Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सरकारको प्रयासले मात्र डेंगु नियन्त्रण हुन सक्दैन : उपप्रधानमन्त्री यादव

१२ भदौ, काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयको प्रयासले मात्र डेंगु रोग नियन्त्रण हुन नसक्ने बताएका छन् । बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले डेंगु रोग नियन्त्रण स्वास्थ्य मन्त्रालयको मात्र दायित्व नठानेर सबैले प्रयास गर्नुपर्ने बताएका हुन् । ‘यसमा पालिका प्रदेश, केन्द्र सबै यो अभियानमा लाग्नुपर्ने हुन्छ । स्वास्थ्य मन्त्रालयले […]

लामखुट्टेको शरीरमा नगर प्रमुखको फोटो जोड्नु गैरकानुनी

१२ भदौ, वीरगञ्ज । लामखुट्टेको शरीरमा नगर प्रमुखको फोटो जोडेर गरिएको प्रदर्शनलाई वीरगञ्ज महानगरपालिकाले गैरकानुनी भएको भन्दै आपत्ती जनाएको छ । महानगरपालिकाले विहीबार विज्ञप्ती जारी गर्दै उक्त कार्य मुलुकी अपराध संहिता विपरित भएको दावी गरेको हो । नगरप्रमुखको व्यक्तिगत मानमर्दन र चरित्र हत्या गर्न खोजेको विषयप्रति वीरगञ्ज महानगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ । […]

बुटवलका सामुदायिक विद्यालयमा आधुनिक विज्ञान प्रयोगशाला

१२ भदौ, बुटवल । बुटवल उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला निर्माणमा जोड दिएको छ । सामुदायिक विद्यालयमा  यो  कार्यक्रमका लागि ४८ लाख १८ हजार चार सय ५० रुपैयाँ निकासा भएको प्रमुख शिवराज सुवेदीले जानकारी दिए । पहिलो चरणमा तीन विद्यालयमा आधुनिक ल्याब बनाउन झण्डै २० लाख बजेट विनियोजन  गरिएको छ। शिक्षा महाशाखा प्रमुख उपसचिव मित्रमणि खनालका अनुसार […]

विराटनगरमा लुटको आतङ्क मच्चाउने ७ जना पक्राउ

१२ भदौ,  काठमाडौं । विराटनगर महानगरपालिकाको विभिन्न स्थानमा डकैत गर्ने गिरोहका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङ पथरी शनिश्चरे-१ स्थित ईलाका प्रहरी कार्यलय पथरीबाट खटिएको प्रहरीको टोलीले  BR32PA2836 नम्बरको स्करपियो गाडी सहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ४ जना नेपाली र ३ जना भारतीय नागरिकहरु रहेका छन् । पक्राउ […]

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा किन बढ्यो लाइन ?

१२ भदौ, काठमाडौं । केही दिनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट यात्रा गर्नुभएको छ भने तपाईंले पहिलेको तुलनामा लामो लाइनमा बस्नुपर्‍यो होला । साविकमा बोर्डिङ पास लिइसकेपछि प्रहरीले सामान्य चेकजाँच गरेर उडानका लागि अनुमति दिइन्थ्यो । त्यसैले प्रतिक्षा हलमा छिर्न धेरै लामो लाइन बस्नु पर्दैनथ्यो । अहिले विमानस्थल व्यवस्थापनले आन्तरिक टर्मिनलमा पनि सुरक्षा प्रवन्ध कडा […]

पश्चिमा संस्कृतिलाई बढी महत्व नदिउँ: मन्त्री बराल

१२ भदौ, बुटवल । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले नेपाली संस्कृति र चाडपर्वहरु अपहरण भइरहेको बताएका छन् । बुटवलमा विहीबार आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री बरालले पश्चिमा संस्कृतिलाई बढी महत्व र स्थान दिने पछिल्लो शैलीले नेपाली मौलिक पर्वहरु विस्तारै लोप हुने अवस्थामा पुगेको बताए । उनी भन्छन् ‘हाम्रा मौलिक संस्कृति र चाडपर्वहरु मौलिक […]

मालपोतका खरिदार एक लाख २० हजार घुससहित पक्राउ

१२ भदौ, बुटवल । मालपोत कार्यालय बुटवलका एक जना खरिदार सेवाग्राहीसंग घुस लिँदालिँदै पक्राउ परेका छन् । खरिदार जीवनाथ पाण्डेलाई सेवाग्राहीसंग एकलाख २० हजार घुस लिँदालिँदै अख्यितार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले पक्राउ गरेको हो । मालपोत कार्यालय अगाडि रहेको ढकाल–पाण्डे लेखापढी सेवामा बसेर सेवाग्राहीसँग नामसारी र लालपुर्जा बनाइदिने भन्दै घुस लिँदै गरेको अवस्थामा पाण्डेसंगै […]

सरकारी गाडीको दुरुपयोग नगर्न प्रशासनको आग्रह

१२ भदौ, वीरगञ्ज । सेतो नम्बर प्लेट भएका सरकारी सवारी साधनको दुरुपयोग नगर्न जिल्ला प्रशासन कार्यालय पर्साले आग्रह गरेको छ । विहीबार विज्ञप्ती जारी गर्दै सरकारी गाडीको दुरुपयोग नगर्न प्रशासनले आग्रह गरेको हो । सरकारी गाडी सार्वजनिक विदाको दिन चलाउनुको साथै व्यक्तिगत र राजनीतिक दलको कार्यक्रममा समेत प्रयोग हुन थालेपछि प्रशासनले यस्तो सूचना जारी गरेको […]

‘ओलीजी बिरामी हुनुहुन्छ, प्रदेशको नाम कसरी ल्याउँछन् ?’

१२ भदौ, बिराटनगर । प्रदेश नम्बर १ मा संसदको अधिवेशन चलिरहेको छ । तर, यो अधिवेशनले प्रदेशको नाम तय गर्न नसक्ने जानकारी सत्ता पक्षले दिएको छ । स्थायी राजधानीको टुङ्गो लगाइसकेको प्रदेश नं १ सरकारले चालु चौथो अधिवेशनमा पनि प्रदेशको नाम प्रस्ताव गर्न सकेको छैन । अधिवेशन भदौ २५ सम्म चल्ने छ । प्रदेश १ […]

३१ सीडीओको सरुवा, काठमाडौंमा जनकराज दाहाल (सूचीसहित)

१२ भदौ, काठमाडौं । गृह मन्त्रालयले ३१ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । बिहीबार मन्त्रालयले काठमाडौं, ललितपुर, मोरङ, मकवानपुर, सुर्खेत लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सरुवा गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य गृह मन्त्रालयमा सरुवा भएका छन् । उनको ठाउँमा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल आएका छन् । ललितपुरका […]

संसदमा बहस : मिडिया काउन्सिल जरिवाना गरेर बस्ने ?

मिडिया काउन्सिल विधेयकलाई सुरुदेखि नै फिर्ता लिइओस् भन्ने हाम्रो आग्रहसहित विरोध गर्नुपर्ने कारण मैले मोटामोटी ८/९ वटा निवेदन गर्न चाहन्छु । सबैभन्दा पहिले प्रस्तावनाले जहिले पनि ऐनको उद्देश्य र कारण जनाउँछ । ऐनमा छुट्टै उद्देश्य र कारण नलेखिने हुनाले प्रस्तावनाले नै त्यो कुरा जनाउँछ । यस विधेयकको प्रस्तावनामा स्वतन्त्र, मर्यादित, उत्तरदायी पत्रकारिताको कुरा उल्लेख गएिको […]

प्रधानमन्त्रीज्यूले हेलो भन्नुभयो, हामीले नमस्कार गर्‍यौं : सञ्चारमन्त्री बास्कोटा

१२ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री सिंगापुरमा रहेका बेला भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक नबसिएको दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहेका बेला ९ भदौमा भिडियो कन्फरेन्सबाट प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यहरुले कुराकानी गरेका थिए । त्यसअघि भदौ पहिलो सरकार मन्त्रिपरिषद् बैठक सञ्चालनसम्बन्धी कार्यविधि संशोधन गरेर भिडियो […]

भारतीय निर्यात–आयात बैंकका ऋण व्यवस्था सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

१२ भदौ, काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावास तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणको आयोजनामा भारतीय निर्यात–आयात बैंक (एक्जिम)का ऋण व्यवस्था सम्बन्धी नीति निर्देशन तथा प्रक्रियाकाबारेमा दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा परियोजना पहिचान, पूर्व योग्यता तथा टेन्डर प्रक्रिया, टेन्डर दस्तावेजको मूल्याङ्कन, मनोनयन प्रक्रिया, परियोजना कार्यान्वयन एवं अनुगमन लगायत एक्जिम बैंकको ऋण व्यवस्थाका रुपरेखाबारे जानकारी […]

पाकिस्तानद्वारा ब्यालेस्टिक मिसाइल परीक्षण

१२ भदौ, काठमाडौं । जम्मू-कश्मीर मुद्दामा भारतसँग विवाद बढिरहेको बेला पाकिस्तानले ‘गजनबी’ नामक ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । भारतले संविधानको धारा ३७० खारेज गरेर जम्मू-कश्मीरको विशेष राज्यको दर्जा खोसेको मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा उठाइरहेको पाकिस्तानले बिहीबार मिसाइल परीक्षण गरेको हो । पाकिस्तानी सेनाका प्रवक्ताले मिसाइल परीक्षणको भिडियो ट्वीट गरेर यसको पुष्टि गरेका छन् । Pakistan […]

नयाँ व्यवस्थापनसहित अनेरास्ववियूको केन्द्रीय कार्यालय उदघाटन

१२ भदौ, काठमाडौं । सत्तारुढ नेकपा निकट अनेरास्ववियूको एकताले भदौ मसान्तभित्र पूर्णता पाउने इञ्चार्ज हितमान शाक्यले बताएका छन् । काठमाडौंको बागबजारमा बिहीबार अनेरास्ववियूको साझा कार्यालय उदघाटन गर्दै शाक्यले सो जानकारी दिएका हुन् । हाल अनेरास्ववियूको संयोजक र सहसंयोजक तोकिए पनि अन्यको कार्यविभाजन टुंगो लागेको छैन । संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङ छन् । […]

रजिष्ट्रारमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न कांग्रेस सांसदको माग

१२ भदौ, काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका रजिष्ट्रार रामप्रसाद प्याकुर्‍याललाई दुर्व्यवहार गर्नेमाथि कारबाही गर्न सांसद पुष्पा भुसालले माग गरेकी छन् । प्रतिष्ठान बचाउ अभियानका प्रतिनिधिहरुले रजिष्ट्रार प्याकुर्‍यालमाथि बुधबार कार्यकक्षमै दुर्व्यवहार गरेका थिए । संसदमा सोही विषयबारे बोल्दै कांग्रेस संसदीय दलकी सचेतक समेत रहेकी भुसालले दोषीलाई कानुनी कठघरामा ल्याउन माग गरेकी हुन् । ‘राप्ती […]

बीमामा नेपालीको पहुँच २५ प्रतिशत नाघ्यो

१२ भदौ, काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ को अन्त्यसम्ममा बीमामा नेपालीहरुको पहुँच २५.५० प्रतिशत पुगेको जानकारी बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले दिएको छ । यो तथ्यांकमा वैदेशिक रोजगारी बीमासमेत समावेश छ । यसलाई अलग गर्दा बीमामा १९ प्रतिशत नागरिकको पहुँच पुगेको देखिन्छ । वैदेशिक रोजगार बीमासमेत जोड्दा आव ०७४/७५ को अन्त्यसम्म १२ प्रतिशत नागरिक […]

आरक्षण दिँदा समेत दलितलाई हेपिन्छ: दलित अगुवा

१२ भदौ, वीरगञ्ज । वीरगञ्जका दलित अगुवाले स्थानीय तहमा दलित महिला सदस्यको आरक्षणलाई उपेक्षा गरेर दिएको आरक्षण भएको बताएका छन् । अन्य पदमा आरक्षण नदिएर महिला वडा सदस्यमा मात्रै आरक्षण दिने कार्यले झनै हेपिएको महशुस भएको उनीहरुले बताएका हुन् । मुलुकमा संघीय गणतन्त्र आइसक्दा पनि दलित समुदायमाथि उठ्न नसक्नुको पछाडि कथित ठूला जाती भन्नेहरुको मनसाय […]

मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा पेश

१२ भदौ, काठमाडौं । नेपाल मिडिया काउन्सिल विधेयक बिहीबार राष्ट्रिय सभामा पेश भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले राखेको विरोधको सूचना फिर्ता लिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले उक्त विधेयक पेश गरेका हुन् । मन्त्री बास्कोटाले विधेयक एउटा प्रस्ताव मात्र भएको भन्दै यसलाई समृद्ध बनाउन आउने सबै कुरालाई स्वागत गर्ने बताए […]

 नगरपालिकाबाटै सुत्केरीको भत्ता गायब  

१२ भदौ, बाजुरा । संस्थागत सुत्केरी गराएवापत महिलाले पाउने सुविधा बाजुराको बूढीनन्दा नगरपालिकाबाटै गायब भएको छ । एकयस ८८लाई सुत्केरी भत्तावापत दिनुपर्ने रकम नदिएर नगरपालिकाको स्वास्थ्य शाखाले नै गायब गरेको आरोप लगाइएको छ । आर्थिक वर्र्ष २०७५/०७६ मा स्वास्थ्य संस्थामा सुत्केरी गराए वापतको रकम उपलब्ध नगराएको तथ्य सार्वजनिक भएपछि उक्त रकम सम्बन्धित शाखाका पदाधिकारीले नै […]

सरिता गिरीद्वारा नेपाल भुटान संसदीय मैत्री समूहको संयोजक पद अस्वीकार

१२ भदौ,काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले नेपाल भुटान संसदीय मैत्री समूहको संयोजक पद अस्वीकार गरेकी छन् । वैवाहिक अंगीकृत नागरिक भएकै कारण आफूलाई संविधानले नै विभाग गरेको भन्दै उनले यो पद अस्वीकृत गरेकी हुन् । यो पदमा मनोनित गर्नु आफूलाई विशेष सम्मान भए पनि संविधानले नै विभेद गरेकाले आफू अनुपयुक्त भएको उनको तर्क […]



from समाचार – Online Khabar https://ift.tt/2PkMtpK
via IFTTT
Powered by Blogger.