समाचार
१३, भदौ, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक भाले गैंडा मृत अवस्था फेला परेको छ । निकुञ्जको पश्चिमी क्षेत्र मेघौलीमा पर्ने राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा गैंडा मृतावस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरले जानकारी दिए । गैंडा कालगतिले मरेको हुन सक्ने निकुञ्जले जनाएको छ । चालु आर्थिक बर्षमा कालगतिले मरेको यो नै पहिलो […]
१३ भदौ, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ को सडक तत्काल बनाउन माग गर्दै नेपाली कांग्रेसका सांसद गगन थापा आफैं धर्नामा बसेका छन् । उनीसहित काठमाडौंका ४ का स्थानीयबासीले पुल्चोकस्थित सडक विभागको कार्यालयमा धर्ना दिएका हुन् । ठेक्का लागेको ९ बर्ष बितिसक्दा पनि सडक नबनाएको विरोधमा सांसद थापाको नेतृत्वमा काठमाडौं ४ का जनताले धर्ना दिएका […]
१३ भदौ, चितवन । पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गइरहेको चितवनको माडीमा झण्डैं ४० बिघा जमिनमा फलफूल खेतीसहित रिसोर्ट सञ्चालनमा गरिने भएको छ । माडी नगरपालिका र गैरआवासीय नेपालीहरुको संस्था आइडिया फर नेपालले माडीको राधापुर तथा रमाइलोडाँडा क्षेत्रमा फलफूल खेतीसहितको रिसोर्ट सञ्चालनको सम्झौता भएको छ । सम्झौता पत्रमा माडी नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय […]
शहरमा नव धनाढ्यहरु बढ्दैछन् । इन्ट्री लेभलका गाडी चढिसकेर ‘अपग्रेड’ हुन खोजिरहनेहरु यही वर्गामा धेरै हुन्छन् । यस्ता वर्गमा व्यक्तिलाई कम्प्याक्ट एसयूभी (स्पोर्ट युटिलिटी भेहिकल) गाडी राम्रो विकल्प हो । एसयूभी गाडीको रहर गरिरहेकमाहरु एकैपटक पि्रमियि प्रोडक्ट किन्न नसक्ने अवस्थाका कारण यो सेगमेन्टमा अहिले नेपालकै सबैभन्दा धेरै आकर्षण छ । ग्राहकको आकर्षणले कार निर्माता तथा […]
१३ भदौ, चितवन । नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी सवार जीप खसेको दासढुंगामा निर्माण भैरहेको कंक्रिटको पर्खाल निर्माण नसकिदै भत्किएको छ । दुर्घटनाको ऐतिहासिक संरचनालाई नै बिगार्ने गरी बनाइएको पर्खाल गत साउन ३१ गते राती भत्किएको हो । पर्खाल झण्डै ३० मिटर लामो र ३० मिटर नै उचाइको छ । पर्खालको दक्षिण तर्फको भाग […]
१३ भदौ, काठमाडौं । पत्रकार तथा सञ्चारमाध्यमलाई सामाजिक सञ्जाल प्रयोगमा सजग गराउँदै नेपाल प्रेस काउन्सिल र पत्रकार महासंघले आचारसंहिता संशोधन गरेका छन् । आगामी असोज ६ गतेबाट लागू हुने आचारसंहितामा पत्रकारका लागि कडा प्रावधानहरु छन् । प्रेस काउन्सिलको स्वर्ण जयन्तीका अवसरमा असोज ६ गते राष्ट्रपतिबाट पत्रकार आचारसंहिता सार्वजनिक गरिने अध्यक्ष किशोर श्रेष्ठले बताए । नयाँ […]
१३ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको रानीघाटमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । सखुवाप्रसौनी गाउँपालिका–२ प्रसौनी घर भई वीरगजमा डेरा गरी बस्दै आएका लालबहादुर दासको श्रीमती ३६ बर्षिया रोमा देवी दासको करेन्ट लागेर मृत्यु भएको हो । घरमै रहेको कलधारामा जडान गरिएको मोटरबाट करेन्ट सर्ट भई उनलाई करेन्ट लागेको थियो । गम्भिर […]
१३ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मिडिया काउन्सिल विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर नबनाउने बताएका छन् । राष्ट्रियसभामा सांसदरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री बास्कोटाले प्रेसलाई व्यवस्थित र मर्यादित बनाउन यो विधेयक ल्याइएको बताए । मिडिया आफैं बहकिएर स्वतन्त्रताको नाममा स्वच्छन्दतालाई प्रेसको परिभाषाभित्र अनुबन्धित गर्न खोज्दा विश्वसनीयतामाथि प्रश्न उठेनको उनले […]
१३ भदौ, काठमाडौं । महिलाको विशेष चाड तीजले झपक्कै छोपिसक्यो । तीजलाई लक्षित गरेर विगतका वर्षहरुमा जस्तै धेरैखाले गीतहरु सार्वजनिक भएका छन् । यस वर्ष रिलिज भएका तीजका गीतमा पिसाबदेखि निसाफसम्म विषयवस्तुहरु समेटिएका छन् । यस वर्ष भाइरल भएको तीज गीत हो, ‘हामी पनि नाच्नुपर्छ बीच-बीचमा’ । गायक दुर्गेश थापाले यस गीतमा महिलाले मात्र तीजमा […]
१३ भदौ, काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको कान्जी हाउसबाट दैलेख लगिएका २३ वटा गाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका कट्कुवामा मृत भेटिएका छन् । बिहीबार राति ८ वटा ट्रकमा लगिएका दुई सय ९१ गाईमध्ये २३ वटा मरेका छन् भने अरु धेरै गाई सडक र जंगलमा अलपत्र अवस्थामा छन् । कर्णाली प्रदेशका प्रहरी प्रमुख पूर्णचन्द्र जोशीले २३ वटा […]
१३ भदौ, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र निर्माण गरिएको खुल्ला चिडियाखानामा एक अर्नाले बच्चा जन्माएको छ । अर्नाले भदौ ९ गते बच्चा (पाडो) जन्माएको हो । निकुञ्जका अधिकारीहरुका अनुसार अर्नाको बच्चा स्वस्थ छ । यो सँगै यहाँ अर्नाको संख्या १३ पुगेको छ । खोरमा अर्नाको बच्चा संख्या ४ पुगेको छ । हाल खोरमा वयस्क दुई […]
१३ भदौ, काठमाडौं । दुई वर्षअघि बुवाको मुख हेर्ने दिन थियो । सरिता महर्जनले केक ल्याइन् र हिराकाजीका अघिल्तिर राखिदिइन् । केकमा लेखिएको थियो, ‘न्यू लाइफ’ । अनि परिवारका सदस्यले ठूलो स्वरमा भने, ‘ह्याप्पी बर्थ डे टु यू ड्याडी ।’ बाबाको जीवनबाट खोसिएको खुशीलाई फिर्ता ल्याउने यो अर्को प्रयास थियो सरिताको । एक वर्ष बित्यो […]
१३ भदौ, काठमाडौं । आज भाद्र कृष्ण औंसी अर्थात बाबुको मुख हेर्ने पर्व । देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । पिता गुमाएकाहरूले भने उपत्यकाको उत्तर-पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने […]
१३ भदौ, काठमाडौं । गत हप्ता आफ्नो ७५ औं जन्मदिन मनाएका नेपालका वरिष्ठ इतिहासविद् डा. महेशराज पन्तले यही साता पद्मश्री साधना सम्मान प्राप्त गरे । डा. पन्तलाई बुढेसकालका दुःख दर्दबारे खासै चिन्ता छैन । यसको अर्थ उनी चिन्तामुक्त छन् भन्ने चाहिँ होइन । सम्भवतः उनको चिन्ता उदरस्थ सुख–दुःखभन्दा माथि छ । यहाँ हामीले त्यही चिन्ताबारे […]
१३ भदौ, काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले एनसेलको कर विवादबारे सर्वोच्च अदालतले भदौ ९ गते गरेको फैसला अध्ययन गर्ने भएको छ । समितिको शुक्रबार बसेको बैठकमा सांसदहरुले एनसेलले तिनुपर्ने करबारे सर्वोच्चले सुनाएको फैसलाबारे अधययन गर्नुपर्ने बताएका थिए । सांसदहरुको धारणा सुनपछि समितिका सभापति कृष्णभक्त पोखरेलले भने, ‘न्यायपालिकालाई संसदीय समितिले यस्तो फैसला […]
१३ भदौ, दोलखा । दोलखाका प्रहरी प्रमुख मानबहादुर राईले एकजना जनप्रतिनिधिलाई गद्धार भन्दै भाटे कारवाही गर्ने धम्की दिएपछि चर्किएको विवाद प्रमुख जिल्ला अधिकारी र नेकपाका नेताहरुको रोहबरमा समाधान भएको छ । बिहीबार साँझ एकजना यातायात मजदूरको हत्या भएको घटनाबारे जानकारी लिन पीडित परिवार र अन्य स्थानीयसहित जिल्ला प्रहरी कार्यालय पुगेका भीमेश्वर नगरपालिका ४ का वडाध्यक्ष […]
१३ भदौ, गुल्मी । जन्मजात अपाङ्गता भएकी रेसुङ्गा नगरपालिका गुल्मीकी सिता पन्थीलाई सामाजिक क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले निर्माण गरिदिएका छन् । जिल्ला सदरमुकाम तम्घास रेसुङ्गा नगरपालिका-७ सुकुम्बासी लाइन बस्ने दुबै खुट्टा नचल्ने पन्थीका लागि तम्घासको पुतलीबजारमा अपाङ्गमैत्री घर निर्माण गरिएको हो । बृद्धा आमासँग कष्टपूर्ण अवस्थामा बस्दै आएकी पन्थीका लागि तम्घासमा रहेको आशा अपाङ्ग केन्द्रको […]
१३ भदौ, काठमाडौं । मानवअधिकारवादी संस्था र नागरिक समाजले बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक गर्न माग गरेका छन् । अन्तर्राष्ट्रिय बेपत्ताविरुद्धको दिवसको अवसरमा शुक्रबार संयुक्तरुपमा प्रेस वक्तव्य जारी गर्दै उनीहरुले अविलम्ब अनुसन्धान प्रक्रिया अघि बढाइ मानवअधिकार उल्लंघन गर्नेलाई कानुनी कठघरामा ल्याउन माग गरेका हुन् । माओवादी जनयुद्धका क्रममा एक हजार ४०० बढी नागरिक बेपत्ता […]
१३ भदौ, काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७२ हजार ४ सय र तेजावीको ७२ हजार १ सय रुपैयाँ तोकेको छ । बिहीबार छापावल सुनको मूल्य प्रतितोला ७३ हजार ४ सय र तेजावी सुनको मूल्य ७३ हजार एक सय […]
१३ भदौ, काठमाडौं । सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको कट्कुवा जंगलमा २३ वटा गाई मृत भेटिएका छन् । बाँकेको नेपालगञ्जबाट ट्रकमा राखेर दैलेख लैजादै गरेका गाई मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मृत गाई भेटिएको ठाउँमा १५० वटा जिवित गाई पनि भेटिएका छन् । गाई कसैले मारेर फालेको हो या आफै मरेका हुन् भन्ने […]
१३ भदौ, काठमाडौं । खानी तथा भूगर्भ विभागले चार खानीलाई उत्खननका लागि अनुमति दिएको छ । विभागले चालू आर्थिक वर्षको डेढ महीनामा स्वर्गद्वारी माइन्स एण्ड मिनिलर्स प्रालिलाई चुनढुङ्गा, बालकुमारी प्रालिलाई क्वार्जजाइट, पाल्पा कोल प्रालिलाई पत्थर तथा कोइला र गुँरास स्टोन उद्योग प्रालिलाई क्वार्जजाइट उत्खननका लागि अनुमति दिएको हो । विभागका खनिज सम्पदा महाशाखाका प्रमुख रामप्रसाद […]
from समाचार – Online Khabar https://ift.tt/32eglWd
via IFTTT