Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सहकार्य, सहअस्तित्व र समन्वय कर्णालीको मूल आधार

११ पुस, सुर्खेत । कर्णाली प्रदेश समन्वय परिषदको दोश्रो बैठक शुक्रबार पनि जारी छ । विहीवारदेखि सुरु भएको परिषदको दोश्रो बैठकमा सङ्घ, प्रदेश र स्थानीय सरकारको कामकारबाही, नीतिगत सामञ्जस्यता, योजना व्यवस्थापनमा रणनीतिक साझेदारीलगायतका विषयमा छलफल भइरहेको छ । परिषद्का संयोजक कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सञ्चालित बैठकले मूलतः तीनवटै सरकारका साझा तथा एकल अधिकार, […]

चितवनविरुद्ध लोकेशको त्यो इनिङ

११ पुस, पोखरा । नेपालमा हुने घरेलु फ्रेन्चाइज लिगहरुमा प्राय विदेशी ब्याट्सम्यान नै हाबी हुने गर्छन् । कुनै पनि टिमको जित–हारमा उनीहरुको ब्याटको निर्णायक भूमिका हुन्छ । यो सिजन भने स्वदेशी ब्याट्सम्यान पनि चम्किरहेका छन् । उनीहरुबाट ब्याटबाट केही ‘म्याच विनिङ’ प्रदर्शन भएको छ । यस्ता पारीहरुको सम्झना गर्दा लोकश बमले चितवन राइनोजविरुद्ध देखाएको ब्याटिङलाई […]

बाबाजीको छालामा एलर्जी, अदालतले आजदेखि बयान लिने

११ पुस, सुनसरी । बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीविरुद्धको मुद्दा विहीबार सुनसरी जिल्ला अदालतमा पेस भएको छ । बाबाजीको वयान शुक्रबारबाट सुरु हुँदैछ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी विनोद शर्माका अनुसार शुक्रबारबाट गिरीको मुद्दामा थुनछेक बहस सुरु हुनेछ । मंसिर १६ गते पक्राउ परेका गिरीविरुद्ध २५ दिनको अनुसन्धानपछि प्रहरीले बिहीबार जिल्ला अदालतमा […]

काजकस्तानमा १०० जना सवार विमान दुर्घटना, कम्तीमा ९ को मृत्यु

११ पुस, काठमाडौं । काजकस्तानमा १०० जना सवार विमान दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तीमा ९ जनाको ज्यान गएको छ । अल्माटी विमानस्थालबाट काजकस्तानको राजधानी नुरसुल्तानका लागि उडान भरेको विमान स्थानीय समयअनुसार शुक्रबार बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा परेर नौ जनाको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ । विमानमा सवार अन्य यात्रुको अवस्थाबारे भने […]

इम्बोस्ड प्लेट कार्यान्वयनमा जुट्दै सरकार, डेढ वर्षमा २५ लाखलाई बाँड्नुपर्ने

११ पुस, काठमाडौं । सर्वोच्चको आदेशले रोकिएको इम्बोस्ड नम्बर प्लेट वितरण सरकारले फेरि सुरु गर्ने तयारी गरेको छ । इम्बोस्ड प्लेटको विरुद्धमा परेको रिट खारेजीको निर्णय सर्वोच्चले लिएपछि यातायात व्यवस्था विभाग जुर्मुराएको हो । फैसलाको पूर्ण पाठ आउनासाथ यसलाई पुनः कार्यान्वायनमा लैजाने तयारी थालिएको स्रोतले बतायो । यसअघि सर्वोच्चले अन्तरिम आदेश दिएपछि इम्बोस्ड प्लेटको वितरण […]

नेकपाले सभामुख टुंगो लगाउन नसक्दा संसद् बैठक धकेलिँदै

११ पुस, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेदवारमा सहमति जुटाउन नसक्दा प्रतिनिधिसभाको निर्धारित बैठक नै प्रभावित भएको छ । शुक्रबार १ बजेका लागि कार्यसूचीसमेत तय भइसकेको बैठक कम्तीमा चार दिन धकेलिने भएको छ । उपसभामुख डा.शिवमाया तुम्बाहम्फेले सूचना टाँसेर बैठक पुस १४ वा १६ गतेका लागि राख्ने तयारी भइरहेको संसद सचिवालय […]

उद्यमी बहस : आयोजना बनाउन २ वर्ष, कागजी प्रक्रियामा ५ वर्ष !

११ पुस, बागलुङ । चन्द्रागिरी हिल्सका अध्यक्ष चन्द्र ढकाल सातै प्रदेशमा केबलकार बनाउने योजनामा छन् । गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा नेपालका गाउँ गाउँसम्म कृषिमा हिमालय ब्राण्ड स्थापित गर्न चाहन्छन् । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङलाई नेपालका प्रत्येक सहरमा भाटभटेनी सुपरमार्केट खोल्न मन छ । तर, यी तीनै बिजनेस टाइकुनको साझा चिन्ता छ, ‘नेपालमा लगानी […]

टक्सार कार्यालयको दुई तलामा प्राधिकरणले भूकम्प संग्रहालय बनाउने

११ पुस, काठमाडौं । ०७२ को भूकम्पका स्मृतिहरूलाई जोगाउने उद्देश्यले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले संग्रहालय बनाउने भएको छ । साविकको टक्सार कार्यालय (राष्ट्र बैंक) पुनर्निर्माण सम्पन्न भएसँगै त्यसको दुई तल्लामा संग्रहालय स्थापना गर्ने योजना छ । संग्रहालय निर्माणको लागि डिजाइनको काम सम्पन्न भइसकेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले जानकारी दिए । उनका अनुसार, यो […]

चाबहिल–गौशालामा सडक र खानेपानीको काम गर्न एउटै ठेक्का

१० पुस, काठमाडौं । काठमाडौं महानगरलाई ‘खनपुरी नगरी’ भनेर पनि गिज्याउने गरिन्छ । अन्तरसरकारी समन्वयको अभावमा एउटा निकायले सडक बनाउने र लगत्तै अर्कोले भत्काउने प्रवृत्तिलाई लिएर यस्तो ठट्टा गरिएको हो । महिनौंदेखि बिग्रेको सडक ठूलो दबावपछि बल्लतल्ल सडक विभागले बनाउँछ । सडक बनेलगत्तै खानेपानीको पाइप र ढल बिछ्याउन खानेपानी आयोजनाले त्यसलाई फोर्छ । सडकपेटी बनेपछि […]

ए डिभिजन लिगमा आज पनि दुई खेल हुँदै

११ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । तेस्रो चरणअन्तर्गत आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र त्रिपुरेश्वरस्थित दशरथ रंशालमा एक–एक खेल हुने आयोजकले जनाएको छ । पहिलो खेल विभागीय टोली त्रिभुवन आर्मी र हिमालयन शेर्पा क्लबबीच एन्फा कम्प्लेसमा हुनेछ । खेल १२ बजे सुरु हुनेछ । पहिलो खेलमा फ्रेण्ड्सलाई पराजित […]

सिन्धुपाल्चोक बस दुर्घटनामा आमा गुमाएकी बालिकालाई मावलीको जिम्मा

११ पुस, सिन्धुपाल्चोक । जिल्लाको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु जिरी सडकको ६ किलोमा गत मंसिर २९ गते भएको बस दुर्घटनामा परेकी छमहिने बालिकालाई बिहीबार आफन्तको जिम्मा लगाइएको छ । बालिकाकी आमा सुनीता तामाङको घटनास्थलमा मृत्यु भएको र बाबु बसका चालक सुमन तामाङ प्रहरी हिरासतमा रहेकाले बालिकालाई १२ दिनपछि मामा र ठूलीआमाको जिम्मा लगाइएको प्रहरी नायब […]

टोटनह्यामसँग ब्राइटन पराजित, घरेलु मैदानमै चेल्सीले हार्‍यो

११ पुस, काठमाडौं । टोटनह्यामसँग ब्राइटन पराजित भएको छ । खेलको सुरुवातमा ब्राइटनले बनाएको १ गोलको अग्रता भत्काउँदै टोटनह्यामले २–१ गोल अन्तरमा खेल जितेको हो । टोटनह्यामका लागि डेले अली र ह्यारी केनले गोल गरे । एडम वेब्स्टरले ३७ औं मिनेटमा गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएको थियो । तर, दोस्रो हाफमा टोटनह्यामले २ गोल फर्कायो । […]

संस्थापन र पौडेल समूहको वार्ता असफल

१० पुस, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसको संस्थापन र रामचन्द्र पौडेेल समूहको वार्ता बिहीबार पनि असफल भएको छ । दुबै पक्ष आआफ्नो अडानमा बसेपछि सहमति हुन नसकेको वार्तामा संलग्न नेताहरुले बताएका छन् । मुख्य विवाद भने नेपाल विद्यार्थी संघमा अडि्कएको छ । वार्तामा पौडेल समूहको वार्ता टोलीले नेवि संघको विधानअनुसार ३२ वर्षभन्दा कम उमेरका […]

प्रहरीलाई समयमै खबर गर्दा ‘बलि’ बाट जोगिइन्

१० पुस, काठमाडौं । ‘एउटा राम्रो प्राजेक्टका लागि ६ फिट हाइट भएको मोडल चाहिएको छ । काम गर्ने हो ?’ ब्यूटी कन्टेस्ट हुँदै एकाध म्यूजिक भिडियोमा पनि अभिनय गर्न सुरु गरेकी २१ वर्षीया प्रमिला (नाम परिवर्तन) लाई दुई साताअघि अफर आयो । मोडलिङ क्षेत्रमा भर्खरै प्रवेश गर्दै गरेकी उनका लागि यो अवसर थियो । त्यसमा […]

सात महिनामा खरिद नियमावली चौथो पटक संशोधन, ठेकेदारलाई थप सहुलियत

१० पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगर्ने ठेकदाहरुलाई कारबाही गर्न निर्देशन दिएको एक महिना नपुग्दै सार्वजनिक खरिद नियमावलीमा संशोधन भएको छ । तर फेरि म्याद थप्ने बाटो राखिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद नियमावलीको नवौं संशोधन गर्ने निर्णय गरेको हो । साढे ७ महिनाकै बीचमा नियमावलीमा यो चौथोपटक संशोधन […]

रुपामा पाहुनालाई कोशेलीः अनदीको चामल र तिख्खर मह

८ पुस, पोखरा । कुनै कार्यक्रम होस् वा सभा समारोह या कुनै गाउँ भ्रमणमा पुग्ने अतिथि वा पाहुनालाई रुपा गाउँपालिकाले मौलिक र स्थानीय उत्पादन कोशेली लिने चलन चलाएको छ । रुपाको कोशेली हुन्छ, कहिले ठेकी त कहिले तिख्खर मह । अनि कहिले अनदीको चामल । शहरबाट बनिबनाउ र आयातित सामानमा लेखेर मायाको चिनो उपहार दिने […]

रक्षामन्त्रीको जवाफ : संसदले बनाएको कानूनअनुसार गोकर्णको म्याद थप्यौं

१० पुस, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संसदले बनाएको कानूनअनुसार नै गोकर्ण रिसोर्टको लिज अवधि थप गरिएको बताएका छन् । राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै नेपाल ट्रष्टका अध्यक्ष समेत रहेका मन्त्री पोखरेलले जवाफ लिएका हुन् । ‘मन्त्रिपरिषद् वा नेता विशेषले निर्णय गरेर होइन, संसदले त्यो ऐन बनाएको हो’ उनले […]

एक सातादेखि मृगौला प्रत्यारोपण ठप्प, बिरामीको विचल्ली

१० पुस, काठमाडौं । झापाको बुधबारे ४ की मनिषा मगर मृगौला प्रत्यारोपणका लागि डेढ महिनाअघि बाबुसँग काठमाडौं आइन् । सबै परीक्षण सकेर उनीहरु प्रत्यारोपणको पर्खाइमा रहँदा मृगौला तस्करीको आरोपमा पुल्चोकस्थित निदान अस्पतालका चिकित्सकहरुसहित केही पक्राउ परे । यसले मृर्गौला प्रत्यारोपण ठप्प भयो । वैदेशिक रोजगारीका लागि दुवईमा रहेका मनिषाका बाबु दुवै मृगौला फेल भएकी छोरीलाई […]

‘आदेश पालक होइन, संसदको नेता छानौं’

१० पुस, काठमाडौं । कृष्णबहादुर महरा सभामुख रहँदा प्रमुख विपक्षी नेपाली कांग्रेसले उनीमाथि बारम्बार चोर औंला ठड्यायो । उसले संसदभित्र र बाहिर पनि बारम्बार भनिरह्यो, ‘सभामुखबाट आग्रहपूर्ण व्यवहार भयो, सरकारको आदेश पालक जस्तो भए ।’ पूर्व माओवादी नेता समेत रहेका महराले राम्रोसँग सभा सञ्चालन गर्न नसकेको कांग्रेस नेताहरुको ठम्याइ छ । साथै प्रधानमन्त्री केपी शर्मा […]

जीप दुर्घटनामा आमाको मृत्यु, ४ वर्षीय छोरा घाइते     

१० पुस,  बनेपा । धुलिखेल नगरपालिका–११ पात्लेखेतस्थित वीपी राजमार्गमा बिहीबार अपराह्न जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–८ की अन्दाजी २५ वर्षीया मीनाकुमारी बोगटी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । रामेछापबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ६१५३ नम्बरको जीप आफैं अनियन्त्रित भई सडक किनारामा भएको […]

एमसीसीको बिरोध गर्नेहरुलाई आफैं थाक्न दिनुस् : गोकुल बास्कोटा

१० पुस,काठमाडौं । सरकारले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदन हुने सन्दर्भमा कुनै भ्रम नरहेको प्रष्ट पारेको छ । चीनसँगको बीआरआई जस्तै अमेरिकासँगको एमसीसी पनि विकासमा साझेदारीमात्र रहेको सराकारका प्रवक्ता गोकुल बास्कोटाले बताए । बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा केही नेताले व्यक्तिगत तुष्टि पोख्न र कतिपयले नबुझेर विरोध गरे पनि उनीहरु आफैं थाक्ने बास्कोटाले […]



from समाचार – Online Khabar https://ift.tt/2Q1TSs8
via IFTTT
Powered by Blogger.