समाचार
९ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्नातकोत्तर तह भौतिकशास्त्र विषयको विवादित प्रश्नपत्रसँग सम्बन्धित उजुरीलाई तामेलीमा राखेको छ । अनियमितताको प्रमाण नपुगेको भन्दै अख्तियारले उजुरीलाई तामेलीमा राखेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले अनलाइनखबरसँग भने, ‘उजुरीमा भनिएको आधार र प्रमाणले भ्रष्टाचार पुष्टि नहुने भएकाले तामेलीमा राखिएको छ ।’ स्नातकोत्तर तह भौतिकशास्त्र […]
९ भदौ, काडमाडौं । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा काठमाडौंबाट प्रहरीले एक जनालाई सोमबार नियन्त्रणमा लिएको छ । टिपरको चेकजाँच गर्ने क्रममा कारवाहीबाट जोगिन ५ सय रुपैयाँ घुस दिन खोजेपछि ललितपुर गोदावारी नगरपालिका-३ का पवन सिलवाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बा.५ ख. ६७५२ नम्बरको टिपर मालिक समेत रहेको सिलवालले महानगरिय प्रहरी वृत्त […]
९ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेताहरुको विषयमा व्यक्तिगत टिप्पणी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई प्रतिबन्ध लगाएको छ । सोमबार बसेको सचिवालय बैठकले नेता तथा कार्यकर्ताको व्यक्तिगत विषयमा प्रश्न उठाउनुपरेमा पार्टीभित्रै प्रक्रियागत ढंगले छलफलको विषय बनाउनुपर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यदि पार्टी नेताको बारेमा कुनै नेता, कार्यकर्ताले सार्वजनिक रुपमा […]
९ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विदेशमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठकमा सामेल गराउने कार्य वाहियात र देखावटी तामझाम भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल टि्वटरमा थापाले देशमा कुनै पनि त्यस्तो आपतकालिन अवस्था नभएको भन्दै उपचारमा रहेका प्रधानमन्त्रीलाई मन्त्रिपरिषद् बैठकको नाममा दुःख दिनु उचित नभएको बताएका […]
९ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गजेन्द्रबहादुर महतले चितवनमा सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई जात्राको संज्ञा दिएका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले चितवनमा चलेको ‘जात्रा’बारे श्रम मन्त्रालय र गृह मन्त्रालय बढी सचेत हुनुपर्ने पनि बताए । ‘यो जात्राका बारेमा सरकार गम्भीर हुनुपर्छ । त्यसमा पनि श्रम मन्त्रालय र गृह मन्त्रालय […]
९ भदौ, काठमाडौं । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति संगिता भण्डारीलाई बर्खास्त गरेर अर्को उपकुलपति नियुक्त गर्नुपर्ने माग संसदमा उठेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद मेटमणि चौधरीले भण्डारी उपकुलपति नियुक्त भएदेखि नै दाङको स्वास्थ्य सेवा बिगि्रन थालेको भन्दै उनलाई पदबाट हटाउन माग गरेका हुन् । चौधरी दाङ क्षेत्र नम्बर १ […]
९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले नेपाल भारत संयुक्त आयोगको बैठक निरर्थक भएको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले यो बैठकबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदलाई दिएको जानकारी र परराष्ट्र मन्त्रालयको वक्तव्य मेल नखाएको बताए । मन्त्रीले कालापानी, लिपुलेकबारे कुुरा उठाएँ र १९५० सन्धी पुनरावलोकनका लागि दुई देशको सचिवस्तरीय […]
९ भदौ, गोरखा । गत आर्थिक बर्ष २०७५/७६ मा जिल्लाका ८३ वटा घरपालुवा पशुचौपाया चिुतवाको शिकार बनेका छन् । बिभिन्न समय र स्थानमा चितुवाले ८३ वटा घरपालुवा पशु मारेको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ । गोरखा नगरपालिकामा मात्रै चितुवाले १८ वटा बाख्रा मारेको डिभिजनल वन अधिकृत तोयनाथ पौड्यालले बताए । ८ वटा खसी, २ […]
९ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सामाजिक सञ्जालको दुरुपयोग रोक्न नियमन, नियन्त्रण र कारबाही आवश्यक रहेको उनीहरुको भनाइ छ । सोमबार संसदको विशेष समयमा बोल्दै नेकपा सांसद खगराज अधिकारीले सामाजिक सञ्जालमा अराजकता व्याप्त रहेको बताए । प्रधानमन्त्रीलाई स्वर्गवासको कामना गर्ने आपराधिक […]
९ भदौ, काठमाडौं । सांसद हृदयश त्रिपाठीले निजी बैंकहरु बैंक नभएर साहुजस्तो भएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले बैंकहरुले स्वच्छ बैंकिङ कारोबार नगरेको आरोप लगाएका हुन् । ‘निजी क्षेत्रका बैंक, बैंकभन्दा साहूको रुपमा परिणत भए, आफूलाई साहूको रुपमा प्रस्तुत गरे’ उनले भने कसैको जमानी राम्रो छ जग्गा राम्रो छ भने […]
९ भदौ, काठमाडौं । नेपाली सेनाले आर्थिक वर्ष २०७५/०७६ मा बेरुजु फर्छ्यौटमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । नेपाली सेनाको नाममा कायम भएको कूल ९ अर्ब ३३ करोड ४४ लाख ५ हजार रुपैयाँ मध्ये उक्त आर्थिक वर्षमा ६ अर्ब २८ करोड ७६ लाख ६८ हजार रुपैयाँ बेरुजु फर्छ्यौट गर्न सफल भएको प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी […]
९ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले उपचुनावको तयारीमा रहेको निर्वाचन आयोगलाई प्रभावमा पार्न खोजेको आरोप लगाएको छ । उपचुनावको मिति घोषणा भइसकेको अवस्थामा सरकारले कर्मचारी सरुवा गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो । सोमबार संसदको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सचेतक पुष्पा भुसालले ४ भदौमा ७६ सहसचिवलाई सरुवा गरिएको भन्दै आपत्ति जनाएकी […]
९ भदौ, काठमाडौं । घोराही उपक्षेत्रीय अस्पतालबाट दाङ जिल्लाबासीले मात्रै होइन सिंगो राप्तीबासीले नै उपचार सेवा पाइरहेका थिए । २०७४ सालमा घोराहीमै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरियो र उपक्षेत्रीय अस्पताललाई पनि त्यसैमा गाभियो । अब झन् ठूलो अस्पताल बन्ने र एमबीबीएस डाक्टरहरुसमेत उत्पादन हुने भन्दै राप्तीबासी खुसी थिए । प्रतिष्ठान स्थापना भएको खुसियालीमा ललितपुरमा […]
९ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विभिन्न पार्टीबाट एकतामा आएका चार जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकले देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राईलाई केन्द्रीय सदस्य मनोनयन गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पराजुली र धमला तत्कालिन नयाँ […]
९ भदौ, चितवन । चितवनको भरतपुरमा प्रहरी र रवि लामिछानेका समर्थकहरुबीच झडप भएको छ । जिल्ला अदालतमा लामिछानेको थुनछेक बहस चलिरहेको बेला उनका समर्थकहरुले सार्वजनिक सवारी साधनमा तोडफोड गरेपछि झडप भएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले स्थितिलाई नियन्त्रणमा लिन दुई राउण्ड अश्रु ग्यास प्रहार भएको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘निषेधित […]
९ भदौ, काठमाडौं । नेपालमा पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको छ । सिंगापुरमा उपचारका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओली उपचारमा जानुअघि कार्यविधि संशोधन गरी भिडियो कन्फ्रेन्समार्फत पनि मन्त्रिपरिषद बैठक बस्न सक्ने ब्यवस्था गरिएको थियो । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले ट्विटरमार्फत भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद […]
९ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले बिभिन्न जिल्ला, जनसंगठन र बिभागका उपप्रमुख तथा सहइञ्चार्जहरु थपेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले हालसम्म जिम्मेवारी नपाएका नेताहरुलाई कार्यक्षेत्र तोकेको महासचिव विष्णु पौडेलले बताए । बैठकले कानुनमन्त्री भानुभक्त ढकाललाई राष्ट्रिय सुरक्षा विभागको प्रमुखको जिम्मा दिएको छ । यो विभागको उपप्रमुखमा यसअघि खोटाङको […]
९ भदौ, गुल्मी । गुल्मीको सदरमुकामबाट ग्रामीण भेगमा पुग्ने सडकको स्तरोन्नती भएसँगै सार्वजनिक यातायातको भाडा घट्ने भएको छ । भदौ १० गतेबाट लागू हुने गरी भाडा दर घट्ने भएको हो । कच्ची, ग्राभेल र पक्की सडकमा फरक फरक भाडा दर लागू गरिने भएको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीमा सरोकारवालासागको छलफलपछि सार्वजनिक यातायातको भाडादर घटाउने […]
९ भदौ, चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेलको बयान सकिएको छ । सोमबार जिल्ला अदालत, चितवनमा दुवै जनाको बयान लिइएको हो । यसअघि आइतबारै अस्मिता भनिने रुकु कार्कीको बयान सकिएको थियो । तर, लामिछाने र कँडेलको बयान नभएपछि तीनै जनालाई हिरासतमा राखिएको थियो […]
९ भदौ, काठमाडौं । पर्यटन विभागले वसन्त ऋतुमा सगरमाथामा सम्पर्क अधिकृतमा रुपमा खटाए पनि काममा नगएका १५ जना कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ । काममा खटाए पनि सम्बन्धित स्थानमा नपुग्ने कर्मचारीमाथि कारवाही प्रक्रिया अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मन्त्रालयले १ भदौमा विभागलाई निर्देशन दिएको थियो । विभागले खटिएको स्थानमा नपुग्ने १५ जना सम्पर्क […]
९ भदौ, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा सञ्चारकर्मी युवराज कँडेलको बयान सुरु भएको छ । जिल्ला अदालत, चितवनमा कँडेलको बयान थालिएको हो । जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार आइतबार नर्स अस्मिता भनिने रुकु कार्कीको मात्रै बयान भएपछि कँडेल र टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको सोमबार बयान लिइँदैछ । सोमबार बयान सकिए थुनछेक […]
from समाचार – Online Khabar https://ift.tt/2zl5Jsl
via IFTTT




















