Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

चन्द्रनिगाहपुरको सडकमा शंकास्पद वस्तु

१२ माघ, रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा शंकास्पद वस्तु फेला परेको छ । चन्द्रनिगाहपुर गौर सडकको नेपाल बैंक अगाडि एउटा ब्याग र बोरा बिहानैदेखि देखिएपछि प्रहरीले बम रहेको आशंका गरेको छ । शंकास्पद रहेको स्थानलाई घेरा हालेर राखिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीले बताए । डिष्पोजल टोली गौरबाट आउन केही समय लाग्ने भएका कारण […]

कल्भर्ट बनेपछि  एक घण्टाको बाटो दुई मिनेटमै

१२ माघ, कञ्चनपुर । भीमदत्त नगरपालिका– १३ भुजेला हात्तीसार जोड्ने सडकमा १३ वर्षसम्म निर्माण हुन नसकेको अपूरो कलभर्ट निर्माण पूरा भएपछि एक घण्टाको बाटो दुई मिनेटमै पुग्न सकिने भएको छ । वडा कार्यालयले रु सात लाख खर्चेर कलभर्ट निर्माण पूरा गरेपछि स्थानीय बासिन्दालाई आवतजावतमा निकै सहज भएको हो । “नालामा कलभर्ट निर्माण नहँुदा एम्बुलेन्स, दमकललगायत […]

सरकारी एम्बुलेन्समा राखेर गाँजा तस्करी

१२ माघ, काठमाडौं । मकवानपुरमा एम्बुलेन्स प्रयोग गरी गाँजा तस्करी गरेको पाइएको छ । रौतहटको डुमरिया नगरपालिकाको स्वास्थ्य चौकीको एम्बुलेन्समा ३० किलो ६ सय ग्राम गाँजा ओसारपसार भइरहेको अवस्थामा चालकसहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले जानकारी दिए । शनिबार बेलुका पौने ७ बजे मकवानपुर उपमहानगरपालिका १९ नेवारपानीको इलाका प्रहरी […]

परराष्ट्रमन्त्री ज्ञावलीले भेटे उमेश यादवलाई

१२ माघ, काठमाडौं । साउदी अरबको फाँसीबाट बचेर १३ वर्षपछि नेपाल फर्किएका धनुषाका उमेश यादवलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले भेट गरेका छन् । आइतबार बिहान आफ्नै कार्यत्रकक्षमा भेट गरी मन्त्री ज्ञावलीले उमेशको बारेमा जानकारी लिएका हुन् । भेटमा उमेशले साउदी जेलमा रहेका विवेक दाहललाई नेपाल फर्काउने पहल गरिदिन आग्रह गरेका थिए । आफ्नै सहकर्मी नेपालीलाई हत्या […]

तिलोत्तमामा विशिष्टीकृत कृषि हाटबजार

१२ माघ, बुटवल । स्थानीय किसानले उत्पादन गर्ने तरकारीको उचित बजारीकरण गर्ने उद्देश्यले रुपन्देहीको तिलोत्तामामा विशिष्टीकृत कृषि हाटबजार सञ्चालनमा आएको छ । दैनिक कम्तीमा २० क्वीन्टल तरकारी बिक्री गर्ने गरी ५० लाख रुपैयाँ लगानीमा तिलोत्तमा-१४ रेहरामा सुुरु भएको हाटबजार रुपन्देहीकै पहिलो विशिष्टीकृत तरकारी बजार हो । तिलोत्तमा नगरपालिकाले वडानम्बर १४ लाई कृषि पकेट क्षेत्र बनाएको […]

राजश्वको लक्ष्य भेट्टाउन निजी क्षेत्रमाथि डण्ठा लगाउँदिनँ : अर्थमन्त्री

१२ माघ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अतिरिक्त डर नपाल्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । ६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अबसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै डा. खतिवडाले अर्थतन्त्र सकारात्मक बाटोमा रहेको र सरकारी नीति असल व्यवसायीका लागि फलदायी रहेको प्रष्ट्याए । सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान गलत गर्नेका लागि मात्रै आकर्षण हुने उनले […]

उपमेयर नेपालीको प्रष्टीकरण : म बिरामी छु, अमेरिकामा लुकेको होइन

१२ माघ, काठमाडौं । अमेरिका पुगेर लुकेको भनिएकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली दर्शनाले स्वास्थ्य समस्याका कारण नेपाल फर्कन नसकेको स्पष्टीकरण दिएकी छन् । आफूले बारम्बार फोन गर्दा पनि मेयरले नउठाएको उनको दाबी छ । अमेरिकामा आयोजित एक गोष्ठीमा भाग लिन कात्तिकको पहिलो साता दर्शना अमेरिका गएकी थिइन् । करिब एक महिनादेखि उनी आफूसित […]

घरबाटै भन्सार जाँचपास गर्न सकिने माेबाइल एप कार्यन्वयनमा

 १२ माघ, काठमाडौं । माेबाइलबाटै भन्सार पास गर्न सकिने माेबाइल एप सार्वजनिक भएकाे छ । ६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा‍‍. युवराज खतिवडाले उक्त एप कार्यान्वयनकाे उद्घाटन गरे । नेपाल कष्टम क्लेरेन्स नामक उक्त एपबाट घरमै बसेर व्यावसायीले भन्सार पास गर्न सकिने विभागका माहनिर्देशक सुमन दाहालले जानकारी दिए । एन्ड्रयुईडकाे प्लेस्टाेरमा […]

अग्नि सापकोटाविरुद्धको मुद्दा न्यायाधीश हरि फुयाँलले हेर्न नमिल्ने

१२ माघ, काठमाडौं । सभामुखका एकल उम्मेदवार अग्नि सापकोटाविरुद्ध परेको रिटमाथिको सुनुवाइ न्यायाधीश हरि फुयालले नगर्ने भएका छन् । सर्वोच्चको न्यायाधीश हुनुअघि सापकोटाविरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेकाले नैतिकताका कारण उनले मुद्दा नहेर्न लागेको स्रोतले जनाएको छ । सापकोटालाई सभामुख नबनाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको सुनुवाइ फुयाँलको एकल […]

लाहुरेकी छोरीको सफलता

१२ माघ, काठमाडौं । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको सिकैचामा जन्मेकी हुमाकुमारी बखिम फागुनमा ५० वर्ष पुग्दैछिन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा वरिष्ठ खाद्य अनुसन्धान अधिकृतका रुपमा कार्यरत उनलाई सजिलो गरी चिन्न खाद्य वैज्ञानिक भन्दा हुन्छ । घाँस दाउरा, गोठालो र भान्साको जोहोसँगै गाउँकै सरकारी स्कुलमा पढेर हुर्किएकी हुमाले बेल्जियमबाट खाद्य प्रविधि विषयमा स्नातकोत्तर र […]

पूर्वसांसद् कार्कीको निधन

१२ माघ, पाल्पा । नेपाली कांग्रेस, पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ । कार्कीको आइतबार बिहान उपचारका क्रममा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको नेपाली कांग्रेस पाल्पाका सचिव झपीन्द्र गैरेले जानकारी दिए । मिर्गौला रोगबाट पीडित कार्कीले डायलायसिस गराउँदै आएका थिए । पाल्पाको रम्भा गाउँपालिका–५, ताहूँमा २००० मा जन्मिएका कार्की ०४८ […]

अग्नि सापकोटाविरुद्धको रिट न्यायाधीश फुँयालको इजलासमा

१२ माघ, काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा उम्मेदवारी दिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाविरुद्धको रिट सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा परेको छ । नेता सापकोटालाई सभामुखमा निर्वाचित नगर्न माग गर्दै वरिष्ठ अधिवक्त दिनेश त्रिपाठीले शुक्रबार दायर गरेको रिट न्यायाधीश फुँयालको एकल इजलासमा परेको हो । रिटमा सापकोटालाई सभामुख बनाउन नहुने पाँच […]

सिन्धुलीमा माइक्रोबस दुर्घटना, १ को मृत्यु, २० घाइते

१२ माघ, सिन्धुली । सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । झापाबाट काठमाडौं जाँदै गरेको बा४ख ६९६ नम्बरको माइक्रोबस बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२, भद्रकाली ढुङ्ग्रेभञ्ज्याङमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले दुर्घटनाको पुष्टि गर्दै एक जनाको ज्यान गएको […]

प्रदूषण बढाउँदै गण्डकीका अस्पताल, तर छैन कारबाही गर्ने ऐन

१२ माघ, पोखरा । गण्डकी प्रदेशभरिमा सबैभन्दा बढी बिरामीको चाप हुने अस्पतालमा पर्छ, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल । दैनिक हजारौं बिरामी त्यहाँ स्वस्थ्योपचारका लागि पुग्छन् । तर, अस्पतालको शौचालयलगायतका पूर्वाधारको सरसफाइमा ध्यान नदिँदा बिरामी कुरुवासमेत उल्टै बिरामी हुनुपर्ने अवस्था छ । अस्पतालमै भएको शव गृहको कथा पनि त्यस्तै छ । शवगृह पछाडि बौद्ध सदन गुम्बादेखि रानीपौवा […]

भ्रमण वर्षको सुरुमै बिच्छुक : हिटरदेखि हिमपहिरोसम्म

१२ माघ, काठमाडौं । एक वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित देशमा भ्रमण वर्ष चलिरहेको छ । वर्षमा साढे ११ लाख पर्यटक भित्र्याइरहेको नेपालले यो वर्ष त्यसमा साढे आठ लाख पर्यटक बढाउनु छ । तर वर्षको सुरुमै पर्यटन क्षेत्रमा केही अप्रिय घटनाहरू भएका छन्, जसले भ्रमण वर्षलाई प्रभावित पार्छ कि भन्ने डर पैदा भएको छ […]

लहरो तान्दा पहरो खस्ने डरले डेपुटी गभर्नरलाई ‘क्लिन चिट’

१२ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गम्भीर किसिमका विभिन्न अनियमितता गरेको भन्दै अख्तियार दुरूपयोग अनुन्धान आयोगमा थुप्रै उजुरी परेका थिए । उनीविरुद्व अर्थ मन्त्रालय र सम्पत्ति शुद्धीकरण विभागमा पनि उजुरीहरू परेका थिए । अख्तियार स्रोतका अनुसार, डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि वैदेशिक भ्रमणमा जादा फर्जी विलहरू बनाएर पटक–पटक दोहोरो सुविधा लिएकोमात्र […]

४ महिनापछि प्रतिनिधिसभाले आज सभामुख पाउँदै

१२ माघ, काठमाडौं । गत असोजदेखि सभामुखविहीन रहेको प्रतिनिधिसभाले आज सभामुख पाउँदैछ । सभामुखका लागि नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित हुँदैछन् । संघीय संसद् सचिवालयका अनुसार, सभामुख चयन प्रक्रिया टुंग्याउनका लागि आइतबार दिउँसो ३ बजे बैठक आह्वान गरिएको छ । ज्येष्ठ सदस्यको हैसियतमा महन्थ ठाकुरले बैठक सञ्चालन गर्दै सापकोटाका प्रस्तावक […]

स्पेनका राजा फेलिपेको नेपाल भ्रमण गर्ने इच्छा

स्पेन । स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पाले स्पेनका राजा फेलिपे छैठौंसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छन्। शुक्रबार म्याड्रिडस्थित राजदरबारमा आयोजित एक विशेष समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुन् । त्यसपछि उनले राजा फेलिपेसँग नेपाल तथा स्पेनबीच द्विपक्षीय सम्बन्धका बारेमा छोटो वार्ता पनि गरेकी थिइन् । स्पेनका नरेशले राजदूत शेर्पालाई बधाई […]

बार्सिलोना भ्यालेन्सियासँग पराजित

१२ माघ, काठमाडौं । लिग लिडर बार्सिलोनाले यस सिजन स्पानिस ला लिगामा चौथो हार व्यहोरेको छ । शनिबार भएको खेलमा बार्सिलोना भ्यालेन्सियासँग पराजित भएको हो । गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले पेनाल्टी बचाए पनि बार्सिलोना २–० ले पराजित भयो । भ्यालेन्सियाका लागि दुवै गोलमा म्याक्सी गोमेज सामेल भए । तर सुरुमा उनले नै पेनाल्टीमा गोल […]

ट्यांकरहरुले रोके हवाई इन्धनको आपूर्ति

११ माघ, काठमाडौं । हवाई इन्धन बोक्ने ट्यांकर चालकहरुले शनिबारदेखि भारतबाट हुने आयात र आन्तरिक आपूर्ति रोकेका छन् । प्राविधिक कारण हुने चुवहाटको सीमासम्बन्धी व्यवस्था हटाउनुपर्नेसहित ८बुँदे माग राख्दै उनीहरुले हवाई इन्धनको आपूर्ति ठप्प पारेका हुन् । उनीहरुको मागका सम्बन्धमा शुक्रबार नेपाल आयल निगममा वार्ता पनि भएको थियो । निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतकाअनुसार […]

सांसदको अगुवाईमा किसानले रोके अन्नपूर्ण मिलको चिनी

११ माघ, काठमाडौं । सर्लाहीको धनकौल-३ मा रहेको अन्नपूर्ण चिनी मिलको चिनी बिक्री गर्न किसानहरुले अवरोध गरेका छन् । किसानहरुको अगुवाई प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले गरेका थिए । त्यसेले कतिपयले यसलाई किसानको नाममा नेपाली कांग्रेसले राजनीति गरेको आशंका गरेका छन् । राकेशकुमार अग्रवालको अन्नपूर्ण चिनी मिलले झण्डै ४२ करोड रुपैयाँ उखु किसानलाई दिनुपर्नेछ । किसानहरु […]



from समाचार – Online Khabar https://ift.tt/36ymNcI
via IFTTT
Powered by Blogger.