समाचार
११ भदौ, काठमाडौं । दूधको मूल्य बढाउन गठित कार्यदलको सिफारिसमा प्रधानमन्त्रीको चासोपछि नयाँ मूल्य निर्धारण रोकिएको छ । भदौ १ गतेबाटै लागू हुने गरी दूधको मूल्य बढाउने तयारी कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालको थियो । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि अहिले सिंगापुरमा छन् । उनी नफर्किउञ्जेल यस विषयमा नयाँ निर्णय नहुने स्रोतले बतायो […]
११ भदौ । आफ्नै गाडीमा हुइकिने सपना देख्नेहरुको जमात नेपालमा दिनानुदिन बढिरहेको छ । केही वर्षअघिसम्म शहरमा बस्ने सम्भ्रान्त बर्गको मात्रै पहुँचमा रहेको निजी कारको सपना आजकाल मध्यमवर्गका नेपालीले पनि देख्न थालेका छन् । केही वर्षदेखि मोटरसाइकलबाट कारमा उक्लिनेहरुको संख्या बढिरहेको विभिन्न तथ्यांकले देखाउँछन् । यसको प्रमुख कारण अटो लोन नै हो भने अर्को कारण […]
११ भदौ, गुल्मी । अपराध नियन्त्रण गर्नको लागि भन्दै गुल्मीको सदरमुकाम तम्घास बजारमा सीसी टिभी क्यामरा जडान गरिएको छ । जिल्ला सदरमुकाम तम्घास बजारका अति संवेदनशील स्थानमा सीसी टिभी जडान गरिएको हो । जडान गरिएका सीसी टिभी क्यामराको प्रदेश ५ का मुख्यन्त्री शंकर पोखरेलले नियन्त्रण कक्षको उद्घाटन गरेका हुन् । प्रदेश ५ आन्तरिक मामिला तथा […]
११ भदौ, काठमाडौं । कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको महाधिवेशन आगामी मंसिर २८ र २९ गते हुने भएको छ । युनियनको पदाधिकारीको बैठकले मंसिर २८ र २९ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो । जिल्ला अधिवेशन भदौ महिनाभित्र सक्ने र मंसिर अन्तिममा केन्द्रीय महाधिवेशन गर्ने निर्णय पदाधिकारी बैठकले गरेको प्रेस युनियनका महासचिव […]
११ भदौ, बुटवल । लुम्बिनी बौद्ध विश्व विद्यालयले बुटवलमा स्नातकोत्तर तहमा कानुन र ट्राभल्स एण्ड टुरिज्मका कक्षा सञ्चालन गर्न थालेकोमा समाजवादी पार्टीले विरोध जनाएको छ। केन्द्रीय क्याम्पस रहेको लुम्बिनीमै कक्षा सञ्चालन गर्न माग गर्दै समाजवादी पार्टी लुम्बिनी सांस्कृतिक नगर कमिटीले लुम्बिनी बौद्ध विश्व विद्यालयको उक्त कदम तत्काल सच्याउन माग गरेको छ । बौद्ध दर्शन र […]
११ भदौ, काठमाडौं । नेपाल एयरलाइन्सले पहिलो पटक जापानका लागि सिधा उडान थाल्दैछ । त्रिभुवन विमानस्थलबाट करीव साढे ६ घण्टाको उडानमार्फत ओशाकास्थित कान्साई विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्नेछ । निगमका उपमहाप्रबन्धक गणेशबहादुर चन्दका अनुसार राति २ः३० बजे हुने पहिलो उडानमा करिब ९० यात्रु सहभागी हुँदैछन् । यात्रु संख्या बुधबार बेलुकासम्म तय हुनेछ । साथमा […]
११ भदौ, काठमाडौं । अर्धभूमिगत नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले पोलिटब्युरो सदस्य गोविन्दसिंह थापालाई साधारण सदस्यसमेत नरहने गरी निश्कासन गरेको छ । भदौ ५ गते बसेको पोलिटब्युरो बैठकले थापालाई निश्कासन गरेको हो । हाँक साप्ताहिकका संस्थापक प्रधानसम्पादकसमेत रहेका थापा मसालका महामन्त्री मोहनविक्रम सिंहका मामा हुन् । मसालमा मात्र होइन, कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले समेत थापालाई ‘मामा’ […]
११ भदौ, काठमाडौं । सांसदहरुले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा राजनीतिक नियुक्ति गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गर्दै सांसदहरुले राखेप सदस्य सचिवमा राजनीतिक नियुक्ति गर्न नहुने बताएका हुन् । नेकपा सांसद सूर्यप्रसाद पाठकले सदस्य सचिव नियुक्तिका लागि कुनै पार्टीको सदस्य […]
११ भदौ, भोजपुर । भोजपुर नगरपालिका–१२ र रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने पक्की पुल निर्माणस्थलमा राखिएको एक्जाभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । पुल निर्माणको जिम्मा लिएको मार्सेली निर्माण सेवाले निर्माणस्थलमा राखेको उक्त एक्जाभेटरमा पेट्रोल छर्केर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोही स्थानमा शंकास्पद वस्तु पनि फेला पारेकाले निगरानी भइरहेको र नेपाली […]
११ भदौ, पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भएपछि योगेश भट्टराईले पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अवलोकन गरेका छन् । बुधबार विहान विमानस्थल निर्माणको प्रगति बुझेपछि भट्टराईले स्वर्गीय रविन्द्र अधिकारीलाई सम्झिए । यो विमानस्थल निर्माणमा अधिकारीको नेतृत्वदायी भूमिका थियो र पर्यटनमन्त्री रहँदा १५ फागुनमा उनको हेलिकोप्टर दुर्घटनामा परेर निधन भएको थियो । रवीन्द्रलाई […]
११ भदौ, जनकपुरधाम । प्रदेश २ को राजधानी रहेको जनकपुरधामका घरधनीहरुले अप्रत्यासित रुपमा पटक–पटक घरभाडा बढाउँदा आफूहरुले ठूलो व्यापार घाटा सहनु परेको स्थानीय व्यापारीहरुले गुनासो गरेका छन् । जनकपुरधाम प्रदेश २ को राजधानी बनेयता घरधनीहरुले पटक–पटक घरभाडा बढाउँदा आफूहरु व्यापार नै छाडेर पलायन हुनुपर्ने स्थिति आएको गुनासो उनीहरुले गरेका हुन् । ‘राजधानी बनेपछि हामीहरु हर्षित […]
११ भदौ, काठमाडौं । सरकारले न्याय सेवातर्फका पदाधिकारीसहित विभिन्न सवैधानिक निकायका पदाधिकारीको नयाँ तलवमान तोकेको छ । न्याय सेवाका पदाधिकारीहरुको नयाँ तलवमान मन्त्रिपरिषदको भदौ ४ गतेको वैठकले अनुमोदन गरेको छ । अर्थ मन्त्रालयका अनुसार प्रधानन्यायाधीशसहित न्यायाधीश, महान्यायाधिवक्ता, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका पदाधिकारीको नयाँ तलवमान तोकिएको छ । यसैगरी उच्च तथा जिल्ला अदालतका न्यायाधीश, संघीय […]
११ भदौ, काठमाडौं । नेपाल भ्रमण वर्षको मुख्य मस्कटका रुपमा छनोट गरिएको यतीको मूर्ती नेपालका सबै ठूला होटेल र विमानस्थलहरुमा राखिने भएको छ । भ्रमण वर्ष संयोजक सुरज वैद्यका अनुसार नेपाली कलाकारले निर्माण गरेका यस्ता मूर्तिलाई नेपालको मौलिक पहिचानका रुपमा होटेल र विमानस्थलमा राख्न लागिएको हो । मस्कटलाई विदेशका विभिन्न शहरमासमेत प्रदर्शन गर्ने तयारी छ […]
११ भदौ, बुटवल । पाल्पाको रम्भा माविकी छात्रा कमला फालको स्कुलमा कोचिङ पढ्दा पढ्दै बेहोस भएर मृत्यु भएको छ । उनका अन्य आठ जना सहपाठी बेहोस् भएका छन् । बेहोस् भएकामध्ये दुई जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी दीपेन्द्र जीसीका अनुसार कक्षा कोठाभित्र बेहोस भएका विद्यार्थीहरुलाई उपचार गर्न सुरुमा ताहु स्वास्थ्य […]
११ भदौ, विराटनगर । प्रदेश १ सरकार आफ्नो राजस्व लक्ष्य भेट्टाउन असफल भएको छ । गएकाे आर्थिक वर्ष ०७५/७६ मा प्रदेश १ ले १२ अर्ब ८४ करोड ९० लाख १४ हजार राजश्व उठाउने लक्ष्य लिएको थियो । तर, लक्ष्यभन्दा २८ दशमलव ८७ प्रतिशत कम अर्थात् ९ अर्ब १३ करोड ३९ लाख ६४ हजार ७ सय […]
११ भदौ, काठमाडौं । काठमाडौं-निजगढ जोड्ने द्रुतमार्गको प्रस्थानविन्दु ललितपुरको खोकना नै हुने भएको छ । तर, सिकाली मन्दिर र प्राचिन सम्पदा कोदेश क्षेत्रलाई संरक्षण गरी रेखांकन परिवर्तन गरिएको छ । मन्त्रिपरिषदबाट स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा खोकनासँगै महादेवटारदेखि लेनडाँडा क्षेत्रको रेखांकन परिवर्तन गरिएको हो । एसियाली विकास बैंक (एडीबी)को सम्भाव्यता अध्ययन र प्रारम्भिक डिजाइनअनुसार सिकाली […]
११ भदौ, जनकपुरधाम । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल परीक्षा पास गराइदिने भन्दै सर्वसाधारणसँग रकम असुल्ने दुई जना जनकपुरधामबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका ११ बस्ने २५ वर्षीय जितेन्द्र यादव र महोत्तरीको महोत्तरी गाउँपालिका २ बस्ने २८ वर्षीय पंकज कुमार सिंह छन् । जितेन्द्रले धनुषाको मिथिला नगरपालिका ६ बस्ने देवेन्द्रप्रसाद […]
११ भदौ, धनगढी । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्सबाटै मन्त्रिपरिषद बैठक गर्नु गलत भएको बताएका छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएर गएका प्रधानमन्त्रीले विदेशबाट आफैं मन्त्रिपरिषद बैठक बोलाउनु नीतिसंगत नरहेको बताए । साथै भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक बोलाउनु सुरक्षा र गोपनियताका कारण उपयुक्त नभएको […]
११ भदौ, कैलाली । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले सुदूरपश्चिममा फेरि टीकापुर घटनाको पुनरावृत्ति गर्न खोजिएको बताएका छन् । डा. बाबुराम भट्टराईले टीकापुरमै आएर जातीय राज्य निर्माणका लागि आन्दोलन चर्काउन लगाउनु विखण्डनकारी काम भएको उनको आरोप छ । भट्टराईको अभिव्यक्ति देशमा फेरि विखण्डन निम्त्याउने खालको भएको उनले बताए । बुधबार धनगढीमा पत्रकारहरुसँग […]
११ भदौ, काठमाडौं । भूगोलको हिसाबले विश्वको अठारौं सानो देश सन्ट लुसियासँग नेपालको द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापना भएको छ । योसहित नेपालको कुटनीतिक सम्बन्ध स्थापित भएका देशहरुको संख्या १६७ पुगेको छ । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सन्ट लुसियाका समकक्षी कोसमोस रिचार्डसनले संयुक्त दस्तावेजमा हस्ताक्षर गरी कुटनीतिक सम्बन्ध आरम्भ गरेका हुन् […]
११ भदौ, काठमाडौं । एक दशक अगाडि नेपाली सेनाका अधिकारीबाट श्रम शोषणमा परेका र प्रहरीबाट यातना पाएका एक बालकलाई क्षतिपूर्ति दिन संयुक्त राष्ट्र संघले नेपाल सरकारलाई निर्देशन दिएको छ । घरेलु कामदारको रुपमा सैनिक अधिकारीको घरमा बसेका थारु समुदायका एक बालकबारे फैसला गर्दै संयुक्त राष्ट्रसंघको मानवअधिकार कमिटी (यूएनएचआरसी) ले क्षतिपूर्ति दिन नेपाल सरकारलाई मंगलबार निर्देशन […]
from समाचार – Online Khabar https://ift.tt/2PiRNtM
via IFTTT