Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

गाडीलाई सँधै कन्डिसनमा राख्न के गर्ने ? के नगर्ने ?

१४ भदौ, काठमाडौं । नेपालमा निजी सवारी साधनको मूल्य विदेशको भन्दा निकै उच्च छ । गाडी किन्ने कुरा घर-जग्गा जोड्नुजत्तिकै मुस्किल बनेको छ । अर्कोतर्फ धेरैजसो सडकको अवस्था भने दयनीय छ । राजमार्ग मात्रै हैन, शहरी सडकहरु पनि सवारीमैत्री छैनन् । सबैले ‘अफरोड’ मा जानसक्ने विशेषता भएका महंगा सवारी जोड्न पनि सक्दैनन् । यसले गर्दा […]

नाडामा विद्युतीय कारको आकर्षण, कुन-कुन ब्रान्ड चर्चामा ?

१४ भदौ, काठमाडौं । देशभित्र विजुलीको आपूर्ति सहज भएसँगै धेरैलाई विद्युतीय सवारीबारे चासो बढेको छ । यो वर्षको नाडा अटो-शोमा पनि विद्युतीय गाडीका स्टलमा आगन्तुकहरु झुम्मिएका छन् । गाडीहरुको यस वाषिर्क मेलामा हुन्डाई, किया, बीवाईडी र पिगोलगायतका ब्रान्डले विद्युतीय कार विक्रीमा राखेका छन् । गत वर्षहरुभन्दा यो वर्ष यस्ता गाडीको प्रतिस्पर्धा बढेको विक्रेताहरु बताउँछन् । […]

सुर्खेतमा बेवारिसे छाडिएको गाई नेपालगञ्ज फिर्ता पठाइयो

दैलेख लैजान भन्दै रातारात सुर्खेतको कटकुवा जङ्गलमा बेवारिसे छाडिएका गाईको उद्वार गरी पुनः नेपालगञ्जतर्फ पठाइएको छ । स्थानीय प्रशासनको समन्वयमा वीरेन्द्रनगर नगरपालिकाले बेवारिसे छाडिएका गाईलाई शनिबारदेखि नेपालगञ्ज फिर्ता पठाउन थालेको हो । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले १४२ वटा गाई नेपालगञ्ज पठाइसकेको जानकारी दिए । घाइते रहेका कतिपय गाई–गोरुको औषधि उपचार गरी […]

पर्यटनमन्त्रीले देउवालाई सुनाए भ्रमण वर्षको तयारी

१४ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । भेटका लागि मन्त्री भट्टराई शनिबार विहान पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाको निवास बुढानीलकण्ठ पुगेका थिए । मन्त्री भएपछि पहिलो पटक देउवालाई भेटेका भट्टराईले मन्त्रालयको बार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२०बारे जानकारी गराएका छन् […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि दैनिक ७ घण्टा बन्द हुने

१४ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि चार महिनासम्म दैनिक सात घण्टा बन्द हुने भएको छ । दोस्रो चरणको जिर्णोद्धार गर्नुपर्ने भएकाले भदौ १५ गतेदेखि पुस १५ गतेसम्म ७ घण्टा विमानस्थल बन्द गर्न लागिएको हो । त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले अनलाइनखबरसँग भने, ‘जिर्णोद्धारको दोस्रो चरणको काम गर्नुपर्ने भएकाले सेप्टेम्बर १ देखि डिसेम्बर ३१ […]

सहिद पार्कमा ठडिन थाले सालिक (फोटो फिचर)

१४ भदौ, पोखरा । पोखरा महानगरमा प्राय सबै चोकभरि विभिन्न व्यक्तित्वका सालिक छन् । ती सालिक कुनै राष्ट्रिय विभूतिका हुन् भने कुनै सहिदका । जसको सालिक हो, त्यसैको नामबाट चोकको नाम राखिएको छ । पृथ्वीचोक (लखन थापा) चोक, हरि चोक, वीपी चोक आदि त्यसैका उदाहरण हुन् । व्यस्त शहरको चोकमा ठडिएका ती सालिकले ठूलो ठाउँ […]

परिवारभित्रै अपराधी : पहिले गुण्डागर्दी, अहिले साइबर क्राइम

१४ भदौ, काठमाडौं । पर्साको कालिकामाई– ५ मा खुर्पा प्रहार गरेर ३२ साउनमा मुक्तिनारायण राउत कुर्मीले श्रीमती संगीतादेवीको हत्या गरे । मादक पदार्थ सेवन गरेका राउतले सामान्य विवादमा श्रीमतीको घाँटी रेटेको प्रहरी बताउँछ । झापाको कमल गाउँपालिका–१ का प्रकाश थापाले ४ साउनमा चिरपट प्रहार गरेर ७० वर्षीय बुबा सूर्यबहादुर थापाको हत्या गरे । बुबाछोराबीच सामान्य […]

प्रदेश २ का बेरोजगारलाई विना ब्याज ऋण दिने कृषिमन्त्रीको दाबी

१४ भदौ, जनकपुरधाम । दक्ष युवा जनशक्तिहरु रोजगारीका लागि विदेश पलायन हुने क्रम नरोकिएपछि प्रदेश २ सरकारले वैदेशिक रोजगारको आकर्षणलाई घटाउने अभियान सुरु गर्ने भएको छ । वैदेशिक रोजगारलाई कम गर्न र कृषिमै युवालाई आत्मनिर्भर बनाउँदै प्रदेशमै रोजगारी सिर्जना गर्ने अभियान केही दिनभित्रै सुरु हुनेछ । ‘युवा विदेशिँदा प्रदेशको स्थिति भयावह बन्ने अवस्था देखापर्दैछ’ प्रदेशका […]

५० एसपीको सरुवा (नामावलीसहित)

१४ भदौ, काठमाडौं । नेपाल प्रहरीले ५० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्णयअनुसार एसपीहरुको सरुवा गरिएको प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए । ३८ किलो सुनकाण्ड प्रकरणका आरोपी विकासराज खनाल बारामा सरुवा भएका छन् । पक्राउसमेत परेका उनलाई उच्च अदालत मोरङले साधारण तारेखमा रिहा गरेको […]

साताका १० पुस्तक : बीपी र प्रचण्डदेखि मधेससम्म

दशैंलाई लक्षित गर्दै पुस्तक प्रकाशनको बाढी आउन थालेको छ । यो साता पनि नेपाली बजारमा दर्जन बढी पुस्तक प्रकाशित भएका छन् । किशोर र बालबालिकालाई लक्षित गरेर पनि बजारमा नयाँ-नयाँ पुस्तक आइरहेका छन् । केही किताबहरु राजनीतिक विषयमा आएका छन् भने केही भाषा साहित्यका विषयहरु समेटिएका पुस्तक बजारमा निस्केका छन् । यो साता प्रकाशित १० […]

अमेरिकाबाट पूर्वपति रवि लामिछानेका नाममा…

हुन त मैले यो विषयमा केही बोल्नु उचित नहोला भन्ने सोचेकी थिएँ । तर, पछिल्ला केही दिनमा मेरो एउटा स्टाटसलाई आधार बनाएर अड्कलकै आधारमा समाचारहरु आइरहेको देखेपछि आफ्नो धारणा स्पष्ट पार्नु आवश्यक ठानेकी छु । रवि लामिछाने मैले २५ वर्ष सहयात्रा गरेका श्रीमान मात्र होइन, मेरा दुई छोरीका बाबु पनि हुन् । हाम्रो डिभोर्सपछि दुई […]

कांग्रेसले भन्यो- इनरुवाका लक्ष्मी मेहताको वडा सदस्य पद रिक्त गर

१४ भदौ, काठमाडौं । नेपाली कांग्रेसले सुनसरीको इनरुवा नगरपालिका वडा नं. २ को वडा सदस्य लक्ष्मी मेहताको वडा सदस्य पद रिक्त गरिदिन निर्वाचन आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ । कांग्रेसबाट निर्वाचित मेहता नेकपामा प्रवेश गरेको भन्दै कांग्रेसले उनको पद रिक्त गरिदिन सम्बन्धित निकायमा अनुरोध गरेको हो । राजनीतिक दलसम्बन्धी […]

प्यूठान जिल्ला अस्पतालमा न स्वास्थ्यकर्मी, न कर्मचारी

१४ भदौ, प्यूठान । वर्षौंदेखि दरवन्दीअनुसार स्वास्थ्यकर्मी र कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको प्यूठान जिल्ला अस्पतालले जनाएको छ । ५० शैयाको प्युठान जिल्ला अस्पताल केबल कागजमा सीमित छ । दैनिक सरदर दुई सय विरामीलाई सेवा दिँदै आएको अस्पतालको भौतिक पूर्वाधार पनि तयार हुन सकेको छैन । स्तरवृद्धि भएको भनिएको तीन वर्ष हुँदासमेत सेवाग्राहीले विशेषज्ञ […]

झुक्याएर गाउँ कमिटीमा राखेको भन्दै विप्लव समूह परित्याग

१४ भदौ, धादिङ । आफूहरुलाई झुक्याएर नेत्र विक्रम चन्द नेतृत्वको समूहको गल्छी गाउँ कमिटीमा राखेको भन्दै पाँच जनाले शुक्रबार जिल्ला प्रहरी कार्यालय धादिङमा आत्मसमर्पण गरेका छन् । गाउँमा आएका चन्द समर्थकको कार्यक्रम हेर्न गएका बेला नाम लेखेर राखेको र आफूहरुलाई कुनै जानाकारीसमेत नभएकाले हाल आत्मसमर्पण गरेको उनीहरुले बताएका छन् । आत्मसमर्पण गर्नेमा गल्छी गाउँपालिका–३ मुलाबारीका […]

ट्वीटरकै सीईओको अकाउन्ट ह्याक

१४ भदौ, काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरको संस्थापक एवम् हालका सीईओ ज्याक डोर्सीको ट्वीटर अकाउन्ट ह्याक भएको छ । उनको अकाउन्टबाट ह्याकर्सले आपत्तीजनक र नश्लभेदी ट्वीट गरेपछि यो ह्याक भएको खुलेको हो । यस्ता कतिपय ट्वीट आधा घण्टासम्म उनको ट्वीटर अकाउन्टमा देखिन्थ्यो । तर, पछि ट्वीटरको टिमले डोर्सीको अकाउन्ट रिकभर गरेका थिए । डोर्सीको करिब […]

पश्चिम नेपालमा पानी पर्ने क्रम बढ्छ : मौसमविद

१४ भदौ, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरैजसो स्थानमा बदली भई वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा केही घण्टापछि पानी पर्न रोकिए पनि पश्चिम नेपालका भूभागमा भने वर्षा बढ्दै जाने मौसमविदको पूर्वानुमान छ । मौसमविद विभूती पोखरेलले अनलाइनखबरसँग भनिन्, ‘सिस्टम विस्तारै पश्चिम तर्फ सर्दै गइरहेकाले पश्चिममा पानी पर्ने क्रम बढ्छ । तर काठमाडौं उपत्यकाको कुरा […]

पूर्वमन्त्री बलबहादुर केसीलाई कारवाही गर्न माग

१४ भदौ, सोलुखुम्बु । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई कारवाही गर्न माग गरिएको छ । सोलु–काठमाडौँ सम्पर्क समितिले केसीलाई अनुशासनको कारवाही गर्न माग गरेको समितिका महासचिव रोशन थुलुङले जानकारी दिए । पार्टीको नियमावलीको बेवास्ता गर्दै समानान्तर सम्पर्क समिति गठन गरेर पार्टी हितविपरीत कार्य गरेको भन्दै समितिले कारवाहीका लागि केन्द्रीय अनुशासन समितिसमक्ष लिखित […]

स्टार खेलाडीविना पीएसजी २-० ले विजयी

१४ भदौ, काठमाडौं । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) विजयी भएको छ । स्टार खेलाडीत्रय नेइमार, एडिन्सन काभानी र केलियन एमबाप्पेविनै मैदान उत्रिएको पीएसजीले मेट्जलाई शुक्रबार रातिको खेलमा २-० ले हराएको हो । एडिन्सन काभानी र केलियन एमबाप्पे चोटका कारण खेलेका थिएनन् भने बार्सिलोना फर्किन इच्छुक नेइमारलाई प्रशिक्षकले खेलाएका थिएनन् । पीएसजीको जितमा […]

चीनमा बुहारी बनाउने भन्दै नेपाली चेलीको तस्करी

१३ भदौ, काठमाडौं । कास्कीमा ब्युटी पार्लर चलाइरहेकी २७ वर्षीया सुमित्रा (नाम परिवर्तन) लाई प्रस्ताव आयो, चिनियाँ युवकसँग बिहे उतै जाने र राम्रो जागिर खाने ।’ काठमाडौं, नैकापमा बस्दै आएकी उषा घिमिरेको प्रस्तावले उनको मथिंगल नराम्ररी हल्लायो । दिनरात काम गर्दा पनि महिनाभरको खर्च कटाउन मुस्लिक भएको सम्झिइन्, डेढ महिनाअघि मात्र चिनिया युवकसँग बिहे गरेर […]

पूर्वमन्त्री गणेश नेपालीको निधन

१३ भदौ, जनकपुरधाम । पूर्वमन्त्री गणेश नेपालीको शुक्रबार साँझ निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित नेपालीको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनी ७६ बर्षका थिए । २०६६ सालमा तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टीबाट उनी युवा तथा खेलकुद मन्त्री बनेका थिए । उनी हाल राजपाका केन्द्रीय सदस्य पदमा थिए । महोत्तरी […]

डेंगुको डरलाग्दो प्रकोप  !

१३ भदौ, काठमाडौं । बिहीबार स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै भन्यो, ‘डेंगु नियन्त्रण बाहिर गइसक्यो ।  मन्त्रालय एक्लैले नियण्त्रण गर्न सक्दैन ।’  उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले थपे, ‘डेंगु नियन्त्रण गर्नका लागि सेना प्रहरी परिचालन गर्नुपर्ने अवस्था आइसक्यो ।’ मन्त्रीको यो अभिव्यक्तिबाट थाहा हुन्छ, डेंगुको संक्रमण कति डरलाग्दो भइसक्यो । मन्त्रालयको ईपिडिमियोलोजी तथा रोग […]



from समाचार – Online Khabar https://ift.tt/2UkMlWf
via IFTTT
Powered by Blogger.