समाचार
१० भदौ, काठमाडौं । पर्यटन विभागले साविकमा आफू मातहत रहेका २२ हजार ३ सय ६४ पर्यटन व्यवसायको अभिलेख औपचारिक रुपमा प्रदेशलाई हस्तान्तरण गरेको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले सम्बन्धित प्रदेशका पर्यटन मन्त्रालयका सचिवहरुलाई अभिलेख हस्तान्तरण गरेका हुन् । पर्यटनसँग सम्बन्धित व्यवसायको काम प्रदेश तहमा हस्तान्तरण भएपछि अब साविकमा विभागले […]
१० भदौ,काठमाडौं । जनताको सेवा गर्छु भनी भोट लिएर चुनाव जितेका जनप्रतिनिधि देशै छाडेर हिँडे भने कानुनले के भन्छ ? खाली रहेको पदमा उपचुनाव हुन्छ कि हुँदैन ? यो प्रश्न सर्वसाधारणले होइन सांसदले प्रतिनिधिसभामा उठाएका हुन् । संखुवासभाको खाँदवारी नगरपालिका वडा नम्बर ५ का निर्वाचित वडाध्यक्ष बलहादुर घले वैदेशिक रोजगारीका लागि कोरिया गएपछि सांसद राजेन्द्र […]
१० भदौ, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिमा नियुक्त भएका बिजुकुमार थपलियाले पदभार ग्रहण गरेलगत्तै नेपाल विद्यार्थी संघले उनको कार्यालयमा तालाबन्दी गरेको छ । उपकुलपति प्राडा घनश्यामलाल दासको कार्यकाल सकिएपछि नियुक्त भएका थपलियाले आइतबार पदभार ग्रहण गरेका थिए । लगत्तै नेविसंघले विभिन्न पाँच बुुँदे माग राख्दै कार्यालयमा तालाबन्दी गरेको हो । नेविसंघ पूर्वाञ्चचल विश्वविद्यालय समन्वय समितिका […]
१० भदौ, वीरगञ्ज । वीरगञ्जमा सुविधा सम्पन्न बसपार्क निर्माण भएको छ । बसपार्कको उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मंगलबार उदघाटन गरेका छन् । बसपार्क एक महिनाभित्र पूर्ण रुपमा सञ्चालनमा ल्याइने वीरगञ्ज महानगरपालिकाले जनाएको छ । त्यसका लागि महानगरपालिकाले सार्वजनिक निजी साझेदारी (पीपीपी मोडल) अवधारणा अन्तर्गत ठेक्का प्रक्रिया अघि बढाइ […]
१० भदौ, काठमाडौं । कीर्तिपुर नगरपालिकाले हाफ पाइन्ट लगाएर मेयर र उपमेयरलाई भेट्न रोक लगाएको छ । नगरपालिकाले सूचना नै निकालेर शिष्ट र मर्यादित पोशाकमा भेट्ट आउन भनेको छ । ‘हाफ पाइन्ट लगायतका भड्किलो पोशाकमा भेट्न नआउनु हुन’ भनिएको छ । भेटघाटलाई शिष्ट बनाउन औपचारिक पोशाकमा आउन आग्रह गरिएको मेयर रमेश महर्जनले बताए । ‘हाफ […]
१० भदौ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राजश्व चुहावट र अपचलनमा कसुरदार ठहरिएको व्यक्ति जेल जानुपर्ने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको मंगलबार बसेको बैठकमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा आफ्नो धारणा राख्दै अर्थमन्त्री खतिवडाले कसुरदार ठहरिएको व्यक्तिलाई आर्थिक रुपमा मात्र दण्डित गरेर नपुग्ने भन्दै […]
१० भदौ, काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले विश्वविद्यालय र प्रतिष्ठानहरुमा सरकारले गठन गरेका जाँचबुझ आयोग तथा समितिले दोषी ठहर गरेका व्यक्तिलाई नियुक्त नगर्न माग गरेका छन् । डा केसीले मंगलबार विज्ञप्ति प्रकाशित गरी दलीय भागबण्डामा नभइ योग्यता र बरिष्ठताका आधारमा नियुक्त गर्नु पर्ने भन्दै दोषी ठहर भएका व्यक्तिलाई नियुक्त नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन् […]
१० भदौ , बागलुङ । गलकोट नगरपालिका–९ छिसका ७८ वर्षीय चन्द्रबहादुर रामजालीसँग बासको नाममा खरको झुपडी थियो । के खाने के लाउने चिन्ताले उसैगरी सताउँथ्यो । न सम्पत्ति न कमाइ । सामाजिक सुरक्षा भत्ताको भरमा गर्जो टर्थ्यो । रामजाली र उनकी श्रीमती ८० वर्षीया सरस्वतीको जीवन यसरी नै गुज्रदै थियो । वृद्ध अवस्थामा पुगेको रामजाली […]
१० भदौ, काठमाडौं । पूर्वसहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने ५ लाख धरौटीमा छुटे । अर्का अभियुक्त युवराज कँडेल ३ लाख र अस्मिता भनिने रुकु कार्की साधारण तारेखमा छुटे । तर, मुद्दा अझै टुंगिएको छैन । धरौटीमा छुटेका रवि ‘धन्यवाद सभा’ तिर लागेका छन् । जिल्ला […]
१० भदौ, विराटनगर । प्रदेश १ को मंगलबार बसेको प्रदेशसभा बैठकबाट प्रदेश लोकसेवा आयोग विधेयक पारित भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेशसभा बैठकमा पेश गरेको प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ लाई मंगलबार बसेको बैठकले सर्वसम्मतले परित गरेको हो । प्रदेश लोकसेवा […]
१० भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटीको अध्यक्ष पदका लागि तत्कालिन अध्यक्ष जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाल ओलम्पिक कमिटीको चुनाव यही भदौ २० गते हुदैछ । निर्वाचन समितिले तोकेको उम्मेदवारी दर्ताको समयमा मंगलबार जीवनराम र उमेशलालले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ताका लागि मंगलबार विहान १० देखि […]
१० भदौ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक गरेकोमा आपत्ति जनाएको छ । सरकारले हालै मात्र मन्त्रिपरिषद् बैठक सञ्चालन कार्यविधि संशोधन गरेर प्रधानमन्त्री देश बाहिर रहँदा भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक बस्न सक्ने व्यवस्था गरेको थियो । त्यसअनुसार प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा रहेका बेला सोमबार भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक बसेको थियो […]
१० भदौ, वीरगञ्ज । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीयता र गणतन्त्रमा चारैतिरबाट ग्रहण लागि रहेको बताएका छन् । उनले संघीयता र गणतन्त्रलाई समाप्त पारेर पुरानै व्यवस्थामा लैजानेहरुको सक्रियता बढेको बताए । वीरगञ्जमा नव निर्मित बस टर्मिनलको मंगलबार उद्घाटन गर्दै उप प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका यादवले अधिकार प्राप्तीको आन्दोलनसँगै प्राप्त अधिकारको […]
१० भदौ, काठमाडौं– उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले महिला सांसदहरुलाई इतिहासमा स्मरण हुने गरी भूमिका वृद्धि गर्न आग्रह गरेकी छन् । संसद सचिवालयले मंगलबार गरेको संसदीय अभ्याससम्बन्धी अन्तर्क्रिया कार्यक्रममा उनले महिला सांसदहरुले आफ्नो भूमिका बढाउन जरुरी रहेको बताएकी हुन् । ‘संसदमा महिला माननीयहरुको भूमिका धेरै राम्रो छ, तर अझै वृद्धि गर्न जरुरी छ । यसरी भूमिका […]
१० भदौ, डोटी । डोटी बडीकेदार गाउँपालिका–२, छेडा गाउँका ७० बर्षका चक्र मटेली २०५९ साल बैशाख १९ गते आफ्नो गाउँमा भएको नरसंहार सम्झदै आङ सिरिङ्ग पार्छन् । हात, मुख र घाँटीमा सेनाले चलाएको गोली लागेका चक्र भन्छन् ‘हामीलाई सेनाले लाइन लगायो र गोली हान्यो, त्यसपछि के भयो थाह भएन ।’ सेनाले सबै मरे भन्ने सोचेकामा […]
१० भदौ, काठमाडौं । मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका दुईजना फरार भएका छन् । रामेछापको लिखु तामाकोशी-१ घर भइ टेकु बस्ने रविन नेपाली र मोटरसाइकल खरिदकर्ता भीमबहादुर सुनुवार फरार भएका हुन् । प्रहरीका अनुसार ४ भदौमा सितापाइलाबाट प्रकाश तामाङको लु५२प ८५०५ नम्बरको मोटरसाइकल चोरीमा संलग्न भएको देखिएपछि उनीहरुलाई बुटवलबाट पक्राउ गरेको थियो । […]
१० जेठ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जबरजस्तीकरणी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं-१८ का सुमन खड्का छन् । उनलाई क्षेत्रपाटीबाट पक्राउ गरेर फैसला कार्यान्वनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको हो । ब्युरोका एसपी दिपक रेग्मीका अनुसार, खड्कालाई उच्च अदालत, पाटनले २०७१ सालमा ४ वर्ष ५ […]
१० भदौ, काठमाडौं । कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिका अन्तरगत बाग्मती नदीको किनाराका बासिन्दाले खोलामा परेको जग्गाको उचित मुआब्जा नपाएसम्म बाग्मती सौन्दर्यकरणको काम अघि बढाउन नदिने भन्दै काम रोकेको चार महिना पुगिसकेको छ । स्थानीय जग्गावालहरुले अहिले बाग्मती सौन्र्दयकरणको काम रोकिराखेका छन् । यसवीचमा उनीहरुले नगरपालिकामा समेत धर्ना दिएका थिए । यसअघि गत फागुनमा पनि […]
१० साउन, बुटवल । पर्यटन विकासकाबारेमा संघीय सरकारको एक वर्षे कार्य योजनामा वुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा दर्जन बढी योजना परेपछि यहाँका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलबार सार्वजनिक गरेका १ सय ४१ योजनामा लुम्बिनीलाई प्राथमिकतामा राखिएको भन्दै लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीहरुले उक्त कार्य योजना स्वागत योग्य […]
१० भदौ, काठमाडौँ । कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि कलिला विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब ५० हजार रुपैयाँसम्म जरिवाना हुनेभएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा ८ ले त्यसरी विद्यालय बन्द गराउने व्यक्ति वा संस्थालाई कानूनी कारवाहीको व्यवस्था गरेको छ । ऐन जारीपछि पनि विभिन्न समयमा विद्यालयमा […]
१० भदौ, काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरु नै लागेर सरकारले देशव्यापीरुपमा विद्यार्थी भर्ना अभियान चलाए पनि वीचैमा पढाइ छाड्ने विद्यार्थीहरुबारेे न सरकारले ध्यान दिएको छ, न त अन्य सरोकारवालाहरुले नै । सरकारी तथ्यांकअनुसार विद्यालयमा भर्ना भएका विद्यार्थीहरुले विभिन्न कारणले वीचैमा पढाइ छाड्ने गरेका छन् । विद्यालयको अवस्थामा सुधार हुँदै आएको र बीचैमा पढाइ छाड्नेहरुको संख्यामा […]
from समाचार – Online Khabar https://ift.tt/2ZizOIA
via IFTTT