समाचार
१५ मंसिर, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–५ को वडाध्यक्षमा नेकपा उम्मेदवार कुलबहादुर बस्नेत विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार सावित्री सुनुवारलाई दोब्बर मतअन्तरले पराजित गर्दै बस्नेत विजयी भएका हुन् । कुल १ हजार १ सय ७३ मत खसेकोमा बस्नेतले ७ सय ६९ मत प्राप्त पाए भने सुनुवार ३ सय ८० मतमा खुम्चिइन् । निर्वाचनमा […]
१५ मंसिर, दाङ । प्यूठान नगरपालिका वडा नम्बर २ को अध्यक्षमा नेकपाका मुक्ति पोख्रेल विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार मोहन सिंह विष्टलाई दुई सय ८४ मतअन्तरले पछि पार्दैए नेकपाका पोख्रेल दाखाक्वाडी वडाअध्यक्षमा निर्वाचित भएका हुन् । पोख्रेलले १ हजार १ सय २७ र विष्टले ८ सय ४३ मत पाएका छन् । यस वडामा […]
१५ मंसिर, काठमाडौं । धरान उपमहानगरपालिकाको मेयरका लागि भएको उपनिर्वाचनमा नेकपा उम्मेदवारले कांग्रेस उम्मेदवारलाई भिनो मतले पछि पारेका छन् । धरान उपमहानगरपालिकाको १८, १९ र २० वडाको मतगणना सकिँदा नेकपा उम्मेदवार प्रकाश राईले २३०९ मत हासिल गरेका छन् । उनलाई कांग्रेस उम्मेदवार तिलक राईले कडा टक्कर दिइरहेका छन् । प्राप्त अन्तिम परिणामअनुसार, राईले १७ मत […]
१५ मंसिर, पोखरा । कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । एउटा वडाको मतगणना सकिँदा नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता लिएकी छन् । पोखरा महानगरपालिका वडा नम्बर ३३ को मतगणना सकिँदा विद्याले ३ हजार २ सय मत ल्याएकी छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले २ हजार १ सय १५ […]
१५ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकाको चक्रपथभित्रका क्षेत्रमा आज बिजोर नम्बरका मात्र सवारी साधन गुड्न पाउने भएका छन् । चक्रपथ र त्यस बाहिरका क्षेत्रमा भने जोर–बिजोर प्रणाली लागू हुनेछैन । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सहज पार्न ट्राफिक प्रहरीले चक्रपथभित्र आज जोर–बिजोर प्रणाली लागू गरेको हो । दुई दशकपछि नेपालमा आयोजना हुन […]
१५ मंसिर, गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको वडा नम्बर ६ रिमुवाको वडा अध्यक्षमा नेकपाका गिरिप्रसाद सिंजाली निर्वाचित भएका छन् । सिंजालीले ८०२ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । उनले नेपाली कांग्रेसका उम्मेदवार बेदप्रसाद दर्लामीलाई ७५ मत अन्तरले पराजित गरे । कांग्रेसका दर्लामीले ७२७ मत ल्याए । स्वतन्त्र उम्मेदवार मनबहादुर दर्लामीले […]
१५ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक उद्घाटन आज राष्ट्रपति विद्यादेवी भण्डारीले गर्दैछिन् । सागअन्तर्गत भलिबल प्रतियोगिताका खेल यसअघि नै भए पनि औपचारिक उद्घाटन अपराह्न ५ बजे दशरथ रंगशालामा गर्न लागिएको हो । भब्य समारोहबीच राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने समारोह ३ घण्टा १४ मिनेट सञ्चालन हुनेछ । उद्घाटनसत्रमा सहभागी सातवटै […]
१५ मंसिर, काठमाडौं । मोरङको धनपालथान गाउँपालिका वडानम्बर २ को अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका नारायण प्रसाद साह १ हजार ७ सय १ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका पंकज मण्डलले १ हजार ४९७ मत पाए । यहाँका ४ हजार ७४ मतदातामध्ये ३ हजार २ सय ८४ मत खसेको […]
१५ मंसिर, चितवन । चितवनको खैरहनी नगरपालिका वडा नम्बर ४ र ५ को अध्यक्षमा कांग्रेस विजयी भएको छ । वडा नम्बर ४ को अध्यक्षमा देवबहादुर बस्नेत र ५ मा प्रतिमा बस्नेत विजयी भएका हुन् । वडा नम्बर ४ मा निर्वाचित कांग्रेसका देवबहादुर बस्नेतले १ हजार १३८ र नेकपाका बेदबहादुर अधिकारीले ९८६ मत पाए । यहाँ […]
१५ मंसिर, विराटनगर । सुनसरीमा एम्बुलेन्स र ट्रक आपसमा ठोक्किँदा एम्बुलेन्समा सवार सात जनाको मृत्यु भएको छ । विराटनगरबाट उदयपुरतर्फ जाँदै गरेको काे १ च ९३६४ नम्बरको एम्बुलेन्स र ना २ ख ९०८२ नम्बरको ट्रक गएराति कोसी गाउँपालिकाको हरिपुरमा ठोक्किएर दुर्घटना भएको हो । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी विनोद शर्माले दुर्घटनाको पुष्टि गर्दै त्यसमा सवार […]
१५ मंसिर, काठमाडौं । अर्खाखाँची र दाङमा वडाअध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा कांग्रेस विजयी भएको छ । अघिल्लो चुनावमा नेकपाले जितेका यी स्थानमा यसपटक कांग्रेसले बाजी मारेको हो । घोराही उपमहानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा नेपाली कांग्रेसका तारा डिसी विजयी भएका छन् । उनले नेकपाका सुरेशबहादुर केसीलाई १ सय १ मतले पराजित गरे । […]
१४ मंसिर, काठमाडौं । नेपाल पहिलो पटक दक्षिण एसियाली खेलकुद (साग)मा महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ । अब स्वर्णका लागि भने भारतसँग खेल्ने छ । यद्यपि १३ औं सागमा नेपालको पहिलो पदक पक्का भएको छ । शनिबार भएको दोस्रो सेमिफाइनलमा नेपालले श्रीलंकालाई ३-० ले हराएको हो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलको पहिलो सेट […]
१४ मंसिर, काठमाडौं । नेपाली महिला भलिबल टिम पहिलो पटक दक्षिण एसियाली खेलकुद (साग)को फाइनलमा प्रवेश गरेको छ । यससँगै नेपालको १३ औं सागमा कम्तिमा रजत पदक पक्का भएको छ । फाइनलमा भारतलाई हराएर स्वर्ण जित्ने बाटो पनि खुला छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलका क्रममा देखिएका केही दृश्य
१४ मंसिर, काठमाडौं । कास्कीसहित ३७ जिल्लाका ५२ सीटमा उपनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । तर, अपेक्षाअनुसार मत नखसेको निर्वाचन आयोग आफैंले स्वीकार गरेको छ । प्रतिनिधिसभा सदस्यका लागि कास्की २ र प्रदेश सभा सदस्यका लागि भक्तपुर १ क, दाङ ३ ख र बाग्लुङ २ खमा शनिबार मतदान भएको छ । यस्तै धरान उपमहानगरपालिकासहित ४८ […]
१४ मंसिर, काठमाडौं । उपनिर्वाचनमा नेपाली कांग्रेसले बैतडीबाट जितको खाता खोलेको छ । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा कांग्रेस विजयी भएको हो । प्रमुख प्रतिपक्षी कांग्रेसका गजेन्द्रबहदुर चन्दले नेकपाका उम्मेदवार हराए । निकटतम प्रतिद्वन्दीलाई ४ मतले पछि पार्दै कांग्रेसका चन्द विजयी भएका हुन् । नेकपाका धनबहादुर चन्दले २१५ मत ल्याए भने विजयी […]
१४ मंसिर, काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर २ को वडाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का देव कोइराला विजयी भएका छन् । शनिबार भएको उपचुनावमा उनले ८६७ मत पाए । उनको निकतम प्रतिद्वन्द्वी कांग्रेसका दणबहादुर खत्रीले ५८२ मत पाए । राष्ट्रिय जनता पार्टीले ३२ मत पाउँदा राप्रपा संयुक्तले ६ मत पाएको छ । ३२ मत […]
१४ मंसिर, काठमाडौं । सर्लाहीको हरिपूर्वा नगरपालिका १ को वडाध्यक्षमा समाजवादी पार्टीका श्यामबाबु राय विजयी भएका छन् । शनिबार भएको मतदानमा उनले ३४७ मत पाए । उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का उम्मेदवार रामविश्वास राय र नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार दोस मोहम्मद अंसारीले समान ३ सय २८ मत पाएका छन् । नेपाली कांग्रेसलाई […]
१४ मंसिर, पोखरा । प्रतिनिधिसभा सदस्यका लागि उपनिवर्नाचन भएको कास्की २ को मतगणना आजैबाट हुने भएको छ । सर्वदलीय बैठकले राति साढे १० बजेबाट मत गणना सुरु गर्ने सहमति जुटाएको छ । शनिबार भएको निर्वाचनमा ४५ हजार ६२१ मत खसेको थियो । यो कुल मतदाताको ६३.४८ प्रतिशत हो । तत्कालीन पर्यटनमन्त्री एवं नेकपा सांसद रवीन्द्र […]
१४ मंसिर, काठमाडौं । लमजुङको सुन्दरबजार नगरपालिका २ को वडाध्यक्ष पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जितेको छ । शनिबार भएको निर्वाचनमा नेकपाका उम्मेदवार नविनकुमार श्रेष्ठ विजयी भएका हुन् । उनले ९९३ मत पाए । निकटतम प्रतिद्वन्द्वी प्रकाश सेढाईले ४८२ मत पाएका छन् । त्यहाँ नेकपाकै लोकराज पाण्डे विजयी भएका थिए । उनको पद रिक्त भएपछि […]
१४ मंसिर, जनकपुरधाम । सिरहाको एक प्रहरी कार्यालयबाट सात जना थुनुवा फरार भएका छन् । शनिबार राति ७ः३० बजेतिर उनीहरु प्रहरी कार्यालयको थुनुवा कक्षबाट फरार भएका हुन् । इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा थुनिएका आठ जनामध्ये सात जना फरार भएका हुन् । लक्ष्मीपुर गाउँपालिका ५ स्थित उक्त इलाका प्रहरी कार्यालयबाट उनीहरु प्रहरीको आँखा छलेर फरार […]
१४ मंसिर, सल्यान । कुमाखमालिका गाउँपालिकाको ५ नम्बर वडाध्यक्षमा नेकपाका उम्मेदवार धर्मे बूढाथोकी ७९२ मतका साथ विजयी भएका छन् । शनिबार सम्पन्न वडाध्यक्षको उपचुनावमा बूढाथोेकीका निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले २५१ मत पाएका छन् । त्यस्तै राप्रपाले २१ मत पाएको छ भने ६० मत बदर भएको छ । कुमाखमालिका ५ यसअघि पनि नेकपाले नै जितेको ठाउँ […]
from समाचार – Online Khabar https://ift.tt/2Y3vmcy
via IFTTT



















