समाचार
१२, माघ, चितवन । गत वर्ष माघ १९ गते तत्कालिन पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारी भरतपुर विमानस्थल झर्दा उनले निकै डर लागेको बताएका थिए । उनी सवार विमान एकैपटकमा अवतरण गर्न नसकेर एक चक्कर घुमाएर मात्रै ल्याण्ड गरिएको थियो । मन्त्री अधिकारी आफैले यस्तो अनुभूति गरेपछि उनले विमानस्थल विस्तारको योजना बनाएका थिए । विमानस्थलको […]
अहिले म उमेर समूह (यू-१९) को अन्तिम प्रतियोगिता खेल्न श्रीलंका आइपुगेको छु । मेरोमात्र होइन, कप्तान रोहितकुमार पौडेलसहित धेरैको यो उमेर समूहको अन्तिम प्रतियोगिता होला । त्यसैले पनि यसलाई विशेष बनाउन चाहन्छौं, टेष्ट नेशनलाई हराउन चाहन्छौं, अनि एसिया कपको फाइनल खेल्न चाहन्छौं । त्यसभन्दा पहिले सिनियर टिमका केही अनुभव सुनाउँछु ।
१० भदौ, काठमाडौं । केही समयअघिको एक सार्वजनिक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले आफूलाई बैंकिङ प्रणालीमा प्रविधिको विश्वास नलाग्ने बताए । उनको त्यो अभिव्यक्तिलाई प्रविधिको प्रयोगबाट हुने सहज नगद कारोबारलाई निरुत्साहित गर्ने मनसायको रुपमा अर्थ्याइयो । यदाकदा केही समस्या आए पनि सहज र छिटो कारोबारका लागि प्रविधि प्रयोग आजको आवश्यकता भएको विज्ञहरु बताउँछन् । त्यसका […]
१२ भदौ,काठमाडौं । मिडिया काउन्सिल विधेयक संशोधन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तयार भएको छ । यो विधेयक बिहीबार राष्ट्रियसभामा टेबल हुँदैछ । शुक्रबार सैद्धान्तिक छलफलपछि विधायन ब्यवस्थापन समितिमा दफावार छलफलका लागि पठाइने छ । त्यसक्रममा प्रेसको अधिकारमा असर नपर्ने गरी संशोधन हाल्ने नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईले बताए । कुन कुन दफामा संशोधन […]
१२ भदौ, वीरगञ्ज । खाने तेलको ग्यालेनमा लागू औषध लुकाएर ल्याउँदै गरेका दुई जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले विहीबार वीरगञ्जबाट पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१६ रजत जयन्ती चोकबाट सशस्त्र प्रहरीले भारत मोतिहारी जिल्ला मोर्जे–२० का ३५ बर्षीय धर्मेन्द्र साह र १८ बर्षीय पिन्टु कुमार पासवानलाई नियन्त्रणमा लिएको हो । रक्सौलबाट वीरगञ्ज आउँदै गरेको अवस्थामा […]
१२ भदौ, काठमाडौं । नेपाल एयरलाइन्सको पहिलो जापान उडान सफल भएको छ । काठमाडौंबाट १ सय ३४ जना यात्रुसहित उडेको जहाज जापानको ओशाकास्थित कान्साई इन्टरनेशनल एयरपोर्टमा अवतरण गरेको हो । निगमका अनुसार ८५ जनाले टिकट काटेका थिए भने ४९ जनाको सरकारी–निजी क्षेत्रका प्रतिनिधीको टोली पहिलो उडानमा सहभागी भए । बुधबार राति पर्यटनमन्त्री योगेश भट्टराईले टोलीलाई […]
१२ भदौ, काठमाडौं । द्विपक्षीय व्यापार सम्बन्धमा सम्बाद टुटेको ८ वर्ष पछि नेपाल र भुटानबीच तेस्रो वाणिज्य वार्ता बिहीबार काठमाडौंमा सुरु भएको छ । वार्तामा दुई देशबीचको वाणिज्य व्यापार सहजीकरणमा छलफल केन्द्रित हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग–वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले गरेका छन् । […]
१२ भदाै, तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-४ चुनपहरामा आज (बिहीबार) बिहान पर्यटक कारको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीया मनिषा परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोखराबाट काठमाडाैंतर्फ जाँदै गरेको बा१य १३९७ नम्बरको कारले पैदलयात्री परियारलाई ठक्कर दिएपछि सख्त घाइते उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा […]
१२ भदौ, गुल्मी । मालपोत कार्यालय गुल्मीले अनलाइन मार्फत आफ्नो सेवा शुभारम्भ गरेको छ । सेवा प्रहवाहलाई सहजता र प्रबिधि मैत्री बनाउने उदेश्यका साथ अनलाइन मार्फत सेवा शुभारम्भ गरेको हो । मालपोत कार्यालयले यसअघि रजिष्टरमा लेखेर सेवा प्रवाह गर्दै आइरहेको थियो । रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले एक कार्यक्रमकाबीच विहीबार अनलाइन सेवाको शुभारम्भ गरेका छन् […]
१२ भदौ, काठमाडौं । प्रहरीले सामुहिक बलात्कारमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी-१ का २३ वर्षीय रविन श्रेष्ठ छन् । प्रहरीका अनुसार दैलेख घर भएकी १७ वर्षीया किशोरीलाई श्रेष्ठसहित धादिङकै ३० वर्षीय मदन थापा मगरले बलात्कार गरेका थिए । मगर भने पक्राउ परेका छैनन् । उनको खोजी भइरहेको […]
१२ भदौ, गलकोट । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड एक महिना दैनिक आठ घण्टा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङमा बुधबार बसेको सरोकारवालाहरुको बैठकले बागलुङ नगरपालिका–३ खहरे क्षेत्रमा रहेको चट्टानसहितको पहरो कटानका लागि झण्डै एक महिना खहरे खण्डको बाटो बन्द गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको अध्यक्षता तथा […]
१२ भदौ, चितवन । पयर्टन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ७० वर्ष कटेका वृद्ध–वृद्धालाई भाडामा ५० प्रतिशत छुट दिने सरकारको निर्णय कार्यान्वयन गरी छाड्ने बताएका छन् । साथै उनले आन्तरिक पर्यटनमा भाडादरले असर पारेकाले पुनरावलोकन हुने बताए । एयरलाइन्स कम्पनीहरूले मन्त्रीको निर्णय कार्यान्वयन गर्न असजिलो हुने बताइरहेका बेला मन्त्री भट्टराईले सरकार र एयरलाइन्स कम्पनीको साझा […]
१२ भदौ, डोटी । शिखर नगरपालिका-५, धामीगाउँकी २५ वर्षीया ईश्वरी बिकका श्रीमान् खेमराज बिक रोजगारीको लागि भारतको मुम्बईमा छन् । खेमराजसँग ईश्वरीले ११ वर्ष पहिले १४ वर्षकै उमेरमा बिहे गरेकी थिइन् । उहिले खेमराजले आफुले कमाएको पैसा घर पठाउँदा कुनै व्यक्तिसँग पठाउँथे । आफू घर आउँदा उनले आफै पनि नगद बोकेर आउने गरेका थिए । […]
१२ भदौ, दाङ । प्रा.डा. विश्वनाथ यादव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका रेक्टर हुन् । उनलाई ‘पोषण गृह कब्जा गरेर बसेको’ र प्रतिष्ठानविरुद्धको आन्दोलनलाई समर्थन गरेको आरोप छ । यसअघि उपकुलपति प्रा.डा. संगिता भण्डारी आफैंले अनलाइनखबरसँगको अन्तर्वार्तामा यादवमाथि यस्तो आरोप लगाएकी थिइन् । उपकुलपतिपछिको दोस्रो वरियतामा रहेका यादव भने भण्डारीको आरोप स्वीकार गर्न तयार छैनन् […]
१२ भदौ, काठमाडौं । उत्तरी नाका तातोपानी बन्द भएपछि रोकिएको भनिएको रक्तचन्दन तस्करी पुनः सुरु भएको देखिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय प्रहरी वृत्त, बौद्धको संयुक्त टोलीले ८३ किलो रक्तचन्दन बरामद गरेसँगै रक्तचन्दन तस्कर सल्बलाएको देखिएको हो । जेठ पहिलो सातादेखि चीन जोड्ने उक्त नाका खुले पनि रक्तचन्दन बरामद भएको थिएन । […]
१२ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई संघीय सरकार मातहत ल्याउने निर्णय गरेको छ । रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको सो अञ्चल अस्पताल संघीय सरकार मातहतमा ल्याउने निर्णय गरेको मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को वि.सं. २०७५ पुस २३ गतेको बैठकले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने […]
१२ भदौ, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली क्रिकेट टोलीको तयारी आइतबारबाट सुरु हुने भएको छ । यसका लागि ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएकाे छ । सिनियर कि यू–२३ टोली खेल्ने भन्ने अन्यौलका कारण पुरुष टिमको तयारी सुरु हुन सकेको थिएन । यो अन्यौल अझै हटेको छैन । नेपाल ओलम्पिक कमिटीले टेष्ट […]
१२ भदौ, काठमाडौं । सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिस् प्रक्रियामार्फत उपचार जारी राखिएको र अवस्था सामान्य रहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीसँगै सिंगापुरमा रहेका रिमालले ट्विट गर्दै प्लाज्मा फेरेसिस प्रक्रियाबाटै उपचार भइरहेको जानकारी दिएका हुन् । प्रधानमन्त्रीको प्रत्यारोपण गरिएको मिर्गौलामा एन्टिबडीको मात्रा बढेपछि चिकित्सकले प्लाज्मा […]
१२ भदौ, रुपन्देही । व्यवस्थापन विषयमा स्नातक गरेका पाल्पाका एक युवकले छोटो अवधिमै सफल र आधुनिक किसानको पहिचान बनाएका छन् । उनी हुन्, रैनादेवी छहरा गाउँपालिका-१ सिद्धेश्वर अर्चलेका २९ वर्षीय सुदर्शन पन्त । उनले पढाइ सकेपछि राम्रो जागिर खोजेनन् । बरु गाउँमै फर्केर व्यावसायिक तरकारी खेती सुरु गरे । ७० रोपनी जग्गामा गरिएको तरकारी खेतीबाट […]
१२ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि बुधबार स्थगित बैठक बिहीबार बस्न लागेको हो । नेता पौडेलमा ग्यास्टिकलगायतका समस्या देखिएपछि उनले बैठकमा सहभागी हुन नसक्ने जानकारी बुधबार गराएका थिए । बैठकमा पार्टीका भातृ तथा शुभेच्छुक संस्थाबारे छलफल गर्ने […]
१२ भदौ, पोखरा । पोखरामा गएराति भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पोखरा महानगरपालिका–३२, गगनगौंडामा गएराति ग ७ प ७४२८ नम्बरको मोटरसाइकल र ग ११ प २३५८ नंको स्कुटर एकापसमा ठोक्किँदा स्कुटरको पछाडि बसेका पोखरा नदीपुर निवासी १८ वर्षीय जगबिन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]
from समाचार – Online Khabar https://ift.tt/30GOxcJ
via IFTTT