Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

गुल्मीको रुरुक्षेत्रमा नेकपाका सिंजाली निर्वाचित

१५ मंसिर, गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको वडा नम्बर ६ रिमुवाको वडा अध्यक्षमा नेकपाका गिरिप्रसाद सिंजाली निर्वाचित भएका छन् । सिंजालीले ८०२ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । उनले नेपाली कांग्रेसका उम्मेदवार बेदप्रसाद दर्लामीलाई ७५ मत अन्तरले पराजित गरे । कांग्रेसका दर्लामीले ७२७ मत ल्याए । स्वतन्त्र उम्मेदवार मनबहादुर दर्लामीले […]

१३ औं साग आजदेखि, यसरी हुँदैछ उद्घाटन

१५ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक उद्घाटन आज राष्ट्रपति विद्यादेवी भण्डारीले गर्दैछिन् । सागअन्तर्गत भलिबल प्रतियोगिताका खेल यसअघि नै भए पनि औपचारिक उद्घाटन अपराह्न ५ बजे दशरथ रंगशालामा गर्न लागिएको हो । भब्य समारोहबीच राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने समारोह ३ घण्टा १४ मिनेट सञ्चालन हुनेछ । उद्घाटनसत्रमा सहभागी सातवटै […]

मोरङको धनपालथान गाउँपालिका-२ को अध्यक्षमा कांग्रेस विजयी

१५ मंसिर, काठमाडौं । मोरङको धनपालथान गाउँपालिका वडानम्बर २ को अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका नारायण प्रसाद साह १ हजार ७ सय १ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका पंकज मण्डलले १ हजार ४९७ मत पाए । यहाँका ४ हजार ७४ मतदातामध्ये ३ हजार २ सय ८४ मत खसेको […]

सुनसरीमा एम्बुलेन्स र ट्रक ठोक्किँदा ७ जनाको मृत्यु

१५ मंसिर, विराटनगर । सुनसरीमा एम्बुलेन्स र ट्रक आपसमा ठोक्किँदा एम्बुलेन्समा सवार सात जनाको मृत्यु भएको छ । विराटनगरबाट उदयपुरतर्फ जाँदै गरेको काे १ च ९३६४ नम्बरको एम्बुलेन्स र ना २ ख ९०८२ नम्बरको ट्रक गएराति कोसी गाउँपालिकाको हरिपुरमा ठोक्किएर दुर्घटना भएको हो । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी विनोद शर्माले दुर्घटनाको पुष्टि गर्दै त्यसमा सवार […]

दाङ र अर्घाखाँचीका वडा नेकपाबाट कांग्रेसले खोस्यो

१५ मंसिर, काठमाडौं । अर्खाखाँची र दाङमा वडाअध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा कांग्रेस विजयी भएको छ । अघिल्लो चुनावमा नेकपाले जितेका यी स्थानमा यसपटक कांग्रेसले बाजी मारेको हो । घोराही उपमहानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा नेपाली कांग्रेसका तारा डिसी विजयी भएका छन् । उनले नेकपाका सुरेशबहादुर केसीलाई १ सय १ मतले पराजित गरे । […]

१३औं सागमा नेपालको पहिलो पदक पक्का, महिला भलिबल फाइनलमा

१४ मंसिर, काठमाडौं । नेपाल पहिलो पटक दक्षिण एसियाली खेलकुद (साग)मा महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ । अब स्वर्णका लागि भने भारतसँग खेल्ने छ । यद्यपि १३ औं सागमा नेपालको पहिलो पदक पक्का भएको छ । शनिबार भएको दोस्रो सेमिफाइनलमा नेपालले श्रीलंकालाई ३-० ले हराएको हो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलको पहिलो सेट […]

तस्वीरमा महिला भलिबलको ऐतिहासिक जित

१४ मंसिर, काठमाडौं । नेपाली महिला भलिबल टिम पहिलो पटक दक्षिण एसियाली खेलकुद (साग)को फाइनलमा प्रवेश गरेको छ । यससँगै नेपालको १३ औं सागमा कम्तिमा रजत पदक पक्का भएको छ । फाइनलमा भारतलाई हराएर स्वर्ण जित्ने बाटो पनि खुला छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलका क्रममा देखिएका केही दृश्य

उपचुनाव : अपेक्षाअनुसार मत खसेन, १२ घण्टामा आधा परिणाम आउने

१४ मंसिर, काठमाडौं । कास्कीसहित ३७ जिल्लाका ५२ सीटमा उपनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । तर, अपेक्षाअनुसार मत नखसेको निर्वाचन आयोग आफैंले स्वीकार गरेको छ । प्रतिनिधिसभा सदस्यका लागि कास्की २ र प्रदेश सभा सदस्यका लागि भक्तपुर १ क, दाङ ३ ख र बाग्लुङ २ खमा शनिबार मतदान भएको छ । यस्तै धरान उपमहानगरपालिकासहित ४८ […]

बैतडीबाट कांग्रेसले पनि जितको खाता खोल्यो

१४ मंसिर, काठमाडौं । उपनिर्वाचनमा नेपाली कांग्रेसले बैतडीबाट जितको खाता खोलेको छ । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा कांग्रेस विजयी भएको हो । प्रमुख प्रतिपक्षी कांग्रेसका गजेन्द्रबहदुर चन्दले नेकपाका उम्मेदवार हराए । निकटतम प्रतिद्वन्दीलाई ४ मतले पछि पार्दै कांग्रेसका चन्द विजयी भएका हुन् । नेकपाका धनबहादुर चन्दले २१५ मत ल्याए भने विजयी […]

धुलिखेल २ को वडाध्यक्षमा कोइराला विजयी

१४ मंसिर, काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर २ को वडाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का देव कोइराला विजयी भएका छन् । शनिबार भएको उपचुनावमा उनले ८६७ मत पाए । उनको निकतम प्रतिद्वन्द्वी कांग्रेसका दणबहादुर खत्रीले ५८२ मत पाए । राष्ट्रिय जनता पार्टीले ३२ मत पाउँदा राप्रपा संयुक्तले ६ मत पाएको छ । ३२ मत […]

हरिपूर्वामा समाजवादी विजयी, कांग्रेसभन्दा सीके राउतको पार्टी अगाडि

१४ मंसिर, काठमाडौं । सर्लाहीको हरिपूर्वा नगरपालिका १ को वडाध्यक्षमा समाजवादी पार्टीका श्यामबाबु राय विजयी भएका छन् । शनिबार भएको मतदानमा उनले ३४७ मत पाए । उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का उम्मेदवार रामविश्वास राय र नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार दोस मोहम्मद अंसारीले समान ३ सय २८ मत पाएका छन् । नेपाली कांग्रेसलाई […]

कास्की २ को मतगणना साढे १० बजेबाट

१४ मंसिर, पोखरा । प्रतिनिधिसभा सदस्यका लागि उपनिवर्नाचन भएको कास्की २ को मतगणना आजैबाट हुने भएको छ । सर्वदलीय बैठकले राति साढे १० बजेबाट मत गणना सुरु गर्ने सहमति जुटाएको छ । शनिबार भएको निर्वाचनमा ४५ हजार ६२१ मत खसेको थियो । यो कुल मतदाताको ६३.४८ प्रतिशत हो । तत्कालीन पर्यटनमन्त्री एवं नेकपा सांसद रवीन्द्र […]

सुन्दरबजार-२ मा पनि नेकपा नै विजयी

१४ मंसिर, काठमाडौं । लमजुङको सुन्दरबजार नगरपालिका २ को वडाध्यक्ष पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जितेको छ । शनिबार भएको निर्वाचनमा नेकपाका उम्मेदवार नविनकुमार श्रेष्ठ विजयी भएका हुन् । उनले ९९३ मत पाए । निकटतम प्रतिद्वन्द्वी प्रकाश सेढाईले ४८२ मत पाएका छन् । त्यहाँ नेकपाकै लोकराज पाण्डे विजयी भएका थिए । उनको पद रिक्त भएपछि […]

बोराभित्रको बास !

१४ मंसिर, काठमाडौं । करिब रातको १० बजेको समय । काठमाडौंको सडक चकमन्न बन्दै गएपनि शुक्रबारको रात अघिपछिभन्दा सवारीको चाप बढी थियो । साना सवारी र मोटरसाइकल कालीमाटी हुँदै कलङ्की, बल्खु र त्रिपुरेश्वर हुइकिँदै थिए । जाडो शुरु भइसकेको छ । बिहान-बेलुका न्याना कपडा नलगाई हिँड्न गाह्रै हुन्छ । रातको १० बजे चिसो सिरेटो नचल्ने […]

प्रहरी हिरासतबाट सात जना थुनुवा फरार

१४ मंसिर, जनकपुरधाम । सिरहाको एक प्रहरी कार्यालयबाट सात जना थुनुवा फरार भएका छन् । शनिबार राति ७ः३० बजेतिर उनीहरु प्रहरी कार्यालयको थुनुवा कक्षबाट फरार भएका हुन् । इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा थुनिएका आठ जनामध्ये सात जना फरार भएका हुन् । लक्ष्मीपुर गाउँपालिका ५ स्थित उक्त इलाका प्रहरी कार्यालयबाट उनीहरु प्रहरीको आँखा छलेर फरार […]

सल्यानको कुमाखमालिकामा नेकपा विजयी

१४ मंसिर, सल्यान । कुमाखमालिका गाउँपालिकाको ५ नम्बर वडाध्यक्षमा नेकपाका उम्मेदवार धर्मे बूढाथोकी ७९२ मतका साथ विजयी भएका छन् । शनिबार सम्पन्न वडाध्यक्षको उपचुनावमा बूढाथोेकीका निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले २५१ मत पाएका छन् । त्यस्तै राप्रपाले २१ मत पाएको छ भने ६० मत बदर भएको छ । कुमाखमालिका ५ यसअघि पनि नेकपाले नै जितेको ठाउँ […]

मोदीले ओलीलाई पठाए स्वास्थलाभको सन्देश

१४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले स्वास्थलाभको सन्देश पठाएका छन् । प्रधानमन्त्री ओलीको मंगलबार मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । उनी अहिले सेन्टरको सघन उपचार कक्षमा छन् । भारतीय प्रधानमन्त्री मोदीले थप उपचारका लागि आवश्यक सहयोग गर्ने प्रस्ताव समेत राखेका छन् । उनले नेपाल […]

पैसा नभएकै कारण नागरिक उपचारबाट वञ्चित हुँदैनन्ः मन्त्री ढकाल   

१४ मंसिर, भरतपुर  । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले पैसा नभएकै कारण नागरिक उपचारबाट वञ्चित नहुने बताएका छन् । भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निरीक्षणपछि शनिबार आयोजित छलफलमा उनले हरेक बिरामीलाई राज्य मेरो अभिभावक हो भन्ने प्रत्याभूति दिलाउने गरी काम गर्ने उल्लेख गरे । प्रारम्भिक चरणमा मन्त्रालयको काम र अस्पतालको अवस्थाबारे जानकारी लिइरहेको मन्त्री […]

सीमा अतिक्रमणविरुद्ध विप्लव समूहले भारतीय दुतावास अगाडि प्रदर्शन गर्ने

१४ मंसिर, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सीमा अतिक्रमणको विरोधमा भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गर्ने भएको छ । भारतले लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायत ७१ स्थानमा सीमा मिचेको भन्दै मंसिर २२ गते काठमाडौंस्थित दूतावास अगाडि प्रदर्शन गर्न लागेको उक्त समूहका प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । विप्लव समूहले सीमा बचाउ […]

तस्वीरमा कास्की-२ को उपचुनाव

१४ मंसिर, पोखरा । कतै बम बिस्फोट कतै सामान्य विवादका बीच कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतदान सकिएको छ । यहाँ ४ ठाउँमा बस बिस्फोट र ३ ठाउँमा सामान्य विवादका बीच ६३.४८ प्रतिशत मत खसेको छ । अघिल्लो चुनावमा भन्दा यसपटक मतदाता संख्या बढी भए पनि करिब ४ हजार कमले मात्र मतदानमा सहभागिता जनाएका […]

पुनर्वास ३ मा नेकपाका कृष्णबहादुर विजयी

१४ मंसिर, कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा कृष्णबहादुर तामाङ विजयी भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार तामाङले ५२८ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपबहादुर तामाङले ३१० मत पाउँदा समाजवादी पार्टीका भीम तामाङले ७४ मत पाए । कुल ११९९ मतदाता रहेको यो वडामा शनिबार भएको उपचुनावमा […]



from समाचार – Online Khabar https://ift.tt/35Qx8k5
via IFTTT
Powered by Blogger.