समाचार
९ भदौ, रामेछाप । लिखु तामाकोसी गाउँपालिका-१ को त्रिपुरेश्वर माविका विद्यार्थीहरु ४ वर्षदेखि बाँसको छापामा बसेर पढिरहेका छन् । उनीहरुले बाँसले बारेका खुल्ला छाप्राहरुमा ४ वटा हिउँद वर्ष काटिसकेका छन् । अझै विद्यालयको नयाँ भवन बन्ने सुरसार छैन । विनासकारी भूकम्पले २०७२ सालमा क्षति भएको विद्यालय पुनर्निर्माणको जिम्मा लिएको भारतीय दूतावास बेखबर छ । १२ […]
९ भदाै, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ ।अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको हो । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा छन् । उनले जानुअघि सचिवालय बैठक बोलाउने अधिकार प्रचण्डलाई दिएका थिए । यो प्रचण्डले बोलाएको नेकपाको पहिलो सचिवालय बैठक […]
९ भदौ, कैलाली । १५ बुँदे टीकापुर घोषणापत्र जारी गर्दै थरुहट थारुवान राष्ट्रिय सम्मेलन सकिएको छ । सम्मेलनले लक्ष्मण थारुको नेतृत्वमा ५१ सदस्यीय थरुहट थारुवान राष्ट्रिय मोर्चा समेत गठन गरेको छ टीकापुरमा ३ दिनसम्म चलेको भेलाले सम्मेलनले तराई मधेस आन्दोलनका क्रममा भएका घटनाबारे छानविन गर्न बनेको गिरिशचन्द्र लाल नेतृत्वको समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको […]
९ भदौ, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकामा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्का १ व्यक्ति घाइते भएका छन् । जितपुरतर्फ जाँदै गरेको ना ४८ प १३६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना २२ प ८१६१ नम्बरको मोटरसाइकल सवैयामा ठोक्किएर दुर्घटना भएको हो । आइतबार साढे ९ बजे भएको दुर्घटनामा […]
९ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा सर्वाधिक लोकप्रिय निजी सवारी साधन हो, मोटरसाइल-स्कुटर । सार्वजनिक सवारीमा कष्टप्रद यात्राबाट मुक्ति चाहने तर निजी कार किन्न नसक्नेहरुका लागि मोटरसाइल-स्कुटर लोकप्रिय विकल्प बनेको छ । नयाँ दुईपांग्रे सवारी (बाइक) किनबेच हुने सिजनको रुपमा चाडबाडको समयलाई लिइन्छ । यही सिजनलाई लक्ष्यित गर्दै मंगलबारबाट नाडा अटो-शो पनि सुरु हुँदैछ । […]
९ भदौ, चितवन । चर्चित सञ्चारकर्मी रवि लामिछानेसहित ३ जनाविरुद्ध चितवन जिल्ला अदालतमा परेको ‘आत्महत्या गर्न दुरुत्साहन’ मुद्दामा आज थुनछेक बहस हुँदैछ । तीन प्रतिवादीमध्ये अस्मिता कार्कीको वयान आइतबार सकिएको छ भने सोमबार रवि लामिछाने र युवराज कँडेलको वयान सकिएपछि अदालतमा वादी प्रतिवादीका वकिलहरुले बहस गर्नेछन् । रवि लामिछाने लगायतविरुद्ध आइतबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता […]
९ भदौ, बुटवल । ठगीको आरोप लागेका वाणगंगा नगरपालिका, कपिलवस्तुका नेकपा अध्यक्ष विश्व कार्की कारबाहीमा परेका छन् । कार्कीले सरकारी जागिर लगाइदिने प्रलोभनमा पारी ठगी गरेको उजुरी तथ्यसंगत भेटेपछि नेकपा कपिलवस्तुले वाणगंगाको अध्यक्षबाट हटाएर उनीमाथि कारबाही गरेको हो । नेकपाका जिल्ला नेता डम्बर शर्माले कार्कीले सरकारी जागिर लगाइदिन्छु भन्दै युवालाई ठगी गरेको पुष्टि भएकाले आइतबार […]
९ भदौ, काठमाडौं । इरानी विदेशमन्त्री मोहम्मद जावेद जरिफ अकस्मात जी–७ सम्मेलनमा सहभागी हुन पुगेका छन् । फ्रान्समा आइतबार सुरु भएको सात राष्ट्रहरुको सम्मेलनमा जफाद सहभागी भएका हुन् । बीबीसीले अकस्मात जी–७ बैठकमा पुगेका जरिफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत नेता उपस्थित बैठकमा सहभागिता जनाएको उल्लेख गरेको छ । जी–७ अर्थात् ग्रुप अफ सेभेन संसारका सबैभन्दा […]
९ भदौ, सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाँउपालिका–५ मा आइतबार साँझ एक जनाको छुरा प्रहार गरी हत्या भएको छ । स्थानीय मुर्ताज मियाँले धरिलो हतियार प्रहार गरेर वहाव मियाँको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक अर्जुन पोखरेलले बताए । घरायसी झगडाका कारण मुर्ताज मियाँले छुरा प्रहार गर्दा वहाव गम्भीर घाइते भएका थिए । […]
९ भदौ, भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशको प्रमुख चाड गौरा पर्वका अवसरमा आइतबारदेखि कञ्चनपुरको भीमदत्तनगरमा महिला देउडा प्रतियोगिता सुरु भएको छ । यहाँबाट प्रसारित रेडियो महाकालीको आयोजनामा विगत चार वर्षदेखि हुँदै आएको हुक्काचिलिम महिला देउडा प्रतियोगितामा जिल्लाका यस पटक छ वटा महिला समूहले भाग लिएका छन् । प्रतियोगिता चार दिनसम्म सञ्चालन हुनेछ । रेडियो महाकालीबाट प्रसारण […]
९ भदौ, लहान । अनुमति बिना अवैधरुपमा सञ्चालित सिरहाको आधा दर्जन डेरी उद्योगमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा दुर्गन्धित तथा कागजपत्र बिनै सञ्चालन गरिरहेको पाइएपछि छ वटा डेरी उद्योगमा शिलबन्दी गरिएको हो । सदरमुकाम सिरहास्थित ज्वाइस दही तथा आइसक्रिम उद्योग, बजरङ्ग डेरी उद्योग, सुखचैनास्थित […]
९ भदौ, काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आइतबार नेपाल वायुसेवा निगमको जहाज खरिदसम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची थियो । बैठकमा समितिका सदस्य र नेपाल वायु सेवा निगमका पदाधिकारी सहभागी थिए । तर, रिपोर्टिङका लागि गएका पत्रकारलाई प्रवेश दिइएन । समितिका एक सदस्यका अनुसार वाइडबडीका विषयमा समितिले गरेको छलफलमा मिडियालाई किन प्रवेश नदिइएको भनेर […]
८ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला अदालत आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहको मुद्दा दर्ता भएको छ । भोलि बयान तथा थुनछेक बहस हुनेछ । तर, लामिछाने निर्दोष भएको भन्दै चितवनमा लगातार प्रदर्शन हुँदै आएको छ । आइतबार […]
८ भदौ, काठमाडौं । सिनामंगलमा टिपरले तीन वटा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुई जना गम्भिर घाइते छन् । महानगरीय ट्राफिक महाशाखा, रामशाहपथका प्रमुख एसएसपी वसन्त पन्तका अनुसार, आइतबार साँझ तीनकुनेबाट गौशालातर्फ जाँदै गरेको टिप्परले तीन वटा मोटरसाइकलाई ठक्कर दिएर भागेको थियो । तर, तत्काल खोजीमा खटिएको प्रहरी वृत्त, गौशलाले […]
८ भदौ, काठमाडौंं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाप्रति असन्तुष्टि जनाएका छन् । अनिवार्य प्यान कार्डप्रति उनले असन्तुष्टि जनाए । फोहोर मैला उठाउनेलाई पनि प्यान लागू गरेको सुन्न आएको भन्दै नेता नेपालले पूर्वाधार विना विदेशीको नक्कल गरिएको टिप्पणी छ । पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघले […]
८ भदौ, काठमाडौं । नेपालमा बनेको पहिलो डिजेल गाडिबारे कुरा गर्दा प्रफुल दासलाई खाटा बसेको घाउ कोट्याई दिएजस्तो हुन्छ । हुलास मोटर्स प्रा.लिका महाप्रवन्धक उनी कुनै बेला नेपालको आफ्नै उत्पादन हुलास मुस्ताङ जीपका मुख्य डिजाइनर इन्जिनियर थिए । नेपालमै सस्तो र बलियो डिजेल जीप बनाउन २० वर्ष खर्च गरेका दास अहिले ‘मुस्ताङ सपना’लाई जीवनको सबभन्दा […]
८ भदौ, काठमाडौं । प्रहरीले एयरहोस्टेज भएको बताएर ठगीमा संलग्न रहेको आरोपमा एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको अर्जुनधारा–६ की २७ वर्षीया तविता राई छिन् । इलाका प्रहरी कार्यालय, बिर्तामोडले दुई युवकको उजुरीका आधारमा उनलाई पक्राउ गरेको हो । बिर्तामोडका डीएसपी मोहनकुमार थापा भन्छन्, ‘उनले गुरास र गरिमा श्रेष्ठको नक्कली फेसबुक […]
८ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ जना विरुद्ध विशेष अदालत काठमाडौंमा आइतबार मुद्धा दायर गरेको छ । जिल्ला प्रशासन कार्यालय बाराका नायब सुब्बा सनोज महतो, पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकाय डिनको कार्यालय विराटनगरका मुख्य अधिकृत गिरिराज कोइराला र उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौंडाका अधिकृत चन्दनकुमार अमात्यविरुद्ध मुद्धा दायर गरिएको आयोगका […]
८ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रदेशमा समायोजन हुने प्रहरीलाई एक तह बढुवा दिनपर्ने माग गर्दै ‘प्रहरी समायोजन विधेयक’मा संशोधन दर्ता गरेको छ । प्रतिनिधिसभाले पारित गरेको ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा समायोजनमा जाने प्रहरी कर्मचारीको दुई ग्रेड बृद्धि हुने व्यवस्था छ । यो […]
८ भदौ, काठमाडौं । शनिबार राजधानीमा रवि लामिछानेका समर्थकहरुले आयोजना गरेको विरोध प्रदर्शनमा भाषण गरिरहेका बेला पुण्य गौतमले पिटाइ खाए । विरोध प्रदर्शनपछिको कोणसभामा गौतमले माइक्रोफोन समातेर बोल्नासाथ केपी ओली र प्रचण्डको नाम लिए । प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्नासाथ रविका समर्थकहरुको भीडबाट गौतममाथि बोतल र ढुंगा प्रहार भयो । उनी मञ्चबाटै लखेटिए । आफूमाथि […]
८ भदौ, गोरखा । अवैध सालको गोलिया ओसारपसारमा संलग्न रहेको अभियोगमा गोर्खाको हर्मी भन्ज्याङबाट प्रहरीले ४ जनालाई आइतबार नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पालुङटार नगरपालिका- १ का सुन्दर लामा, मती घले, अर्पित गुरुङ र वडा-१० का अमित लामा रहेका छन् । ट्याक्टरमा काठ ओसारपसार गर्दै गर्दा सिरानचोक गाउँपालिका-३ को हर्मी भन्ज्याङबाट उनीहरुलाइ नियन्त्रणमा लिइएको […]
from समाचार – Online Khabar https://ift.tt/2U1XGu0
via IFTTT






















