समाचार
१२ माघ, पाल्पा । नेपाली कांग्रेस, पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ । कार्कीको आइतबार बिहान उपचारका क्रममा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको नेपाली कांग्रेस पाल्पाका सचिव झपीन्द्र गैरेले जानकारी दिए । मिर्गौला रोगबाट पीडित कार्कीले डायलायसिस गराउँदै आएका थिए । पाल्पाको रम्भा गाउँपालिका–५, ताहूँमा २००० मा जन्मिएका कार्की ०४८ […]
१२ माघ, काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा उम्मेदवारी दिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाविरुद्धको रिट सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा परेको छ । नेता सापकोटालाई सभामुखमा निर्वाचित नगर्न माग गर्दै वरिष्ठ अधिवक्त दिनेश त्रिपाठीले शुक्रबार दायर गरेको रिट न्यायाधीश फुँयालको एकल इजलासमा परेको हो । रिटमा सापकोटालाई सभामुख बनाउन नहुने पाँच […]
१२ माघ, सिन्धुली । सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । झापाबाट काठमाडौं जाँदै गरेको बा४ख ६९६ नम्बरको माइक्रोबस बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२, भद्रकाली ढुङ्ग्रेभञ्ज्याङमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले दुर्घटनाको पुष्टि गर्दै एक जनाको ज्यान गएको […]
१२ माघ, पोखरा । गण्डकी प्रदेशभरिमा सबैभन्दा बढी बिरामीको चाप हुने अस्पतालमा पर्छ, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल । दैनिक हजारौं बिरामी त्यहाँ स्वस्थ्योपचारका लागि पुग्छन् । तर, अस्पतालको शौचालयलगायतका पूर्वाधारको सरसफाइमा ध्यान नदिँदा बिरामी कुरुवासमेत उल्टै बिरामी हुनुपर्ने अवस्था छ । अस्पतालमै भएको शव गृहको कथा पनि त्यस्तै छ । शवगृह पछाडि बौद्ध सदन गुम्बादेखि रानीपौवा […]
१२ माघ, काठमाडौं । एक वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित देशमा भ्रमण वर्ष चलिरहेको छ । वर्षमा साढे ११ लाख पर्यटक भित्र्याइरहेको नेपालले यो वर्ष त्यसमा साढे आठ लाख पर्यटक बढाउनु छ । तर वर्षको सुरुमै पर्यटन क्षेत्रमा केही अप्रिय घटनाहरू भएका छन्, जसले भ्रमण वर्षलाई प्रभावित पार्छ कि भन्ने डर पैदा भएको छ […]
१२ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गम्भीर किसिमका विभिन्न अनियमितता गरेको भन्दै अख्तियार दुरूपयोग अनुन्धान आयोगमा थुप्रै उजुरी परेका थिए । उनीविरुद्व अर्थ मन्त्रालय र सम्पत्ति शुद्धीकरण विभागमा पनि उजुरीहरू परेका थिए । अख्तियार स्रोतका अनुसार, डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि वैदेशिक भ्रमणमा जादा फर्जी विलहरू बनाएर पटक–पटक दोहोरो सुविधा लिएकोमात्र […]
१२ माघ, काठमाडौं । गत असोजदेखि सभामुखविहीन रहेको प्रतिनिधिसभाले आज सभामुख पाउँदैछ । सभामुखका लागि नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित हुँदैछन् । संघीय संसद् सचिवालयका अनुसार, सभामुख चयन प्रक्रिया टुंग्याउनका लागि आइतबार दिउँसो ३ बजे बैठक आह्वान गरिएको छ । ज्येष्ठ सदस्यको हैसियतमा महन्थ ठाकुरले बैठक सञ्चालन गर्दै सापकोटाका प्रस्तावक […]
स्पेन । स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पाले स्पेनका राजा फेलिपे छैठौंसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छन्। शुक्रबार म्याड्रिडस्थित राजदरबारमा आयोजित एक विशेष समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुन् । त्यसपछि उनले राजा फेलिपेसँग नेपाल तथा स्पेनबीच द्विपक्षीय सम्बन्धका बारेमा छोटो वार्ता पनि गरेकी थिइन् । स्पेनका नरेशले राजदूत शेर्पालाई बधाई […]
१२ माघ, काठमाडौं । लिग लिडर बार्सिलोनाले यस सिजन स्पानिस ला लिगामा चौथो हार व्यहोरेको छ । शनिबार भएको खेलमा बार्सिलोना भ्यालेन्सियासँग पराजित भएको हो । गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले पेनाल्टी बचाए पनि बार्सिलोना २–० ले पराजित भयो । भ्यालेन्सियाका लागि दुवै गोलमा म्याक्सी गोमेज सामेल भए । तर सुरुमा उनले नै पेनाल्टीमा गोल […]
११ माघ, काठमाडौं । हवाई इन्धन बोक्ने ट्यांकर चालकहरुले शनिबारदेखि भारतबाट हुने आयात र आन्तरिक आपूर्ति रोकेका छन् । प्राविधिक कारण हुने चुवहाटको सीमासम्बन्धी व्यवस्था हटाउनुपर्नेसहित ८बुँदे माग राख्दै उनीहरुले हवाई इन्धनको आपूर्ति ठप्प पारेका हुन् । उनीहरुको मागका सम्बन्धमा शुक्रबार नेपाल आयल निगममा वार्ता पनि भएको थियो । निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतकाअनुसार […]
११ माघ, काठमाडौं । सर्लाहीको धनकौल-३ मा रहेको अन्नपूर्ण चिनी मिलको चिनी बिक्री गर्न किसानहरुले अवरोध गरेका छन् । किसानहरुको अगुवाई प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले गरेका थिए । त्यसेले कतिपयले यसलाई किसानको नाममा नेपाली कांग्रेसले राजनीति गरेको आशंका गरेका छन् । राकेशकुमार अग्रवालको अन्नपूर्ण चिनी मिलले झण्डै ४२ करोड रुपैयाँ उखु किसानलाई दिनुपर्नेछ । किसानहरु […]
११ माघ, काठमाडौं । सात वटै विश्वविद्यालयका पदाधिकारी भागवण्डामा नियुक्त गरिने भएको छ । शनिबार विहान सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग यसबारे छलफल गरेका हुन् । बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले सबै विश्वविद्यालयमा कांग्रेसको पनि प्रतिनिधित्व […]
११ माघ, चितवन । आदिकवि भानुभक्त आचार्य देशमा मात्रै होइन, विदेशमा समेत परिचित छन् । रामायणलाई नेपाली भाषामा अनुवाद गरेर ख्याति कमाएका यी राष्ट्रिय विभूति युगयुगसम्म बाँचिरहेका छन् । तर, यिनै राष्ट्रिय विभूतिको जन्मस्थल तनहुँको चुँदी रम्घा र उनको नाममा गठन गरिएको भानु जन्मस्थल विकास समिति भने आफैं अलपत्रप्रायः अवस्थामा पुगेको छ । भानुभक्त र […]
काठमाडौं । लिम्पियाधुरा नटेकेपनि यो नाम धेरैका निम्ति परिचित छ । भारत-नेपालको सीमानाबारे जब-जब चर्चा चल्छ, लिम्पियाधुराको प्रसंग आइहाल्छ । यो नाम सुनिरहँदा कतिपयलाई लाग्नसक्छ, आखिर कस्तो होला लिम्पियाधुरा ? पूर्वको कञ्चनजंगादेखि सुदूरपश्चिमलाई समेटेर साहसिक पदयात्राको रेखांकन गरिएको छ, जसको नाम हो, द ग्रेट हिमालयन टेल । यही टेलको अन्तिम विन्दु हो लिम्पियाधुरा । कर्णाली […]
११ माघ, गोरखा । नेत्र बिक्रम चन्द ‘विप्लव’ समूहका दुइ कार्यकर्ता पक्राउ परेका छन् । गण्डकी गाउँपालिका-७ घ्याल्चोकका बिष्णु प्रसाद रिजाल र शहिद लखन गाउँपालिका-४ ताक्लुङका रोहित प्रसाद पन्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘पहिलैदेखि खोजी भइरहेको थियो,’ एसपी ओम प्रसाद अधिकारीले भने, गोरखा नगरपालिका वडा नम्वर १० बिरेन्चोकबाट पक्राउ गर्यौं ।’ रिजाल विप्लव […]
११ माघ, बुटवल । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले मुलुकको समृद्धिको लागि लगानीलाई सुरक्षित गर्नुपर्ने बताएका छन् । समृद्धिका लागि लगानी अपरिहार्य रहेको भन्दै उनले सुरक्षित कर्जा लगानी गर्ने बैंक तथा वित्तीय संस्थालाई आग्रह गरे । प्रदेश स्तरीय देउराली लघुबित्त बित्तीय संस्थाको बुटवलमा शुभारम्भ गर्दै गभर्नर डा. नेपालले बैंक तथा बित्तीय संस्थाले एउटाको […]
११ माघ, काठमाडौं । तामाङ समुदायले विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व अर्थात नयाँ वर्ष मनाएका छन् । देशका विभिन्न ठाउँबाट राजधानी आएका बसोबास गर्ने तामाङ समुदायले काठमाडौंको टुँडिखेलमा कार्यक्रम गरी मनाएका हुन् । तामाङ समुदायमा ज्ञानका देवता अर्थात इस्ट देवता मञ्जुश्रीले पन्चशीर्ष डाँडामा बसेर ८४ हजार ग्रन्थको धर्मतिर्सना गरेको ऐतिहासिक दिन सोनाम ल्होछार भएकाले […]
११ माघ, बुटवल । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले सहमतिकै आधारमा प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लगाउने बताएका छन् । प्रेस संगठन नेपालको प्रदेश भेलालाई शनिबार बुटवलमा सम्वोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य समेत रहेका पोखरेलले प्रदेश राजधानी विषयमा कसैले दम्भ देखाउन आवश्यक नभएको बताए । ‘मैले दाङ राजधानी […]
११ माघ, काठमाडौं । नेपालको सार्वजनिक ऋण ११ खर्ब नाघेको छ । चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो ६ महिनासम्मको तथ्यांक अनुसार नेपालको सार्वजनिक ऋण ११ खर्ब ५ अर्ब पुगेको हो । यसमध्ये बाहृय ऋण ६ खर्ब ५४ अर्ब ४ करोड र आन्तरिक ऋण ४ खर्ब ५१ अर्ब ९ करोड रुपैयाँ रहेको छ । सरकारले […]
११ माघ, काठमाडौं । पश्चिम सेती जलविद्युत आयोजना निर्माणको माग गर्दै शनिबार काठमाडौंमा प्रदर्शन भएको छ । ‘पश्चिम सेतीका लागि काठमाडौंमा कचौरा’को नारा दिएर युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । आफूहरु आयोजनाका लागि कचौरा लिएर माग्न बसेको आयोजक बोलन्य थली धजगढीका संयोजक यादव जोशीले बताए । उनले भने, ‘आयोजना बन्ने आशमा अजनजीविकासँग जोडिएको काम […]
११ माघ, काठमाडौं । सर्लाहीको धनकौल-३ मा रहेको अन्नपूर्ण चिनी मिलको चिनी बिक्री गर्न किसानहरुले अवरोध गरेका छन् । करिब ६ करोड मूल्यको चिनी उद्योगबाट बजार लैजान खोज्दा स्थानीय किसानहरुले अवरोध गरेका हुन् । उद्योग मन्त्रालयमा चिनी बेचेर कृषकको पैसा तिर्ने सहमति गरेको उद्योगले गृह मन्त्रालयको सहजीकरणमा मिलबाट चिनी बिक्री गरिँदै थियोे । उद्योगमा चिनी […]
from समाचार – Online Khabar https://ift.tt/36tEj1E
via IFTTT




















