Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

भ्रष्टाचार घटाउन निर्वाचन प्रणाली पुनरावलोकन गरौंः अख्तियार

२८ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)ले निर्वाचन खर्च पुनरावलोकन गर्नुपर्नेमा जोड दिएको छ । खर्चिलो निर्वाचन प्रणाली नै भ्रष्टाचार र महँगीको कारक भएकाले यसमा पुनरावलोकन गर्नुपर्ने उसको सुझाव छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार बुझाएको अदुअआको २९ औं प्रतिवेदनमा भनिएको छ, ‘भ्रष्टाचार न्यूनीकरणका लागि खर्चिलो निर्वाचन प्रणालीमा पुनरावलोकन आवश्यक छ ।’ निर्वाचन […]

स्ववियु चुनावमा होमिने अनेरास्ववियूको निर्णय, ९५ प्रतिशत क्याम्पसमा जित्ने दाबी

२८ पुस, काठमाडौं । आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनमा होमिने निर्णय गर्दै सत्तारूढ नेकपा निकट अनेरास्ववियूको केन्द्रीय कमिटीको दुई दिने बैठक सकिएको छ। बैठकले एक महिनाभित्र प्रदेश ,जिल्ला र क्याम्पस तहको एकता सम्पन्न गर्ने निर्णय पनि गरेको छ। आइतबार राष्ट्रिय सभागृहमा उद्घाटन भएको बैठक सोमबार त्रिभुवन विश्वविद्यालयस्थित स्मृति भवनमा बसेको थियो । पूर्वएमाले […]

गाउँपालिकाको केन्द्र विवाद : दिन्छु भनेको जग्गा पाइएन, अन्त सार्न दुई तिहाइ पुगेन

२८ पुस, पोखरा । मादी गाउँपालिकामा लामो समयदेखि केन्द्रको विवाद छ । साविकको थुमाकोडाँडा गाविस याङ्जाकोट तोकिएको गाउँपालिकाको केन्द्र अधिकांशलाई अयापक परेको गुनासो सुरुदेखिकै हो । तर कुन ठाउँमा पालिकाको प्रशासनिक केन्द्र बनाउने सहमति जुट्न नसक्दा विवाद लम्बिएको छ । पालिकाको केन्द्र सार्ने निर्णय गर्ने प्रमुख एजेण्डासहित आइतबारदेखि सुरु भएको गाउँसभाले विवादलाई टुंगो लगाउने योजना […]

मुख्यमन्त्रीजी, तपाईंको निर्णय नमान्ने हैसियत सार्वभौम जनतासँग छ

प्रदेशसभा सदस्यका रुपमा काम गर्न थालेको दुई वर्ष जति भयो । प्रदेशको अस्थायी राजधानी हेटौंडा तोकेपछि सबै काम शून्यबाट सुरु गर्नुपर्ने भयो । यो अवधिमा धेरै कुरा सिक्ने अवसर मिल्यो । केन्द्रीय संसद र तत्कालीन संविधानसभामा बसेर काम गरिसकेकाहरु पनि प्रदेशसभामा भएकोले उहाँहरुबाट धेरै कुरा सिक्न पाइयो । प्रदेशसभा सदस्यको जिम्मेवारी सम्हाल्दै गर्दा यो स्थानीय […]

भारतीय लगानीमा चितवन र मकवानपुरका डाँडामा गाँजा खेती !

२८, पुस, चितवन । मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिका तथा चितवनको राप्ती गाउँपालिका वडा नं १२ र १३ अबैध गाँजाको व्यवसायिक खेती हुने ठाउँका रुपमा बद्नाम छ । बेलाबेला प्रहरीले चलाउने गाँजा फाँड्ने अभियानले मात्र यो नियन्त्रणमा आउन सकेको छैन । साउन र भदौ महिनामा डाँडाभरि गाँजा रोपिएको हुन्छ, हुर्किदै गएपछि भारतीय आएर कुर्ने गरेको […]

धोबीखोला किनारमा बन्ने भयो ‘बाजेबज्यै पार्क’

२८ पुस, काठमाडौं । सरकारले काठमाडौंको धोबीखोला किनारमा ‘बाजेबज्यै पार्क’ बनाउने भएको छ । यो नमुना पार्क आगामी जेठसम्म बनाइसक्ने शहरी विकास मन्त्रालयको दाबी छ । सोमबार मन्त्रालयको कार्यभार सम्हालेका सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले धोबीखोला किनारमा रहेको खोली जग्गामा पार्क बनाउने बताए । उनले भने, हामीसँग जग्गा छ, ७/१० दिनमै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बन्नेछ ।’ […]

भाटभटेनीले नक्कली भ्याट बिल प्रयोग गरी कर छलेको ठहर

२८ पुस, काठमाडौं । सर्वोच्च अदालतले  भाटभटेनी सुपर स्टोर्सले नक्कली भ्याट बिल प्रयोग गरी कर छलेको ठहर गरेको छ । सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर्सलगायतका फर्म र कम्पनीले नक्कली भ्याटबिल प्रयोग गरेर राजस्व छली गरेको ठहर गर्दै राजस्व न्यायाधीकरणको फैसला सदर गरेको हो । सर्वोच्चले अरुण […]

निर्मला पन्त प्रकरण : अदालतबाट हटाइए धर्नामा बसेका अधिकारकर्मी

२८ पुस, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको न्याय र घाइतेको उपचार खर्च माग्दै धर्नामा बस्दा प्रहरीले धरपकड गरेको अधिकारकर्मीले आरोप लगाएका छन् । सोमबार जिल्ला अदालत, कञ्चनपुर परिसरमा धर्नामा बसेको अधिकारकर्मी र घाइतेको टोलीलाई प्रहरीले धरपकड गरेको भनिएको हो । घटनामा अधिकारकर्मी शारदा चन्द घाइते छिन् । जिल्ला अस्पतालमा उपचारपछि […]

स्ववियू चुनावबारे क्याम्पस प्रमुखहरुसँग छलफल

२८ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको विषयमा सोमबार काठमाडौं उपत्यकाका क्याम्पसका प्रमुहरुसँग छलफल गरेको छ । पुस २२ गते त्रिवि कार्यकारी समितिले फागुन १४ गते स्ववियू निर्वाचन गर्ने निर्णय गरेपछि त्रिविले सरोकारवालासँग छलफल गरेको हो । क्याम्पस प्रमुखहरुसँग निर्वाचन कार्यतालिका निर्माणका विषयमा छलफल भएको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक […]

परराष्ट्रमन्त्री भन्छन् : अरुको आँखा घोच्ने गरी हात फैलाउन पाइँदैन !

२८ पुस, काठमाडौं । सरकारले ल्याएको एकपछि अर्को विधेयकलाई दिएर प्रश्न उठिरहेको छ, कि सरकारले वाक तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित पार्न खोजिएको त होइन ? मिडिया काउन्सिल, सूचना प्रविधि, मानवअधिकार आयोगसम्बन्धी विधेयक हुँदै विशेष सेवा गठन विधेयक आउँदासम्म प्रश्न गर्नेहरु बढेका छन्, घटेको छैन । सोमबार राष्ट्रिय मानवअधिकार आयोगले गरेको एउटा कार्यक्रममा पनि सहभागीहरुले सरकारमाथि […]

होटल सोल्टीको सेयर बिक्रीबारे स्टक एक्सचेन्जसित राय माग

२८ पुस, काठमाडौं । जान हङकङको होलिडे इन्स इन्भेस्टमेन्ट कम्पनी काठमाडौंस्थित होटल सोल्टीमा रहेको आफ्नो लगानी फिर्ता लैजाने क्रममा छ । करिब ७३ करोड रुपैयाँ लगानी फिर्ता लैजान होलिडे इन्सले २ महिनाअघि निर्णय गरेको थियो । होलिडे इन्सले सेयर फिर्ता लैजाने निर्णय गरेर कम्पनी रजिष्टारको कार्यालय तथा उद्योग विभागमा पत्राचार गरिसकेको छ । तर, कानूनी […]

उपसभामुखलाई गुरुङको आग्रह : संवैधानिक पदमा बसेर बार्गेनिङ नगर्नुस्

२८ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले संवैधानिक पदमा बसेर बार्गेनिङ नगर्न उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई आग्रह गरेका छन् । ढिलो चाँडो राजीनामा दिनुको विकल्प नभएको भन्दै उनले व्यक्तिका आकांक्षा पूरा गर्न सदन अवरुद्ध गर्न नहुने बताए । सोमबार राजधानीमा आयोजित कार्यक्रममा नेकपा प्रमुख सचेतक गुरुङले संवैधानिक पदमा बसेर […]

प्रदेश १ को सकस : राजधानी विराटनगर, नाम चाहिँ के ?

२८ पुस, विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सहमति नजुट्दा प्रदेशसभा गठन भएको दुई वर्ष पुग्न लाग्दासमेत प्रदेश १ ले नाम पाउन सकेको छैन । यो प्रदेशमा नेकपाको दुई तिहाई बहुमत भए पनि प्रदेशको नामबारे नेकपाबाटै प्रतिनिधित्व गर्ने मन्त्री र प्रदेशसभा सदस्य विभाजित छन् । संविधानले प्रदेशको नाम र राजधानी तोक्ने अधिकार प्रदेशसभालाई दिएको […]

स्थानीय तहलाई मन्त्रीको सुझाव—सुरक्षाका लागि १० प्रतिशत बजेट विनियोजन गरौं

२८ पुस, बुटवल । प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री (गृहमन्त्री) कुलप्रसाद केसीले सुरक्षा निकायको ब्यवस्थापकीय पक्ष मिलाउन स्थानीय तहले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् । अहिले संघ र प्रदेशले मात्र सुरक्षा निकायलाई धान्न सक्ने अवस्था नरहेको भन्दै उनले स्थानीय तहले पनि सुरक्षा निकायको लागि १० प्रतिशत रकम विनियोजन गर्नु पर्ने सुझाव दिए […]

उपसभामुख तुम्बाहाम्फेको राजीनामा नदिने अडानप्रति अधिकारकर्मीको समर्थन

२८ पुस, काठमाडौं । महिला अधिकारकर्मीहरूले प्रतिनिधि सभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेको अडानले सबैको शीर उच्च बनाएको निष्कर्ष निकालेको छ । अधिकारकर्मीहरूको सोमबार राजधानीमा सम्पन्न भेलाले उपसभामुखबाट राजिनामा नदिने तुम्बाहाम्फेको अडानको समर्थन गरेको हो । महिला आन्दोलनमा संलग्न ७० भन्दा बढीको सहभागिता रहेको बताइएको भेलाले सभामुखका लागि तुम्बाहाम्फे नै योग्य रहेको समेत दाबी गरेको छ […]

जनगणनामार्फत तेस्रो लिंगीको तथ्यांक लिन कठिन

२८ पुस, काठमाडौं । २०७८ सालको राष्ट्रिय जनगणनामा तेस्रोलिंगी समुदायको गणनाको विषयमा सरकार अझै अन्योलमा देखिएको छ । सही तथ्यांक नआउने र संख्या अत्यन्तै थोरै देखिने हो कि भन्ने आशंकाले केन्द्रीय तथ्यांक विभाग कसरी जनगणना गर्न सकिन्छ भन्ने विषयमा छलफलमै छ । २०६८ सालको जनगणनामा तेस्रोलिंगीको समग्र जनसंख्या निकाले पनि त्यसभित्रको समूहको गणना गरिएको थिएन […]

मगर संघले माघे सङ्क्रान्तिमा सांस्कृतिक महोत्सवको आयोजना गर्ने

२८ पुस, काठमाडौं । नेपाल मगर संघले माघे सङ्क्रान्ति पर्वको अवसरमा काठमाडौंको टुँडीखेलमा ‘माघेसकराती राष्ट्रिय चाड शुभकामना आदान प्रदान तथा मगर मौलिक सांस्कृतिक महोत्सव’ आयोजना गर्ने भएको छ । माघे सङ्क्रान्तिको अवसरमा सोमबार काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट तथा शुभकामना आदनप्रदान कार्यक्रममा संघले माघ १ र २ गते टुँडिखेलमा मौलिक सांस्कृतिक महोत्सवको आयोजना गर्न लागेको […]

जनताको आकांक्षा अनुसार काम नभए दुर्भाग्य हुन्छ : मुख्यमन्त्री राई

२८ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तीनै तहको सरकारले जनताको चाहना र आंकाक्ष अनुसार प्रभावकारी काम गर्न नसके संघीय प्रणाली र प्रदेशको लागि दूर्भाग्य हुने बताएका छन् । विराटनगर सुरु भएको तेश्रो प्रदेश समन्वय परिषदको बैठकमा मुख्यमन्त्री राईले भने, ‘अहिले संघीयता विरोधीहरु निकै सल्बलाएका छन । हामी जनताको जनप्रतिनिधिहरुले आफ्नो अधिकार […]

स्रोत नखुलेको ३ लाखसहित भारतीय नागरिक पक्राउ

२८ पुस, काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको ३ लाख रकमसहित एक भारतीय युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारत बिहार मोतिहारीको चम्पारण रक्सौलका २१ वर्षीय जबिउल्लाह आलम रहेका छन् । वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोकस्थित सडकमा चेकजाँचका क्रममा बीआर०५भी३४४४ नम्बको मोटरसाइकलसहित आलमलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनि वीरगञ्ज प्रवेश गर्दै […]

भ्रष्टाचारको उजुरी धेरै प्रदेश २ र ३ मा : अख्तियार

२८ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रदेश २ र ३ बाट भ्रष्टाचारका धेरै उजुरी पर्ने गरेको पाइएको छ । अख्तियारले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको २९औँ वार्षिक प्रतिवेदनमा प्रदेश २ मा भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधिका उजुरी २१ दशमलव ५० प्रतिशत परेको उल्लेख छ । प्रदेश  पनि त्यही हाराहारीमा रहेको छ ।  यहाँ कूल […]

माघे सङ्क्रान्ति मनाउन कैलारी गाउँपालिकामा तीन दिन बिदा

२८ पुस, धनगढी । माघे सङ्क्रान्तिको अवसरमा कैलालीको कैलारी गाउँपालिकाले तीन दिन बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको गाउँ सभाको बैठकले माघी पर्वको अवसरमा माघ १, २ र ३ गते बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए । थारु समुदायको बाहुल्यता रहेको उक्त […]



from समाचार – Online Khabar https://ift.tt/2tTISVq
via IFTTT
Powered by Blogger.