समाचार
१० भदौ, काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले भन्सार लछी ल्याएको कपडा बरामद गरेको छ । प्रहरी टोलीले सोमबार राति चेकजाँचका क्रममा बेवारिसे अवस्थामा अबैधरुपमा ल्याएको १ लाख १७ हजार ६ सय रुपैयाँ बराबरको कपडा बरामल गरेको हो । बरामद गरिएको सर्ट १७३ पिस , लेडिज कुर्था ३० पिस, टप्स २१ पिस, सुरुवाल ५० सेट, […]
१० भदौ, काठमाडौं । प्रदेश ३ को यातायात व्यवस्था सेवा कार्यालयले प्रदेशका १३ जिल्लाका सर्वसाधारणलाई सवारीसाधन चालक अनुमतिपत्र प्राप्त गर्नका लागि आगामी असोजको अन्तिम सातामा अनलाइन निवेदन खुला गर्ने तयारी गरेको छ । भौतिक पूर्वाधार निर्माणका लागि अहिले हेटौँडामा प्रहरी ट्रायल सेन्टरको निर्माणकार्यको थालनी भइरहेको र कार्यालयमा आवश्यक प्रविधिको जडान गर्ने कार्य पनि सञ्चालनमा रहेको […]
१० भदौ, काठमाडौं । निरन्तर उकालो लाग्दै आइरहेको सुनको मूल्यमा मंगलबार नौ सय रुपैयाँले गिरावट आएको छ । सोमबार प्रतितोला एक हजार रुपैयाँले बढेर ७३ हजार ५ सय पुगेको छापावाल सुनको मूल्य मंगलबार ७२ हजार ६ सय रुपैयाँमा कारोबार खुलेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै सोमबार ७३ हजार २ सय पुगेको तेजावी […]
१० भदौ, इनरुवा । कोशीबाट पीडित भएकाहरुले क्षतिपूर्तिको माग गर्दै ११ दिनदेखि कोशी ब्यारेजमा अनशन जारी राखेका छन् । कोशी नदी कटान डुबान संघर्ष समितिले आफ्ना तीन सूत्रीय माग राख्दै कोशी ब्यारेजमा रिले अनशन जारी राखेको संघर्ष समितिका अध्यक्ष महिदेव चौधरीले बताए । कोशी ब्यारेज निर्माण भएका बेला सन् १९५४ मा भारत र नेपाल सरकारका […]
१० भदौ, काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश २ का अध्यक्ष प्रभु साहको राजीनामा अस्वीकृत गरेको छ । काम गर्न असहयोग भएको भन्दै साहले केही दिनअघि अध्यक्ष प्रचण्डसमक्ष बुझाएको राजीनामा अस्वीकृत भएको हो । नेकपाको सचिवालय बैठकले साहको राजीनामामाथि छलफल गर्दै उनलाई काममा फर्किन निर्देशन दिएको महासचिव विष्णु पौडेलले जानकारी दिए […]
१० भदौ, वीरगञ्ज । छतबाट लडेर वीरगञ्जमा एक भारतीय कामदारको मृत्यु भएको छ । भारतको बेतिया मझबलियाका २२ वर्षीय नजरे आलमको काम गर्ने क्रममा छतबाट लडेर ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार, दुर्गा पल्पस फ्याक्ट्रिमा डकर्मीको काम गर्ने क्रममा आलम सोमबार अपराह्न २ तले भवनबाट लडेका थिए । घाइते उनलाई उपचारका लागि […]
१० भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारकै कारण देशमा भ्रष्टाचार बढेको आरोप लगाएका छन् । सरकारको अलोकप्रिय कदमकै कारण यसले नागरिकको भरोसा गुमाउँदै गएको दाबी पनि उनले गरे । ‘भ्रष्टाचार नियन्त्रण हुन दिन्नौं भनेर सरकारले भने पनि सरकारकै कारण दिनदिनै ठुल्ठूला भ्रष्टाचारका घटना बाहिर आइरहेका छन्’, नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी […]
१० भदौ, हुम्ला । नेपाल खाद्य संस्थान, सिमकोटमा पुग्नुपर्ने पाँच हजार ५०० क्विन्टल चालम केरुङ नाकाबाट झण्डै एक वर्ष लागेको छ । काठमाडौं, केरुङ, हिल्सा हुँदै याल्वाङ वितरण केन्द्र र सिमकोट डिपोका लागि आर्थिक वर्ष ०७५–७६ मा आइपुग्नुपर्ने पाँच हजार ५०० क्विन्टल चामल स्थलमार्गबाट हुम्ला पुग्न एक वर्ष लागेको छ । काठमाडौं, केरुङ हुँदै हिल्सादेखि […]
१० भदौ, काठमाडौं । ट्रक ठोक्किएर क्षतिग्रस्त बनेको पूर्व–पश्चिम राजमार्गको नवलपरासीको अरुणखोला पुल मर्मतपछि पुलबाटै गाडी गुड्न थालेका छन् । गत साउन २९ गते ट्रक ठोक्किँदा पुल एकको स्थानमा करीब डेढमिटर लच्किएको थियो । मर्मत सम्पन्न भएपछि पूर्णरूपमा यातायात पुलबाटै सञ्चालन गरिएको हो । पुल मर्मतको काम पूर्ण रूपमा सम्पन्न भएसँगै गएरातिबाट दुईतर्फी रूपमा यातायात […]
१० भदौ, चितवन । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले राजनीतिमा आउने संकेत गरेका छन् । आफ्नो प्राथमिकता पत्रकारीता नै भएको बताउँदै उनले राजनीतिको विकल्प पनि खुला रहेको बताए । मंगलबार बिहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा राजनीतिमा आउने सम्भावनाबारे सोधिएका प्रश्नको उत्तर दिँदै उनले भने, ‘सम्भावनाको ढोकामा चुकुलमात्र लागेको छ, ताल्चा लागेको छैन ।’ यद्यपि उनले […]
१० भदौ, काठमाडौं । बाराको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादव नगरपालिकाको गाडी लिएर तीर्थाटनमा निस्किएका छन् । नगरपालिकाको स्वामित्वमा रहेको ना १ झ १६६२ नम्बरको सरकारी गाडी लिएर यादब आइतबार भारतको बाबाधामतर्फ लागेका हुन् । गत स्थानीय तह चुनावमा नेपाली कांग्रेसबाट विजयी यादवले आफूसँगै केही कार्यकर्तालाई समेत लिएर गएका छन् । उनको साथमा परिवारका […]
१० भदौ, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीर मामिलामा कुनै पनि हदसम्म जान सक्ने चेतावनी दिएका छन् । उनले सवा अर्ब जनसंख्या रहेका मुसलमानहरुले संयुक्त राष्ट्र संघले कश्मीरका जनतालाई मद्दत गर्छ कि गर्दैन भनेर हेरिरहेको पनि बताए । राष्ट्रलाई सम्बोधन गर्दै खानले भने, ‘यदि कश्मीर मुद्दाले लडाइँको रुप लियो भने याद रहोस् दुवै मुलुक […]
१० भदौ, काठमाडौं । रोमेलु लुकाकुले इन्टर मिलान क्लबमा आफ्नो डेब्यु खेलमा नै गोल गर्न सफल भएका छन् । इटालियन सिरि ए फुटबलमा मंगलबार बिहान भएको खेलमा लुकाकुले लिसी क्लबविरुद्ध डेब्यु खेलमा नै गोल गर्दै इन्टर मिलानलाई जित दिलाएका हुन् । इन्टर मिलानले लेसीलाई ४–० गोलअन्तरले पराजित गर्न सफल भयो । आफ्नो पहिलो खेलमा नै […]
९ भदौ, काठमाडौं । पूर्व सहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन दिएको अभियोगमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पाँच लाख धरौटीमा छुटेका छन् । सोमबार जिल्ला अदालत, चितवनमा थुनछेक बहस सकिएपछि न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले लामिछानेलाई ५ लाख , सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न आदेश […]
९ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो १४१ बुँदे कार्ययोजना सार्वजनिक गरे । यसमध्ये आन्तरिक उडानमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत हवाई भाडा छूट दिने घोषणाले तत्काल चर्चा पाएको छ । सरोकारवालासँग छलफल गरी तीन महिनाभित्र यो घोषणा कार्यान्वयन गराउने मन्त्री भट्टराईले बताएका छन् । ‘यसको कार्यान्वयनमा वायुसेवा कम्पनीको समेत […]
९ भदौ, सल्यान । त्रिवेणी गाउँपालिकाले स्थानीय पाठ्य पुस्तक तयार गरी पढाउन सुरु गरेको छ । गाउँपालिकाभित्रका सबै विद्यालयमा ‘मेरो त्रिवेणी’ नामक पाठ्यपुस्तक तयार गरी पढाउन सुरु गरिएको हो । गाउँपालिकाले पाठ्यक्रममा स्थानीय संस्कृति, भाषा, जनजीवन, इतिहास, भूगोल आदि विषय समेटेर पाठ्यपुस्तक तयार गरेको जनाएको छ । गाउँपालिकाभित्र रहेका विभिन्न पक्ष विद्यार्थीलाई जानकारी दिने उद्देश्यले पाठ्क्रम […]
९ भदौ, काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई एक हप्ताभित्र पूँजीगत लाभकर तिर्न ठूला करदाता कार्यालयले गत वैशाखमा गरेको निर्णय सर्वोच्चले बदर गरिदिएको छ । सोमबार सर्वोच्चको बृहत पूर्ण इजलासले एनसेललाई लाभकर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ निर्धारण गर्दै एक हप्ताभित्र बुझाउन पत्रचार गर्ने ठूला करदाता कार्यालयको […]
९ भदौ, जनकपुरधाम । सप्तरीकी सालिनी यादवलाई भारतको आन्ध्र प्रदेशको श्रीकाकुलमस्थित आदित्य इन्स्टिच्यूट अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्टमा इन्जिनियरिङ पढ्न छात्रवृत्ति पाएको भन्दै लगातार फोन आइरह्यो । ‘इन्जिनियरिङ् अध्ययनका लागि तपाईंले छात्रबृत्ति पाइसक्नुभएको छ,’ ‘सोमबार नै आन्ध्र प्रदेश पुग्ने रेलको टिकट फिक्स भइसकेको छ । अबिलम्ब तयार भएर आउनुहोला ।’ आफूलाई कलेजको प्रतिनिधि बताउने राहुल चौधरीको […]
९ भदौ, काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले नेपाली समाजको गति र उन्मुखता मापन गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार बसेको समिति बैठकले नेपाली समाज कुन दिशातर्फ अगाडि बढेको छ त्यसको अध्ययन गर्नुपर्ने बताएको छ । ‘सामाजिक अपराधका घटनाहरु, महिला माथिका हिंसाहरु, आत्महत्याको बढ्दो दर, बैदेशिक रोजगारीले पारिपारिक एवं सम्बन्धमा पारेको प्रभावलगायतका विषयवस्तुले […]
९ भदौ, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएपछि काठमाडौंमा समर्थकले खुशीयाली मनाएका छन् । नयाँ बानेश्वरमा भेला भएका समर्थकले अविर दलादल गरेर खुशी साटेका हुन् । सोमबार साँझ जिल्ला अदालत, चितवनले लामिछानेलाई ५ लाख, सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता […]
९ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका नायव सुब्बा मिथिलेश्वर ठाकुर विरूद्ध सेवाग्राहीसँग घुसलिएको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ । जग्गाधनीको स्रेस्ताबाट जग्गाको मोहीको लगत कट्टा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिएको प्रमाण भेटिएपछि नायव सुब्बा ठाकुर विरुद्ध सोमबार मुद्धा दायर गरिएको आयोगका […]
from समाचार – Online Khabar https://ift.tt/2NFuzLI
via IFTTT