात्र बाँकी रहँदा भ्रमण वर्ष मूल आयोजक समितिको सदस्य सचिव पद नै खाली भएको छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले गत सोमबारबाट आफ्नो चार वर्षे कार्यकाल पूरा गरी अवकास पाएका छन् । नयाँ सीईओ छनोटका लागि कम्तिमा एक महिना समय […]
जब एक रसियाली चर्चित गृहस्थ भौतिक जीवनको चरम सीमामा पुग्छ, त्यसपछि एकाएक उसलाई वेदान्तको ‘ब्रहृम सत्य जगत् मिथ्या’ भन्ने ज्ञान मिल्छ । पूर्वीय दर्शनमा निर्वाणको मार्ग भेटिन्छ, निस्सार जीवनको अर्थ भेटिन्छ । रुसको यास्नाया पल्यानामा ४२ वटा कोठा भएको आलिसान महल, चार हजार एकड भन्दा धेरै जग्गाजमिन, तीन सयभन्दा बढी नोकर चाकर राखेको त्यो सम्भ्रान्त […]
१२ पुस, काठमाडौं । आतंकवादी समूह स्लामिक स्टेट -आईएस)ले नाइजेरियामा ११ जनाको घाँटी रेटेर हत्या गरेको छ । आईएसले यसै वर्षको अक्टुबर महिनामा आफ्ना नेता अबु बकर अल बगदादी र प्रवक्ता अबुल हसन अल मुहाजिर सिरियामा मारिएको घटनाको बदलास्वरुप उनीहरुको हत्या गरेको जनाएको छ । आईएसले आफ्नो समाचार एजेन्सी अमाकमार्फत् एक भिडियो सार्वजनिक गर्दै ११ […]
१२ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा. पेशल दाहाल नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाललाई रजिष्ट्रारमा नियुक्त गरेका हुन् । नवनियुक्त रजिष्ट्रारले दाहालले शुक्रबार नै पदबहाली गरेका छन् । त्रिवि ऐन २०४९ को दफा २० को उपदफा (३) बमोजिमको रजिष्ट्रारको पदावधि ४ वर्ष रहने व्यवस्था छ । […]
१२ पुस, बाँके । पूर्वमन्त्री एवं सङ्घीय समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउनुपर्छ भन्नु बेमौसमी बाजा बजाउनु जस्तै भएको बताएका छन् । नेपालगञ्जमा शुक्रबारदेखि शुरु भएको दोस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु तथा कृषि, प्रविधि प्रदर्शनी व्यापार एवं पर्यटन महोत्सवको उद्घाटन कार्यक्रममा नेता राईले प्रदेश हेरफेरको कुरा गरेर केहीले जनतालाई […]
११ पुस, धनगढी । पुराना वामपन्थी नेता एवं नेकपा -मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई अडान राख्न नसक्ने, ‘ढुलमुले नेता’ को संज्ञा दिएका छन् । ‘देशमा दलाल पुँजीपतिहरुको बोलवाला छ । माथिल्लो तहसम्म माफिया गु्रपहरुको बोलवाला छ । नोकरशाही भ्रष्ट प्रशासक छ’ कैलाली आएका ‘अर्थभूमिगत’ नेता सिंहले अनलाइनखबरसँग भने, […]
११ पुस, पोखरा । हिमा गृह रिसोर्ट निजी क्षेत्रलाई भाडामा दिने तयारी भइरहेको नेपाल ट्रष्टका अधिकारीहरुको अभिव्यक्तिले पोखरामा तरंग ल्याएको छ । गोकर्ण रिर्सोटको सम्झौता झण्डै ६ वर्ष बाँकी रहँदै अर्को २५ वर्षका लागि यति समूहलाई दिने निर्णयको बचाउ गर्न नेपाल ट्रष्टको कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरेको थियो । त्यसक्रममा कार्यकारी सचिव गजेन्द्रकुमार ठाकुरले हिमा […]
११ पुस, काठमाडौं । नेपाल ट्रस्कोट कार्यालयले गाई चराउने मैदान बन्न नदिन गोकर्ण रिसोर्टको लिज सम्झौताको म्याद थप गरेको स्पष्टीकरण दिएको छ । पुरानो सम्झौता अवधि ५ वर्ष ८ महिना बाँकी रहँदा नै अर्को २५ वर्षका लागि सम्झौता गरेकोमा सरकार विवादमा परेको छ । कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी कार्यालयले सम्झौता थप गर्ने निर्णयको बचाउ […]
११ पुस, काठमाडौं । अहिले डेडिकेटेड तथा ट्रंकलाइनको महसुलसम्बन्धी विवाद उत्कर्षमा छ । यसअघिसम्म कुलमान घिसिङको मात्र टाउको दुखाइरहेको यो समस्या अब प्रधानमन्त्रीनिवास बालुवाटारभित्रै प्रवेश गरेको छ । डेडिकेटेड र ट्रंक लाइन सुविधा लिएका कतिपय उद्योगले नेपाल विद्युत प्राधिकरणलाई महशुल नतिरेपछि यसबारे विवाद सिर्जना भएको हो । महशुल नतिर्ने उद्योगीहरुको अडानले अन्योलको अवस्था सिर्जना भएको […]
११ पुस, काठमाडौं । अमेरिकाले करीव दुई दशकपछि नेपालका परराष्ट्रमन्त्रीलाई औपचारिक भ्रमणको नम्तिो दिएर वासिङटन डिसीमा स्वागत गर्नुको मुख्य उद्देश्य उसको हिन्द प्रशान्त रणनीतिक साझेदारीमा (इण्डो प्यासिफिक स्ट्राटेजिक पार्टनरशीप) नेपालको साथ खोज्नु थियो । नेपालमा कम्युनिस्ट पार्टीको बलियो जननिर्वाचित सरकार बनेपछि अमेरिकाले परराष्ट्रमन्त्रीलाई बोलाएको थियो । मन्त्री प्रदीप ज्ञवालीले अमेरिकी समकक्षी माइक पोम्पियोसहितका नेताहरुसँगको भेटघाटमा […]
११ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका विभिन्न ठाउँमा राखिएको होर्डिङ बोर्ड हटाउन सुरु गरेको छ । महानगरले शुक्रबारदेखि प्रहरी परिचालन गरेर होर्डिङ हटाउन थालेको हो । शुक्रबार माइतीघर, विजुलीबजार, नयाँ बानेश्वर, तीनकुने, सोह्रखुट्टेलगायतको क्षेत्रका होर्डिङ बोर्ड हटाइएका महानगरको प्रहरी शाखाका प्रमुख धनपति सापकोटाले जानकारी दिए । होर्डिङ बोर्ड हटाउने कार्यलाई निरन्तरता दिने उनले बताए […]
११ पुस, काठमाडौं । रक्सौल–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन नेपालले भारतसँग प्रस्ताव पठाएको छ । यसको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको रिपोर्ट भारतले यसअघि नै नेपाललाई दिइसकेको छ । नेपालले भारत सरकारलाई पत्र लेख्दै भारतकै लगानीमा डीपीआर पनि बनाइदिन आग्रह गरेको हो । रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार परराष्ट्र मन्त्रालयमार्फत लेखिएको पत्रको […]
११ पुस, काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडल समूहको बहिस्कारका बीच बसेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशनको मिति तोकेको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले बहुमतका आधारमा आफ्नो म्याद एक वर्ष थप गर्ने निर्णय गरेको छ । बैठकले १४ औं महाधिवेशन २०७७ फागुन ७, ८ ९ र १० गते गर्ने […]
from समाचार – Online Khabar https://ift.tt/2Q5Orsy
via IFTTT