समाचार
१० भदौ, काठमाडौँ । कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि कलिला विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब ५० हजार रुपैयाँसम्म जरिवाना हुनेभएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा ८ ले त्यसरी विद्यालय बन्द गराउने व्यक्ति वा संस्थालाई कानूनी कारवाहीको व्यवस्था गरेको छ । ऐन जारीपछि पनि विभिन्न समयमा विद्यालयमा […]
१० भदौ, काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरु नै लागेर सरकारले देशव्यापीरुपमा विद्यार्थी भर्ना अभियान चलाए पनि वीचैमा पढाइ छाड्ने विद्यार्थीहरुबारेे न सरकारले ध्यान दिएको छ, न त अन्य सरोकारवालाहरुले नै । सरकारी तथ्यांकअनुसार विद्यालयमा भर्ना भएका विद्यार्थीहरुले विभिन्न कारणले वीचैमा पढाइ छाड्ने गरेका छन् । विद्यालयको अवस्थामा सुधार हुँदै आएको र बीचैमा पढाइ छाड्नेहरुको संख्यामा […]
१० भदौ, काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति अन्तरगतको उपसमिति बैवाहिक अंगीकृत नागरिकताबारे सहमति जुटाउन असफल भएको छ । सांसद विजय सुब्बा नेतृत्वको सममितिले बैबाहिक अंगितृकसँगै नागरिकता वितरण टोली खटाउने विषयमा सहमति जुटाउन नसकेको हो । नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था समितिमा विचाराधीन छ, जसमा नेपाल पुरुषसँग विवाह गर्ने […]
१० भदौ, गुल्मी । प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले सबैले दिपावली गर्ने गरी प्रदेशको नामाङ्कन र राजधानीको टुङ्गो लगाउने बताएका छन् । मुख्यमन्त्री पोखरेलले आपसी सहमतिमा प्रदेशको नामाङ्कन गरी विवाद रहित स्थानमा प्रदेशको राजधानी टुङ्गो लगाउने बताए । गुल्मीको सदरमुकाम तम्घासमा मंगलवार आयोजित पत्रकार भेटघाटमा मन्त्री पोखरेलले उपयुक्त स्थानबारे विज्ञहरुले अध्ययन गरिरहेकाले प्रदेशको राजधानी यसै […]
१० भदौ, काठमाडौं । २०७५ सालको पद्मश्री साहित्य पुरस्कार निबन्धकार रमेश सायनको संस्मरण छुटेका अनुहारले पाएको छ । खेमलाल हरिकला लामिछाने स्मृति प्रतिष्ठानले प्रदान गर्ने उक्त पुरस्कारको घोषणा मंगलबार गरिएको हो । प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले विज्ञप्ति निकालेर पद्मश्री साहित्य पुरस्कार छुटेका अनुहारले र पद्मश्री साधना सम्मान इतिहासविद तथा संस्कृतज्ञ डा. महेशराज पन्तलाई दिने निर्णय […]
१० भदौ, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको मंगलबार बोलाइएको बैठक गणपूरक संख्या (कोरम) नपुगेर स्थगित भएको छ । नागरिकतासम्बन्धी विधेयकमा रहेका विवाद समाधान गर्न गठित उपसमितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको बैठक कोरम नपुगेर स्थगित भएको हो । मंगलबार दिउँसो १ बजे बोलाइएको बैठकमा धेरै सांसदहरु आएनन् । आएका केही सांसदहरु पनि बैठक बस्ने […]
१० भदौ, नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका–१ भाल्चेका सरोज घलेलाई सोमबार विद्यालयबाट फर्कदै गर्दा खोलाले बगाएर बेपत्ता बनाएको छ । फिकुरीस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक महानन्द यादवका अनुसार सोमबार किस्पाङ–३ स्थित होलिभिजन पब्लिक बोर्डिङमा अध्ययनरत ९ वर्षीय घलेलाई जानगन्दो खोलाले बगाएकामा खोजी गरिए पनि मंगलबार बिहानसम्म फेला पार्न सकिएको थिएन । विद्यालयबाट फर्केका तीनमध्ये […]
१० भदौ, काठमाडौं । नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालको आयोजनामा मंगलबारबाट नाडा अटो शो-२०१९ सुरु भएको छ । सवारी साधन, पार्टपुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरु सहभागी मेला आगामी भदौ १५ गतसम्म चल्नेछ । अर्थमन्त्री युवराज खतिवडाले मेलाको उद्घाटन गरे । यो नाडाको १४औं संस्करण हो । प्रदर्शनी काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा […]
१० भदौ, काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले सडक सुरक्षाका सरकारले भेहिकल फिटनेस सेन्टर स्थापनालाई प्राथमिकतामा राखेको बताएका छन् । मंगलबारबाट राजधानीमा सुरु भएको सवारी साधनहरुको मेला नाडा अटो शोलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सरकारले प्राथमिकतासाथ देशै भर भेहिकल फिटनेस सेन्टर स्थापना गर्ने जानकारी दिए । सडक सुरक्षा प्रभावकारी बनाउन सरकारले विद्यमान कानुनी झञ्झटहरु परिमार्जनका लागि […]
२३ असार, काठमाडौं । बीस वर्षअघि जुन पार्टीले आफ्नो पतिको हत्या गर्यो, आज त्यही पार्टीका नेताहरुलाई आफ्नो नेता मान्नुपर्दा तीर्था गौतमलाई कताकता असहज लाग्छ । तर राजनीतिमा यो सबै स्वीकार गर्नु पर्दो रहेछ । ‘पार्टी मिल्यो, हात पनि मिल्यो तर, मन मिल्न त समय लाग्दो रहेछ,’ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद तीर्था भन्छिन्, ‘अझै पनि […]
१० भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प बन्ने गरी काभ्रेमा आन्तरिक विमानस्थल बनाउने योजनाबाट सरकार पछि हटेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नयाँ विमानस्थल निर्माण गर्नुको साटो काठमाडौं नजिकैको रामेछाप विमानस्थल स्तरोन्नति गर्ने बताएका छन् । सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत काठमाडौं उपत्यकानजिकै वैकल्पिक विमानस्थल बनाउने योजना […]
१० भदौ, गोरखा । गोरखामा सोमबार साँझदेखि विद्युत अवरुद्ध भएको छ । सोमबार साँझ परेको चट्याङले गोरखा वितरण केन्द्रको शव स्टेशनमा रहेको ट्रान्सफर्मरमा क्षति पुर्याएपछि सेवा अवरुद्ध भएको हो । ६/८ एमभीए क्षमताको ट्रान्सफर्मरमा क्षति पुगेसँगै जिल्लाका अधिकांश ठाउँमा विद्युत सेवा वन्द भएको प्राधिकरणका इन्जिनियर कृष्ण कँडेलले बताए । सरकारी कार्यालय, वित्तीय संस्थालगायतका काम प्रभावित बनेको छ […]
१० भदौ, काठमाडौं । सिंगापुरमा मिर्गौलाको उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरबारबाट मन्त्रीहरुले सोमबार भिडियो कन्फरेन्सिङ गरे । प्रधानमन्त्री ओलीले यसलाई ‘मन्त्रिपरिषदको बैठक’ बताए पनि यसको बैधानिकतामाथि भने प्रश्न उठेको छ । प्रधानमन्त्री कार्यालयमा रहेको ‘एक्शन रुम’ बाट बाहिरिएपछि सरकारका प्रवक्ता एवं सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सोमबारको भिडियो बैठकलाई ‘भिडियो कन्फरेन्सिङको पहिलो अभ्यास’ बताएका […]
१० भदौ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले इमान्दार भएर उद्योग व्यापार चलाउन व्यवसायीहरुलाई आग्रह गरेका छन् । घाटाको व्यापार सरकारले पनि नगर्ने भन्दै उनले छलीको प्रयास नगर्न चेतावनी दिए । नाडा अटो शो-२०१९ को उद्घाटन समारोहलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले भने, ‘तपाईंहरुले सरकारलाई छल्ने कामचाहिँ नगर्दिनुस् । सरकार पनि इमान्दारीपूर्वक तपाईंहरुसामू […]
१० भदौ, मान्म (कालीकोट) । तिलागुफा नगरपालिका-७ र ८ को टाकुला खोलामा आएको बाढीले सडक बगाउँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सोमबार बेलुकादेखि राजमार्ग अवरुद्ध हुँदा यातायातका साधन चल्न सकेका छैनन् । अवरुद्ध राजमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालय जुम्लाको डोजर कालीकोट सदरमुकामबाट जाँदै गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । सोमबार बेलुकादेखि […]
१० भदौ, काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले भन्सार लछी ल्याएको कपडा बरामद गरेको छ । प्रहरी टोलीले सोमबार राति चेकजाँचका क्रममा बेवारिसे अवस्थामा अबैधरुपमा ल्याएको १ लाख १७ हजार ६ सय रुपैयाँ बराबरको कपडा बरामल गरेको हो । बरामद गरिएको सर्ट १७३ पिस , लेडिज कुर्था ३० पिस, टप्स २१ पिस, सुरुवाल ५० सेट, […]
१० भदौ, काठमाडौं । प्रदेश ३ को यातायात व्यवस्था सेवा कार्यालयले प्रदेशका १३ जिल्लाका सर्वसाधारणलाई सवारीसाधन चालक अनुमतिपत्र प्राप्त गर्नका लागि आगामी असोजको अन्तिम सातामा अनलाइन निवेदन खुला गर्ने तयारी गरेको छ । भौतिक पूर्वाधार निर्माणका लागि अहिले हेटौँडामा प्रहरी ट्रायल सेन्टरको निर्माणकार्यको थालनी भइरहेको र कार्यालयमा आवश्यक प्रविधिको जडान गर्ने कार्य पनि सञ्चालनमा रहेको […]
१० भदौ, काठमाडौं । निरन्तर उकालो लाग्दै आइरहेको सुनको मूल्यमा मंगलबार नौ सय रुपैयाँले गिरावट आएको छ । सोमबार प्रतितोला एक हजार रुपैयाँले बढेर ७३ हजार ५ सय पुगेको छापावाल सुनको मूल्य मंगलबार ७२ हजार ६ सय रुपैयाँमा कारोबार खुलेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै सोमबार ७३ हजार २ सय पुगेको तेजावी […]
१० भदौ, इनरुवा । कोशीबाट पीडित भएकाहरुले क्षतिपूर्तिको माग गर्दै ११ दिनदेखि कोशी ब्यारेजमा अनशन जारी राखेका छन् । कोशी नदी कटान डुबान संघर्ष समितिले आफ्ना तीन सूत्रीय माग राख्दै कोशी ब्यारेजमा रिले अनशन जारी राखेको संघर्ष समितिका अध्यक्ष महिदेव चौधरीले बताए । कोशी ब्यारेज निर्माण भएका बेला सन् १९५४ मा भारत र नेपाल सरकारका […]
१० भदौ, चितवन । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले राजनीतिमा आउने संकेत गरेका छन् । आफ्नो प्राथमिकता पत्रकारीता नै भएको बताउँदै उनले राजनीतिको विकल्प पनि खुला रहेको बताए । मंगलबार बिहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा राजनीतिमा आउने सम्भावनाबारे सोधिएका प्रश्नको उत्तर दिँदै उनले भने, ‘सम्भावनाको ढोकामा चुकुलमात्र लागेको छ, ताल्चा लागेको छैन ।’ यद्यपि उनले […]
१० भदौ, काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश २ का अध्यक्ष प्रभु साहको राजीनामा अस्वीकृत गरेको छ । काम गर्न असहयोग भएको भन्दै साहले केही दिनअघि अध्यक्ष प्रचण्डसमक्ष बुझाएको राजीनामा अस्वीकृत भएको हो । नेकपाको सचिवालय बैठकले साहको राजीनामामाथि छलफल गर्दै उनलाई काममा फर्किन निर्देशन दिएको महासचिव विष्णु पौडेलले जानकारी दिए […]
from समाचार – Online Khabar https://ift.tt/340CkBV
via IFTTT