Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

नरीवल बेच्ने किशोरलाई कुटपिट गर्ने प्रहरीलाई कारबाही गरिने

१२ भदौ, जनकपुरधाम । जानकी मन्दिर प्राङ्गणमा नरिवल बेच्ने किशोरलाई कुटपिट गर्ने प्रहरीमाथि कारबाही हुने भएको छ । पर्यटक प्रहरी इन्चार्ज असई विरेन्ऽ यादव र प्रहरी जवान प्रेमशंकर यादवलाई कार्वाही प्रक्रिया अगाडि बढाइएको धनुषा प्रहरीले जनाएको छ । धनुषा प्रहरी प्रमुख शेखर खनालले भने ‘तत्काल स्पष्टिकरण सोधेका छौं । स्पष्टिकरण बुझाएपछि कसुर अनुसारको कारवाहीका लागि […]

२९ वर्षे युवकको कृषिकर्म : वार्षिक डेढ करोड कारोबार

१२ भदौ, रुपन्देही । व्यवस्थापन विषयमा स्नातक गरेका पाल्पाका एक युवकले छोटो अवधिमै सफल र आधुनिक किसानको पहिचान बनाएका छन् । उनी हुन्, रैनादेवी छहरा गाउँपालिका-१ सिद्धेश्वर अर्चलेका २९ वर्षीय सुदर्शन पन्त । उनले पढाइ सकेपछि राम्रो जागिर खोजेनन् । बरु गाउँमै फर्केर व्यावसायिक तरकारी खेती सुरु गरे । ७० रोपनी जग्गामा गरिएको तरकारी खेतीबाट […]

चक्रपथका रुख जोगाउन माग गर्दै प्रदर्शन

१२ भदौ, काठमाडौं । चक्रपथको कलंकी महाराजगञ्ज सडकखण्ड विस्तार गर्दा दायाँबायाँका रुख काट्न लागिएको भन्दै विरोध भएको छ । बिहीबार हरित लेन बनाउन माग गर्दै सितापाइला, छाउनी क्षेत्रमा प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीहरुले विकास जनकेन्द्रित हुनुपर्ने, रुट नष्ट गर्न नहुने लगायतका माग राखेका छन् । कलंकी महाराजगञ्ज सडकखण्ड विस्तारका क्रममा २ हजार ५ सय […]

शिक्षकहरुको स्थायी दरबन्दी पुर्नवितरण छिट्टै

१२ भदौ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गाउँपालिकाहरुमा शिक्षकहरुको स्थायी दरबन्दी पुर्नवितरण कार्य सुरु गर्ने भएको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षकहरुको दरवन्दी पुर्नवितरण कार्यदलले बनाएको प्रतिवेदन मन्त्रीपरिषद् बैठकले पारित गरिसकेको जानकारी दिए । मन्त्रालयले दरबन्दी पुर्नवितरण गर्न शिक्षाविद् महाश्रम शर्माको संयोजकत्वमा कार्यदल बनाएको थियो ।

यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुखसहित ३ जना कर्मचारी घुससहित पक्राउ

१२ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुखसहित तीन जना कर्मचारीलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चलनपुरबाट विहीबार गएको अख्तियारको टोलीले कार्यालय प्रमुख एवं शाखा अधिकृत गम्भीर सिँह विष्ट, शाखा अधिकृत (सातौं तह) भुवन जोशी र अधिकृत (छैठौं तह) जयराज कारीगरलाई नियन्त्रणमा लिएको […]

कानुन बनाउँदा प्रदेशसँग पनि छलफल गरिएको छ : कानुनमन्त्री ढकाल

१२ भदौ, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले साझा अधिकारसम्बन्धी कानून निर्माण गर्दा प्रदेश सरकारसँग छलफल गरेको बताएका छन् । बिहीबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा समिति सदस्यहरुले साझा अधिकार सूचीका कानुन बनाउँदा संघीय सरकारले छलफल नगरेको गुनासो प्रदेश सरकारबाट आएको मन्त्री ढकाललाइ सुनाएका थिए । जवाफमा उनले छलफलका लागि बोलाए पनि […]

विश्वविद्यालयका कर्मचारीले लिन मानेनन् सेवा आयोगले लिएको अन्तर्वार्ताको फाइल

१२ भदौ, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगले प्राध्यापक नियुक्तिका लागि होटलमा अन्तर्वार्ता लिएको फाइल कर्मचारीले बुझ्न अस्वीकार गरेका छन् । सेवा आयोगका अध्यक्ष बद्रीनाथ श्रेष्ठले कार्यकाल सकिन तीन दिन बाँकी रहेको अवस्थामा काठमाडौंको होटल लाजिम्पाटमा प्राध्यापक र सह प्राध्यापकको अन्तर्वार्ता परीक्षा सञ्चालन गरेका थिए । परीक्षाको फाइल सोमबार विश्वविद्यालयको केन्द्रीय कार्यालय पुगेको थियो । […]

प्रदेश र स्थानीय तहको गुनासो : केन्द्र सरकारले नै चाहेन गाउँमा सिंहदरबार

१२ भदौ, काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा विचाराधीन संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्नेसम्बन्धी विधेयकलाई लिएर प्रदेश सरकारहरुले विभिन्न आंशंका गरेका छन् । विधायन व्यवस्थापन समितिका सदस्यहरु प्रस्तावित विधेयकबारे राय लिन अन्तरक्रियात्मक कार्यक्रम लिएर सातै प्रदेशमा पुगेका थिए । छलफलमा कुन प्रदेशले के भने ? भन्ने विषयमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री […]

सौराहामा भवन निमार्ण सम्बन्धी नयाँ मापदण्ड

१२ भदौ, चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले पर्यटकीय नगरी सौराहामा भवन निमार्ण सम्बन्धी नयाँ मापदण्ड लागु गरेको छ । नगरपालिकाका अनुसार सौराहामा बन्ने भवन र रङ्ग एकै प्रकारका हुनेछन् । पर्यटन विकासको लागि नगरपालिकाले रचनात्मक कामको सुरुवात गरेको भन्दै व्यवसायीहरुले त्यसको स्वागत गरेका छन् । सौराहाको प्रकृति सौन्दर्यतालाई जोगाउन नगरपालिकाले व्यवसायीहरुको सहकार्यमा भवन निर्माण […]

प्रदेश २ को नाम : उपेन्द्र यादवले भनेजस्तै ‘मधेस’ नै होला त ?

१२ भदौ, जनकपुरधाम । प्रदेश २ को नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव पेश भएको एक साताभन्दा बढी भयो, तर छलफल अगाडि बढ्न सकेको छैन । सत्ता साझेदार समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रदेशको नाम ‘मधेस’ प्रस्ताव गरेको छ । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ‘जानकी’ र नेपाली कांग्रेसले ‘मिथिला–भोजपुरा’ राख्नुपर्ने प्रस्ताव […]

भदौ १५ देखि यतीले भरतपुर–पोखरा उडान गर्ने

१२, भदौ, चितवन । यती एयरलाइन्सले भदौ १५ गतेदेखि भरतपुर–पोखरा उडान गर्ने भएको छ । एयरलायन्सका भरतपुर शाखा व्यवस्थापक अनुप ढकालका अनुसार भदौ १५ देखि हरेक बिहान साढे ११ बजे भरतपुरबाट पोखरा जहाज उड्ने छ । यती एयरलायन्सको ३० सिटको जेडस्टिम जहाज पोखरा–भरतपुर उडान गरिने व्यवस्थापक ढकालले बताए । भरतपुरबाट पोखरा भाडादर २ हजार ५ […]

प्रदेश १ मा यातायात विधेयक, बदनियतले दुर्घटना गराए ८ बर्ष जेल !

१२ भदौ, विराटनगर । प्रदेश १ को प्रदेशसभामा बिहीबार प्रदेश सवारी तथा यातायातसम्बन्धी विधेयक पेश भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सवारी व्यवस्थापनसँगै त्यसको सञ्चालन र नियमन गर्न यो विधेयक ल्याइएको जानकारी दिए । के छ विधेयकमा ? विधेयकमा कुनै चालकले बदनियतसाथ दुर्घटना गराई कसैको अंगभंग भए आठ वर्ष जेल र पाँच […]

नगर प्रमुखको तस्वीरको स्वरुप विगार्नेलाई कारवाही गर्न समाजवादी पार्टीको माग

१२ भदौ, वीरगञ्ज । लामखुट्टेको शरीरमा वीरगञ्ज महानगरपालिकाका प्रमुखको फोटो जोडेर प्रदर्शन गर्ने कार्यमा संलग्नलाई कानुन अनुसार कडा कारवाही गर्न समाजवादी पार्टीले माग गरेको छ । समाजवादी पार्टी पर्साका कार्यवाहक अध्यक्ष रामनरेय यादवले विहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै गैर राजनीतिक क्रियाकलापको छानविन गर्न बनेको अपराध संहितामा भएको व्यवस्था अनुसार दोषीलाई कडा कारवाही गर्न माग […]

क्लिनफिडको व्यवस्थासहित विज्ञापन विधेयक पारित

१२ भदौ, काठमाडौं । विज्ञापन नियमनसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट बिहीबार पारित भएको छ । राष्ट्रियसभाबाट पारित भएको यो विधेयकलाई प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो । विधेयकले विदेशी टेलिभिजन च्यानलहरु विज्ञापनरहित प्रशारण गर्नुपर्ने व्यवस्था गरेको छ । हाल विज्ञापनसहित प्रशारण भइरहेका विदेशी टेलिभिजन भने एक बर्षभित्र क्लिन फिडमा जानुपर्नेछ । क्लिन फिडसम्बन्धी नियम नेपालमा पहिलो पटक अभ्यासमा […]

श्री एयरलाइन्सको कान्छो जहाज काठमाडौं ओर्लियो

१२ भदौ, काठमाडौं । श्री एयरलाइन्सको छैठौं जहाज काठमाडौं आइपुगेको छ । कम्पनीका प्रवन्धक अनिल मानन्धरका अनुसार बम्बाडियर ९एन-एएनइ जहाज बिहीबार अपरान्ह साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यसअघि जहाज बुधबार नै काठमाडौं आउने कार्यक्रम थियो । भारतको अहमदावादबाट उडेको जहाज प्रतिकुल मौसमका कारण पटना विमानस्थलमा डाइभर्ट गर्नुपर्‍यो । बिहीबार मात्र […]

प्रहरीले किशोरलाई कुटेको भन्दै जनकपुरमा प्रदर्शन

१२ भदौ, जनकपुरधाम । जनकपुरधाममा नरिवल बेचेर गुजारा चलाउँदै आएका एक बालकलाई प्रहरीले कुटपिट गरेको भन्दै स्थानीयवासीले प्रदर्शन गरेका छन् । जानकी मन्दिरको उत्तरट्टी जानकी चोकमा नरिवल बेच्दै आएका १६ वर्षीय रोशन चौधरीलाई जानकी मन्दिर परिसरका पर्यटक प्रहरी जवान प्रेमशंकर यादवले बिहीबार दिउँसो कुटपिट गरेको स्थानीयले बताएका छन् । रोशनले आफूसँग प्रहरी जवान यादवले रकम […]

कांग्रेसमा राजनीतिक प्रस्ताव : तीनै तहको सरकारमा भ्रष्टाचार मौलायो

१२ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले केन्द्रसँगै प्रदेश र स्थानीय तहको सरकारमा भ्रष्टाचार मौलाएको बताएको छ । साथै वाइडबडी, सुन, चिनी, बालुवाटार र मेलम्ची काण्डबारे छानविन गर्न माग गरेको छ । बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सहमहामन्त्री प्रकाशशरण महतले राजनीतिक प्रस्ताव पेश गरेका थिए, जसमा सातौं नम्बर बुँदामा भ्रष्टाचारको विषय उल्लेख छ । […]

मोरङका दुई स्थानीय तहमा जग्गाको दोहोरो स्वामित्वको समस्या

१२ भदौ, विराटनगर । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पथरीशनिश्चरे र कानेपोखरीका जग्गामा रहेको दोहोरो स्वामित्वको विवाद निरुपण गर्न प्रदेश सरकारसँग माग गरेको छ । प्रदेश १ को प्रदेशसभा बैठकमा कांग्रेस प्रमुख सचेतक सूयर्माराज राईले त्यहाँका जग्गामा रहेको स्वामित्व र भोगचलनको विवादलाई तत्काल शक्तिशाली आयोग बनाउन निरुपण गर्न माग गरेका हुन् । प्रदेशसभाको बैठकमा विशेष […]

भारतीय गाडी भाडामा लिएर चोरी, ७ जना पक्राउ

१२ भदौ, विराटनगर । विराटनगरमा भएका शृृङ्खलाबद्ध चोरीको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन भारतीयसहित सातजनालाई पक्राउ गरेको छ । साउन र भदौमा भएका शृृङ्खलाबृद्ध चोरीको घटनामा संलग्न भएको आरोपमा सातजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहार मधुवनी जिल्ला बेनीपट्टी कटैयाग्रा पञ्चायत १३ बस्ने ३५ वर्षीय धर्मेन्द्र कामत, सोही स्थान बस्ने ३२ वर्षीय […]

सरिता गिरीद्वारा नेपाल भुटान संसदीय मैत्री समूहको संयोजक पद अस्वीकार

१२ भदौ,काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले नेपाल भुटान संसदीय मैत्री समूहको संयोजक पद अस्वीकार गरेकी छन् । वैवाहिक अंगीकृत नागरिक भएकै कारण आफूलाई संविधानले नै विभाग गरेको भन्दै उनले यो पद अस्वीकृत गरेकी हुन् । यो पदमा मनोनित गर्नु आफूलाई विशेष सम्मान भए पनि संविधानले नै विभेद गरेकाले आफू अनुपयुक्त भएको उनको तर्क […]

सरकारको प्रयासले मात्र डेंगु नियन्त्रण हुन सक्दैन : उपप्रधानमन्त्री यादव

१२ भदौ, काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयको प्रयासले मात्र डेंगु रोग नियन्त्रण हुन नसक्ने बताएका छन् । बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले डेंगु रोग नियन्त्रण स्वास्थ्य मन्त्रालयको मात्र दायित्व नठानेर सबैले प्रयास गर्नुपर्ने बताएका हुन् । ‘यसमा पालिका प्रदेश, केन्द्र सबै यो अभियानमा लाग्नुपर्ने हुन्छ । स्वास्थ्य मन्त्रालयले […]



from समाचार – Online Khabar https://ift.tt/32gk9Gq
via IFTTT
Powered by Blogger.