समाचार
१२ भदौ, वीरगञ्ज । लामखुट्टेको शरीरमा वीरगञ्ज महानगरपालिकाका प्रमुखको फोटो जोडेर प्रदर्शन गर्ने कार्यमा संलग्नलाई कानुन अनुसार कडा कारवाही गर्न समाजवादी पार्टीले माग गरेको छ । समाजवादी पार्टी पर्साका कार्यवाहक अध्यक्ष रामनरेय यादवले विहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै गैर राजनीतिक क्रियाकलापको छानविन गर्न बनेको अपराध संहितामा भएको व्यवस्था अनुसार दोषीलाई कडा कारवाही गर्न माग […]
१२ भदौ, काठमाडौं । विज्ञापन नियमनसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट बिहीबार पारित भएको छ । राष्ट्रियसभाबाट पारित भएको यो विधेयकलाई प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो । विधेयकले विदेशी टेलिभिजन च्यानलहरु विज्ञापनरहित प्रशारण गर्नुपर्ने व्यवस्था गरेको छ । हाल विज्ञापनसहित प्रशारण भइरहेका विदेशी टेलिभिजन भने एक बर्षभित्र क्लिन फिडमा जानुपर्नेछ । क्लिन फिडसम्बन्धी नियम नेपालमा पहिलो पटक अभ्यासमा […]
१२ भदौ, काठमाडौं । श्री एयरलाइन्सको छैठौं जहाज काठमाडौं आइपुगेको छ । कम्पनीका प्रवन्धक अनिल मानन्धरका अनुसार बम्बाडियर ९एन-एएनइ जहाज बिहीबार अपरान्ह साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यसअघि जहाज बुधबार नै काठमाडौं आउने कार्यक्रम थियो । भारतको अहमदावादबाट उडेको जहाज प्रतिकुल मौसमका कारण पटना विमानस्थलमा डाइभर्ट गर्नुपर्यो । बिहीबार मात्र […]
१२ भदौ, जनकपुरधाम । जनकपुरधाममा नरिवल बेचेर गुजारा चलाउँदै आएका एक बालकलाई प्रहरीले कुटपिट गरेको भन्दै स्थानीयवासीले प्रदर्शन गरेका छन् । जानकी मन्दिरको उत्तरट्टी जानकी चोकमा नरिवल बेच्दै आएका १६ वर्षीय रोशन चौधरीलाई जानकी मन्दिर परिसरका पर्यटक प्रहरी जवान प्रेमशंकर यादवले बिहीबार दिउँसो कुटपिट गरेको स्थानीयले बताएका छन् । रोशनले आफूसँग प्रहरी जवान यादवले रकम […]
१२ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले केन्द्रसँगै प्रदेश र स्थानीय तहको सरकारमा भ्रष्टाचार मौलाएको बताएको छ । साथै वाइडबडी, सुन, चिनी, बालुवाटार र मेलम्ची काण्डबारे छानविन गर्न माग गरेको छ । बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सहमहामन्त्री प्रकाशशरण महतले राजनीतिक प्रस्ताव पेश गरेका थिए, जसमा सातौं नम्बर बुँदामा भ्रष्टाचारको विषय उल्लेख छ । […]
१२ भदौ, विराटनगर । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पथरीशनिश्चरे र कानेपोखरीका जग्गामा रहेको दोहोरो स्वामित्वको विवाद निरुपण गर्न प्रदेश सरकारसँग माग गरेको छ । प्रदेश १ को प्रदेशसभा बैठकमा कांग्रेस प्रमुख सचेतक सूयर्माराज राईले त्यहाँका जग्गामा रहेको स्वामित्व र भोगचलनको विवादलाई तत्काल शक्तिशाली आयोग बनाउन निरुपण गर्न माग गरेका हुन् । प्रदेशसभाको बैठकमा विशेष […]
१२ भदौ, विराटनगर । विराटनगरमा भएका शृृङ्खलाबद्ध चोरीको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन भारतीयसहित सातजनालाई पक्राउ गरेको छ । साउन र भदौमा भएका शृृङ्खलाबृद्ध चोरीको घटनामा संलग्न भएको आरोपमा सातजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहार मधुवनी जिल्ला बेनीपट्टी कटैयाग्रा पञ्चायत १३ बस्ने ३५ वर्षीय धर्मेन्द्र कामत, सोही स्थान बस्ने ३२ वर्षीय […]
१२ भदौ, काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयको प्रयासले मात्र डेंगु रोग नियन्त्रण हुन नसक्ने बताएका छन् । बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले डेंगु रोग नियन्त्रण स्वास्थ्य मन्त्रालयको मात्र दायित्व नठानेर सबैले प्रयास गर्नुपर्ने बताएका हुन् । ‘यसमा पालिका प्रदेश, केन्द्र सबै यो अभियानमा लाग्नुपर्ने हुन्छ । स्वास्थ्य मन्त्रालयले […]
१२ भदौ, वीरगञ्ज । लामखुट्टेको शरीरमा नगर प्रमुखको फोटो जोडेर गरिएको प्रदर्शनलाई वीरगञ्ज महानगरपालिकाले गैरकानुनी भएको भन्दै आपत्ती जनाएको छ । महानगरपालिकाले विहीबार विज्ञप्ती जारी गर्दै उक्त कार्य मुलुकी अपराध संहिता विपरित भएको दावी गरेको हो । नगरप्रमुखको व्यक्तिगत मानमर्दन र चरित्र हत्या गर्न खोजेको विषयप्रति वीरगञ्ज महानगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ । […]
१२ भदौ, बुटवल । बुटवल उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला निर्माणमा जोड दिएको छ । सामुदायिक विद्यालयमा यो कार्यक्रमका लागि ४८ लाख १८ हजार चार सय ५० रुपैयाँ निकासा भएको प्रमुख शिवराज सुवेदीले जानकारी दिए । पहिलो चरणमा तीन विद्यालयमा आधुनिक ल्याब बनाउन झण्डै २० लाख बजेट विनियोजन गरिएको छ। शिक्षा महाशाखा प्रमुख उपसचिव मित्रमणि खनालका अनुसार […]
१२ भदौ, काठमाडौं । विराटनगर महानगरपालिकाको विभिन्न स्थानमा डकैत गर्ने गिरोहका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङ पथरी शनिश्चरे-१ स्थित ईलाका प्रहरी कार्यलय पथरीबाट खटिएको प्रहरीको टोलीले BR32PA2836 नम्बरको स्करपियो गाडी सहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ४ जना नेपाली र ३ जना भारतीय नागरिकहरु रहेका छन् । पक्राउ […]
१२ भदौ, काठमाडौं । केही दिनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट यात्रा गर्नुभएको छ भने तपाईंले पहिलेको तुलनामा लामो लाइनमा बस्नुपर्यो होला । साविकमा बोर्डिङ पास लिइसकेपछि प्रहरीले सामान्य चेकजाँच गरेर उडानका लागि अनुमति दिइन्थ्यो । त्यसैले प्रतिक्षा हलमा छिर्न धेरै लामो लाइन बस्नु पर्दैनथ्यो । अहिले विमानस्थल व्यवस्थापनले आन्तरिक टर्मिनलमा पनि सुरक्षा प्रवन्ध कडा […]
१२ भदौ, बुटवल । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले नेपाली संस्कृति र चाडपर्वहरु अपहरण भइरहेको बताएका छन् । बुटवलमा विहीबार आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री बरालले पश्चिमा संस्कृतिलाई बढी महत्व र स्थान दिने पछिल्लो शैलीले नेपाली मौलिक पर्वहरु विस्तारै लोप हुने अवस्थामा पुगेको बताए । उनी भन्छन् ‘हाम्रा मौलिक संस्कृति र चाडपर्वहरु मौलिक […]
१२ भदौ, बुटवल । मालपोत कार्यालय बुटवलका एक जना खरिदार सेवाग्राहीसंग घुस लिँदालिँदै पक्राउ परेका छन् । खरिदार जीवनाथ पाण्डेलाई सेवाग्राहीसंग एकलाख २० हजार घुस लिँदालिँदै अख्यितार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले पक्राउ गरेको हो । मालपोत कार्यालय अगाडि रहेको ढकाल–पाण्डे लेखापढी सेवामा बसेर सेवाग्राहीसँग नामसारी र लालपुर्जा बनाइदिने भन्दै घुस लिँदै गरेको अवस्थामा पाण्डेसंगै […]
१२ भदौ, वीरगञ्ज । सेतो नम्बर प्लेट भएका सरकारी सवारी साधनको दुरुपयोग नगर्न जिल्ला प्रशासन कार्यालय पर्साले आग्रह गरेको छ । विहीबार विज्ञप्ती जारी गर्दै सरकारी गाडीको दुरुपयोग नगर्न प्रशासनले आग्रह गरेको हो । सरकारी गाडी सार्वजनिक विदाको दिन चलाउनुको साथै व्यक्तिगत र राजनीतिक दलको कार्यक्रममा समेत प्रयोग हुन थालेपछि प्रशासनले यस्तो सूचना जारी गरेको […]
१२ भदौ, बिराटनगर । प्रदेश नम्बर १ मा संसदको अधिवेशन चलिरहेको छ । तर, यो अधिवेशनले प्रदेशको नाम तय गर्न नसक्ने जानकारी सत्ता पक्षले दिएको छ । स्थायी राजधानीको टुङ्गो लगाइसकेको प्रदेश नं १ सरकारले चालु चौथो अधिवेशनमा पनि प्रदेशको नाम प्रस्ताव गर्न सकेको छैन । अधिवेशन भदौ २५ सम्म चल्ने छ । प्रदेश १ […]
१२ भदौ, काठमाडौं । गृह मन्त्रालयले ३१ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । बिहीबार मन्त्रालयले काठमाडौं, ललितपुर, मोरङ, मकवानपुर, सुर्खेत लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सरुवा गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य गृह मन्त्रालयमा सरुवा भएका छन् । उनको ठाउँमा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल आएका छन् । ललितपुरका […]
मिडिया काउन्सिल विधेयकलाई सुरुदेखि नै फिर्ता लिइओस् भन्ने हाम्रो आग्रहसहित विरोध गर्नुपर्ने कारण मैले मोटामोटी ८/९ वटा निवेदन गर्न चाहन्छु । सबैभन्दा पहिले प्रस्तावनाले जहिले पनि ऐनको उद्देश्य र कारण जनाउँछ । ऐनमा छुट्टै उद्देश्य र कारण नलेखिने हुनाले प्रस्तावनाले नै त्यो कुरा जनाउँछ । यस विधेयकको प्रस्तावनामा स्वतन्त्र, मर्यादित, उत्तरदायी पत्रकारिताको कुरा उल्लेख गएिको […]
१२ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री सिंगापुरमा रहेका बेला भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक नबसिएको दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहेका बेला ९ भदौमा भिडियो कन्फरेन्सबाट प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यहरुले कुराकानी गरेका थिए । त्यसअघि भदौ पहिलो सरकार मन्त्रिपरिषद् बैठक सञ्चालनसम्बन्धी कार्यविधि संशोधन गरेर भिडियो […]
१२ भदौ, काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावास तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणको आयोजनामा भारतीय निर्यात–आयात बैंक (एक्जिम)का ऋण व्यवस्था सम्बन्धी नीति निर्देशन तथा प्रक्रियाकाबारेमा दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा परियोजना पहिचान, पूर्व योग्यता तथा टेन्डर प्रक्रिया, टेन्डर दस्तावेजको मूल्याङ्कन, मनोनयन प्रक्रिया, परियोजना कार्यान्वयन एवं अनुगमन लगायत एक्जिम बैंकको ऋण व्यवस्थाका रुपरेखाबारे जानकारी […]
१२ भदौ, काठमाडौं । जम्मू-कश्मीर मुद्दामा भारतसँग विवाद बढिरहेको बेला पाकिस्तानले ‘गजनबी’ नामक ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । भारतले संविधानको धारा ३७० खारेज गरेर जम्मू-कश्मीरको विशेष राज्यको दर्जा खोसेको मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा उठाइरहेको पाकिस्तानले बिहीबार मिसाइल परीक्षण गरेको हो । पाकिस्तानी सेनाका प्रवक्ताले मिसाइल परीक्षणको भिडियो ट्वीट गरेर यसको पुष्टि गरेका छन् । Pakistan […]
from समाचार – Online Khabar https://ift.tt/2ZkH9Y2
via IFTTT