समाचार
१४ पुस, चितवन । ह्याकरको आशंकामा प्रहरीले चितवनबाट २ चिनियाँ नागरिक पक्राउ गरेको छ । काठमाडौंको बूढानीलकण्ठबाट १२२ चिनियाँ नागरिक पक्राउ परेको केही दिनपछि चितवनमा उस्तै शंकास्पद गतिविधि सञ्चालन गर्दै आइरहेका दुई चिनियाँलाई प्रहरीले पक्राउ गरेको हो । चितवन प्रहरीले भरतपुरको सिजी ल्याण्डमार्कस्थित होटल फेनमा शंकास्पद गतिविधि गरिरहेका २ चिनियाँ केही दिनअघि पक्राउ परेको जनाएको […]
१४ पुस, काठमाडौं । अमेरिकाको एक चर्चमा बन्दुकधारीले गोली चलाउँदा २ जनाको मृत्यु भएको छ । टेक्सासस्थित वेस्ट फ्रिवे चर्च अफ क्रिष्र्टमा आइतबार बिहान ११ः५० बजे प्रार्थना भइरहेका बेला अन्धाधुन्ध गोली प्रहार भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, प्रार्थनाका लागि बसिरहेका व्यक्तिले अकस्मात् उठेर गोली चलाएका थिए । प्रार्थनाको फेसबुक लाइभ भइरहेकाले त्यो लाइभमा समेत […]
१४ पुस, काठमाडौं । रसियन भूमिमा आतंकवादी गतिविधि हुन नदिन भूमिका खेलेको भन्दै रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन् । आइतबार ट्रम्पसँग टेलिफोन कुराकानी गर्दै पुटिनले अमेरिकी समकक्षीलाई धन्यवाद दिएका हुन् । पुटिनले आतंकवादी गतिविधि हुन नदिन पुटिनले खेलको भूमिकालाई बुद्धिमता भन्दै प्रशंसासमेत गरेका छन् । रुसी प्रशासन केन्द्र क्रेमलिनले […]
१४ पुस, चितवन । चितवनको भरतपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सहयोग गर्नेहरु थपिँदै गएका छन् । कसैले नगद र कसैले श्रमदान गरेर सहयोग गर्दै आएका छन् । आइतबार नेपाल पर्यटन तथा होटल व्यवसायी संघ प्रदेश नं. २ को संयोजनमा संकलन गरिएको ७ लाख ८० हजार रकम संघका अध्यक्ष हिरालाल गौतमले रंगशाला निर्माणको नेतृत्व […]
१४ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत चौथो चरणका खेलहरु आजदेखि शुरु हुँदैछ । आज दुई खेल हुनेछन् । दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलाइनेछ । एन्फाले यसअघि एन्फा कम्प्लेक्स र दशरथ रंगशालामा गरेर दुई ठाउँमा खेल खेलाए पनि बुधवार सरकारले रंगशालामा भ्रमण वर्ष २०२० को कार्यक्रम राखेपछि चौथो चरणको सबै खेल एन्फा […]
१४ पुस, चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले अति विपन्न नागरिकहरुको घरमा निःशुल्क मिटर जडान गरिदिने भएको छ । त्यसका लागि स्थानीय तहतले विपन्न भनि सिफारिस गरेको कागजात चाहिने र ऐलानी जग्गामा घर भए चार किल्ला खुलेको हुनुपर्ने प्राधिकरणले जनाएको छ । विपन्न परिवारहरुका लागि १५ पुसदेखि मिटर जडानका लागि आवेदन फाराम खुल्ला […]
१४ पुस, काठमाडौं । साडियो मानेले पहिलो हाफमा गरेको एकमात्र गोल मद्दतमा लिग लिडर लिभरपुलले प्रिमियर लिगमा वल्भ्सलाई पराजित गर्दै १३ अंकको अग्रता बनाएको छ । गएराति भएको खेलमा लिभरपुलले वल्भ्सलाई १–० ले हरायो । मानर्ल ४२ औं मिनेटमा गोल गरे । सुरुमा रेफ्रीले बल हयाण्ड भएको भन्दै गोल घोषणा गरेका थिएनन् । तर भीएआरमार्फत […]
१४ पुस, काठमाडौं । जर्मन क्लब वायर्न म्युनिखले अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा नेपालसहित विभिन्न देशका समथर्कलाई धन्यवाद दिएको छ । सन् २०१९ भर आफ्नो क्लबलाई समर्थन गरेको भन्दै उसले विभिन्न देशको राष्ट्रिय र स्थानीय भाषा प्रयोग गरेर धन्यवाद दिएको हो । क्लबले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमा आफ्ना नेपाली समथर्कलाई सम्झँदै नेपालीमै ‘धन्यवाद’ लेखेको छ […]
१४ पुस, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित अखबारहरूले विविध विषयहरूलाई समाचारको रूप दिएका छन् । कान्तिपुर दैनिकले ‘महाकालीमा मौका छोप्दै भारत’ शीर्षक दिएर आज मुख्य समाचार बनाएको छ । समाचार अनुसार नेपालका बासिन्दा चिसो छल्न तल्लो भेग झरेको मौका छोपेर भारतले व्यास गाउँपालिका क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय सीमामा धमाधम संरचना निर्माण गरिरहेको छ । […]
१३ पुस, काठमाडौं । हामी नेपाल भ्रमण वर्ष २०२० को संघारमा छौं । २० लाख पर्यटन भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्ष सुरु गर्दा दीपकराज जोशी, नेपाल पर्यटन बोर्डको कार्यकारी अधिकृत (सीईओ) थिए । भ्रमण वर्षको औपचारिक उदघाटनको केही दिन पहिले चार वर्षे कार्यकाल पूरा गरेर विदा भए । समग्रमा नेपाल भ्रमण वर्षको तयारी कस्तो छ, […]
१२ पुस,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश नम्बर ३ को नाम बाग्मती राख्ने र स्थायी राजधानी हेटौंडालाई बनाउने सहमति जुटाएको छ । तर पार्टीको निर्णयप्रति नेकपा प्रदेश सदस्यहरुले नै असन्तुष्टि जनाएका छन् । आइतबार विहान बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम र राजधानी टुंगो लगाएको हो । बैठकले प्रदेशको नाम बाग्मती र राजधानी […]
१३ पुस, काठमाडौं । लगानी बोर्ड नेपालले एकैपटक ८५ अर्बको लगानीलाई स्वीकृत गरेको छ । आइतबार बसेको बोर्ड बैठकले विभिन्न तीन जलविद्युत आयोजनाका लागि ८५ अर्ब बराबरको लगानी स्वीकृत गरेको हो । माथिल्लो त्रिशुली-१ आयोजनाका लागि आउने ६५ अर्ब बराबरको लगानी स्वीकृत भएको बोर्डका प्रवक्ता बलराम रिजालले जानकारी दिए । २१६ मेगावाटको माथिल्लो त्रिशुली-१ आयोजनामा […]
१३ पुस, जनकपुरधाम । प्रदेश २ सरकारले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित महेन्द्रनगरमा बम बिस्फोटबाट ज्यान गुमाउनेको परिवारलाई जनही तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेश मन्त्रिपरिषदको आइतबार बसेको बैठकले मृतकको परिवारलाई ३ लाख रुपैयाँका दरले उपलब्ध गराउने निर्णय गरेको हो । यस्तै घाइतेको उपचारका लागि एक लाख ५० हजार रुपैयाँ प्रदान गर्ने […]
१३ पुस, काठमाडौं । सामाजिक सञ्जाल प्रयोगकर्तालाई कस्ने गरी संसदको विकास तथा प्रविधि समितिले ‘सूचना प्रविधिसम्बन्धी विधेयक’ बहुमतले पारित गरेको छ । प्रमुख विपक्षी नेपाली कांग्रेसको विरोधका बाबजुद समितिको आइतबारको बैठकले बहुमतका आधारमा विधेयकको प्रतिवेदन पास गरेको हो । अब विधेयक प्रतिनिधिसभामा पेश हुनेछ र, दुबै सदनले पास गरे कानून बनेर आउनेछ र कुनै व्यक्तिलाई […]
१३ पुस, विराटनगर । मोरङ र सुनसरीबाट विप्लव समूहका पूर्वी कमाण्ड इञ्चार्जसहित ५ जना कार्यकर्ता पक्राउ परेका छन् । सुनसरीको चक्रघट्टीबाट पूर्वी कमाण्ड इञ्चार्ज उमा भुजेल र सुमनसिंह पौडेल पक्राउ परेको प्रहरीले जनाएको छ । मोरङको बेलबारीबाट मोरङ इन्चार्ज सुन्दरहरैचा नगरपालिका –१० का ५० वर्षीय नरेश भनिने कृष्ण चौलागाई, मोरङ सञ्चार विभाग प्रमुख विराटनगर ८ […]
१३ पुस, चितवन । भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पस र नारायणगढको बालकुमारी क्याम्पसमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । सत्तारुढ नेकपा समर्थित अनेरास्ववियुका विद्यार्थीले पब्लिक क्याम्पस संघ चितवनले शैक्षिक शुल्क बढाएको भन्दै तोडफोड गरेका हुन् । तोडफोडबाट क्याम्पसका झ्यालका सीसा फुटेका छन् । पब्लिक क्याम्पस संघ चितवनले कक्षा ११ र १२ मा २५ प्रतिशत, स्नातक कार्यक्रममा ३० […]
१३ पुस, काठमाडौं । शुक्रबारबाट शुरु भएको होर्डिङ बोर्ड हटाउने क्रमलाई काठमाडौं महानगरपालिकाले आइतबार पनि निरन्तरता दिएको छ । आइतबार त्रिपरेश्वर, पुतलीसडक र सोह्रखुट्टेमा राखिएका ठूला बोर्डहरु हटाइएको महानगरका नगर प्रहरी शाखाका प्रमुख धनपति सापकोटाले जानकारी दिए । सहरको सौन्दर्य बढाउन भन्दै महानगरले होर्डिङ बोर्ड हटाउन शुरु गरेको हो । ४ वर्षअघि नै सर्वोच्च अदालतले […]
१३ पुस, बुटवल । बुटवलमा ढुवानी ग्राम अर्थात ट्रान्सपोर्ट भिलेज बन्ने भएको छ । बुटवल उपमहानगरपालिकाले व्यस्त बजार क्षेत्रमा रहेका ढुवानी व्यवसाय (ट्रान्सपोर्ट)लाई एकै स्थानमा व्यवस्थित गर्ने योजना अघि बढाएको हो । प्रदेशको अस्थायी मुकाम बुटवलमा जनघनत्व बढ्दै गएको र ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण भएकाले शहरभर छरिएर रहेकाहरुलाई एकै ठाउँमा राख्न ट्रान्सपोर्ट भिलेज बनाउन लागिएको मेयर […]
१३ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा एक्लै दुई तिहाइ बहुमत ल्याउने दाबी गरेका छन् । आवधिक निर्वाचन आउन अझै ३ वर्ष रहेको भन्दै उनले सरकार र पार्टीको कामले आउने निर्वाचनमा एक्लै दुई तिहाइ बहुमतको सुनिश्चिता गर्नुपर्ने बताए । ‘अब ३ वर्ष पार्टीको काम र सरकारको कामले आउने […]
१३ पुस, काठमाडौं । सिंहदरबार प्रवेश गर्ने क्रममा नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सीपी गजुरेलसहित १५ नेता पक्राउ परेका छन् । र, उनीहरुलाई प्रहरीले साँझ छाडेको छ । सीमा अतिक्रणका विषयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन भन्दै गजुरेलसहितका नेताहरु सिंहदरबार प्रवेश गर्न खोजेका थिए । उनीहरुले मन्त्री पोखरेलको समय पनि लिएका थिए । […]
१३ पुस, काठमाडौं । पूर्व–पश्चिम रेलमार्गको सम्पूर्ण खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) १५ महिनाभित्र तयार हुने भएको छ । सरकारले यो रेलमार्गको डीपीआर बन्न बाँकी एउटा खण्डको काम १५ महिनामा सक्ने गरी परामर्शदाता छनोट गरेर काम थालेको हो । हालसम्म पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तरगत मध्यखण्डको डीपीआर बनाउन सुरु गरिएको थिएन । चितवन राष्ट्रिय निकुञ्ज छल्नेगरी तयार […]
from समाचार – Online Khabar https://ift.tt/2rAhvia
via IFTTT