समाचार
९ भदौ, काठमाडौं । सांसद हृदयश त्रिपाठीले निजी बैंकहरु बैंक नभएर साहुजस्तो भएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले बैंकहरुले स्वच्छ बैंकिङ कारोबार नगरेको आरोप लगाएका हुन् । ‘निजी क्षेत्रका बैंक, बैंकभन्दा साहूको रुपमा परिणत भए, आफूलाई साहूको रुपमा प्रस्तुत गरे’ उनले भने कसैको जमानी राम्रो छ जग्गा राम्रो छ भने […]
९ भदौ, काठमाडौं । नेपाली सेनाले आर्थिक वर्ष २०७५/०७६ मा बेरुजु फर्छ्यौटमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । नेपाली सेनाको नाममा कायम भएको कूल ९ अर्ब ३३ करोड ४४ लाख ५ हजार रुपैयाँ मध्ये उक्त आर्थिक वर्षमा ६ अर्ब २८ करोड ७६ लाख ६८ हजार रुपैयाँ बेरुजु फर्छ्यौट गर्न सफल भएको प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी […]
९ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले उपचुनावको तयारीमा रहेको निर्वाचन आयोगलाई प्रभावमा पार्न खोजेको आरोप लगाएको छ । उपचुनावको मिति घोषणा भइसकेको अवस्थामा सरकारले कर्मचारी सरुवा गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो । सोमबार संसदको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सचेतक पुष्पा भुसालले ४ भदौमा ७६ सहसचिवलाई सरुवा गरिएको भन्दै आपत्ति जनाएकी […]
९ भदौ, काठमाडौं । घोराही उपक्षेत्रीय अस्पतालबाट दाङ जिल्लाबासीले मात्रै होइन सिंगो राप्तीबासीले नै उपचार सेवा पाइरहेका थिए । २०७४ सालमा घोराहीमै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरियो र उपक्षेत्रीय अस्पताललाई पनि त्यसैमा गाभियो । अब झन् ठूलो अस्पताल बन्ने र एमबीबीएस डाक्टरहरुसमेत उत्पादन हुने भन्दै राप्तीबासी खुसी थिए । प्रतिष्ठान स्थापना भएको खुसियालीमा ललितपुरमा […]
९ भदौ, चितवन । चितवनको भरतपुरमा प्रहरी र रवि लामिछानेका समर्थकहरुबीच झडप भएको छ । जिल्ला अदालतमा लामिछानेको थुनछेक बहस चलिरहेको बेला उनका समर्थकहरुले सार्वजनिक सवारी साधनमा तोडफोड गरेपछि झडप भएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले स्थितिलाई नियन्त्रणमा लिन दुई राउण्ड अश्रु ग्यास प्रहार भएको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘निषेधित […]
९ भदौ, गुल्मी । गुल्मीको सदरमुकामबाट ग्रामीण भेगमा पुग्ने सडकको स्तरोन्नती भएसँगै सार्वजनिक यातायातको भाडा घट्ने भएको छ । भदौ १० गतेबाट लागू हुने गरी भाडा दर घट्ने भएको हो । कच्ची, ग्राभेल र पक्की सडकमा फरक फरक भाडा दर लागू गरिने भएको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीमा सरोकारवालासागको छलफलपछि सार्वजनिक यातायातको भाडादर घटाउने […]
९ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेताहरुको विषयमा व्यक्तिगत टिप्पणी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई प्रतिबन्ध लगाएको छ । सोमबार बसेको सचिवालय बैठकले नेता तथा कार्यकर्ताको व्यक्तिगत विषयमा प्रश्न उठाउनुपरेमा पार्टीभित्रै प्रक्रियागत ढंगले छलफलको विषय बनाउनुपर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यदि पार्टी नेताको बारेमा कुनै नेता, कार्यकर्ताले सार्वजनिक रुपमा […]
९ भदौ, चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेलको बयान सकिएको छ । सोमबार जिल्ला अदालत, चितवनमा दुवै जनाको बयान लिइएको हो । यसअघि आइतबारै अस्मिता भनिने रुकु कार्कीको बयान सकिएको थियो । तर, लामिछाने र कँडेलको बयान नभएपछि तीनै जनालाई हिरासतमा राखिएको थियो […]
९ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विभिन्न पार्टीबाट एकतामा आएका चार जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकले देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राईलाई केन्द्रीय सदस्य मनोनयन गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पराजुली र धमला तत्कालिन नयाँ […]
९ भदौ, काठमाडौं । पर्यटन विभागले वसन्त ऋतुमा सगरमाथामा सम्पर्क अधिकृतमा रुपमा खटाए पनि काममा नगएका १५ जना कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ । काममा खटाए पनि सम्बन्धित स्थानमा नपुग्ने कर्मचारीमाथि कारवाही प्रक्रिया अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मन्त्रालयले १ भदौमा विभागलाई निर्देशन दिएको थियो । विभागले खटिएको स्थानमा नपुग्ने १५ जना सम्पर्क […]
९ भदौ, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा सञ्चारकर्मी युवराज कँडेलको बयान सुरु भएको छ । जिल्ला अदालत, चितवनमा कँडेलको बयान थालिएको हो । जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार आइतबार नर्स अस्मिता भनिने रुकु कार्कीको मात्रै बयान भएपछि कँडेल र टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको सोमबार बयान लिइँदैछ । सोमबार बयान सकिए थुनछेक […]
९ भदौ, चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले जनताको मन जित्ने गरी काम गर्ने समय आएको बताएका छन् । चितवनमा सोमवार पत्रकारसँगको कुराकानीमा उनले सरकारप्रति जनताको विश्वास गुम्दै गएकाले जनताको मन जित्नेगरी काम गर्नुपर्ने बताए । नेता पौडेलले भने, ‘सरकारको विकल्पको रुपमा कांग्रेसलाई तयार गर्नुपर्छ । यसका लागि सबै एक भएर अघि […]
९ भदौ, काठमाडौं । नेपालबाट भारत निकासी हुने कृषिजन्य वस्तुकोे गुणस्तर परीक्षण गर्न भारत लैजानुपर्ने झन्झट सरकारले अन्त्य गरेको छ । नेपाल र भारतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीच भएको प्रारम्भिक समझदारीले यस्तो झन्झट हटाएको हो । समझदारीअनुसार अब अदुवा, अलैंचीलगायत २१ प्रकारका कृषि उपजहरु भारत निर्यात गर्दा गुणस्तर परीक्षणका लागि कोलकाता जानुपर्ने छैन […]
९ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सुदूरपश्चिम प्रदेश इञ्चार्ज तथा पूर्वगृहमन्त्री भीम रावलले कैलालीको टीकापुरमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले उत्तेजक भाषण गरेर सामाजिक सदभाव बिथोल्न खोजेको आरोप लगाएका छन् । चार वर्षअघि एक बालकसहित ९ जना प्रहरीको हत्या भएको टीकापुरमा हालै आयोजित सभामा सत्तारुढ समाजवादी पार्टीका अध्यक्ष डा.भट्टराईले टीकापुरको अहिलेको शान्तिलाई मुर्दा शान्ति […]
९ भदौ, रामेछाप । लिखु तामाकोसी गाउँपालिका-१ को त्रिपुरेश्वर माविका विद्यार्थीहरु ४ वर्षदेखि बाँसको छापामा बसेर पढिरहेका छन् । उनीहरुले बाँसले बारेका खुल्ला छाप्राहरुमा ४ वटा हिउँद वर्ष काटिसकेका छन् । अझै विद्यालयको नयाँ भवन बन्ने सुरसार छैन । विनासकारी भूकम्पले २०७२ सालमा क्षति भएको विद्यालय पुनर्निर्माणको जिम्मा लिएको भारतीय दूतावास बेखबर छ । १२ […]
९ भदाै, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ ।अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको हो । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा छन् । उनले जानुअघि सचिवालय बैठक बोलाउने अधिकार प्रचण्डलाई दिएका थिए । यो प्रचण्डले बोलाएको नेकपाको पहिलो सचिवालय बैठक […]
९ भदौ, कैलाली । १५ बुँदे टीकापुर घोषणापत्र जारी गर्दै थरुहट थारुवान राष्ट्रिय सम्मेलन सकिएको छ । सम्मेलनले लक्ष्मण थारुको नेतृत्वमा ५१ सदस्यीय थरुहट थारुवान राष्ट्रिय मोर्चा समेत गठन गरेको छ टीकापुरमा ३ दिनसम्म चलेको भेलाले सम्मेलनले तराई मधेस आन्दोलनका क्रममा भएका घटनाबारे छानविन गर्न बनेको गिरिशचन्द्र लाल नेतृत्वको समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको […]
९ भदौ, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकामा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्का १ व्यक्ति घाइते भएका छन् । जितपुरतर्फ जाँदै गरेको ना ४८ प १३६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना २२ प ८१६१ नम्बरको मोटरसाइकल सवैयामा ठोक्किएर दुर्घटना भएको हो । आइतबार साढे ९ बजे भएको दुर्घटनामा […]
९ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा सर्वाधिक लोकप्रिय निजी सवारी साधन हो, मोटरसाइल-स्कुटर । सार्वजनिक सवारीमा कष्टप्रद यात्राबाट मुक्ति चाहने तर निजी कार किन्न नसक्नेहरुका लागि मोटरसाइल-स्कुटर लोकप्रिय विकल्प बनेको छ । नयाँ दुईपांग्रे सवारी (बाइक) किनबेच हुने सिजनको रुपमा चाडबाडको समयलाई लिइन्छ । यही सिजनलाई लक्ष्यित गर्दै मंगलबारबाट नाडा अटो-शो पनि सुरु हुँदैछ । […]
जहाँ चेतना साँघुरो छ, राजनीतिकरुपमा सचेत मान्छेहरू कम छन्, त्यस्तो ठाउँमा ‘मास मुभमेन्ट’ कठिन हुन्छ । शान्तिपूर्ण आन्दोलनले गति लिन सक्दैन । क्रान्तिका विभिन्न रुपमध्ये सशस्त्र क्रान्ति सबैभन्दा उच्च रुप हो । तर, त्योभन्दा अगाडि सामाजिक सुधार, राजनीतिक आन्दोलन, अनसन, आमसभाजस्ता शान्तिपूर्ण आन्दोलनका विभिन्न स्वरुप हुन्छन् । सबै उपाय लगाउँदा पनि नभएपछि मात्रै आन्दोलनको सशस्त्र […]
९ भदौ, चितवन । चर्चित सञ्चारकर्मी रवि लामिछानेसहित ३ जनाविरुद्ध चितवन जिल्ला अदालतमा परेको ‘आत्महत्या गर्न दुरुत्साहन’ मुद्दामा आज थुनछेक बहस हुँदैछ । तीन प्रतिवादीमध्ये अस्मिता कार्कीको वयान आइतबार सकिएको छ भने सोमबार रवि लामिछाने र युवराज कँडेलको वयान सकिएपछि अदालतमा वादी प्रतिवादीका वकिलहरुले बहस गर्नेछन् । रवि लामिछाने लगायतविरुद्ध आइतबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता […]
from समाचार – Online Khabar https://ift.tt/2Pv1khB
via IFTTT




















