समाचार
११ भदौ, काठमाडौं । प्रहरीले तुर्किस्तान पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापका ३४ वर्षीय हर्कबहादुर तामाङ छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी सुशील सिंह राठौरका अनुसार तामाङलाई बुधबार जोरपाटी क्षेत्रबाट पक्राउ गरिएको हो । उनी गाडी चालक हुन् । ‘उनले भोजपुरका उमेशकुमार तामाङलाई तुर्किस्तानमा सेक्यूरिटी गार्डमा […]
११ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सनातन धर्म र संस्कृतिमाथि योजनाबद्ध र सांगठनिक रुपले आक्रमण भइरहेको बताएका छन् । हरितालिका तीजको अवसरमा पार्टीको महिला संगठनले बुधबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले केही बर्षदेखि निरन्तर रुपमा धर्म र संस्कृतिमाथि प्रहार भइरहेको बताएका हुन् । धर्म, संस्कृति र परम्पराको आधारमा एकतावद्ध भएको […]
११ भदौ, डोटी । ‘डा गोविन्द के.सी आज सिलगढीमा हुनुहुन्छ ।’ स्थानीय शिक्षक हिक्मत शाहीले मंगलबार साँझ करिब ६ बजेतिर सामाजिक सञ्जाल फेसबुकमा यस्तो खबर सार्वजनिक गर्दा पत्याएनन्, धेरैले । स्वास्थ्यको क्षेत्रमा सुधार ल्याउन ‘अनसन मास्टर’का रुपमा चिनिएका चर्चित व्यक्तित्व जिल्लामा आउँदा कसैलाई कुनै सुइको पनि नहोला र ? धेरैको आशंका मनमा थियो । तर, […]
११ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भदौ महिनाभित्र सबै जिल्लामा प्रशिक्षण सक्ने गरी अभियान सुरु गरेको छ । साउन अन्तिम साता काभ्रेको धुलिखेलमा केन्द्रीय प्रशिक्षक प्रशिक्षणमा सहभागी केन्द्रीय प्रशिक्षकहरु अहिले जिल्ला स्तरीय प्रशिक्षणको निमित्त विभिन्न जिल्लामा खटिएका छन् । अहिलेसम्म मोरङ, स्याङ्जा र धनकुटामा प्रशिक्षण सम्पन्न भइसकेको र भदौ दोस्रो साताभित्र गोरखा, लमजुङ, झापा, […]
११ भाद्र, विराटनगर । प्रदेश–१ को प्रदेशसभा बैठकले प्रदेश स्वायत्त संस्था गठन सम्बन्धमा बनेको विधेयक २०७६ पारित गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रतिवेदनसहितको पेश गरेको उक्त विधेयक प्रदेश सभाको बुधबार बसेको बैठकले सर्बसम्वत पारित गरेको हो । प्रदेश सभा बैठकले प्रदेश स्वायत्त संस्था गठन सम्बन्धकमा बनेको विधेयक २०७६ लाई दफावार छलफलमा […]
११ भदौ, काठमाडौं । संसदको राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले नागरिकता विधेयकको प्रतिवेदन मूल समितिमा पेस गरेको छ । तर, विवादका मुख्य विषय थाती राखिएका छन् । राज्य व्यवस्था समितिमा विचाराधीन नागरिकता विधेयकमा मिल्न नसकेका विवादका मुख्य विषय हुन्, – बैवाहिक अंगीकृत नागरिकताको प्रावधान र नागरिकता प्रमाणपत्र वितरण टोली खटाउन सक्ने व्यवस्था । यी दुबै […]
११ भदौ, वीरगञ्ज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले बुधबार वीरगञ्ज महानगरपालिकाका मेयर र जनप्रतिनिधिविरुद्ध प्रदर्शन गरेका छन् । राजपाको नगरस्तरीय समितिले मेयर विजय सरावगीले चुनाव जितेलगत्तै महानगरपालिकाबाट सेवा सुविधा नलिने घोषणा गरे पनि त्यसो नगरेको भन्दै आलोचना ग¥यो । लिदिन भन्दा भन्दै लिए मेयरले करोडौंको कार विर्से यिनले आफ्नो विचार आज होइन भोलि गर्छु […]
११ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कर्मचारी सरुवा गरेको छ । यसपटक ९औं तहको उप प्रवन्धक, ८ औं तहको सहायक प्रवन्धक र ७ औं तहको इञ्जिनियरहरुको सरुवा भएको छ । एकैपटक ८५ जना अधिकारीहरु सरुवामा परेका छन् । प्राधिकरणले अधिकांश वितरण केन्द्र प्रमुखहरुको सरुवा गरेको हो। प्राधिकरणले चुहावट नियन्त्रण र सेवा सुधारलाई आधार बनाएर […]
११ भदौ, भक्तपुर । भक्तपुरमा नेवार समुदायले मंगलबार पञ्चदान पर्व मनाएका छन् । हरेक वर्ष भाद्र कृष्ण त्रयोदशी अर्थात गुँलागा त्रयोदशीमा वौद्ध धर्मावलम्बी नेवार समुदायले पञ्चदान पर्व मनाउँछन् । यो दिनमा अन्न, गेडागुडी फलफूल सख्खर पानी (सर्वत) र औषधीको दान गरिन्छ । भक्तपुरका विभिन्न पाँच टोलमा रहेका दिपंकर बुद्धको पूजा गरेर र दान दिएर पञ्चदान […]
११ भदौ, बिराटनगर । प्रदेश १ मा एक उपमहानगरपालिका सहित ९ स्थानमा उपनिर्वाचनको तयारी भइरहेको छ । निर्वाचन आयोगले मंसिर १४ गते उपनिर्वाचनको मिति तोकेपछि तीन स्थानीय तहका प्रमुख र ६ वडामा उपनिर्वाचनको तयारी सुरु भएको हो । प्रदेश १ मा सुनसरीको धरान उपमहानगरपालिका प्रमुख, पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष र संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष पद […]
११ भदौ, भक्तपुर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले डेढ वर्षसम्म पनि संघीय कानून नबन्दा संघीयता कार्यान्वयनमा जटिला देखिएको बताएका छन् । रफत सञ्चार क्लबमा बुधबार आयोजित साक्षात्कार मुख्यमन्त्री शाहीले डेढ वर्षसम्म पनि संघीय कानूनले पूर्णता पाउन नसक्दा संबैधानिक प्रश्न उब्जिएकाले संघीय, प्रदेश र स्थानीय सरकारबीच दूरी बढेको बताए । मुख्यमन्त्री शाहीले कर सम्बन्धमा पनि […]
११ भदौ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्ने गरेको गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेको छ । बानेश्वर क्षेत्रमा जथाभावी पार्किङ गरेर राखेका सवारी साधानहरुमा प्रहरीले ह्वील लक लगाएको थियो । त्ययसक्रममा पार्किङ निषेधित गरिएको फुटपाथमा रोकिराखेको महासेठ चढ्ने गरेको बा २ झ ४८६२ नम्बरको झण्डावाला गाडी पनि कारबाहीमा पर्यो । ट्राफिक […]
११ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संविधान दिवस भव्यताका साथ मनाउनका लागि आ आफ्नो स्थानबाट योगदान दिन सबैलाई आग्रह गरेका छन् । संविधान दिवस मूल समारोह समिति अन्तर्गतको प्रचार प्रशार उपसिमितिले बुधबार सञ्चार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा उनले सरकारले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक विदा दिएको भन्दै सबैको अर्थपूर्ण […]
११ भदौ, काठमाडौं । दूधको मूल्य बढाउन गठित कार्यदलको सिफारिसमा प्रधानमन्त्रीको चासोपछि नयाँ मूल्य निर्धारण रोकिएको छ । भदौ १ गतेबाटै लागू हुने गरी दूधको मूल्य बढाउने तयारी कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालको थियो । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि अहिले सिंगापुरमा छन् । उनी नफर्किउञ्जेल यस विषयमा नयाँ निर्णय नहुने स्रोतले बतायो […]
११ भदौ । आफ्नै गाडीमा हुइकिने सपना देख्नेहरुको जमात नेपालमा दिनानुदिन बढिरहेको छ । केही वर्षअघिसम्म शहरमा बस्ने सम्भ्रान्त बर्गको मात्रै पहुँचमा रहेको निजी कारको सपना आजकाल मध्यमवर्गका नेपालीले पनि देख्न थालेका छन् । केही वर्षदेखि मोटरसाइकलबाट कारमा उक्लिनेहरुको संख्या बढिरहेको विभिन्न तथ्यांकले देखाउँछन् । यसको प्रमुख कारण अटो लोन नै हो भने अर्को कारण […]
११ भदौ, गुल्मी । अपराध नियन्त्रण गर्नको लागि भन्दै गुल्मीको सदरमुकाम तम्घास बजारमा सीसी टिभी क्यामरा जडान गरिएको छ । जिल्ला सदरमुकाम तम्घास बजारका अति संवेदनशील स्थानमा सीसी टिभी जडान गरिएको हो । जडान गरिएका सीसी टिभी क्यामराको प्रदेश ५ का मुख्यन्त्री शंकर पोखरेलले नियन्त्रण कक्षको उद्घाटन गरेका हुन् । प्रदेश ५ आन्तरिक मामिला तथा […]
११ भदौ, काठमाडौं । कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको महाधिवेशन आगामी मंसिर २८ र २९ गते हुने भएको छ । युनियनको पदाधिकारीको बैठकले मंसिर २८ र २९ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो । जिल्ला अधिवेशन भदौ महिनाभित्र सक्ने र मंसिर अन्तिममा केन्द्रीय महाधिवेशन गर्ने निर्णय पदाधिकारी बैठकले गरेको प्रेस युनियनका महासचिव […]
११ भदौ, बुटवल । लुम्बिनी बौद्ध विश्व विद्यालयले बुटवलमा स्नातकोत्तर तहमा कानुन र ट्राभल्स एण्ड टुरिज्मका कक्षा सञ्चालन गर्न थालेकोमा समाजवादी पार्टीले विरोध जनाएको छ। केन्द्रीय क्याम्पस रहेको लुम्बिनीमै कक्षा सञ्चालन गर्न माग गर्दै समाजवादी पार्टी लुम्बिनी सांस्कृतिक नगर कमिटीले लुम्बिनी बौद्ध विश्व विद्यालयको उक्त कदम तत्काल सच्याउन माग गरेको छ । बौद्ध दर्शन र […]
११ भदौ, काठमाडौं । नेपाल एयरलाइन्सले पहिलो पटक जापानका लागि सिधा उडान थाल्दैछ । त्रिभुवन विमानस्थलबाट करीव साढे ६ घण्टाको उडानमार्फत ओशाकास्थित कान्साई विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्नेछ । निगमका उपमहाप्रबन्धक गणेशबहादुर चन्दका अनुसार राति २ः३० बजे हुने पहिलो उडानमा करिब ९० यात्रु सहभागी हुँदैछन् । यात्रु संख्या बुधबार बेलुकासम्म तय हुनेछ । साथमा […]
११ भदौ, काठमाडौं । अर्धभूमिगत नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले पोलिटब्युरो सदस्य गोविन्दसिंह थापालाई साधारण सदस्यसमेत नरहने गरी निश्कासन गरेको छ । भदौ ५ गते बसेको पोलिटब्युरो बैठकले थापालाई निश्कासन गरेको हो । हाँक साप्ताहिकका संस्थापक प्रधानसम्पादकसमेत रहेका थापा मसालका महामन्त्री मोहनविक्रम सिंहका मामा हुन् । मसालमा मात्र होइन, कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले समेत थापालाई ‘मामा’ […]
११ भदौ, काठमाडौं । सांसदहरुले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा राजनीतिक नियुक्ति गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गर्दै सांसदहरुले राखेप सदस्य सचिवमा राजनीतिक नियुक्ति गर्न नहुने बताएका हुन् । नेकपा सांसद सूर्यप्रसाद पाठकले सदस्य सचिव नियुक्तिका लागि कुनै पार्टीको सदस्य […]
from समाचार – Online Khabar https://ift.tt/2zmTV95
via IFTTT