Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

छापामा आज : विदेश जाँदा बैंक खाता अनिवार्य

१४ भदौ, काठमाडौं । आज शनिबारीय अंकसहितका पत्रिकामा नेपाली युवती बिहेको आवरणमा चीन तस्करी भइरहेको समाचारले प्राथमिकता पाएको छ । विदेश जाँदा बैंक खाता अनिवार्य गर्न लागिएको, अमेरिकासँग एम-१६ हतियार किन्ने प्रक्रिया रद्द भएको, माओवादी पूर्वलडाकु कमाण्डर एमबहादुर अधिकार नेपाली सेनाको सहायक रथी बन्न लागेकोलगायतका समाचारहरु आजका पत्रिकामा छापिएका छन् । नागरिक दैनिकका अनुसार सरकारले […]

पूर्वमन्त्री गणेश नेपालीको निधन

१३ भदौ, जनकपुरधाम । पूर्वमन्त्री गणेश नेपालीको शुक्रबार साँझ निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित नेपालीको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनी ७६ बर्षका थिए । २०६६ सालमा तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टीबाट उनी युवा तथा खेलकुद मन्त्री बनेका थिए । उनी हाल राजपाका केन्द्रीय सदस्य पदमा थिए । महोत्तरी […]

श्रीमती भगाउन मद्दत गरेको भन्दै बालकको अपहरण !

१३ भदौ, जनकपुरधाम । आफ्नी श्रीमती भगाउन सहयोग गरेको भन्दै एक भारतीय नागरिकले सिरहाबाट अपहरण गरेका बालकको प्रहरीले उद्दार गरेको छ । भारतको बिहार राज्य अन्तर्गत सितामढीका शोभित मुखियाले आफ्नी श्रीमतीलाई अर्कासँग भाग्न मद्दत गरेको भन्दै सिरहाको बन्दीपुर निवासी बच्चा यादवका ५ बर्षीय छोरालाई गत मंगलबार अपहरण गरेका थिए । रौतहटको कटहरिया निवासी बच्चा आफ्ना […]

गाई मारिएको घटना छानबिन गर्न गृहमन्त्रीलाई सहरी विकासमन्त्रीको पत्र

१३ भदौ, काठमाडौं । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले सुर्खेतको जंगलमा गाई मृत भएको घटना अनुसन्धान गर्न गृह मन्त्रालयलाई पत्राचार गरेका छन् । उनले गृहमन्त्री रामबहादुर थापालाई पत्र लेखी सामूहिक रुपमा गौहत्या गरिएको भनी स्थानीय जनताबाट अभिव्यक्ति र आक्रोश आएको भन्दै अविलम्ब सम्बन्धित निकाय र जिम्मेवार पक्षमाथि छानविन र कारवाही गर्न ध्यानाकर्षण गराएका छन् […]

चीनमा बुहारी बनाउने भन्दै नेपाली चेलीको तस्करी

१३ भदौ, काठमाडौं । कास्कीमा ब्युटी पार्लर चलाइरहेकी २७ वर्षीया सुमित्रा (नाम परिवर्तन) लाई प्रस्ताव आयो, चिनियाँ युवकसँग बिहे उतै जाने र राम्रो जागिर खाने ।’ काठमाडौं, नैकापमा बस्दै आएकी उषा घिमिरेको प्रस्तावले उनको मथिंगल नराम्ररी हल्लायो । दिनरात काम गर्दा पनि महिनाभरको खर्च कटाउन मुस्लिक भएको सम्झिइन्, डेढ महिनाअघि मात्र चिनिया युवकसँग बिहे गरेर […]

अछाममा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु   

१३ भदौ, अछाम । अछामको मेल्लेक गाउँपालिका–७ नन्देगडामा शुक्रबार साँझ जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ घाइते भएका छन् । साँफेबगरबाट मेल्लेकतर्फ जाँदै गरेको से१ज ९८६ नंको जीप नन्देगडा बजार नजिक सडकबाट तीन मिटर तल भीरमा खसेको हो । मृत्यु हुनेमा मेल्लेक–७ का ३० वर्षीया कौशी साउद र ३१ वर्षीया कित्थी […]

सडक बनाउन माग गर्दै धर्नामा बसे गगन थापा

१३ भदौ, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ को सडक तत्काल बनाउन माग गर्दै नेपाली कांग्रेसका सांसद गगन थापा आफैं धर्नामा बसेका छन् । उनीसहित काठमाडौंका ४ का स्थानीयबासीले पुल्चोकस्थित सडक विभागको कार्यालयमा धर्ना दिएका हुन् । ठेक्का लागेको ९ बर्ष बितिसक्दा पनि सडक नबनाएको विरोधमा सांसद थापाको नेतृत्वमा काठमाडौं ४ का जनताले धर्ना दिएका […]

बन्दुक र गोली बरामद

१३ भदौ, काठमाडौं । महोत्तरीको सोनमा गाँउपालिका-३ को रघुनाथपुरबाट प्रहरीको संयुक्त गस्ती टोलीले शुक्रबार एक थान बन्दुक र सो बन्दुकमा लाग्ने एक थान गोली बरामद गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट खैरवानी र स्थानीय प्रहरीको संयुक्त गस्ती टोलीले सोही स्थानका एक स्थानीयको घरबाट बाह्र बोरको एक थान बन्दुक र सोको एउटा गोली बरामद […]

पोखराको न्यायिक समिति : घरझगडा मिलाउनेदेखि माना चामल भराउनेसम्म

१३ भदौ, पोखरा । श्याम र शर्मिलाले ३ वर्षअघि प्रेम विवाह गरे । बिहे गरेको केही समयमै उनीहरुबीच खटपट सुरु भइहाल्यो । दैनिकजसो कलह भएपछि छुट्टिने निर्णय गरे, आपसी सम्झदारीमा । न्यायिक समिति क्षेत्राधिकारभित्र भने सम्बन्धबिच्छेदको मुद्दा पर्दैन । तर उजुरीकर्ता ‘नजिकको सरकारको’ शरणमा न्यायको आशा राखेर पुगेपछि न्यायिक समितिलाई त्यसलाई ‘मेलमिलाप’ प्रकृतिका आधारमा उजुरी […]

विदेशबाट फर्केर सामूहिक तरकारी खेती   

१३ भदौ, बागलुङ । सत्र वर्ष साउदी अरबमा कृषि क्षेत्रमा काम गरेर स्वदेश फकर्नुभएका बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ गिरौदीका जीतबहादुर रानामगर विदेश बसाइँबाट सन्तुष्ट भएनन् । त्यहाँ बस्दा कृषिको अनुभव सङ्गाल्नुभएका उहाँ विगत आठ वर्षदेखि वृहतरूपमा तरकारी खेती गर्दै आइरहेका छन् । अहिले गलकोट तथा वडिगाड क्षेत्रको सफल तरकारी किसानको रुपमा परिचय बनाएका कृषक रानामगरलाई […]

कांग्रेसमा नागरिकता बहस : विदेशी बुहारीलाई ७ वर्षे समयसीमा नराखौं

१३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय कार्यसमितिमा बैवाहिक अंगिकृत नागरिकता बहसमा स्थान पाएको छ । तराई मधेसबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुले नागरिकताको विषयमा अन्तरिम संविधानको व्यवस्थामा अडिनसक्नुपर्ने बताएका छन् । नागरिकता विधेयक राज्य व्यवस्था समितिमा विचाराधीन छ । विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले अंगीकृत नागरिकता लिएको ६ महिनाभित्र अर्को देशको नागरिकता त्यागेको […]

गाई मृत भेटिएको घटना छानबिन गर्न राप्रपाको माग

१३ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सुर्खेतको कटकुवा भन्ने ठाउँमा २३ वटा गाई मृत भेटिएको घटनाको छानबिन गर्न माग गरेको छ । हिन्‍दूहरुको आस्था एवं राष्ट्रिय जनावर गाई यति ठूलो संख्यामा मृत भेटिनु दुखद, शंकास्पद र निन्दनीय भन्दै राप्रपाले तत्काल छानबिन गर्न माग गरेको हो । ‘यस घटनाको तत्काल छानबिन गर्न तथा यदि नियतवश […]

शेखरको जवाफ : कसैको दयामायाले यहाँसम्म आएको होइन

१३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विरासतमा राजनीति गरेको टिप्पणीप्रति चित्त दुखाएका छन् । उनले आफू पनि प्रजातान्त्रिक आन्दोलनमा लडेको र कसैको दयामायाले यहाँसम्म नआएको बताए । बिहीबार केन्द्रीय कार्यसमिति बैठकमा फरमुल्लाह मन्सुरले कोइरालाप्रति लक्षित गर्दै विरासतमा राजनीति गरेको टिप्पणी गरेका थिए । यसअघि पार्टी सभापति शेरहादुर देउवा स्वयंमले पनि यही […]

संसदीय समितिमा ‘मृत्युकालीन घोषणा’को चर्चा

१३ भदौ, काठमाडौं । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियोको आधारमा सञ्चारकर्मी रवि लामिछानेसहित ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहनको अभियोग लाग्यो । यद्यपी पुडासैनीले आत्महत्याअघि रेकर्ड गरेको उक्त भिडियोलाई मृत्युकालीन घोषणा मान्ने या नमान्ने भन्ने विषयको निरुपण अदालतबाट भइसकेको छैन । मृत्युकालीन घोषणा केलाई मान्ने भन्ने विषय बहसमै रहेका बेला प्रतिनिधिसभाको कानुन, न्याय तथा […]

नेपालको प्रस्तावमा भारत र पाकिस्तान सहमत, सार्क विदेशमन्त्रीस्तरीय बैठक न्युयोर्कमा बस्ने

१३ भदौ,काठमाडौं । जम्मू कश्मीर प्रकरणले भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का बैठक बस्ने भएको छ । संयुक्त राष्ट्रसंघको महासभाकै बेला न्युयोर्कमा सार्क विदेशमन्त्रीस्तरीय बैठक बस्ने नेपालको प्रस्ताव दुवै देशले स्वीकार गरेका हुन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सार्क विदेशमन्त्रीस्तरीय बैठक बस्नका लागि कूटनीतिक पहल गरेका थिए । उनले […]

अदालतले रोक्यो उर्लाबारी नगरपालिकाको काम, सेवाग्राहीमा रुवाबासी

१३ भदौ, बिराटनगर । मोरङको उर्लाबारी नगरपालिकामा १८ दिनदेखि सेवा प्रवाह ठप्प छ । मेयर र उपमेयरको झगडा चर्कंदै जाँदा उच्च अदालत बिराटनगरको आदेशपछि नगरपालिकाको सेवा प्रवाह रोकिएको हो । कांग्रेसबाट निर्वाचित मेयर खड्ग फागो र नेकपाबाट निर्वाचित उपमेयर लक्ष्मीदेवी भण्डारीबीचको विवादका कारण १८ दिनदेखि काम ठप्प हुँदा सेवाग्राहीहरु मारमा परेका छन् । सेवाग्राहीसँग शुल्क […]

बिहेको आवरणमा नेपाली युवतीको चीनमा तस्करी, १० जना पक्राउ

१३ भदौ, काठमाडौं । नेपाली युवतीलाई विवाहको प्रलोभनमा चीनमा तस्करी गर्ने गिरोह पक्राउ परेको छ । प्रहरीको मानव बेचबिखनविरुद्धको ब्युरोले ४ जना पीडित महिलाको उद्धार गरेको हो भने ६ नेपाली र ४ जना चिनियाँ नागरिक गरी १० जनालाई पक्राउ गरेको हो । ब्युरोका प्रमुख एसएसपी ईश्वर कार्कीका अनुसार पक्राउ पर्ने नेपाली नागरिकमा सिन्धुपाल्चोककी रिना तामाङ […]

अनेरास्ववियूको केन्द्रीय समिति ३३५ सदस्यीय हुने

१३ भाद्र ,काठमाडौं । भाद्र मसान्तसम्म एकता प्रक्रिया टुङ्गो लगाउने तयारीमा रहेको सत्तारूढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ । एकतामा साविक एमाले निकट अनेरास्ववियुबाट १८० जना र साविक माओवादी केन्द्रको अनेरास्ववियू(क्रान्तिकारी ) बाट १५५ जना रहनेछन् । यसैगरी एकीकृत संगठनको नेपाली नाम अनेरास्ववियू रहने र अंग्रेजी नाम […]

नेकपाको आन्तरिक सर्कुलर – पार्टी नीति र नेतृत्वविरुद्ध नबोल्नू

१३ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै अब देशब्यापी विशेष अभियान सञ्चालन गर्ने भएको छ । पार्टी सदस्यहरुलाई केन्द्रीय कार्यालयबाट पठाइएको अन्तरपार्टी निर्देशनमा चाँडै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आयोजना गरिने उल्लेख छ । अन्तरपार्टी निर्देशनमा भनिएको छ, ‘अब पार्टीले समस्त नेता, कार्यकर्ता एवं सदस्यहरुलाई […]

नगर प्रमुखको विरोध प्रदर्शनलाई लिएर राजपा पर्सामा विवाद

१३ भदौ, वीरगञ्ज । वीरगञ्जमा नगर प्रमुखको विरोधमा प्रदर्शन गरेपछि राष्ट्रिय जनता पार्टी पर्सा भित्रको किचलो बाहिरिएको छ । विरोध प्रदर्शन पार्टीको आधिकारिक नभएको भनी अध्यक्ष मण्डलका पर्सा संयोजक जगदिश पटेलले विज्ञप्ती जारी गरेपछि आन्तरिक किचलो बाहिरिएको हो । बुधबार राजपा वीरगञ्ज महानगरपालिका कमिटिले वीरगञ्जमा वेथिति, अनियमितता र भ्रष्टाचार बढेको भन्दै नगर प्रमुखको विरोधमा प्रदर्शन […]

गाई मारेको अभियोगमा एक पक्राउ

१३ भदौ, काठमाडौं । भक्तपुरको चाँगुनारायणबाट प्रहरीले गाई मारेको अभियोगमा एक जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा  चाँगुनारायण नगरपालिका-७ बागेश्‍वरी महादेवस्थान बस्ने सिन्धुपाल्चोक घर भएका २५ वर्षीय चिरन पुरी रहका छन् । मादक पदार्थ सेवन गरेका पुरीले फार्ममा रहेका ४ वटा गाईमध्ये १ वटा गाईलाई विहीबार राति दाउराको चिर्पट र कोदालोले प्रहार गरेर […]



from समाचार – Online Khabar https://ift.tt/2PvJGdo
via IFTTT
Powered by Blogger.