समाचार
१२ भदौ, काठमाडौं । केही दिनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट यात्रा गर्नुभएको छ भने तपाईंले पहिलेको तुलनामा लामो लाइनमा बस्नुपर्यो होला । साविकमा बोर्डिङ पास लिइसकेपछि प्रहरीले सामान्य चेकजाँच गरेर उडानका लागि अनुमति दिइन्थ्यो । त्यसैले प्रतिक्षा हलमा छिर्न धेरै लामो लाइन बस्नु पर्दैनथ्यो । अहिले विमानस्थल व्यवस्थापनले आन्तरिक टर्मिनलमा पनि सुरक्षा प्रवन्ध कडा […]
१२ भदौ, बुटवल । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले नेपाली संस्कृति र चाडपर्वहरु अपहरण भइरहेको बताएका छन् । बुटवलमा विहीबार आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री बरालले पश्चिमा संस्कृतिलाई बढी महत्व र स्थान दिने पछिल्लो शैलीले नेपाली मौलिक पर्वहरु विस्तारै लोप हुने अवस्थामा पुगेको बताए । उनी भन्छन् ‘हाम्रा मौलिक संस्कृति र चाडपर्वहरु मौलिक […]
१२ भदौ, बुटवल । मालपोत कार्यालय बुटवलका एक जना खरिदार सेवाग्राहीसंग घुस लिँदालिँदै पक्राउ परेका छन् । खरिदार जीवनाथ पाण्डेलाई सेवाग्राहीसंग एकलाख २० हजार घुस लिँदालिँदै अख्यितार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले पक्राउ गरेको हो । मालपोत कार्यालय अगाडि रहेको ढकाल–पाण्डे लेखापढी सेवामा बसेर सेवाग्राहीसँग नामसारी र लालपुर्जा बनाइदिने भन्दै घुस लिँदै गरेको अवस्थामा पाण्डेसंगै […]
१२ भदौ, वीरगञ्ज । सेतो नम्बर प्लेट भएका सरकारी सवारी साधनको दुरुपयोग नगर्न जिल्ला प्रशासन कार्यालय पर्साले आग्रह गरेको छ । विहीबार विज्ञप्ती जारी गर्दै सरकारी गाडीको दुरुपयोग नगर्न प्रशासनले आग्रह गरेको हो । सरकारी गाडी सार्वजनिक विदाको दिन चलाउनुको साथै व्यक्तिगत र राजनीतिक दलको कार्यक्रममा समेत प्रयोग हुन थालेपछि प्रशासनले यस्तो सूचना जारी गरेको […]
१२ भदौ, बिराटनगर । प्रदेश नम्बर १ मा संसदको अधिवेशन चलिरहेको छ । तर, यो अधिवेशनले प्रदेशको नाम तय गर्न नसक्ने जानकारी सत्ता पक्षले दिएको छ । स्थायी राजधानीको टुङ्गो लगाइसकेको प्रदेश नं १ सरकारले चालु चौथो अधिवेशनमा पनि प्रदेशको नाम प्रस्ताव गर्न सकेको छैन । अधिवेशन भदौ २५ सम्म चल्ने छ । प्रदेश १ […]
१२ भदौ, काठमाडौं । गृह मन्त्रालयले ३१ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । बिहीबार मन्त्रालयले काठमाडौं, ललितपुर, मोरङ, मकवानपुर, सुर्खेत लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सरुवा गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य गृह मन्त्रालयमा सरुवा भएका छन् । उनको ठाउँमा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल आएका छन् । ललितपुरका […]
मिडिया काउन्सिल विधेयकलाई सुरुदेखि नै फिर्ता लिइओस् भन्ने हाम्रो आग्रहसहित विरोध गर्नुपर्ने कारण मैले मोटामोटी ८/९ वटा निवेदन गर्न चाहन्छु । सबैभन्दा पहिले प्रस्तावनाले जहिले पनि ऐनको उद्देश्य र कारण जनाउँछ । ऐनमा छुट्टै उद्देश्य र कारण नलेखिने हुनाले प्रस्तावनाले नै त्यो कुरा जनाउँछ । यस विधेयकको प्रस्तावनामा स्वतन्त्र, मर्यादित, उत्तरदायी पत्रकारिताको कुरा उल्लेख गएिको […]
१२ भदौ, काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावास तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणको आयोजनामा भारतीय निर्यात–आयात बैंक (एक्जिम)का ऋण व्यवस्था सम्बन्धी नीति निर्देशन तथा प्रक्रियाकाबारेमा दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा परियोजना पहिचान, पूर्व योग्यता तथा टेन्डर प्रक्रिया, टेन्डर दस्तावेजको मूल्याङ्कन, मनोनयन प्रक्रिया, परियोजना कार्यान्वयन एवं अनुगमन लगायत एक्जिम बैंकको ऋण व्यवस्थाका रुपरेखाबारे जानकारी […]
१२ भदौ, काठमाडौं । जम्मू-कश्मीर मुद्दामा भारतसँग विवाद बढिरहेको बेला पाकिस्तानले ‘गजनबी’ नामक ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । भारतले संविधानको धारा ३७० खारेज गरेर जम्मू-कश्मीरको विशेष राज्यको दर्जा खोसेको मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा उठाइरहेको पाकिस्तानले बिहीबार मिसाइल परीक्षण गरेको हो । पाकिस्तानी सेनाका प्रवक्ताले मिसाइल परीक्षणको भिडियो ट्वीट गरेर यसको पुष्टि गरेका छन् । Pakistan […]
१२ भदौ, काठमाडौं । सत्तारुढ नेकपा निकट अनेरास्ववियूको एकताले भदौ मसान्तभित्र पूर्णता पाउने इञ्चार्ज हितमान शाक्यले बताएका छन् । काठमाडौंको बागबजारमा बिहीबार अनेरास्ववियूको साझा कार्यालय उदघाटन गर्दै शाक्यले सो जानकारी दिएका हुन् । हाल अनेरास्ववियूको संयोजक र सहसंयोजक तोकिए पनि अन्यको कार्यविभाजन टुंगो लागेको छैन । संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङ छन् । […]
१२ भदौ, काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका रजिष्ट्रार रामप्रसाद प्याकुर्याललाई दुर्व्यवहार गर्नेमाथि कारबाही गर्न सांसद पुष्पा भुसालले माग गरेकी छन् । प्रतिष्ठान बचाउ अभियानका प्रतिनिधिहरुले रजिष्ट्रार प्याकुर्यालमाथि बुधबार कार्यकक्षमै दुर्व्यवहार गरेका थिए । संसदमा सोही विषयबारे बोल्दै कांग्रेस संसदीय दलकी सचेतक समेत रहेकी भुसालले दोषीलाई कानुनी कठघरामा ल्याउन माग गरेकी हुन् । ‘राप्ती […]
१२ भदौ, काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ को अन्त्यसम्ममा बीमामा नेपालीहरुको पहुँच २५.५० प्रतिशत पुगेको जानकारी बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले दिएको छ । यो तथ्यांकमा वैदेशिक रोजगारी बीमासमेत समावेश छ । यसलाई अलग गर्दा बीमामा १९ प्रतिशत नागरिकको पहुँच पुगेको देखिन्छ । वैदेशिक रोजगार बीमासमेत जोड्दा आव ०७४/७५ को अन्त्यसम्म १२ प्रतिशत नागरिक […]
१२ भदौ, वीरगञ्ज । वीरगञ्जका दलित अगुवाले स्थानीय तहमा दलित महिला सदस्यको आरक्षणलाई उपेक्षा गरेर दिएको आरक्षण भएको बताएका छन् । अन्य पदमा आरक्षण नदिएर महिला वडा सदस्यमा मात्रै आरक्षण दिने कार्यले झनै हेपिएको महशुस भएको उनीहरुले बताएका हुन् । मुलुकमा संघीय गणतन्त्र आइसक्दा पनि दलित समुदायमाथि उठ्न नसक्नुको पछाडि कथित ठूला जाती भन्नेहरुको मनसाय […]
१२ भदौ, काठमाडौं । नेपाल मिडिया काउन्सिल विधेयक बिहीबार राष्ट्रिय सभामा पेश भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले राखेको विरोधको सूचना फिर्ता लिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले उक्त विधेयक पेश गरेका हुन् । मन्त्री बास्कोटाले विधेयक एउटा प्रस्ताव मात्र भएको भन्दै यसलाई समृद्ध बनाउन आउने सबै कुरालाई स्वागत गर्ने बताए […]
१२ भदौ, बाजुरा । संस्थागत सुत्केरी गराएवापत महिलाले पाउने सुविधा बाजुराको बूढीनन्दा नगरपालिकाबाटै गायब भएको छ । एकयस ८८लाई सुत्केरी भत्तावापत दिनुपर्ने रकम नदिएर नगरपालिकाको स्वास्थ्य शाखाले नै गायब गरेको आरोप लगाइएको छ । आर्थिक वर्र्ष २०७५/०७६ मा स्वास्थ्य संस्थामा सुत्केरी गराए वापतको रकम उपलब्ध नगराएको तथ्य सार्वजनिक भएपछि उक्त रकम सम्बन्धित शाखाका पदाधिकारीले नै […]
१२ भदौ,काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले नेपाल भुटान संसदीय मैत्री समूहको संयोजक पद अस्वीकार गरेकी छन् । वैवाहिक अंगीकृत नागरिक भएकै कारण आफूलाई संविधानले नै विभाग गरेको भन्दै उनले यो पद अस्वीकृत गरेकी हुन् । यो पदमा मनोनित गर्नु आफूलाई विशेष सम्मान भए पनि संविधानले नै विभेद गरेकाले आफू अनुपयुक्त भएको उनको तर्क […]
१२ भदौ, काठमाडौं । राष्ट्रिय टिमका नियमित कप्तान विराज मर्हजन विश्वकप २०२२ को छनोट अन्तगर्त कुबेत र चाइनिज ताइपेविरुद्ध खेल्ने नेपाली टोलीमा पर्न असफल भएका छन् । उनले जोहर दारुलविरुद्धको मैत्रिपूर्ण खेल पनि गुमाएका थिए । मैत्रिपूर्ण खेलमा नरहेका गोलकिपर किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द टिममा फर्किएका छन् । तर बिहीबार घोषित २३ सदस्यीय […]
१२ भदौ, काठमाडौं । नेपाली सेनाका मेजर अजितप्रताप सिंह पक्राउ प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमककी २६ वर्षीया प्रिया राई छिन् । इलाका प्रहरी कार्यालय, इटहरीले उनलाई चार दिनअघि पक्राउ गरेर अनुसन्धान थालेको हो । इटहरीका डीएसपी धर्मराज भण्डारी भन्छन्, ‘अनुसन्धानका सिलसिलमा राईको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको […]
१२, माघ, चितवन । गत वर्ष माघ १९ गते तत्कालिन पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारी भरतपुर विमानस्थल झर्दा उनले निकै डर लागेको बताएका थिए । उनी सवार विमान एकैपटकमा अवतरण गर्न नसकेर एक चक्कर घुमाएर मात्रै ल्याण्ड गरिएको थियो । मन्त्री अधिकारी आफैले यस्तो अनुभूति गरेपछि उनले विमानस्थल विस्तारको योजना बनाएका थिए । विमानस्थलको […]
१० भदौ, काठमाडौं । केही समयअघिको एक सार्वजनिक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले आफूलाई बैंकिङ प्रणालीमा प्रविधिको विश्वास नलाग्ने बताए । उनको त्यो अभिव्यक्तिलाई प्रविधिको प्रयोगबाट हुने सहज नगद कारोबारलाई निरुत्साहित गर्ने मनसायको रुपमा अर्थ्याइयो । यदाकदा केही समस्या आए पनि सहज र छिटो कारोबारका लागि प्रविधि प्रयोग आजको आवश्यकता भएको विज्ञहरु बताउँछन् । त्यसका […]
१२ भदौ,काठमाडौं । मिडिया काउन्सिल विधेयक संशोधन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तयार भएको छ । यो विधेयक बिहीबार राष्ट्रियसभामा टेबल हुँदैछ । शुक्रबार सैद्धान्तिक छलफलपछि विधायन ब्यवस्थापन समितिमा दफावार छलफलका लागि पठाइने छ । त्यसक्रममा प्रेसको अधिकारमा असर नपर्ने गरी संशोधन हाल्ने नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईले बताए । कुन कुन दफामा संशोधन […]
from समाचार – Online Khabar https://ift.tt/2MLxhzQ
via IFTTT