समाचार
१२ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रका आलोचकहरुमाथि खनिएका छन् । पार्टीको समर्थनमा बोल्न नसक्ने, सरकारको समर्थनमा बोल्न नसक्ने, विरोध मात्र बोल्नेहरु कुण्ठाग्रस्त भएको उनले बताए । नेकपासम्वद्ध प्रेस संगठनले शनिबार गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले गलत नीति, गलत व्यवहार वा आन्दोलनलाई कमजेार पारेको भए पार्टीका नेताहरुले आलोचना […]
१२ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गोकर्ण रिसोर्टको २ हजार ७९३ रोपनी जग्गा थप २५ वर्षलाई यति समूहलाई नै लिजमा दिने निर्णयको बचाउ गरेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध प्रेस संगठनले गरेको ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रममा ओलीले सरकारलाई बद्नाम गराउन देश विदेशबाट अनेक प्रयास भएरहेको बताए । स्रोत साधन भएकाहरुले मिडियामा लगानी […]
१२ पुस, काठमाडौं । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलको टोली शुक्रबार राति ९ बजे सडक अनुगमनमा निस्किएको थियो । टोलीमा काठमाडौं महानगरपालिका, मानवसेवा आश्रम र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरु सहभागी थिए । काठमाडौँको कमलादीस्थित गणेशमन्दिर नजिक सडकछेउमा बन्दोबस्तीको ओढ्ने ओछ्याउनेसहित एक दम्पत्ति सुत्ने तरखरमा भेटिए । चिसोका कारण खोकी लागेकाले श्रीमती […]
१२ पुस, काठमाडौं । बक्यौता रकम माग गर्दै उखु किसानहरुले काठमाडौंको केन्द्रित आन्दोलन थालेका छन् । उनीहरुले शनिबार माइतीघर मण्डलामा धर्ना दिएका छन् । उखु किसानका अगुवा हरेश्याम रायले भने, ‘जबसम्म हामीले बक्यौता रकम पाउँदैनौं, तबसम्म हामी यहाँबाट फर्किँदैनौं ।’ उनका अनुसार सरकारले ५३६ रुपैयाँ प्रतिक्वीन्टल उँखुको मूल्य तोकिदिए पनि चिनी मिलहरुले बिभिन्न शीर्षकमा काटेर […]
१२ पुस, पोखरा । साइकल सिटी पोखराले शनिबार पाँचौं ‘टुर दी पोखरा’ साइकल र्याली गरेको छ । ‘थोपा थोपा इन्धन बचाऔं’ मूल नारासहित साइकल सिटीले करिब एक हजार साइकल यात्रीको सहभागितामा र्याली गरेको हो । वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उदघाटन गरेको र्याली पोखरा रंगशालाबाट सुरु भएको थियो । आचार्यले पछिल्लो समय वातावरण […]
१२ पुस, पोखरा । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पोखरामा अवस्थित हिमा गृह पर्यटकीय गन्तव्यकै रुपमा खुला गरिने बताएका छन् । यसअघि गोकर्ण फरेष्ट रिसोर्ट यति समूहलाई दिने निर्णय गरेको सरकारले पोखराको हिमा गृह पनि रिसोर्ट बनाउन निजी क्षेत्रलाई दिने तयारी गरेको खबरले पोखरेली झस्किएका बेला पर्यटनमन्त्री भट्टराईले हल्लाको पनि नलाग्न आग्रह गरे […]
१२ पुस, काठमाडौं । कमलादीको एक क्याफेमा कफीको चुस्की लिँदै उनी बोल्छन्, ‘भर्खर त सुरुवात गरेका छौँ, भन्ने कुरा के नै पो छ र ?’ हुन पनि हो जम्मा २ वटा गीत निकालेका छन्, तैपनि आम श्रोताहरुमा पुगिनसकेको । हामीसँग पनि सोध्ने कुरा धेरै थिएन । तैपनि सोध्यौँ, ब्याण्डको नाम शून्य ? यसलाई कसरी बुझ्नुभएको […]
१२ पुस, पोखरा । नमस्ते पोखरा प्रिमियर लिगको उपाधिका लागि चितवन राइनोजले बिराटनगर टाइटन्सलाई २०३ रनको लक्ष्य दिएको छ । अहिले बिराटनगरले जवाफी ब्याटिङ गरिरहेको छ । यसअघि टस हारेर ब्याटिङ निम्तो पाएको चितवनले २० ओभरमा ३ विकेट गुमाएर २०२ रन बनाएको थियो । उसका लागि रोहन मुस्तफा र अनिलकुमार साहले अर्धशतक बनाएका थिए । […]
१२ पुस, रामेछाप । दरवन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा रामेछापको स्वास्थ्य क्षेत्र प्रभावित भएको छ । स्वास्थ्य मौलिक अधिकार भए पनि स्वास्थ्यकर्मी नै नभएपछि रामेछापको स्वास्थ्य सेवा कमजोर बन्दै गएको छ । १ जिल्ला अस्पताल, ३ प्राथमिक स्वास्थ्य केन्द्र, ५१ स्वास्थ्य चौकी र एक उपस्वास्थ्य चौकीमा दरबन्दीअनुसार ३ सय ३ जना स्वास्थ्यकर्मी हुनु पर्नेमा २ सय ३५ […]
१२ पुस, काठमाडौं । करिब ७ वर्षअघि खप्तड हुँदै रारासम्म यात्रा गरिएको थियो । यसपालि उल्टो यात्रा तय गरियो । रारादेखि खप्तडतर्फ । यसबीचमा पर्ने पदमार्ग माझै चौरदेखि ज्युकासम्म हामी पैदल हिँड्दैछौं । माझै चौरदेखि ज्युका पुग्न तीन घण्टा हिँड्नुपर्छ । यो निकै उचाइमा रहेको पदमार्ग हो । सात वर्षअघि यही बाटोबाट यात्रा गर्दा र […]
१२ पुस, काठमाडौं । अशिक्षित परिवारका व्यक्तिलाई प्रलोभनमा पारेर ‘बलि चढाइएको’ घटना सार्वजनिक नभएका होइनन् । तर, राजधानीबाटै एकजना व्यवसायिक मोडललाई बलि चढाउने उद्देश्यसहित भारततर्फ लान खोजिएको समाचार बाहिरिएपछि सर्वसाधारणले आश्चर्य मानेका छन् । काठमाडौं प्रहरी परिसर, टेकुले बिहीबार पत्रकार सम्मेलनमार्फत ७ जना आरोपितलाई सार्वजनिक गरेर घटनाको फेहरिस्त प्रस्तुत गरेको थियो । यो अवधिमा पीडित युवती […]
१२ पुस, पोखरा । करिब २ वर्षअघि मुस्ताङमा बाहिरी सवारी साधन लैजान नपाइने र त्यहीँका स्थानीय बस प्रयोग गर्नुपर्ने ‘यातायात सिन्डिकेट’ थियो । मुस्ताङमा सिन्डिकेट हुँदा पोखराबाट जाने स्वेदशी तथा विदेशी पर्यटक समस्यामा परेको भन्दै पोखरेली पर्यटन यातायात व्यवसायी समितिले विरोध गरेको थियो । पछि सो सिन्डिकेट हट्यो र सबै प्रकारका बस मुस्ताङ निर्वाध रुपले […]
१२ पुस, काठमाडौं । पाल्पाको हेक्लाङ भन्ने गाउँमा बस्थिन् एक वैद्य । गाउँलेहरुले उनलाई ‘डाक्टरनी’ भन्थे । विभिन्न समस्या लिएर आउने बिरामीलाई उनी बिनापरिक्षण रोग पहिचान गरी औषधि दिएर निको पार्थिन् । उनैका नाति हुन् डा. अच्युत अधिकारी । सानैदेखि हजुरआमाको कौशल देखेका उनमा आयूर्वेदिक जडिबुटीप्रति मोह पलायो । कालान्तरमा उनै अच्युतले पत्ता लगाए टिमुरमा […]
१२ पुस, कञ्चनपुर । वि.सं. २०३५ मा यहाँ ल्याइएको हात्ती ‘रतनकली’ को बिहीबार राति मृत्यु भएको छ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेको ८४ वर्षीया रतनकलीको चराउन निकुञ्ज लगेका बेला मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले बताए । ‘हात्तीसारका कर्मचारीले बिहीबार रतनकलीलाई चराउन छेउमै लगेका थिए,’ प्रमुख संरक्षण अधिकृत पौड्यालले […]
१२ पुस, काठमाडौं । नेपाल भ्रमण वर्ष शुरु हुन एक साता मात्र बाँकी रहँदा भ्रमण वर्ष मूल आयोजक समितिको सदस्य सचिव पद नै खाली भएको छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले गत सोमबारबाट आफ्नो चार वर्षे कार्यकाल पूरा गरी अवकास पाएका छन् । नयाँ सीईओ छनोटका लागि कम्तिमा एक महिना समय […]
१२ पुस, काठमाडौं । काठमाडौंमा यो वर्षकै सबैभन्दा चिसो महसुस भएको छ । किनभने काठमाडौंमा शनिबार बिहान ८:४५ बजे गरिएको मापनमा न्यूनतम तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियस छ । यो यस वर्षकै सबैभन्दा कम तापक्रम हो । बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ०.९ डिग्री थियो । मौसम विज्ञान विभागले तापक्रम घट्ने क्रम जारी रहने र […]
१२ पुस, काठमाडौं । सार्वजनिक सम्पत्तिको रुपमा रहेको टुँडिखेललाई जोगाउन भन्दै शुरु भएको अकुपाई टुँडिखेल अभियानमा प्रहरी अवरोध गरेको छ । अभियान अन्तर्गत शनिबार खुलामञ्च सिंगार्ने कार्यक्रम थियो । प्रहरीले रंगरोगन नगर्न निर्देशन दिएको अभियन्ताहरुले बताएका छन् । माथिको आदेश भन्दै प्रहरीले रंगरोगन तथा कुनै पनि कार्यक्रम गर्न नदिने र गरेमा बल प्रयोग गर्ने चेतावनी […]
१२ पुस, काठमाडौं । आतंकवादी समूह स्लामिक स्टेट -आईएस)ले नाइजेरियामा ११ जनाको घाँटी रेटेर हत्या गरेको छ । आईएसले यसै वर्षको अक्टुबर महिनामा आफ्ना नेता अबु बकर अल बगदादी र प्रवक्ता अबुल हसन अल मुहाजिर सिरियामा मारिएको घटनाको बदलास्वरुप उनीहरुको हत्या गरेको जनाएको छ । आईएसले आफ्नो समाचार एजेन्सी अमाकमार्फत् एक भिडियो सार्वजनिक गर्दै ११ […]
१२ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा. पेशल दाहाल नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाललाई रजिष्ट्रारमा नियुक्त गरेका हुन् । नवनियुक्त रजिष्ट्रारले दाहालले शुक्रबार नै पदबहाली गरेका छन् । त्रिवि ऐन २०४९ को दफा २० को उपदफा (३) बमोजिमको रजिष्ट्रारको पदावधि ४ वर्ष रहने व्यवस्था छ । […]
१२ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तेस्रो चरणको अन्तिम खेल हुँदैछ । दिउँसो ३ बजे दशरथ रंगशालामा हुने खेलमा थ्री स्टार क्लब र एपीएफ भिड्नेछन् । यस सिजन थ्री स्टार अपराजित छ भने एपीएफ जितबिहिन छ । ललितपुर डर्बीमा जावलाखेलसँग गोलरहित बराबरी खेल्दै लिग शुरुवात गरेको पाटने क्लब थ्री स्टारले […]
१२ पुस, बाँके । पूर्वमन्त्री एवं सङ्घीय समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउनुपर्छ भन्नु बेमौसमी बाजा बजाउनु जस्तै भएको बताएका छन् । नेपालगञ्जमा शुक्रबारदेखि शुरु भएको दोस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु तथा कृषि, प्रविधि प्रदर्शनी व्यापार एवं पर्यटन महोत्सवको उद्घाटन कार्यक्रममा नेता राईले प्रदेश हेरफेरको कुरा गरेर केहीले जनतालाई […]
from समाचार – Online Khabar https://ift.tt/2sqJf9m
via IFTTT