समाचार
१० भदौ, काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले विश्वविद्यालय र प्रतिष्ठानहरुमा सरकारले गठन गरेका जाँचबुझ आयोग तथा समितिले दोषी ठहर गरेका व्यक्तिलाई नियुक्त नगर्न माग गरेका छन् । डा केसीले मंगलबार विज्ञप्ति प्रकाशित गरी दलीय भागबण्डामा नभइ योग्यता र बरिष्ठताका आधारमा नियुक्त गर्नु पर्ने भन्दै दोषी ठहर भएका व्यक्तिलाई नियुक्त नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन् […]
१० भदौ , बागलुङ । गलकोट नगरपालिका–९ छिसका ७८ वर्षीय चन्द्रबहादुर रामजालीसँग बासको नाममा खरको झुपडी थियो । के खाने के लाउने चिन्ताले उसैगरी सताउँथ्यो । न सम्पत्ति न कमाइ । सामाजिक सुरक्षा भत्ताको भरमा गर्जो टर्थ्यो । रामजाली र उनकी श्रीमती ८० वर्षीया सरस्वतीको जीवन यसरी नै गुज्रदै थियो । वृद्ध अवस्थामा पुगेको रामजाली […]
१० भदौ, काठमाडौं । पूर्वसहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने ५ लाख धरौटीमा छुटे । अर्का अभियुक्त युवराज कँडेल ३ लाख र अस्मिता भनिने रुकु कार्की साधारण तारेखमा छुटे । तर, मुद्दा अझै टुंगिएको छैन । धरौटीमा छुटेका रवि ‘धन्यवाद सभा’ तिर लागेका छन् । जिल्ला […]
१० भदौ, विराटनगर । प्रदेश १ को मंगलबार बसेको प्रदेशसभा बैठकबाट प्रदेश लोकसेवा आयोग विधेयक पारित भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेशसभा बैठकमा पेश गरेको प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ लाई मंगलबार बसेको बैठकले सर्वसम्मतले परित गरेको हो । प्रदेश लोकसेवा […]
१० भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटीको अध्यक्ष पदका लागि तत्कालिन अध्यक्ष जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाल ओलम्पिक कमिटीको चुनाव यही भदौ २० गते हुदैछ । निर्वाचन समितिले तोकेको उम्मेदवारी दर्ताको समयमा मंगलबार जीवनराम र उमेशलालले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ताका लागि मंगलबार विहान १० देखि […]
१० भदौ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक गरेकोमा आपत्ति जनाएको छ । सरकारले हालै मात्र मन्त्रिपरिषद् बैठक सञ्चालन कार्यविधि संशोधन गरेर प्रधानमन्त्री देश बाहिर रहँदा भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक बस्न सक्ने व्यवस्था गरेको थियो । त्यसअनुसार प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा रहेका बेला सोमबार भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक बसेको थियो […]
१० भदौ, वीरगञ्ज । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीयता र गणतन्त्रमा चारैतिरबाट ग्रहण लागि रहेको बताएका छन् । उनले संघीयता र गणतन्त्रलाई समाप्त पारेर पुरानै व्यवस्थामा लैजानेहरुको सक्रियता बढेको बताए । वीरगञ्जमा नव निर्मित बस टर्मिनलको मंगलबार उद्घाटन गर्दै उप प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका यादवले अधिकार प्राप्तीको आन्दोलनसँगै प्राप्त अधिकारको […]
१० भदौ, काठमाडौं– उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले महिला सांसदहरुलाई इतिहासमा स्मरण हुने गरी भूमिका वृद्धि गर्न आग्रह गरेकी छन् । संसद सचिवालयले मंगलबार गरेको संसदीय अभ्याससम्बन्धी अन्तर्क्रिया कार्यक्रममा उनले महिला सांसदहरुले आफ्नो भूमिका बढाउन जरुरी रहेको बताएकी हुन् । ‘संसदमा महिला माननीयहरुको भूमिका धेरै राम्रो छ, तर अझै वृद्धि गर्न जरुरी छ । यसरी भूमिका […]
१० भदौ, डोटी । डोटी बडीकेदार गाउँपालिका–२, छेडा गाउँका ७० बर्षका चक्र मटेली २०५९ साल बैशाख १९ गते आफ्नो गाउँमा भएको नरसंहार सम्झदै आङ सिरिङ्ग पार्छन् । हात, मुख र घाँटीमा सेनाले चलाएको गोली लागेका चक्र भन्छन् ‘हामीलाई सेनाले लाइन लगायो र गोली हान्यो, त्यसपछि के भयो थाह भएन ।’ सेनाले सबै मरे भन्ने सोचेकामा […]
१० भदौ, काठमाडौं । मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका दुईजना फरार भएका छन् । रामेछापको लिखु तामाकोशी-१ घर भइ टेकु बस्ने रविन नेपाली र मोटरसाइकल खरिदकर्ता भीमबहादुर सुनुवार फरार भएका हुन् । प्रहरीका अनुसार ४ भदौमा सितापाइलाबाट प्रकाश तामाङको लु५२प ८५०५ नम्बरको मोटरसाइकल चोरीमा संलग्न भएको देखिएपछि उनीहरुलाई बुटवलबाट पक्राउ गरेको थियो । […]
१० जेठ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जबरजस्तीकरणी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं-१८ का सुमन खड्का छन् । उनलाई क्षेत्रपाटीबाट पक्राउ गरेर फैसला कार्यान्वनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको हो । ब्युरोका एसपी दिपक रेग्मीका अनुसार, खड्कालाई उच्च अदालत, पाटनले २०७१ सालमा ४ वर्ष ५ […]
१० भदौ, काठमाडौं । कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिका अन्तरगत बाग्मती नदीको किनाराका बासिन्दाले खोलामा परेको जग्गाको उचित मुआब्जा नपाएसम्म बाग्मती सौन्दर्यकरणको काम अघि बढाउन नदिने भन्दै काम रोकेको चार महिना पुगिसकेको छ । स्थानीय जग्गावालहरुले अहिले बाग्मती सौन्र्दयकरणको काम रोकिराखेका छन् । यसवीचमा उनीहरुले नगरपालिकामा समेत धर्ना दिएका थिए । यसअघि गत फागुनमा पनि […]
१० साउन, बुटवल । पर्यटन विकासकाबारेमा संघीय सरकारको एक वर्षे कार्य योजनामा वुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा दर्जन बढी योजना परेपछि यहाँका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलबार सार्वजनिक गरेका १ सय ४१ योजनामा लुम्बिनीलाई प्राथमिकतामा राखिएको भन्दै लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीहरुले उक्त कार्य योजना स्वागत योग्य […]
१० भदौ, काठमाडौँ । कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि कलिला विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब ५० हजार रुपैयाँसम्म जरिवाना हुनेभएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा ८ ले त्यसरी विद्यालय बन्द गराउने व्यक्ति वा संस्थालाई कानूनी कारवाहीको व्यवस्था गरेको छ । ऐन जारीपछि पनि विभिन्न समयमा विद्यालयमा […]
१० भदौ, काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरु नै लागेर सरकारले देशव्यापीरुपमा विद्यार्थी भर्ना अभियान चलाए पनि वीचैमा पढाइ छाड्ने विद्यार्थीहरुबारेे न सरकारले ध्यान दिएको छ, न त अन्य सरोकारवालाहरुले नै । सरकारी तथ्यांकअनुसार विद्यालयमा भर्ना भएका विद्यार्थीहरुले विभिन्न कारणले वीचैमा पढाइ छाड्ने गरेका छन् । विद्यालयको अवस्थामा सुधार हुँदै आएको र बीचैमा पढाइ छाड्नेहरुको संख्यामा […]
१० भदौ, काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति अन्तरगतको उपसमिति बैवाहिक अंगीकृत नागरिकताबारे सहमति जुटाउन असफल भएको छ । सांसद विजय सुब्बा नेतृत्वको सममितिले बैबाहिक अंगितृकसँगै नागरिकता वितरण टोली खटाउने विषयमा सहमति जुटाउन नसकेको हो । नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था समितिमा विचाराधीन छ, जसमा नेपाल पुरुषसँग विवाह गर्ने […]
१० भदौ, गुल्मी । प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले सबैले दिपावली गर्ने गरी प्रदेशको नामाङ्कन र राजधानीको टुङ्गो लगाउने बताएका छन् । मुख्यमन्त्री पोखरेलले आपसी सहमतिमा प्रदेशको नामाङ्कन गरी विवाद रहित स्थानमा प्रदेशको राजधानी टुङ्गो लगाउने बताए । गुल्मीको सदरमुकाम तम्घासमा मंगलवार आयोजित पत्रकार भेटघाटमा मन्त्री पोखरेलले उपयुक्त स्थानबारे विज्ञहरुले अध्ययन गरिरहेकाले प्रदेशको राजधानी यसै […]
१० भदौ, काठमाडौं । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै गाउँ-गाउँमा सिंहदरबार पुगेको चर्चा चल्यो । तर, काठमाडौंको जोरपाटी-सुन्दरीजल सडकखण्डमा भने अहिलेसम्म सिंहदरबार पुग्न सकेको छैन । यो सडकको दुरावस्थाको जिम्मेवार नगरपालिका नभएर सिंहदरबार अर्थात संघीय सरकार नै रहेको स्थानीय जनप्रतिनिधिको भनाइ छ । ‘यो अशंबण्डा गरिएको सडक हो, अशंबण्डा गर्दा जोरपाटी-सुन्दरीजल सडक संघमा पर्यो, स्थानीय तहलाई […]
१० भदौ, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको मंगलबार बोलाइएको बैठक गणपूरक संख्या (कोरम) नपुगेर स्थगित भएको छ । नागरिकतासम्बन्धी विधेयकमा रहेका विवाद समाधान गर्न गठित उपसमितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको बैठक कोरम नपुगेर स्थगित भएको हो । मंगलबार दिउँसो १ बजे बोलाइएको बैठकमा धेरै सांसदहरु आएनन् । आएका केही सांसदहरु पनि बैठक बस्ने […]
१० भदौ, नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका–१ भाल्चेका सरोज घलेलाई सोमबार विद्यालयबाट फर्कदै गर्दा खोलाले बगाएर बेपत्ता बनाएको छ । फिकुरीस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक महानन्द यादवका अनुसार सोमबार किस्पाङ–३ स्थित होलिभिजन पब्लिक बोर्डिङमा अध्ययनरत ९ वर्षीय घलेलाई जानगन्दो खोलाले बगाएकामा खोजी गरिए पनि मंगलबार बिहानसम्म फेला पार्न सकिएको थिएन । विद्यालयबाट फर्केका तीनमध्ये […]
१० भदौ, काठमाडौं । नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालको आयोजनामा मंगलबारबाट नाडा अटो शो-२०१९ सुरु भएको छ । सवारी साधन, पार्टपुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरु सहभागी मेला आगामी भदौ १५ गतसम्म चल्नेछ । अर्थमन्त्री युवराज खतिवडाले मेलाको उद्घाटन गरे । यो नाडाको १४औं संस्करण हो । प्रदर्शनी काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा […]
from समाचार – Online Khabar https://ift.tt/2ZyWy6c
via IFTTT