Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

जम्मू-कश्मीर मुद्दामा पाकिस्तानले राष्ट्रसंघलाई फेरि लेख्यो चिठ्ठी

१२ भदौ, काठमाडौं । पाकिस्तानले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदलाई एकपटक फेरि पत्र लेख्दै भारत प्रशासित जम्मू कश्मीरमा मानवअधिकार उल्लंघन भएको जनाएको छ । विदेशमन्त्री शाह महमूद कुरैशीले पत्र लेख्दै जम्मू कश्मीरको हालत लगातार बिग्रिँदै गएको र मानवअधिकार गम्भीर संकटमा परेको बताएका हुन् । पाकिस्तानको मानवअधिकार मन्त्री शिरिन मजारीको ट्वीटले पनि संयुक्त राष्ट्रसंघलाई पत्र लेखिएको पुष्टि […]

आजका पत्रपत्रिका : आत्महत्या दुरुत्साहन कानून ‘अपूर्ण’

१२ भदौ, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूले फरक–फरक विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् । नागरिक दैनिकले आज केही समयदेखि चर्चामा रहेको आत्महत्या दुरुत्साहनसम्बन्धी कानून नै अपूर्ण भएको समाचार बनाएको छ । नागरिकका अनुसार कार्यविधि नहुँदा मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी महलको दफा १८५ मा कार्यान्वयनमा जटिलता उत्पन्न भएको छ । […]

राजनीतिले असफल पारेको एउटा सफल उद्योग

११ भदौ, काठमाडौं । गोरखाली रबर उद्योगको खरदार पदमा जागिर सुरु गर्दा ईश्वर परियार १९ वर्षका थिए । मझुवा देउराली, गोरखाका उनी अहिले ४८ वर्षका भए । २०४८ सालमा आफ्नो गाउँघरमै खुलेको नेपालको एक मात्र रबर उद्योगमा ‘फाइनल फिनिसर’ रहेका परियारले श्रेणीविहीन अधिकृत स्तरबाट गत माघ ३ गते अवकाश पाए । जीवनको उर्वर २७ वर्ष […]

संविधान दिवसको दिन तास खेल्न विदा दिएको होइन : सञ्चारमन्त्री बास्कोटा

११ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संविधान दिवस भव्यताका साथ मनाउनका लागि आ आफ्नो स्थानबाट योगदान दिन सबैलाई आग्रह गरेका छन् । संविधान दिवस मूल समारोह समिति अन्तर्गतको प्रचार प्रशार उपसिमितिले बुधबार सञ्चार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा उनले सरकारले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक विदा दिएको भन्दै सबैको अर्थपूर्ण […]

पोखरामा पर्यटनमन्त्रीलाई प्रश्न : एउटै एयरपोर्टका लागि कति पटक बिस्थापित हुने ?

११ भदौ, पोखरा । २०३१ सालमा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको सपनासहित जग्गा अधिग्रहण सुरु भयो । त्यतिबेला गण्डकीका अञ्चलाधीश शंकरराज पाठकको नेतृत्वमा ४ हजार रोपनी जग्गा अधिग्रहण भएको थियो । जग्गा अधिग्रहणमा स्थानीय यामबहादुर कार्की र खिमबहादुर कार्कीको केही जग्गा नापी गर्दा छु्ट्यो । मुआब्जा माग गर्दै उनले सर्वोच्च अदालतसम्म कानुनी लडाईं‌ लडे । २०७० सालमा […]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारलाई दुर्व्यवहार, प्रहरीमा किटानी जाहेरी

११ भदौ, दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका रजिष्ट्रार रामप्रसाद प्याकुर्याललाई प्रतिष्ठान बचाउ अभियानका प्रतिनिधिहरुले दुर्व्यवहार गरेका छन् । उनीहरुले प्याकुर्याललाई कार्यकक्षमै दुर्व्यवहार गरेका हुन् । आफ्ना पदाधिकारीलाई दुर्व्यवहार गरेको भन्दै प्रतिष्ठानले सीडीओ कार्यालय र जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले भने, ‘रजिष्ट्रारलाई दुर्व्यवहार भएको भनेर […]

सरकारले कम्युनिस्ट राज्य बनाउन खोज्दैछः देउवा

११ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले देशलाई कम्युनिस्ट राज्य बनाउने खतरा बढ्दै गएको बताएका छन् । ललितपुरमा बुधबार आयोजित एक कार्यक्रममा सभापति देउबाले नेकपाको सरकारले प्रजातन्त्रको सबै मुलभूत कुराहरु मास्दै गएकाले कम्युनिस्ट राज्य बनाउन खोजेको बताए । सरकार प्रजातन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रता विरोधि भएको टिप्पणी गर्दै […]

जिससलाई बढी अधिकार दिने तयारी ! सांसदको खबरदारी

११ भदौ, काठमाडौं । नेपालको संविधानले जिल्ला समन्वय समिति (जिसस) लाई जिल्लाभित्रका गाउँपालिका, नगरपालिकाबीच समन्वय गर्ने, विकास निर्माणसम्बन्धी कामको अनुगमन गर्ने अधिकार दिएको छ । तर यो भन्दा बढी अधिकार दिने गरी कानुन बनाउन लागिएको भन्दै सांसदहरुले विरोध जनाएका छन् । बुधबारदेखि राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा छलफल सुरु भएको ‘संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध […]

बंगलादेश र कतारका लागि राजदूत नियुक्त

११ भदौ, काठमाडौं । बंगलादेश र कतारका लागि राजदूत नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दुई राजदूत नियुक्त गरेकी हुन् । डाक्टर वंशीधर मिश्रलाई बंगलादेश र डाक्टर नारदनाथ भारद्वाजलाई कतारका लागि राजदूत नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले मिश्र र भारद्वाजलाई राजदूत नियुक्त गरेकी हुन् ।

कांग्रेसले भन्यो, भिडियो कन्फ्रेन्स मार्फत बसेको मन्त्रीपरिषद् बैठक त्रुटीपूर्ण

११ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भिडियो कन्फ्रेन्स मार्फत मन्त्रीपरिषद् बैठक गर्ने सरकारको कार्यशैलीप्रति आपत्ती जनाएको  छ । नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा बुधबार संचारकर्मीसंग कुरा गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी तोकेर पनि सिंगापुरबाट प्रधानमन्त्री केपी शर्मा ओली आफै बैठकमा सहभागी हुनु संवैधानिक र कानूनी प्रक्रियागत रुपमा नै त्रुटीपूर्ण भएको […]

भदौ १५ गते सुदूरपश्चिम प्रदेशमा सार्वजनिक विदा

११ भाद्र, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले भदौ १५ गते सार्वजनिक विदा दिएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुधबार सूचना जारी गर्दै थारु समुदायले मनाउँदै आएको महान पर्व ‘अँटवारी’ को अवसरमा सार्वजनिक विदा दिने घोषणा गरेको हो । गत साउन ८ गते बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले अँटवारीमा विदा दिने निर्णय […]

प्रदेश ३ संसदबाट सूचनाको हक सम्बन्धी विधेयक पारित

११ भदौ, हेटौंडा । प्रदेश ३ कोे प्रदेशसभा बैठकले २ वटा विधेयक बहुमतले पारित गरेको छ । बैठकले प्रदेशमा सूचनाको हकको सम्बन्धमा व्यवस्था विधेयक-२०७६ र प्रदेशभित्र राष्ट्रिय वनको संरक्षण विधेयक २०७६ बहुमतले पारित गरेको हो । बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले सूचनाको हक सम्बन्धी विधयेक र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले […]

रुखबाट लडेर मोरङमा एक जनाको मृत्यु

११ भदौ, काठमाडौं । मोरङको बेलबारीमा रुखबाट लडेर बुधबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बेलबारी-२ का ३२ वर्षीय जिवन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । सामुदायिक बनमा रुखमा चढेर घाँस झार्ने क्रममा लडेर घाईते भएका श्रेष्ठको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्रीको उपचार प्रक्रिया पूरा हुन एक साता लाग्ने

११ भदौ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया अझै एक साता जारी रहने भएको छ । प्लाज्मा फेरेसिस प्रक्रियाबाट जारी रहेको उपचार प्रक्रिया अर्को सातासम्म पूरा हुने प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाले जनाएका छन् । रिमालका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था हाल सामान्य छ । उपचार जारी रहेका बेला निजी चिकित्सक डा.दिव्यासिंह शाह बुधवार काठमाडौं […]

प्रदेश ५ अब्बल प्रदेशः मुख्यमन्त्री पोखरेल

११ भदौ, गुल्मी । प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश ५ अब्बल प्रदेश भएको दाबी गरेका छन् । धुर्कोट गाउँपालिकाको नव निर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले धेरै कानुन बनाउने, विकास खर्च धेरै गर्न सफल लगायतका अन्य थुप्रै काम गरेकाले प्रदेश ५ अब्बल प्रदेश भएको बताएका हुन् । मुख्यमन्त्री पोखरेलले मुलुकको विकास र समृद्धि अहिलेको […]

तुर्किस्तान पठाइदिने भनेर ठगी गरेको आरोपमा एक पक्राउ

११ भदौ, काठमाडौं । प्रहरीले तुर्किस्तान पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापका ३४ वर्षीय हर्कबहादुर तामाङ छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी सुशील सिंह राठौरका अनुसार तामाङलाई बुधबार जोरपाटी क्षेत्रबाट पक्राउ गरिएको हो । उनी गाडी चालक  हुन् । ‘उनले भोजपुरका उमेशकुमार तामाङलाई तुर्किस्तानमा सेक्यूरिटी गार्डमा […]

सनातन धर्ममाथि योजनाबद्ध आक्रमण भयो : कमल थापा

११ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सनातन धर्म र संस्कृतिमाथि योजनाबद्ध र सांगठनिक रुपले आक्रमण भइरहेको बताएका छन् । हरितालिका तीजको अवसरमा पार्टीको महिला संगठनले बुधबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले केही बर्षदेखि निरन्तर रुपमा धर्म र संस्कृतिमाथि प्रहार भइरहेको बताएका हुन् । धर्म, संस्कृति र परम्पराको आधारमा एकतावद्ध भएको […]

सुटुक्क किन आए डा केसी डोटी ?

११ भदौ, डोटी । ‘डा गोविन्द के.सी आज सिलगढीमा हुनुहुन्छ ।’ स्थानीय शिक्षक हिक्मत शाहीले मंगलबार साँझ करिब ६ बजेतिर सामाजिक सञ्जाल फेसबुकमा यस्तो खबर सार्वजनिक गर्दा पत्याएनन्, धेरैले । स्वास्थ्यको क्षेत्रमा सुधार ल्याउन ‘अनसन मास्टर’का रुपमा चिनिएका चर्चित व्यक्तित्व जिल्लामा आउँदा कसैलाई कुनै सुइको पनि नहोला र ? धेरैको आशंका मनमा थियो । तर, […]

जिल्लास्तरमा राप्रपाको प्रशिक्षण सुरु

११ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भदौ महिनाभित्र सबै जिल्लामा प्रशिक्षण सक्ने गरी अभियान सुरु गरेको छ । साउन अन्तिम साता काभ्रेको धुलिखेलमा केन्द्रीय प्रशिक्षक प्रशिक्षणमा सहभागी केन्द्रीय प्रशिक्षकहरु अहिले जिल्ला स्तरीय प्रशिक्षणको निमित्त विभिन्न जिल्लामा खटिएका छन् । अहिलेसम्म मोरङ, स्याङ्जा र धनकुटामा प्रशिक्षण सम्पन्न भइसकेको र भदौ दोस्रो साताभित्र गोरखा, लमजुङ, झापा, […]

प्रदेश–१ द्वारा प्रदेश स्वायत्त संस्था गठन विधेयक पारित

११ भाद्र, विराटनगर । प्रदेश–१ को प्रदेशसभा बैठकले प्रदेश स्वायत्त संस्था गठन सम्बन्धमा बनेको विधेयक २०७६ पारित गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रतिवेदनसहितको पेश गरेको उक्त विधेयक प्रदेश सभाको बुधबार बसेको बैठकले सर्बसम्वत पारित गरेको हो । प्रदेश सभा बैठकले प्रदेश स्वायत्त संस्था गठन सम्बन्धकमा बनेको विधेयक २०७६ लाई दफावार छलफलमा […]

नागरिकता विधेयकमा केके मिल्यो, के मिलेन ?

११ भदौ, काठमाडौं । संसदको राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले नागरिकता विधेयकको प्रतिवेदन मूल समितिमा पेस गरेको छ । तर, विवादका मुख्य विषय थाती राखिएका छन् । राज्य व्यवस्था समितिमा विचाराधीन नागरिकता विधेयकमा मिल्न नसकेका विवादका मुख्य विषय हुन्, – बैवाहिक अंगीकृत नागरिकताको प्रावधान र नागरिकता प्रमाणपत्र वितरण टोली खटाउन सक्ने व्यवस्था । यी दुबै […]



from समाचार – Online Khabar https://ift.tt/2HxY2DB
via IFTTT
Powered by Blogger.