समाचार
१० भदौ, हुम्ला । नेपाल खाद्य संस्थान, सिमकोटमा पुग्नुपर्ने पाँच हजार ५०० क्विन्टल चालम केरुङ नाकाबाट झण्डै एक वर्ष लागेको छ । काठमाडौं, केरुङ, हिल्सा हुँदै याल्वाङ वितरण केन्द्र र सिमकोट डिपोका लागि आर्थिक वर्ष ०७५–७६ मा आइपुग्नुपर्ने पाँच हजार ५०० क्विन्टल चामल स्थलमार्गबाट हुम्ला पुग्न एक वर्ष लागेको छ । काठमाडौं, केरुङ हुँदै हिल्सादेखि […]
१० भदौ, काठमाडौं । ट्रक ठोक्किएर क्षतिग्रस्त बनेको पूर्व–पश्चिम राजमार्गको नवलपरासीको अरुणखोला पुल मर्मतपछि पुलबाटै गाडी गुड्न थालेका छन् । गत साउन २९ गते ट्रक ठोक्किँदा पुल एकको स्थानमा करीब डेढमिटर लच्किएको थियो । मर्मत सम्पन्न भएपछि पूर्णरूपमा यातायात पुलबाटै सञ्चालन गरिएको हो । पुल मर्मतको काम पूर्ण रूपमा सम्पन्न भएसँगै गएरातिबाट दुईतर्फी रूपमा यातायात […]
१० भदौ, चितवन । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले राजनीतिमा आउने संकेत गरेका छन् । आफ्नो प्राथमिकता पत्रकारीता नै भएको बताउँदै उनले राजनीतिको विकल्प पनि खुला रहेको बताए । मंगलबार बिहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा राजनीतिमा आउने सम्भावनाबारे सोधिएका प्रश्नको उत्तर दिँदै उनले भने, ‘सम्भावनाको ढोकामा चुकुलमात्र लागेको छ, ताल्चा लागेको छैन ।’ यद्यपि उनले […]
१० भदौ, काठमाडौं । बाराको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादव नगरपालिकाको गाडी लिएर तीर्थाटनमा निस्किएका छन् । नगरपालिकाको स्वामित्वमा रहेको ना १ झ १६६२ नम्बरको सरकारी गाडी लिएर यादब आइतबार भारतको बाबाधामतर्फ लागेका हुन् । गत स्थानीय तह चुनावमा नेपाली कांग्रेसबाट विजयी यादवले आफूसँगै केही कार्यकर्तालाई समेत लिएर गएका छन् । उनको साथमा परिवारका […]
१० भदौ, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीर मामिलामा कुनै पनि हदसम्म जान सक्ने चेतावनी दिएका छन् । उनले सवा अर्ब जनसंख्या रहेका मुसलमानहरुले संयुक्त राष्ट्र संघले कश्मीरका जनतालाई मद्दत गर्छ कि गर्दैन भनेर हेरिरहेको पनि बताए । राष्ट्रलाई सम्बोधन गर्दै खानले भने, ‘यदि कश्मीर मुद्दाले लडाइँको रुप लियो भने याद रहोस् दुवै मुलुक […]
१० भदौ, काठमाडौं । रोमेलु लुकाकुले इन्टर मिलान क्लबमा आफ्नो डेब्यु खेलमा नै गोल गर्न सफल भएका छन् । इटालियन सिरि ए फुटबलमा मंगलबार बिहान भएको खेलमा लुकाकुले लिसी क्लबविरुद्ध डेब्यु खेलमा नै गोल गर्दै इन्टर मिलानलाई जित दिलाएका हुन् । इन्टर मिलानले लेसीलाई ४–० गोलअन्तरले पराजित गर्न सफल भयो । आफ्नो पहिलो खेलमा नै […]
९ भदौ, काठमाडौं । पूर्व सहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन दिएको अभियोगमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पाँच लाख धरौटीमा छुटेका छन् । सोमबार जिल्ला अदालत, चितवनमा थुनछेक बहस सकिएपछि न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले लामिछानेलाई ५ लाख , सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न आदेश […]
९ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो १४१ बुँदे कार्ययोजना सार्वजनिक गरे । यसमध्ये आन्तरिक उडानमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत हवाई भाडा छूट दिने घोषणाले तत्काल चर्चा पाएको छ । सरोकारवालासँग छलफल गरी तीन महिनाभित्र यो घोषणा कार्यान्वयन गराउने मन्त्री भट्टराईले बताएका छन् । ‘यसको कार्यान्वयनमा वायुसेवा कम्पनीको समेत […]
९ भदौ, सल्यान । त्रिवेणी गाउँपालिकाले स्थानीय पाठ्य पुस्तक तयार गरी पढाउन सुरु गरेको छ । गाउँपालिकाभित्रका सबै विद्यालयमा ‘मेरो त्रिवेणी’ नामक पाठ्यपुस्तक तयार गरी पढाउन सुरु गरिएको हो । गाउँपालिकाले पाठ्यक्रममा स्थानीय संस्कृति, भाषा, जनजीवन, इतिहास, भूगोल आदि विषय समेटेर पाठ्यपुस्तक तयार गरेको जनाएको छ । गाउँपालिकाभित्र रहेका विभिन्न पक्ष विद्यार्थीलाई जानकारी दिने उद्देश्यले पाठ्क्रम […]
९ भदौ, काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई एक हप्ताभित्र पूँजीगत लाभकर तिर्न ठूला करदाता कार्यालयले गत वैशाखमा गरेको निर्णय सर्वोच्चले बदर गरिदिएको छ । सोमबार सर्वोच्चको बृहत पूर्ण इजलासले एनसेललाई लाभकर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ निर्धारण गर्दै एक हप्ताभित्र बुझाउन पत्रचार गर्ने ठूला करदाता कार्यालयको […]
९ भदौ, जनकपुरधाम । सप्तरीकी सालिनी यादवलाई भारतको आन्ध्र प्रदेशको श्रीकाकुलमस्थित आदित्य इन्स्टिच्यूट अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्टमा इन्जिनियरिङ पढ्न छात्रवृत्ति पाएको भन्दै लगातार फोन आइरह्यो । ‘इन्जिनियरिङ् अध्ययनका लागि तपाईंले छात्रबृत्ति पाइसक्नुभएको छ,’ ‘सोमबार नै आन्ध्र प्रदेश पुग्ने रेलको टिकट फिक्स भइसकेको छ । अबिलम्ब तयार भएर आउनुहोला ।’ आफूलाई कलेजको प्रतिनिधि बताउने राहुल चौधरीको […]
९ भदौ, काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले नेपाली समाजको गति र उन्मुखता मापन गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार बसेको समिति बैठकले नेपाली समाज कुन दिशातर्फ अगाडि बढेको छ त्यसको अध्ययन गर्नुपर्ने बताएको छ । ‘सामाजिक अपराधका घटनाहरु, महिला माथिका हिंसाहरु, आत्महत्याको बढ्दो दर, बैदेशिक रोजगारीले पारिपारिक एवं सम्बन्धमा पारेको प्रभावलगायतका विषयवस्तुले […]
९ भदौ, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएपछि काठमाडौंमा समर्थकले खुशीयाली मनाएका छन् । नयाँ बानेश्वरमा भेला भएका समर्थकले अविर दलादल गरेर खुशी साटेका हुन् । सोमबार साँझ जिल्ला अदालत, चितवनले लामिछानेलाई ५ लाख, सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता […]
९ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका नायव सुब्बा मिथिलेश्वर ठाकुर विरूद्ध सेवाग्राहीसँग घुसलिएको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ । जग्गाधनीको स्रेस्ताबाट जग्गाको मोहीको लगत कट्टा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिएको प्रमाण भेटिएपछि नायव सुब्बा ठाकुर विरुद्ध सोमबार मुद्धा दायर गरिएको आयोगका […]
९ भदौ, वीरगञ्ज । वीरगञ्जको विभिन्न स्थानबाट प्रहरीले ५ टन ३ सय किलोग्राम मरिच बरामद गरेको छ । गत भदौ ६ गते प्रहरीले वीरगञ्ज महानगरपालिका-१ बाट ४० किलोका १३ बोरा मरिच नियन्त्रणमा लिएको थियो । त्यसकै भोलिपल्ट वीरगञ्ज महानगरपालिका-६ स्थित विजय अग्रवालको घर भाडामा लिएर विजय गुप्ताले सञ्चालन गर्दै आएको स्टोरबाट २५ किलो दरका ५६ […]
९ भदौ, काठमाडौं । शालिकराम पुडासैनीको आत्महत्या दरुत्साहनको मुद्दा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले यसबारे सार्वजनिक रुपमा बोल्न नपाउने भएका छन् । जिल्ला अदालत चितवनमा थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेसँग ५ लाख, युवराज कँडेलसँग ३ लाख धरौटी माग गरेको छ । अर्की अभियुक्त अस्मिता भनिने रुकु कार्कीलाई भने साधारण तारेखमा रिहा गरेको छ […]
९ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको कार्यभार सम्हालेपछि योगेश भट्टराईले भने, ‘नेपाल वायुसेवा निगमलाई वाह् ! भन्ने बनाउँछु ।’ मन्त्री भएको २६ दिनपछि पत्रकार सम्मेलन गरेर मन्त्री भट्टराईले १४१ बुँदे मुख्य प्राथमिकताका कार्यक्रमहरु सार्वजनिक गरेका छन्, यसमा वायुसेवा निगम सुधारका लागि ११ बुँदे छन् । नेपाल वायुसेवा निगमलाई सार्वजनिक कम्पनीको रुपमा सञ्चालन […]
९ भदौ,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट कर्मचारी संगठनले बहालवाला र सेवा निवृत्त कर्मचारीका परिवारलाई रासन कार्डको व्यवस्था गर्न माग गरेको छ । यही भदौ ७ र ८ गते काठमाडौंमा सम्पन्न निजामती कर्मचारी संगठनको केन्द्रीय समिति बैठकले यो सहित बिभिन्न २९ बुँदे माग राखेको छ । संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाको अध्यक्षमा बसेको बैठकले […]
९ भदौ, काठमाडाैं । प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको सम्पत्ति छानविन गर्ने भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, चितवनले अदालतमा पेश गरेको अनुसन्धान प्रतिवेदनमा प्रहरीले तीनै जनाको सम्पत्ति खोजी गरिरहेको उल्लेख छ । अभियोग पत्रमा भनिएको छ, ‘प्रतिवादीहरुको बैंक खाता विवरण हालसम्म प्राप्त नभएकाले प्राप्त भएपछि पेश गरिने व्यवहोरा समेत अनुरोध छ ।’ […]
९ भदौ, काठमाडौं । यतिबेला बिभिन्न नगरपालिकाका १८ जना मेयर तथा उपमेयरहरु चीनमा शहरी विकास योजना, विपद व्यवस्थान तथा रोकथामलगायतका विषय पढिरहेका छन् । चीनको ‘युनान युनिभर्सिटी अफ फाइनान्स एण्ड इकोनोमिक इन्टरनेशनल विजनेश स्कुल’ मा उनीहरुको पढाइ चलिरहेको हो । ८ दिनसम्म विभिन्न क्षेत्रका प्राध्यापकले नेपालका १८ जना मेयर र उपमेयरलाई विभिन्न विषयमा जानकारी गराउने […]
९ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थल २४ सै घण्टा सञ्चालनयोग्य बनाउने, ज्येष्ठ नागरिकलाई हवाइ यातायातमा ५० प्रतिशत छुट दिनेलगायत केही महत्वाकांक्षी योजवनासहित आफ्नो कार्ययोजना सार्वजनिक गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले चालु आर्थिक वर्यमा मन्त्रालय र यस अन्तर्गतका नियकाबाट हुने कामको सूची सार्वजनिक गरेका हुन् […]
from समाचार – Online Khabar https://ift.tt/2Ziehjh
via IFTTT