Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

गाईगोरु फालेको घटनामा गृहले थाल्यो छानविन

१४ भदौ, काठमाडौं । नेपालगञ्जबाट ल्याएका गाईगोरु बाटोमै फालेको घटनाबारे गृह मन्त्रालयले छानविन थालेको छ । उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानविन समिति नै बनाइएको मन्त्रालयले जनाएको छ । समितिलाई १५ दिनभित्र यसबारे अध्ययन गरी संलग्नहरुलाई कानूनी कारबाहीको सिफारिस गर्न भनिएको छ । गौहत्या गम्भीर अपराध भएको भन्दै मन्त्रालयले संलग्न व्यक्तिहरुलाई कानून बमोजिम हैदसम्म […]

जसले अरुण थापालाई चिनाए

१४ भदौ, पोखरा । ‘गायक अरुण थापालाई अरुण थापा बनाउने मान्छे विक्रम गुरुङ हुन्,’ साहित्यकार सरुभक्तले भन्दै थिए, ‘अहिले बाहिर गएर मेरो यत्रो गुणगान किन गाइस् भन्ला, तर उ प्रतिभा भएकै व्यक्ति हो ।’ सरुभक्त यतिमा रोकिएनन् । ‘मलाई लाग्छ संसारमा दुई प्रकृतिका मान्छे हुन्छन् । एउटा कम काम गर्छ र बढी प्रशंसाको भोको हुन्छ […]

नाडामा विद्युतीय कारको आकर्षण, कुन-कुन ब्रान्ड चर्चामा ?

१४ भदौ, काठमाडौं । देशभित्र विजुलीको आपूर्ति सहज भएसँगै धेरैलाई विद्युतीय सवारीबारे चासो बढेको छ । यो वर्षको नाडा अटो-शोमा पनि विद्युतीय गाडीका स्टलमा आगन्तुकहरु झुम्मिएका छन् । गाडीहरुको यस वाषिर्क मेलामा हुन्डाई, किया, बीवाईडी र पिगोलगायतका ब्रान्डले विद्युतीय कार विक्रीमा राखेका छन् । गत वर्षहरुभन्दा यो वर्ष यस्ता गाडीको प्रतिस्पर्धा बढेको विक्रेताहरु बताउँछन् । […]

तिलोत्तमाका मेयर भन्छन्- ५० अर्ब लगानी भित्रिने अपेक्षा छ

बुटवल । तीव्र शहरीकरण भइरहेको रुपन्देहीको तिलोत्तमा २०७१ सालमा स्थापित नगरपालिका हो । जनप्रतिनिधि आइसकेपछि नगरको पूर्वाधार निर्माणको कामले गति लिएको छ । शिक्षा, स्वास्थ्य, कृषि, सडक-पूर्वाधार, फोहरमैला व्यवस्थापन, हरियाली प्रवर्द्धन जस्ता काम नगरपालिकाले अगाडि बढाएको छ । स्थानीय कानुन निर्माण, सामुदायिक विद्यालयमा दिवा खाजा, छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड, बिरामीलाई चाहिने रगतको सेवा शुल्क भुक्तानी, […]

धरौटीमा कसेपछि मर्जरमा आए म्यानपावर कम्पनी

१४ भदौ, काठमाडौं । सरकारले धरौटी रकम बढाएपछि वैदेशिक रोजगार व्यवसाय (म्यानपावर) कम्पनीहरु पनि मर्जरमा जाने भएका छन् । शनिबार दिउँसोसम्म २१४ वटा संस्थाले गाभिन निवेदन दिएका छन्, जसबाट ९२ वटा संस्था बन्नेछन् । वैदेशिक रोजगार विभागमा महानिर्देशक भीष्मकुमार भुसालकाअनुसार दुई वटा संस्था एकअपसमा गाभिएर एउटै बन्न ७५ वटा निवेदन परेका छन् । यस्तै ३ […]

गाई मारेर राप्रपाले पाखण्ड देखायोः बाबुराम

१४ भदौ, ललितपुर । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गाई र राजा बोकेर हिंड्ने राप्रपाले गाई मारेर पाखण्ड देखाएको टिप्पणी गरेका छन् । समाजवादी पार्टीको प्रदेश समायोजन कार्यदलले शनिबार ललितपुरमा गरेको कार्यक्रममा भट्टराईले भने, ‘राजतन्त्रको भूतको रुपमा आएको पार्टी राप्रपाले राजा र गाईलाई बोकेर हिंड्थ्यो । त्यसैले आफ्नै नगरपालिकाबाट गाईहरु बटुलेर ट्रकमा हालेर भिरबाट […]

सहिद पार्कमा ठडिन थाले सालिक (फोटो फिचर)

१४ भदौ, पोखरा । पोखरा महानगरमा प्राय सबै चोकभरि विभिन्न व्यक्तित्वका सालिक छन् । ती सालिक कुनै राष्ट्रिय विभूतिका हुन् भने कुनै सहिदका । जसको सालिक हो, त्यसैको नामबाट चोकको नाम राखिएको छ । पृथ्वीचोक (लखन थापा) चोक, हरि चोक, वीपी चोक आदि त्यसैका उदाहरण हुन् । व्यस्त शहरको चोकमा ठडिएका ती सालिकले ठूलो ठाउँ […]

सोलु करिडोरमा विद्युत खेर जाने चिन्ता, कुलमानले भने-त्यस्तो हुन दिन्नौं

१४ भदौ, काठमाडौं । सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणको भौतिक प्रगति ७५ प्रतिशत पूरा भएको छ । सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बूको तिंलासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर छ । प्रसारण लाइनमा पर्ने कुल ३०३ टावरमध्ये २०७को जग हालिएको छ भने ४३ खडा गरिएको छ । सिराहामा पर्ने २६वटै […]

यौनजन्य दुर्व्यवहारको आरोप लागेका वडाध्यक्ष धरौटीमा रिहा

तनहुँ । यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेका तनहुँको व्यास नगरपालिका–६ का वडाध्यक्ष सूर्यभक्त भण्डारीलाई धरौटीमा छाडिएका छन् । वडाध्यक्ष भण्डारीले ३५ हजार रुपैयाँ धरौटी बुझाएर शुक्रबार तारेखमा छाडिएका हुन् । प्रारम्भिक अनुसन्धान सम्पन्न गरी धरौटीमा रिहाइ गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । ‘मुद्दा अहिले विचाराधीन अवस्थामा छ’, उनले भने, ‘मुद्दा फैसला हुन […]

सुर्खेतमा बेवारिसे छाडिएको गाई नेपालगञ्ज फिर्ता पठाइयो

दैलेख लैजान भन्दै रातारात सुर्खेतको कटकुवा जङ्गलमा बेवारिसे छाडिएका गाईको उद्वार गरी पुनः नेपालगञ्जतर्फ पठाइएको छ । स्थानीय प्रशासनको समन्वयमा वीरेन्द्रनगर नगरपालिकाले बेवारिसे छाडिएका गाईलाई शनिबारदेखि नेपालगञ्ज फिर्ता पठाउन थालेको हो । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले १४२ वटा गाई नेपालगञ्ज पठाइसकेको जानकारी दिए । घाइते रहेका कतिपय गाई–गोरुको औषधि उपचार गरी […]

पर्यटनमन्त्रीले देउवालाई सुनाए भ्रमण वर्षको तयारी

१४ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । भेटका लागि मन्त्री भट्टराई शनिबार विहान पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाको निवास बुढानीलकण्ठ पुगेका थिए । मन्त्री भएपछि पहिलो पटक देउवालाई भेटेका भट्टराईले मन्त्रालयको बार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२०बारे जानकारी गराएका छन् […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि दैनिक ७ घण्टा बन्द हुने

१४ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि चार महिनासम्म दैनिक सात घण्टा बन्द हुने भएको छ । दोस्रो चरणको जिर्णोद्धार गर्नुपर्ने भएकाले भदौ १५ गतेदेखि पुस १५ गतेसम्म ७ घण्टा विमानस्थल बन्द गर्न लागिएको हो । त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले अनलाइनखबरसँग भने, ‘जिर्णोद्धारको दोस्रो चरणको काम गर्नुपर्ने भएकाले सेप्टेम्बर १ देखि डिसेम्बर ३१ […]

परिवारभित्रै अपराधी : पहिले गुण्डागर्दी, अहिले साइबर क्राइम

१४ भदौ, काठमाडौं । पर्साको कालिकामाई– ५ मा खुर्पा प्रहार गरेर ३२ साउनमा मुक्तिनारायण राउत कुर्मीले श्रीमती संगीतादेवीको हत्या गरे । मादक पदार्थ सेवन गरेका राउतले सामान्य विवादमा श्रीमतीको घाँटी रेटेको प्रहरी बताउँछ । झापाको कमल गाउँपालिका–१ का प्रकाश थापाले ४ साउनमा चिरपट प्रहार गरेर ७० वर्षीय बुबा सूर्यबहादुर थापाको हत्या गरे । बुबाछोराबीच सामान्य […]

प्रदेश २ का बेरोजगारलाई विना ब्याज ऋण दिने कृषिमन्त्रीको दाबी

१४ भदौ, जनकपुरधाम । दक्ष युवा जनशक्तिहरु रोजगारीका लागि विदेश पलायन हुने क्रम नरोकिएपछि प्रदेश २ सरकारले वैदेशिक रोजगारको आकर्षणलाई घटाउने अभियान सुरु गर्ने भएको छ । वैदेशिक रोजगारलाई कम गर्न र कृषिमै युवालाई आत्मनिर्भर बनाउँदै प्रदेशमै रोजगारी सिर्जना गर्ने अभियान केही दिनभित्रै सुरु हुनेछ । ‘युवा विदेशिँदा प्रदेशको स्थिति भयावह बन्ने अवस्था देखापर्दैछ’ प्रदेशका […]

५० एसपीको सरुवा (नामावलीसहित)

१४ भदौ, काठमाडौं । नेपाल प्रहरीले ५० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्णयअनुसार एसपीहरुको सरुवा गरिएको प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए । ३८ किलो सुनकाण्ड प्रकरणका आरोपी विकासराज खनाल बारामा सरुवा भएका छन् । पक्राउसमेत परेका उनलाई उच्च अदालत मोरङले साधारण तारेखमा रिहा गरेको […]

साताका १० पुस्तक : बीपी र प्रचण्डदेखि मधेससम्म

दशैंलाई लक्षित गर्दै पुस्तक प्रकाशनको बाढी आउन थालेको छ । यो साता पनि नेपाली बजारमा दर्जन बढी पुस्तक प्रकाशित भएका छन् । किशोर र बालबालिकालाई लक्षित गरेर पनि बजारमा नयाँ-नयाँ पुस्तक आइरहेका छन् । केही किताबहरु राजनीतिक विषयमा आएका छन् भने केही भाषा साहित्यका विषयहरु समेटिएका पुस्तक बजारमा निस्केका छन् । यो साता प्रकाशित १० […]

कांग्रेसले भन्यो- इनरुवाका लक्ष्मी मेहताको वडा सदस्य पद रिक्त गर

१४ भदौ, काठमाडौं । नेपाली कांग्रेसले सुनसरीको इनरुवा नगरपालिका वडा नं. २ को वडा सदस्य लक्ष्मी मेहताको वडा सदस्य पद रिक्त गरिदिन निर्वाचन आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ । कांग्रेसबाट निर्वाचित मेहता नेकपामा प्रवेश गरेको भन्दै कांग्रेसले उनको पद रिक्त गरिदिन सम्बन्धित निकायमा अनुरोध गरेको हो । राजनीतिक दलसम्बन्धी […]

प्यूठान जिल्ला अस्पतालमा न स्वास्थ्यकर्मी, न कर्मचारी

१४ भदौ, प्यूठान । वर्षौंदेखि दरवन्दीअनुसार स्वास्थ्यकर्मी र कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको प्यूठान जिल्ला अस्पतालले जनाएको छ । ५० शैयाको प्युठान जिल्ला अस्पताल केबल कागजमा सीमित छ । दैनिक सरदर दुई सय विरामीलाई सेवा दिँदै आएको अस्पतालको भौतिक पूर्वाधार पनि तयार हुन सकेको छैन । स्तरवृद्धि भएको भनिएको तीन वर्ष हुँदासमेत सेवाग्राहीले विशेषज्ञ […]

झुक्याएर गाउँ कमिटीमा राखेको भन्दै विप्लव समूह परित्याग

१४ भदौ, धादिङ । आफूहरुलाई झुक्याएर नेत्र विक्रम चन्द नेतृत्वको समूहको गल्छी गाउँ कमिटीमा राखेको भन्दै पाँच जनाले शुक्रबार जिल्ला प्रहरी कार्यालय धादिङमा आत्मसमर्पण गरेका छन् । गाउँमा आएका चन्द समर्थकको कार्यक्रम हेर्न गएका बेला नाम लेखेर राखेको र आफूहरुलाई कुनै जानाकारीसमेत नभएकाले हाल आत्मसमर्पण गरेको उनीहरुले बताएका छन् । आत्मसमर्पण गर्नेमा गल्छी गाउँपालिका–३ मुलाबारीका […]

ट्वीटरकै सीईओको अकाउन्ट ह्याक

१४ भदौ, काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरको संस्थापक एवम् हालका सीईओ ज्याक डोर्सीको ट्वीटर अकाउन्ट ह्याक भएको छ । उनको अकाउन्टबाट ह्याकर्सले आपत्तीजनक र नश्लभेदी ट्वीट गरेपछि यो ह्याक भएको खुलेको हो । यस्ता कतिपय ट्वीट आधा घण्टासम्म उनको ट्वीटर अकाउन्टमा देखिन्थ्यो । तर, पछि ट्वीटरको टिमले डोर्सीको अकाउन्ट रिकभर गरेका थिए । डोर्सीको करिब […]

पश्चिम नेपालमा पानी पर्ने क्रम बढ्छ : मौसमविद

१४ भदौ, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरैजसो स्थानमा बदली भई वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा केही घण्टापछि पानी पर्न रोकिए पनि पश्चिम नेपालका भूभागमा भने वर्षा बढ्दै जाने मौसमविदको पूर्वानुमान छ । मौसमविद विभूती पोखरेलले अनलाइनखबरसँग भनिन्, ‘सिस्टम विस्तारै पश्चिम तर्फ सर्दै गइरहेकाले पश्चिममा पानी पर्ने क्रम बढ्छ । तर काठमाडौं उपत्यकाको कुरा […]



from समाचार – Online Khabar https://ift.tt/2Uhw2cs
via IFTTT
Powered by Blogger.