समाचार
९ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो १४१ बुँदे कार्ययोजना सार्वजनिक गरे । यसमध्ये आन्तरिक उडानमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत हवाई भाडा छूट दिने घोषणाले तत्काल चर्चा पाएको छ । सरोकारवालासँग छलफल गरी तीन महिनाभित्र यो घोषणा कार्यान्वयन गराउने मन्त्री भट्टराईले बताएका छन् । ‘यसको कार्यान्वयनमा वायुसेवा कम्पनीको समेत […]
९ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको कार्यभार सम्हालेपछि योगेश भट्टराईले भने, ‘नेपाल वायुसेवा निगमलाई वाह् ! भन्ने बनाउँछु ।’ मन्त्री भएको २६ दिनपछि पत्रकार सम्मेलन गरेर मन्त्री भट्टराईले १४१ बुँदे मुख्य प्राथमिकताका कार्यक्रमहरु सार्वजनिक गरेका छन्, यसमा वायुसेवा निगम सुधारका लागि ११ बुँदे छन् । नेपाल वायुसेवा निगमलाई सार्वजनिक कम्पनीको रुपमा सञ्चालन […]
९ भदौ, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा सोमबार थुनछेक बहस सकिएको छ । पुडासैनी आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको कसूरमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनाविरुद्ध दायर गरिएको मुद्दामा थुनछेक बहस सकिएको हो । जिल्ला अदालत, चितवनका न्यायाधीश हेमन्त रावलको इजलासमा बहस सकिएको अदालतका रजिष्टार रुद्रमणि गिरीले अनलाइनखबरलाई बताए । उनले अनलाइनखबरसँग भने, […]
९ भदौ,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट कर्मचारी संगठनले बहालवाला र सेवा निवृत्त कर्मचारीका परिवारलाई रासन कार्डको व्यवस्था गर्न माग गरेको छ । यही भदौ ७ र ८ गते काठमाडौंमा सम्पन्न निजामती कर्मचारी संगठनको केन्द्रीय समिति बैठकले यो सहित बिभिन्न २९ बुँदे माग राखेको छ । संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाको अध्यक्षमा बसेको बैठकले […]
९ भदौ, काठमाडाैं । प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको सम्पत्ति छानविन गर्ने भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, चितवनले अदालतमा पेश गरेको अनुसन्धान प्रतिवेदनमा प्रहरीले तीनै जनाको सम्पत्ति खोजी गरिरहेको उल्लेख छ । अभियोग पत्रमा भनिएको छ, ‘प्रतिवादीहरुको बैंक खाता विवरण हालसम्म प्राप्त नभएकाले प्राप्त भएपछि पेश गरिने व्यवहोरा समेत अनुरोध छ ।’ […]
९ भदौ, काठमाडौं । यतिबेला बिभिन्न नगरपालिकाका १८ जना मेयर तथा उपमेयरहरु चीनमा शहरी विकास योजना, विपद व्यवस्थान तथा रोकथामलगायतका विषय पढिरहेका छन् । चीनको ‘युनान युनिभर्सिटी अफ फाइनान्स एण्ड इकोनोमिक इन्टरनेशनल विजनेश स्कुल’ मा उनीहरुको पढाइ चलिरहेको हो । ८ दिनसम्म विभिन्न क्षेत्रका प्राध्यापकले नेपालका १८ जना मेयर र उपमेयरलाई विभिन्न विषयमा जानकारी गराउने […]
९ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थल २४ सै घण्टा सञ्चालनयोग्य बनाउने, ज्येष्ठ नागरिकलाई हवाइ यातायातमा ५० प्रतिशत छुट दिनेलगायत केही महत्वाकांक्षी योजवनासहित आफ्नो कार्ययोजना सार्वजनिक गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले चालु आर्थिक वर्यमा मन्त्रालय र यस अन्तर्गतका नियकाबाट हुने कामको सूची सार्वजनिक गरेका हुन् […]
९ भदौ, बुटवल । आदिवासी जनजाति महासंघका उपाध्यक्ष नवीन रोका मगरले लोकसेवा आयोगले हालै निकालेको विज्ञापन असंवैधानिक हुँदाहुँदै मुख्य दलहरुले यसबारे संसदमा आवाज नउठाउनुले ‘म्याच फिक्सिङ’को आशंका भएको बताएका छन् । उनले आरक्षणको व्यवस्था संविधानमै रहेको उल्लेख गर्दै आयोग र सरकारले संविधान मिचेर विज्ञापन निकाल्नु र दलहरुले संसदमा आवाज नउठाउनु दुर्भाग्य भएको बताए । बुटवलमा […]
९ भदौ, काठमाडौं । सर्वोच्च अदालतले पोखरामा पक्राउ परेका पत्रकार ओमबहादुर हमाललाई तीन दिनभित्र अदालतमा पेश गर्न आदेश दिएको छ । सोमबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले हमाललाई तीन दिनभित्र अदालत उपस्थित गराउन आदेश दिँदै पक्राउ गर्नुको कारण पनि सोधेको छ । केही दिनअघि पत्रकार हमाल विप्लव माओवादीका कास्की जिल्ला इन्चार्ज कृष्ण वाग्लेसहित पोखरामा पक्राउ […]
९ भदौ, गुल्मी । गुल्मीमा गुडिरहेको मोटरसाइकलबाट खसेर सोमबार एक जनाको मृत्यु भएको छ । गुल्मीदरबार गाउँपालिका-६ मा लु.२७ प. ७३९० नम्बरको मोटरसाइकलबाट खसेर ८४ वषिर्य दोर्णनाथ कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणी पुनले बताए । घाइते कँडेलको उपचारको क्रममा श्रृङ्गा प्रथामिक स्वास्थ्य चौकीमा मृत्यु भएको प्रहरीले जनाएको छ । ३२ […]
९ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलबाहिरका क्षेत्रमा रहेका सेकुवा पसलहरु हटाउने घोषणा गरेका छन् । सोमबार आफ्नो कार्ययोजना सार्वजनिक गर्दै उनले विमानस्थलबाहिरका सेकुवा पसल र अव्यवस्थित संरचना हटाउने घोषणा गरेका हुन् । तीनकुनेदेखि गौशाला क्षेत्रको सडकलाई विमानस्थल क्षेत्र घोषणा गर्ने पनि मन्त्री भट्टराईले योजना सुनाए । विमानस्थल नेपाल […]
९ भदौ, काठमाडौं । सबै पेट्रेल पम्पलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्न माग गर्दै पेट्रोलियम मजदूरहरु आन्दोलित भएका छन् । श्रम ऐन र सामाजिक सुरक्षा ऐनले प्रदान गरेका सेवा सुविधान नपाएको भन्दै अखिल नेपाल पेट्रोलियम मजदूर संघले आन्दोलन घोषणा गरेको हो । पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनलाई श्रमिकहरुले सेवा सुविधा नपाएकोले कार्यान्वयनका लागि आवश्यक पहल गर्न […]
९ भदौ, इलाम । झट्ट हेर्दा सामान्य जस्तो देखिने ‘इलामे राई’ लखपति बनि सकेका छन् । लेकको बसाइ, लगाएका कपडा र उनको हाउभाउले उनलाई हेर्ने जो कोहीले पनि सामान्य नै ठान्नु स्वाभाविक हो । तर, दुई वटा गाडी र दार्जलिङमा घर जोडिसकेका राई हेर्दा देखेजति सामान्य छैनन् । हुन त हाम्रो समाजमा राम्रो लगाउने र […]
९ भदौ, काठमाडौं । तीनकुने-गौशाला सडकलाई ‘अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र’ घोषणा गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो कार्ययोजनामा यो सडक खण्डमा खुला रुपमा सेकुवा बेच्न नदिने घोषणा गरेका छन् । उनले आफ्नो यो सडक खण्डका अव्यवस्थित संरचना हटाएर सौन्दर्यकरण गर्ने उल्लेख गरेका छन् । ‘यो नेपालको प्रवेशद्वार हो, यसलाई अव्यवस्थित […]
९ भदौ, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए)सँग मिलेर ‘एक नेपाली, एक विदेशी साथी नेपाल पठाऊ अभियान’ चलाउने भएको छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन लक्ष्य राखेको मन्त्रालयले यो अभियान अघि सारेको हो । सोमबार आफ्नो कार्ययोजना सार्वजनिक गर्दै मन्त्री योगेश भट्टराईले भ्रमण वर्षलाई सफल बनाइने […]
९ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्नातकोत्तर तह भौतिकशास्त्र विषयको विवादित प्रश्नपत्रसँग सम्बन्धित उजुरीलाई तामेलीमा राखेको छ । अनियमितताको प्रमाण नपुगेको भन्दै अख्तियारले उजुरीलाई तामेलीमा राखेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले अनलाइनखबरसँग भने, ‘उजुरीमा भनिएको आधार र प्रमाणले भ्रष्टाचार पुष्टि नहुने भएकाले तामेलीमा राखिएको छ ।’ स्नातकोत्तर तह भौतिकशास्त्र […]
९ भदौ, काठमाडौं । आगामी मंसिरमा नेपालमै आयोजना हुने १३ औं साग खेलकुदमा निकै आश गरिएकी खेलाडी हुन् सुस्मिता तामाङ । १९ वर्षीया उसु खेलाडी सुस्मितालाई स्वर्ण पदकको प्रबल दावेदारका रुपमा हेरिएको छ । गत वैशाखमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदले सुस्मिताका लागि सागको ढोका खोलिदिएको थियो । सागको तयारीका लागि त्रिपुरेश्वरस्थित सेमिकभर्डहलमा कठिन अभ्यास गरिरहेकी […]
९ भदौ, काठमाडौं । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा काठमाडौंबाट प्रहरीले एक जनालाई सोमबार नियन्त्रणमा लिएको छ । टिपरको चेकजाँच गर्ने क्रममा कारवाहीबाट जोगिन ५ सय रुपैयाँ घुस दिन खोजेपछि ललितपुर गोदावारी नगरपालिका-३ का पवन सिलवाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बा.५ ख. ६७५२ नम्बरको टिपर मालिक समेत रहेको सिलवालले महानगरिय प्रहरी वृत्त […]
९ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेताहरुको विषयमा व्यक्तिगत टिप्पणी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई प्रतिबन्ध लगाएको छ । सोमबार बसेको सचिवालय बैठकले नेता तथा कार्यकर्ताको व्यक्तिगत विषयमा प्रश्न उठाउनुपरेमा पार्टीभित्रै प्रक्रियागत ढंगले छलफलको विषय बनाउनुपर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यदि पार्टी नेताको बारेमा कुनै नेता, कार्यकर्ताले सार्वजनिक रुपमा […]
९ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विदेशमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठकमा सामेल गराउने कार्य वाहियात र देखावटी तामझाम भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल टि्वटरमा थापाले देशमा कुनै पनि त्यस्तो आपतकालिन अवस्था नभएको भन्दै उपचारमा रहेका प्रधानमन्त्रीलाई मन्त्रिपरिषद् बैठकको नाममा दुःख दिनु उचित नभएको बताएका […]
९ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गजेन्द्रबहादुर महतले चितवनमा सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई जात्राको संज्ञा दिएका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले चितवनमा चलेको ‘जात्रा’बारे श्रम मन्त्रालय र गृह मन्त्रालय बढी सचेत हुनुपर्ने पनि बताए । ‘यो जात्राका बारेमा सरकार गम्भीर हुनुपर्छ । त्यसमा पनि श्रम मन्त्रालय र गृह मन्त्रालय […]
from समाचार – Online Khabar https://ift.tt/2KXnUen
via IFTTT