Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

दुबै खुट्टा नचल्ने सितालाई घर उपहार

१३ भदौ, गुल्मी । जन्मजात अपाङ्गता भएकी रेसुङ्गा नगरपालिका गुल्मीकी सिता पन्थीलाई सामाजिक क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले निर्माण गरिदिएका छन् । जिल्ला सदरमुकाम तम्घास रेसुङ्गा नगरपालिका-७ सुकुम्बासी लाइन बस्ने दुबै खुट्टा नचल्ने पन्थीका लागि तम्घासको पुतलीबजारमा अपाङ्गमैत्री घर निर्माण गरिएको हो । बृद्धा आमासँग कष्टपूर्ण अवस्थामा बस्दै आएकी पन्थीका लागि तम्घासमा रहेको आशा अपाङ्ग केन्द्रको […]

बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न माग

१३ भदौ, काठमाडौं । मानवअधिकारवादी संस्था र नागरिक समाजले बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक गर्न माग गरेका छन् । अन्तर्राष्ट्रिय बेपत्ताविरुद्धको दिवसको अवसरमा शुक्रबार संयुक्तरुपमा प्रेस वक्तव्य जारी गर्दै उनीहरुले अविलम्ब अनुसन्धान प्रक्रिया अघि बढाइ मानवअधिकार उल्लंघन गर्नेलाई कानुनी कठघरामा ल्याउन माग गरेका हुन् । माओवादी जनयुद्धका क्रममा एक हजार ४०० बढी नागरिक बेपत्ता […]

सुनको मूल्य एक हजारले घट्यो

१३ भदौ, काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७२ हजार ४ सय र तेजावीको ७२ हजार १ सय रुपैयाँ तोकेको छ । बिहीबार छापावल सुनको मूल्य प्रतितोला ७३ हजार ४ सय र तेजावी सुनको मूल्य ७३ हजार एक सय […]

सुर्खेतको कट्कुवामा २३ वटा गाई मृत भेटिए

१३ भदौ, काठमाडौं । सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको कट्कुवा जंगलमा २३ वटा गाई मृत भेटिएका छन् । बाँकेको नेपालगञ्जबाट ट्रकमा राखेर दैलेख लैजादै गरेका गाई मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मृत गाई भेटिएको ठाउँमा १५० वटा जिवित गाई पनि भेटिएका छन् । गाई कसैले मारेर फालेको हो या आफै मरेका हुन् भन्ने […]

चार खानीलाई उत्खनन अनुमति

१३ भदौ, काठमाडौं । खानी तथा भूगर्भ विभागले चार खानीलाई उत्खननका लागि अनुमति दिएको छ । विभागले चालू आर्थिक वर्षको डेढ महीनामा स्वर्गद्वारी माइन्स एण्ड मिनिलर्स प्रालिलाई चुनढुङ्गा, बालकुमारी प्रालिलाई क्वार्जजाइट, पाल्पा कोल प्रालिलाई पत्थर तथा कोइला र गुँरास स्टोन उद्योग प्रालिलाई क्वार्जजाइट उत्खननका लागि अनुमति दिएको हो । विभागका खनिज सम्पदा महाशाखाका प्रमुख रामप्रसाद […]

कन्टेनर र पिकअपको ठक्करबाट चितवनमा २ गम्भीर

१३ भदौ, चितवन । पूर्वी चितवनको खैरहनीमा कन्टेनर र भरतपुर महानगरपालिका-२९, जुगेडीमा पिकअप भ्यानले ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् । ना ३ ख ८८१५ नम्बरको कन्टेनरले खैरहनी नगरपालिका–९, सिमलटाँडीमा साइकलयात्रीलाई शुक्रबार बिहान ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइतेको परिचय नखुलेको र अहिले पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, […]

रेशम चौधरीलाई मुद्दा लगाउनु गलत : वैद्य

१३ भदौ, बुटवल । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले रेशम चौधरीमाथि राज्य पक्षबाट अन्याय भएको बताएका छन् । टीकापुर घटना राजनीतिक भएको भन्दै उनले राजनीतिक रूपमै समाधान खोज्नुपर्ने बताए । ७ भदौमा टीकापुरमा भएको थरुहट सम्मेलनबाट फर्किएका वैद्यले शुक्रबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै बैद्यले भने, ‘रेशम चौधरीमाथि मुद्दा लगाइनु गलत हो, उनी अन्यायमा परेका […]

नेपाली फुटबल टिमलाई बिदाइ, कुवेतविरुद्ध अंक खोस्ने नेपालको लक्ष्य

१३ भदौ, काठमाडौं । विश्वकप फुटबलको दोस्रो चरणअन्तर्गत कुवेतसँग खेल्ने नेपाली टिमलाई बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सादोबाटोमा आयोजित एक कार्यक्रमबीच आज खेलाडीलाई बिदाइ गरेको हो । बिदाइका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालगायत सातदोबाटो पुगेका थिए । बिदाइ कार्यक्रममा सदस्यसचिव सिलवालले खेलाडीलाई राष्ट्रका […]

उमेर नपुग्दै विवाह : परिपक्वतासंँगै सम्बन्धविच्छेद

गाउँकै राजबहादुर थापासँग १३ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिइन्, रोल्पा सुनील स्मृति गाउँपालिका–६, गजुलकी निर्मला थापा । अहिले उनको उमेर २० वर्ष पुग्यो । चार वर्षीया एक छोरीसहितको असल परिवार थियो थापा, दम्पतीको । थापा दम्पतीमा विस्तारै वेमेल बढ्दै गयो । राजबहादुरले श्रीमतीलाई अनावश्यक आशंका गर्ने, कुटपिट गर्ने र खान लाउन नदिने गर्न थाले । […]

वामदेवको उम्मेदवारीमा अलमल, साटो फेर्ने दाऊमा कांग्रेस

१३ भदौ, पोखरा । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधनपछि खाली रहेको कास्की क्षेत्र नम्बर २ ले फेरि एकपटक सिंगो नेपालकै ध्यान खिच्दैछ । यो निर्वाचन क्षेत्रबाट नेकपाका उपाध्यक्ष वामदेव गौतमले समेत निर्वाचन लड्ने ईच्छा देखाएका छन् । मंसिर १४ को उपनिर्वाचनमा कास्की २ चासोको केन्द्र बन्नुको खास कारण धेरैवटा छन् । तर, त्योभन्दा पहिले […]

तीजमा कमाइ नहुँदा पार्टी प्यालेस सञ्चालक आक्रोशित

१३ भदौ, काठमाडौं । राजधानीमा सञ्चालन भइरहेका पार्टी प्यालेसका लागि पैसा कमाउने सिजन हो तीज । तर, यसपालिको तीजमा भने उनीहरुको व्यवसायमा मन्दी आएको छ । अघिल्ला वर्षहरुमा तीज आउनुभन्दा महिना दिन अगाडिबाटै विभिन्न संघ–संस्थाका नाममा दर खान पार्टी प्यालेस र क्याटरिङहरु बुक हुन थाल्थे । यसपालि भने धेरै पार्टी प्यालेसहरु लगभग सुनसान छन् । […]

सुडान घोटाला प्रकरण : ठेकदार शम्भु भारती पक्राउ

१३ भदौ, काठमाडौं । चर्चित सुडान घोटाला काण्डका दोषी शम्भु भारती पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ललितपुरस्थित निवासबाटै पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान व्युरो (सीर्आइबी) का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रामदत्त जोशीले भारतीलाई पक्राउ गरेको पुष्टि गरे । उनले अनलाइखबरसँग भने, ‘नियन्त्रणमा लिइएका भारतीलाई फैसला कार्यान्वयनका लागि आजै […]

बाजुराका ५० परिवार बाढीको जोखिममा

१३ भदौ, बाजुरा । सदरमुकाम मार्तडी नजिकैको बडिमालिका नगरपालिका–८, गडखेतको सिङ्गो बस्ती जोखिममा परेको छ । गाउँ नजिकैबाट बाउली खोला बग्न थालेपछि बस्ती बग्ने खतरा बढेको हो । हरेक वर्ष जागराम बस्नुपर्ने समस्या हुँदा पनि तटबन्धका लागि समेत कसैले वास्ता नगरेको स्थानीयको गुनासो छ । बाउली खोलामा मिसिने खारगाड खोलाले बढी क्षति पुर्याएको हो । […]

भारतीय सेना आएर यातना दिएको कश्मीरका गाउँलेको आरोप

१३ भदौ, काठमाडौं । कश्मीरका स्थानीयले भारतीय सेना आएर आफूहरूलाई यातना दिएको आरोप लगाएका छन् । भारतले कश्मीरलाई दिएको विशेषाधिकार खोस्ने निर्णय गर्नुअघि नै कुटपिट र यातना दिइएको गाउँलेहरुको भनाइ छ । बीबीसीले तयार पारेको  एक रिपोर्टअनुसार, भारतीय सुरक्षाकर्मीले करेन्ट लगाएर आफूहरूलाई यातना दिएको गुनासो कश्मीरका गाउँलेहरूले गरेका छन् । यसका अतिरिक्त लौरो र तार […]

ठूला होटेलमा अब नेपाली रैथाने खानाको मेनु अनिवार्य

१३ भदौ, काठमाडौं । अब ठूला होटेलले आफ्नो मेनुमा नेपाली परिकार अनिवार्य राख्नुपर्ने भएको छ । सरकारले खासगरी चारतारे र पाँचतारे होटेलका लागि यस्तो नयाँ मापदण्ड तोक्न लागेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो वार्षिक कार्ययोजनामा १५ दिनभित्र नयाँ मापदण्ड तोक्ने प्रतिबद्धता गरेका थिए । उनले भनेका थिए, ‘नेपाली मौलिक […]

कुश : वनस्पति एक, गुण र महत्त्व अनेक

प्रत्येक वर्ष भाद्र महिनाको औंसीका दिन कुशे औंसी पर्व मनाइन्छ । आजका दिन हिन्दु धर्मावलम्वीहरू वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउँछन् । कुश एक वनस्पति हो । यसलाई विभिन्न धार्मिक कार्यमा प्रयोग गरिन्छ । यसको आयुर्वेदिक तथा औषधीय महत्त्व पनि छ । व्राह्मणहरुद्वारा पूजा गरी छेदन् गरेर जजमानहरू कहाँ पुर्‍याइएको कुश […]

आज कुशे औंसी तथा बावुको मुख हेर्ने दिन

१३ भदौ, काठमाडौं । हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । आजको दिन पिताप्रति आदर सम्मानका साथ मीठो खाना तथा राम्रो लगाउन दिने प्रचलन […]

नरीवल बेच्ने किशोरलाई कुटपिट गर्ने प्रहरीलाई कारबाही गरिने

१२ भदौ, जनकपुरधाम । जानकी मन्दिर प्राङ्गणमा नरिवल बेच्ने किशोरलाई कुटपिट गर्ने प्रहरीमाथि कारबाही हुने भएको छ । पर्यटक प्रहरी इन्चार्ज असई विरेन्ऽ यादव र प्रहरी जवान प्रेमशंकर यादवलाई कार्वाही प्रक्रिया अगाडि बढाइएको धनुषा प्रहरीले जनाएको छ । धनुषा प्रहरी प्रमुख शेखर खनालले भने ‘तत्काल स्पष्टिकरण सोधेका छौं । स्पष्टिकरण बुझाएपछि कसुर अनुसारको कारवाहीका लागि […]

सिंगापुरको हाईहेल्लो ! प्रधानमन्त्रीलाई पत्याउने कि सञ्चारमन्त्रीलाई ?

समाचार टिप्पणी १२ भदौ, काठमाडौं । मिर्गौलाको उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग गत सोमबार भएको ‘भिडियो कन्फरेन्सिङ बैठक’ सामान्य हाईहेल्लो मात्र भएको र त्यसलाई आफूहरुले ‘क्याबिनेट बैठक’ नभनेको सञ्चारमन्त्री गोकुल बास्कोटाले स्पष्ट पारेका छन् । तर, प्रधानमन्त्री ओलीलाई पत्याउने हो भने त्यो सामान्य हाईहेल्लो मात्र थिएन । मन्त्री बास्कोटाले सोमबार पनि सञ्चारकर्मीसँग […]

चक्रपथका रुख जोगाउन माग गर्दै प्रदर्शन

१२ भदौ, काठमाडौं । चक्रपथको कलंकी महाराजगञ्ज सडकखण्ड विस्तार गर्दा दायाँबायाँका रुख काट्न लागिएको भन्दै विरोध भएको छ । बिहीबार हरित लेन बनाउन माग गर्दै सितापाइला, छाउनी क्षेत्रमा प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीहरुले विकास जनकेन्द्रित हुनुपर्ने, रुट नष्ट गर्न नहुने लगायतका माग राखेका छन् । कलंकी महाराजगञ्ज सडकखण्ड विस्तारका क्रममा २ हजार ५ सय […]

शिक्षकहरुको स्थायी दरबन्दी पुर्नवितरण छिट्टै

१२ भदौ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गाउँपालिकाहरुमा शिक्षकहरुको स्थायी दरबन्दी पुर्नवितरण कार्य सुरु गर्ने भएको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षकहरुको दरवन्दी पुर्नवितरण कार्यदलले बनाएको प्रतिवेदन मन्त्रीपरिषद् बैठकले पारित गरिसकेको जानकारी दिए । मन्त्रालयले दरबन्दी पुर्नवितरण गर्न शिक्षाविद् महाश्रम शर्माको संयोजकत्वमा कार्यदल बनाएको थियो ।



from समाचार – Online Khabar https://ift.tt/2MLIZdD
via IFTTT
Powered by Blogger.