Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रचण्डको सर्कुलर अलपत्र, सामाजिक सञ्जालमा नेताको दोहोरी

१६ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य भीम रावल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं प्रचार बिभाग उपप्रमुख सूर्य थापाबीच सामाजिक सञ्जालमै आरोप प्रत्यारोप चलेपछि कार्यकर्ताले भदौ १३ को अन्तरपार्टी निर्देशन सम्झाएका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले १३ भदौमा जारी गरेको अन्तरपार्टी विशेष निर्देशनको बुँदा नम्बर (च) मा पार्टीका […]

भ्रमण वर्ष : २ बजेपछि काठमाडौंमा र्‍याली र सवारी, आवागमन प्रभावित हुने

१६ पुस, काठमाडौं । भ्रमण वर्ष सन् २०२० को उद्घाटनपूर्व निस्किने र्‍याली र राष्ट्रपतिलगायतको सवारीका कारण काठमाडौं उपत्यकाको आवागमन बुधबार दिउँसो २ बजेपछि प्रभावित हुने भएको छ । आवागमन प्रभावित हुने भएपछि ट्राफिक प्रहरी महाशाखाले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले रंगशालाकाे भ्रमण वर्ष उद्घाटन […]

बारामा एनसेल टावरमा आगजनी

१६ पुस, कलैया । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१६ पिलुवास्थित एनसेल टावरमा आगजनी भएको छ । गएराति करिब सवा १० बजेतिर अज्ञात समूहले टावरमा आगजनी गरेको हो । सो टावर सशस्त्र औद्योगिक सुरक्षा बलभन्दा करिब ३०० मिटर पूर्वमा पर्दछ । बारा प्रहरीले आगजनी कसले गरेको हो भन्ने नखुलेको र अनुसन्धान भइरहेको जनाएको छ । मंगलबार बेलुका […]

रौतहटमा ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु

१६ पुस, काठमाडौं । रौतहटको मौलापुर नगरपालिका २ चिरचिरयामा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मौलापुर नगरपालिका २ का ४५ वर्षीय सुरेन्द्र राय र पछाडी सवार सोही ठाउँका ६० वर्षीय राजेन्द्र राय छन् । सुरेन्द्रको जिल्ला अस्पताल गौरमा र राजेन्द्रको नेसनल मेडिकल कलेज वीरगञ्जमा उपचारको क्रममा मृत्यु […]

सन् २०२० आरोग्यको वर्ष बनोस् : प्रधानमन्त्री ओली

१६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि शुरु भएको नयाँ वर्ष सन् २०२० को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । नयाँ वर्ष सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा समेत मनाउँदै लाखौं पर्यटकलाई नेपालमा स्वागत गरिने बताउँदै प्रधानमन्त्री ओलीले सन् २०२० स्वदेश र विदेशमा […]

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२० सुरु

१६ पुस, काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२० शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०१९ को विदाई र नयाँ वर्ष […]

कांग्रेसले ४४ औं मेलमिलाप दिवस मनाउँदै

१६ पुस, काठमाडौं । नेपाली कांग्रेस र उसका भ्रातृसंस्थाहरुले ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छन् । पार्टीका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ । यसै सन्दर्भमा कांग्रेसले बुधबार ७७ वटै जिल्लामा आमसभा, गोष्ठी, र्‍याली, कोणसभालगायतका […]

सरकारले भन्यो : भारतसँग वार्ता गर्न पर्याप्त प्रमाण छ

१५ पुस, काठमाडौं । भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सापछि सुरु भएको सीमा विवादका विषयमा एक पछि अर्को संसदीय समितिले छलफल गरिरहेको छ । यसअघि राज्य व्यवस्था तथा सुशासन समिति र अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छलफल गरिसकेको विषयमा मंगलबार संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिले छलफल राख्यो । छलफलमा […]

ओलीले नेम्वाङको विकल्प नखोजौं भनेपछि प्रचण्ड अप्ठ्यारोमा

१५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका ‘कार्यकारी अध्यक्ष’ पुष्पकमल दाहाल प्रचण्डबीच प्रतिनिधिसभाको सभामुख कसलाई बनाउने भन्ने विषय पेचिलो बन्दै गएको छ । सभामुखकै विषयमा छलफल गर्न प्रचण्ड मंगलबार विहान प्रधामनन्त्री निवास बालुवाटार पुगेका थिए । भेटमा ओलीले सभामुखमा सुवास नेम्वाङको विकल्प नखोज्न प्रचण्डलाई आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ । ‘प्रधानमन्त्रीले […]

सीमा विवादमा वार्ताका लागि भारतलाई नेपालको अर्को प्रस्ताव

१५ पुस, काठमाडौं । नेपालले सीमा विवादबारे भारतसँग छलफल गर्न परराष्ट्र सचिवस्तरीय वार्ताको नयाँ मिति प्रस्ताव गरेको छ । यसमा भारतको सहमति भने आइसकेको छैन । भारतले आठौं संस्करणको राजनीतिक नक्सा प्रकाशित गर्दा नेपाली भूमि पनि आफ्नोतिर पारेपछि नेपालले विरोध गरेको थियो र मंसिर ४ गते कूटनीतिक नोट पनि पठाएको थियो । जसमा वर्षौको सीमा […]

बालुवाटारमा पत्रकारको वर्गीकरण : ‘फौजी’ भर्सेस ‘बुर्जुवा’

१५ पुस, काठमाडौं । संविधानले पत्रकारलाई सत्तारुढ दलका फौज, बटालियन वा योद्धा मान्दैन । संविधानले पत्रकारलाई ‘बुर्जुवा’ वा ‘प्रतिक्रियावादी’ तत्व पनि मानेको छैन । पत्रकारहरुले सरकारको आलोचना गर्नै नपाइने वा सरकारको गुणगान गाउनैपर्ने पनि संविधानमा लेखिएको छैन । नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार नेकपाका अगुवा पत्रकारहरुको भेला […]

‘ऋण लिएर आन्दोलन गर्न काठमाडौं आएका हौं’

१५ पुस, काठमाडौं । वर्षभरी पसिना बगाएर उब्जाएको उखुको पैसा नपाएको भन्दै सर्लाहीबाट आएका डेढ दर्जन उखु कृषकहरु चार दिनदेखी माइतीघर मण्डला परिसरमा आन्दोलरत छन् । तीन वर्ष देखिको उखुको पैसा नपाएको आन्दोलित कृषकले बताएका छन् । उद्योगीको कार्यालयमा ताला लगाएर भए पनि सरकारले बक्यौता उठाइदिनुपर्ने माग कृषकको छ । परिवार चलाउन उखु खेतिमा लागेका किसान […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको म्याद चौथोपटक थपिँदै

१५ पुस, बुटवल । रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अवधि चौथो पटक थपिने भएको छ । तेस्रो पटक थपिएको अवधि ३१ डिसेम्बर २०१९ अर्थातः आजै सकिएको छ । तर निर्माण कार्य सकिएको छैन । निर्माण कम्पनीबाट धमाधम काम भइरहेको र काम अन्तिम चरणमा रहेकाले म्याद थप्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ […]

देउवालाई सिटौलाको दुई पन्ने पत्र : बहुमतको निर्णय सच्याउनुस्

१५ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवालाई लिखित पत्र नै बुझाएर केन्द्रीय कार्यसमितिको निर्णय सच्याउन आग्रह गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र सिटौला समूहका नेताहरुको बहिस्कारका बीच कांग्रेस केन्द्रीय समितिले बहुमतका आधारमा महाधिवेशनको कार्यतालिका बनाउनुका साथै विभागहरु थपेर ४७ वटा पुर्‍याउने निर्णय गरेको थियो । पार्टीको केन्द्रमा […]

देउवामाथि ओलीको प्रश्न : दरबारअगाडि घर बनाउन कसले दियो ?

१५ पुस, काठमाडौं । यती समूहलगायतले लिएको लिजबारे छानविन गर्न आफू तयार रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । साथै शेरबहादुर देउवाको नेतृत्वमा कामचलाउ सरकारले गरेका निर्णयहरु पनि छानविनको दायरामा आइनुपर्ने प्रधानमन्त्री ओलीले बताएका छन् । विभिन्न ठाउँको जमीन र संरचनाहरु लिजमा दिने क्रममा अनियमितता भएको भन्दै प्रधानमन्त्री ओलीले त्यसमाथि छानविन हुनुपर्ने बताएका हुन् […]

आयातीत बीउको हरेक वर्ष परीक्षण गर्नुपर्ने

१५ पुस, काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बीउ बिजन सम्बन्धी विधेयक सर्वसम्मत रुपमा पारित गरको छ । मंगलबार बसेको समिति बैठकले बीउ बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ पारित गरेको हो । यो विधेयक ७ जेठ २०७६ मा संसदमा दर्ता भएको थियो भने दफावार छलफलका लागि १ भदौ […]

पोखरामा च्यु ल्होसारको खुसियाली (फोटो फिचर)

१५ पुस, पोखरा । पोखरेली गुरुङ समुदायले आफ्नो ठूलो पर्व ‘तमु ल्होसार/ल्होछार’ मंगलबार भव्य तरिकाले मनाएका छन् । गुरुङ समुदाय अन्तर्गतको मृग वर्गलाई बिदाइ र मुसा वर्गलाई स्वागत गर्दै उनीहरुले ल्होछार मनाएका हुन् । गुरुङ परम्पराअनुसार ‘ल्हो’को अर्थ वर्ष र ‘छार/सार’को अर्थ फेरिनु भन्ने हुन्छ । त्यसै अनुसार ल्होछार/ल्होसार भनिएको हो । मुसा वर्ग सुरु […]

शक्तिखोरको एनसेल टावरमा आगजनी

१५ पुस, चितवन । चितवनको कालिका नगरपालिका-९ मिलन बजारमा रहेको एनसेलको टावरमा मंगलबार साँझ आगजनी गरिएको छ । आगलागीको घटना थाहा पाउने वित्तिकै जुटपानी प्रहरी चौंकीबाट प्रहरीहरु परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । टावरमा अहिले पनि आगो लागिरहेको स्थानीयले बताए । आगो कसले र किन लगायो भन्ने बारेमा केही […]

काठमाडौंमा एलिभेटेड मेट्रो रेल चलाउन डीपीआर तयार गरिँदै 

१५ पुस, काठमाडौं । सरकारले सातदोबाटो-रत्नपार्क-चक्रपथ मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयार गर्ने भएको छ । रेल विभागले पहिलोपटक काठमाडौंमा ‘एलिभेटेड इलेक्ट्रिफाइड मेट्रो रेल’को डीपीआर बनाउन लागेको हो । यसका लागि केही दिनमै कम्पनी छनोट भएर परामर्शदातासँग सम्झौता हुने रेल विभागका महानिर्देशक बलराम मिश्राले जानकारी दिए । उनका अनुसार छनोट हुने कम्पनीले विस्तृतमा सर्भेसहितको डिजाइन […]

गैंडाकोटको मौलाकालिका मन्दिरमा केबुलकार सञ्चालन हुने   

१५ पुस, नवलपुर । नवलपुरको धार्मिक पर्यटकीय स्थल गैंडाकोटको मौलाकालिका मन्दिरमा केबुलकार सञ्चालन गरिने भएको छ । मौलाकालिका केबुलकार प्रालिले स्थानीयसँगको सहकार्यमा केबुलकार निर्माण प्रक्रिया अगाडि बढेको छ । मौलाकालिका फेदीमा रहेको गणेशमन्दिर नजिकैको क्षेत्रबाट केबुलकार लैजाने गरी सम्भाव्यता अध्ययन पूरा भएको गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले जानकारी दिए । मौलाकालिकामा केबुलकार सञ्चालनका लागि सबै […]

प्रकाशमानको प्रस्ताव : देउवाको विकल्पमा टिम तयार गरौं

१५ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाको विकल्पमा अर्को टिम बनाउन प्रस्ताव अघि सारेका छन् । पार्टी संस्थापन पक्षले बहुमतका आधारमा महाधिवेशनको मिति तोकेपछि संस्थापन इतर समूह असन्तुष्ट छ । उनीहरुले पार्टीको परम्परा र विधान विपरीतका निर्णय भएको भन्दै सच्याउन माग गरेका छन् । नभएसम्म केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी […]



from समाचार – Online Khabar https://ift.tt/2QdsEz7
via IFTTT
Powered by Blogger.