Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

विद्युत प्राधिरकणले गर्‍यो कर्मचारीको सरुवा (सूचीसहित)

११ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कर्मचारी सरुवा गरेको छ । यसपटक ९औं तहको उप प्रवन्धक, ८ औं तहको सहायक  प्रवन्धक र ७ औं तहको  इञ्जिनियरहरुको सरुवा भएको छ । एकैपटक ८५ जना अधिकारीहरु सरुवामा परेका छन् । प्राधिकरणले अधिकांश वितरण केन्द्र प्रमुखहरुको सरुवा गरेको हो। प्राधिकरणले चुहावट नियन्त्रण र सेवा सुधारलाई आधार बनाएर […]

भक्तपुरमा मनाइयो पञ्चदान (फोटो फिचर)

११ भदौ, भक्तपुर । भक्तपुरमा नेवार समुदायले मंगलबार पञ्चदान पर्व मनाएका छन् । हरेक वर्ष भाद्र कृष्ण त्रयोदशी अर्थात गुँलागा त्रयोदशीमा वौद्ध धर्मावलम्बी नेवार समुदायले पञ्चदान पर्व मनाउँछन् । यो दिनमा अन्न, गेडागुडी फलफूल सख्‍खर पानी (सर्वत) र औषधीको दान गरिन्छ ।  भक्तपुरका विभिन्न पाँच  टोलमा रहेका दिपंकर बुद्धको पूजा गरेर र दान दिएर पञ्चदान […]

मंसिर १४ को उपनिर्वाचन : धरानमा ४ हजार मतदाता थपिए

११ भदौ, बिराटनगर । प्रदेश १ मा एक उपमहानगरपालिका सहित ९ स्थानमा उपनिर्वाचनको तयारी भइरहेको छ । निर्वाचन आयोगले मंसिर १४ गते उपनिर्वाचनको मिति तोकेपछि तीन स्थानीय तहका प्रमुख र ६ वडामा उपनिर्वाचनको तयारी सुरु भएको हो । प्रदेश १ मा सुनसरीको धरान उपमहानगरपालिका प्रमुख, पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष र संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष पद […]

संघीय कानून नबन्दा तीन तहका सरकारबीच दूरी बढ्यो : मुख्यमन्त्री शाही

११ भदौ, भक्तपुर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले डेढ वर्षसम्म पनि संघीय कानून नबन्दा संघीयता कार्यान्वयनमा जटिला देखिएको बताएका छन् । रफत सञ्चार क्लबमा बुधबार आयोजित साक्षात्कार मुख्यमन्त्री शाहीले डेढ वर्षसम्म पनि संघीय कानूनले पूर्णता पाउन नसक्दा संबैधानिक प्रश्न उब्जिएकाले संघीय, प्रदेश र स्थानीय सरकारबीच दूरी बढेको बताए । मुख्यमन्त्री शाहीले कर सम्बन्धमा पनि […]

मन्त्री चढ्ने गाडीमा ट्राफिक प्रहरीको ह्वील लक

११ भदौ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्ने गरेको गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेको छ । बानेश्वर क्षेत्रमा जथाभावी पार्किङ गरेर राखेका सवारी साधानहरुमा प्रहरीले ह्वील लक लगाएको थियो । त्ययसक्रममा पार्किङ निषेधित गरिएको फुटपाथमा रोकिराखेको महासेठ चढ्ने गरेको बा २ झ ४८६२ नम्बरको झण्डावाला गाडी पनि कारबाहीमा पर्‍यो । ट्राफिक […]

संविधान दिवसको दिन तास खेल्न विदा दिएको होइन : सञ्चारमन्त्री बास्कोटा

११ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संविधान दिवस भव्यताका साथ मनाउनका लागि आ आफ्नो स्थानबाट योगदान दिन सबैलाई आग्रह गरेका छन् । संविधान दिवस मूल समारोह समिति अन्तर्गतको प्रचार प्रशार उपसिमितिले बुधबार सञ्चार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा उनले सरकारले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक विदा दिएको भन्दै सबैको अर्थपूर्ण […]

प्रधानमन्त्रीको चासोले अड्कियो दूधको मूल्यवृद्धि

११ भदौ, काठमाडौं । दूधको मूल्य बढाउन गठित कार्यदलको सिफारिसमा प्रधानमन्त्रीको चासोपछि नयाँ मूल्य निर्धारण रोकिएको छ । भदौ १ गतेबाटै लागू हुने गरी दूधको मूल्य बढाउने तयारी कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालको थियो । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि अहिले सिंगापुरमा छन् । उनी नफर्किउञ्जेल यस विषयमा नयाँ निर्णय नहुने स्रोतले बतायो […]

मध्यमवर्गलाई तान्ने यी हुन् सस्ता ५ कार

११ भदौ । आफ्नै गाडीमा हुइकिने सपना देख्नेहरुको जमात नेपालमा दिनानुदिन बढिरहेको छ । केही वर्षअघिसम्म शहरमा बस्ने सम्भ्रान्त बर्गको मात्रै पहुँचमा रहेको निजी कारको सपना आजकाल मध्यमवर्गका नेपालीले पनि देख्न थालेका छन् । केही वर्षदेखि मोटरसाइकलबाट कारमा उक्लिनेहरुको संख्या बढिरहेको विभिन्न तथ्यांकले देखाउँछन् । यसको प्रमुख कारण अटो लोन नै हो भने अर्को कारण […]

सीसी टिभीको निगरानीमा तम्घास बजार, मुख्यमन्त्रीबाट शुभारम्भव

११ भदौ, गुल्मी । अपराध नियन्त्रण गर्नको लागि भन्दै गुल्मीको सदरमुकाम तम्घास बजारमा सीसी टिभी क्यामरा जडान गरिएको छ । जिल्ला सदरमुकाम तम्घास बजारका अति संवेदनशील स्थानमा सीसी टिभी जडान गरिएको हो । जडान गरिएका सीसी टिभी क्यामराको प्रदेश ५ का मुख्यन्त्री शंकर पोखरेलले नियन्त्रण कक्षको उद्घाटन गरेका हुन् । प्रदेश ५ आन्तरिक मामिला तथा […]

प्रेस युनियनको महाधिवेशन मंसिर २८ र २९ गते

११ भदौ, काठमाडौं । कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको महाधिवेशन आगामी मंसिर २८ र २९ गते हुने भएको छ । युनियनको पदाधिकारीको बैठकले मंसिर २८ र २९ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो । जिल्ला अधिवेशन भदौ महिनाभित्र सक्ने र मंसिर अन्तिममा केन्द्रीय महाधिवेशन गर्ने निर्णय पदाधिकारी बैठकले गरेको प्रेस युनियनका महासचिव […]

लुम्बिनी बौद्ध विश्वविद्यालय उद्देश्य विपरित चलेको भन्दै समाजवादीले जनायो विरोध

११ भदौ, बुटवल । लुम्बिनी बौद्ध विश्व विद्यालयले बुटवलमा स्नातकोत्तर तहमा कानुन र ट्राभल्स एण्ड टुरिज्मका कक्षा सञ्चालन गर्न थालेकोमा समाजवादी पार्टीले विरोध जनाएको छ। केन्द्रीय क्याम्पस रहेको लुम्बिनीमै कक्षा सञ्चालन गर्न माग गर्दै समाजवादी पार्टी लुम्बिनी सांस्कृतिक नगर कमिटीले लुम्बिनी बौद्ध विश्व विद्यालयको उक्त कदम तत्काल सच्याउन माग  गरेको छ । बौद्ध दर्शन र […]

आजदेखि नेपाल–जापान सीधा हवाई सम्पर्क

११ भदौ, काठमाडौं । नेपाल एयरलाइन्सले पहिलो पटक जापानका लागि सिधा उडान थाल्दैछ । त्रिभुवन विमानस्थलबाट करीव साढे ६ घण्टाको उडानमार्फत ओशाकास्थित कान्साई विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्नेछ । निगमका उपमहाप्रबन्धक गणेशबहादुर चन्दका अनुसार राति २ः३० बजे हुने पहिलो उडानमा करिब ९० यात्रु सहभागी हुँदैछन् । यात्रु संख्या बुधबार बेलुकासम्म तय हुनेछ । साथमा […]

मोहनविक्रमका मामा मसालबाट निश्कासित

११ भदौ, काठमाडौं । अर्धभूमिगत नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले पोलिटब्युरो सदस्य गोविन्दसिंह थापालाई साधारण सदस्यसमेत नरहने गरी निश्कासन गरेको छ । भदौ ५ गते बसेको पोलिटब्युरो बैठकले थापालाई निश्कासन गरेको हो । हाँक साप्ताहिकका संस्थापक प्रधानसम्पादकसमेत रहेका थापा मसालका महामन्त्री मोहनविक्रम सिंहका मामा हुन् । मसालमा मात्र होइन, कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले समेत थापालाई ‘मामा’ […]

सांसदको प्रस्ताव : राखेप सदस्य सचिवमा राजनीतिक नियुक्ति नगरौं

११ भदौ, काठमाडौं । सांसदहरुले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा राजनीतिक नियुक्ति गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गर्दै सांसदहरुले राखेप सदस्य सचिवमा राजनीतिक नियुक्ति गर्न नहुने बताएका हुन् । नेकपा सांसद सूर्यप्रसाद पाठकले सदस्य सचिव नियुक्तिका लागि कुनै पार्टीको सदस्य […]

अज्ञात समूहद्वारा एक्जाभेटरमा आगजनी   

११ भदौ,    भोजपुर । भोजपुर नगरपालिका–१२ र रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने पक्की पुल निर्माणस्थलमा राखिएको एक्जाभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । पुल निर्माणको जिम्मा लिएको मार्सेली निर्माण सेवाले निर्माणस्थलमा राखेको उक्त एक्जाभेटरमा पेट्रोल छर्केर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोही स्थानमा शंकास्पद वस्तु पनि फेला पारेकाले निगरानी भइरहेको र नेपाली […]

पोखरा विमानस्थल पुग्दा योगेशले सम्झिए रविन्द्र

११ भदौ, पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भएपछि योगेश भट्टराईले पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अवलोकन गरेका छन् । बुधबार विहान विमानस्थल निर्माणको प्रगति बुझेपछि भट्टराईले स्वर्गीय रविन्द्र अधिकारीलाई सम्झिए । यो विमानस्थल निर्माणमा अधिकारीको नेतृत्वदायी भूमिका थियो र पर्यटनमन्त्री रहँदा १५ फागुनमा उनको हेलिकोप्टर दुर्घटनामा परेर निधन भएको थियो । रवीन्द्रलाई […]

घरभाडा वृद्धिले जनकपुरधामका व्यवसायी निरास

११ भदौ, जनकपुरधाम । प्रदेश २ को राजधानी रहेको जनकपुरधामका घरधनीहरुले अप्रत्यासित रुपमा पटक–पटक घरभाडा बढाउँदा आफूहरुले ठूलो व्यापार घाटा सहनु परेको स्थानीय व्यापारीहरुले गुनासो गरेका छन् । जनकपुरधाम प्रदेश २ को राजधानी बनेयता घरधनीहरुले पटक–पटक घरभाडा बढाउँदा आफूहरु व्यापार नै छाडेर पलायन हुनुपर्ने स्थिति आएको गुनासो उनीहरुले गरेका हुन् । ‘राजधानी बनेपछि हामीहरु हर्षित […]

प्रधानन्यायाधीशको तलब ८७ हजार, न्यायसेवामा कसको तलब कति ?

११ भदौ, काठमाडौं । सरकारले न्याय सेवातर्फका पदाधिकारीसहित विभिन्न सवैधानिक निकायका पदाधिकारीको नयाँ तलवमान तोकेको छ । न्याय सेवाका पदाधिकारीहरुको नयाँ तलवमान मन्त्रिपरिषदको भदौ ४ गतेको वैठकले अनुमोदन गरेको छ । अर्थ मन्त्रालयका अनुसार प्रधानन्यायाधीशसहित न्यायाधीश, महान्यायाधिवक्ता, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका पदाधिकारीको नयाँ तलवमान तोकिएको छ । यसैगरी उच्च तथा जिल्ला अदालतका न्यायाधीश, संघीय […]

अब एयरपोर्ट र होटेलमा यतीको मस्कट

११ भदौ, काठमाडौं । नेपाल भ्रमण वर्षको मुख्य मस्कटका रुपमा छनोट गरिएको यतीको मूर्ती नेपालका सबै ठूला होटेल र विमानस्थलहरुमा राखिने भएको छ । भ्रमण वर्ष संयोजक सुरज वैद्यका अनुसार नेपाली कलाकारले निर्माण गरेका यस्ता मूर्तिलाई नेपालको मौलिक पहिचानका रुपमा होटेल र विमानस्थलमा राख्न लागिएको हो । मस्कटलाई विदेशका विभिन्न शहरमासमेत प्रदर्शन गर्ने तयारी छ […]

कोचिङ पढ्दापढ्दै बेहोस भएकी कमलाको मृत्यु, २ जनाको अवस्था गम्भीर

११ भदौ, बुटवल । पाल्पाको रम्भा माविकी छात्रा कमला फालको स्कुलमा कोचिङ पढ्दा पढ्दै बेहोस भएर मृत्यु भएको छ । उनका अन्य आठ जना सहपाठी बेहोस् भएका छन् । बेहोस् भएकामध्ये दुई जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी दीपेन्द्र जीसीका अनुसार कक्षा कोठाभित्र बेहोस भएका विद्यार्थीहरुलाई उपचार गर्न सुरुमा ताहु स्वास्थ्य […]

प्रदेश १ सरकार : राजस्वको लक्ष्य भेट्टाउन किन असफल ?

११ भदौ, विराटनगर । प्रदेश १ सरकार आफ्नो राजस्व लक्ष्य भेट्टाउन असफल भएको छ । गएकाे आर्थिक वर्ष ०७५/७६ मा प्रदेश १ ले १२ अर्ब ८४ करोड ९० लाख १४ हजार राजश्व उठाउने लक्ष्य लिएको थियो । तर, लक्ष्यभन्दा २८ दशमलव ८७ प्रतिशत कम अर्थात् ९ अर्ब १३ करोड ३९ लाख ६४ हजार ७ सय […]



from समाचार – Online Khabar https://ift.tt/2MGgqyp
via IFTTT
Powered by Blogger.