Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कांग्रेसमा नागरिकता बहस : विदेशी बुहारीलाई ७ वर्षे समयसीमा नराखौं

१३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय कार्यसमितिमा बैवाहिक अंगिकृत नागरिकता बहसमा स्थान पाएको छ । तराई मधेसबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुले नागरिकताको विषयमा अन्तरिम संविधानको व्यवस्थामा अडिनसक्नुपर्ने बताएका छन् । नागरिकता विधेयक राज्य व्यवस्था समितिमा विचाराधीन छ । विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले अंगीकृत नागरिकता लिएको ६ महिनाभित्र अर्को देशको नागरिकता त्यागेको […]

गाई मृत भेटिएको घटना छानबिन गर्न राप्रपाको माग

१३ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सुर्खेतको कटकुवा भन्ने ठाउँमा २३ वटा गाई मृत भेटिएको घटनाको छानबिन गर्न माग गरेको छ । हिन्‍दूहरुको आस्था एवं राष्ट्रिय जनावर गाई यति ठूलो संख्यामा मृत भेटिनु दुखद, शंकास्पद र निन्दनीय भन्दै राप्रपाले तत्काल छानबिन गर्न माग गरेको हो । ‘यस घटनाको तत्काल छानबिन गर्न तथा यदि नियतवश […]

शशांकको जवाफ : कसैको दयामायाले यहाँसम्म आएको होइन

१३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विरासतमा राजनीति गरेको टिप्पणीप्रति चित्त दुखाएका छन् । उनले आफू पनि प्रजातान्त्रिक आन्दोलनमा लडेको र कसैको दयामायाले यहाँसम्म नआएको बताए । बिहीबार केन्द्रीय कार्यसमिति बैठकमा फरमुल्लाह मन्सुरले कोइरालाप्रति लक्षित गर्दै विरासतमा राजनीति गरेको टिप्पणी गरेका थिए । यसअघि पार्टी सभापति शेरहादुर देउवा स्वयंमले पनि यही […]

संसदीय समितिमा ‘मृत्युकालीन घोषणा’को चर्चा

१३ भदौ, काठमाडौं । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियोको आधारमा सञ्चारकर्मी रवि लामिछानेसहित ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहनको अभियोग लाग्यो । यद्यपी पुडासैनीले आत्महत्याअघि रेकर्ड गरेको उक्त भिडियोलाई मृत्युकालीन घोषणा मान्ने या नमान्ने भन्ने विषयको निरुपण अदालतबाट भइसकेको छैन । मृत्युकालीन घोषणा केलाई मान्ने भन्ने विषय बहसमै रहेका बेला प्रतिनिधिसभाको कानुन, न्याय तथा […]

नेपालको प्रस्तावमा भारत र पाकिस्तान सहमत, सार्क विदेशमन्त्रीस्तरीय बैठक न्युयोर्कमा बस्ने

१३ भदौ,काठमाडौं । जम्मू कश्मीर प्रकरणले भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का बैठक बस्ने भएको छ । संयुक्त राष्ट्रसंघको महासभाकै बेला न्युयोर्कमा सार्क विदेशमन्त्रीस्तरीय बैठक बस्ने नेपालको प्रस्ताव दुवै देशले स्वीकार गरेका हुन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सार्क विदेशमन्त्रीस्तरीय बैठक बस्नका लागि कूटनीतिक पहल गरेका थिए । उनले […]

बिहेको आवरणमा नेपाली युवतीको चीनमा तस्करी, १० जना पक्राउ

१३ भदौ, काठमाडौं । नेपाली युवतीलाई विवाहको प्रलोभनमा चीनमा तस्करी गर्ने गिरोह पक्राउ परेको छ । प्रहरीको मानव बेचबिखनविरुद्धको ब्युरोले ४ जना पीडित महिलाको उद्धार गरेको हो भने ६ नेपाली र ४ जना चिनियाँ नागरिक गरी १० जनालाई पक्राउ गरेको हो । ब्युरोका प्रमुख एसएसपी ईश्वर कार्कीका अनुसार पक्राउ पर्ने नेपाली नागरिकमा सिन्धुपाल्चोककी रिना तामाङ […]

अनेरास्ववियूको केन्द्रीय समिति ३३५ सदस्यीय हुने

१३ भाद्र ,काठमाडौं । भाद्र मसान्तसम्म एकता प्रक्रिया टुङ्गो लगाउने तयारीमा रहेको सत्तारूढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ । एकतामा साविक एमाले निकट अनेरास्ववियुबाट १८० जना र साविक माओवादी केन्द्रको अनेरास्ववियू(क्रान्तिकारी ) बाट १५५ जना रहनेछन् । यसैगरी एकीकृत संगठनको नेपाली नाम अनेरास्ववियू रहने र अंग्रेजी नाम […]

नेकपाको आन्तरिक सर्कुलर – पार्टी नीति र नेतृत्वविरुद्ध नबोल्नू

१३ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै अब देशब्यापी विशेष अभियान सञ्चालन गर्ने भएको छ । पार्टी सदस्यहरुलाई केन्द्रीय कार्यालयबाट पठाइएको अन्तरपार्टी निर्देशनमा चाँडै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आयोजना गरिने उल्लेख छ । अन्तरपार्टी निर्देशनमा भनिएको छ, ‘अब पार्टीले समस्त नेता, कार्यकर्ता एवं सदस्यहरुलाई […]

नगर प्रमुखको विरोध प्रदर्शनलाई लिएर राजपा पर्सामा विवाद

१३ भदौ, वीरगञ्ज । वीरगञ्जमा नगर प्रमुखको विरोधमा प्रदर्शन गरेपछि राष्ट्रिय जनता पार्टी पर्सा भित्रको किचलो बाहिरिएको छ । विरोध प्रदर्शन पार्टीको आधिकारिक नभएको भनी अध्यक्ष मण्डलका पर्सा संयोजक जगदिश पटेलले विज्ञप्ती जारी गरेपछि आन्तरिक किचलो बाहिरिएको हो । बुधबार राजपा वीरगञ्ज महानगरपालिका कमिटिले वीरगञ्जमा वेथिति, अनियमितता र भ्रष्टाचार बढेको भन्दै नगर प्रमुखको विरोधमा प्रदर्शन […]

गाई मारेको अभियोगमा एक पक्राउ

१३ भदौ, काठमाडौं । भक्तपुरको चाँगुनारायणबाट प्रहरीले गाई मारेको अभियोगमा एक जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा  चाँगुनारायण नगरपालिका-७ बागेश्‍वरी महादेवस्थान बस्ने सिन्धुपाल्चोक घर भएका २५ वर्षीय चिरन पुरी रहका छन् । मादक पदार्थ सेवन गरेका पुरीले फार्ममा रहेका ४ वटा गाईमध्ये १ वटा गाईलाई विहीबार राति दाउराको चिर्पट र कोदालोले प्रहार गरेर […]

जनकपुरमा प्रहरीद्वारा कुटपीटको घटना छानबिन गर्न समिति गठन

जनकपुरधाम, १३ भदौ । जनकपुरधामको जानकी चोकमा नरिवल बेच्ने एक बालक र भिडियो खिच्ने एक व्यक्तिलाई प्रहरीले कुटपिट गरेको घटना छानबिनका लागि प्रहरीले समिति गठन गरेको छ । बिहीबार दिउँसो भएको उक्त घटनालाई छानबिनका लागि जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तुलाल प्रसाद जैसवारको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिमा एक जना प्रहरी […]

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत भेटियो

१३, भदौ, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक भाले गैंडा मृत अवस्था फेला परेको छ । निकुञ्जको पश्चिमी क्षेत्र मेघौलीमा पर्ने राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा गैंडा मृतावस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरले जानकारी दिए । गैंडा कालगतिले मरेको हुन सक्ने निकुञ्जले जनाएको छ । चालु आर्थिक बर्षमा कालगतिले मरेको यो नै पहिलो […]

सडक बनाउन माग गर्दै धर्नामा बसे गगन थापा

१३ भदौ, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ को सडक तत्काल बनाउन माग गर्दै नेपाली कांग्रेसका सांसद गगन थापा आफैं धर्नामा बसेका छन् । उनीसहित काठमाडौंका ४ का स्थानीयबासीले पुल्चोकस्थित सडक विभागको कार्यालयमा धर्ना दिएका हुन् । ठेक्का लागेको ९ बर्ष बितिसक्दा पनि सडक नबनाएको विरोधमा सांसद थापाको नेतृत्वमा काठमाडौं ४ का जनताले धर्ना दिएका […]

माडीमा ४० बिघा क्षेत्रफलमा फलफूल खेतीसहित रिसोर्ट सञ्चालन गरिने

१३ भदौ, चितवन । पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गइरहेको चितवनको माडीमा झण्डैं ४० बिघा जमिनमा फलफूल खेतीसहित रिसोर्ट सञ्चालनमा गरिने भएको छ । माडी नगरपालिका र गैरआवासीय नेपालीहरुको संस्था आइडिया फर नेपालले माडीको राधापुर तथा रमाइलोडाँडा क्षेत्रमा फलफूल खेतीसहितको रिसोर्ट सञ्चालनको सम्झौता भएको छ । सम्झौता पत्रमा माडी नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय […]

प्रदेश २ को वनबारे सर्वोच्चले केन्द्र सरकारलाई भन्यो – निर्णय कार्यान्वयन नगर्नू

१३ भदौ, जनकपुरधाम । सर्वाेच्च अदालतले प्रदेश २ को सागरनाथ वन परियोजनालाई टिम्बर कर्पोरेसन अफ नेपालमा गाभ्ने निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन आदेश दिएको छ । प्रदेश २ को उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्चको संवैधानिक इजलासले संघीय सरकारले गत जेठ २३ गते गरेको निर्णय यथास्थितिमा राख्न आदेश दिएको छ । […]

नेपाली बजारका कहलिएका ‘कम्प्याक्ट एसयूभी’

शहरमा नव धनाढ्यहरु बढ्दैछन् । इन्ट्री लेभलका गाडी चढिसकेर ‘अपग्रेड’ हुन खोजिरहनेहरु यही वर्गामा धेरै हुन्छन् । यस्ता वर्गमा व्यक्तिलाई कम्प्याक्ट एसयूभी (स्पोर्ट युटिलिटी भेहिकल) गाडी राम्रो विकल्प हो । एसयूभी गाडीको रहर गरिरहेकमाहरु एकैपटक पि्रमियि प्रोडक्ट  किन्न नसक्ने अवस्थाका कारण यो सेगमेन्टमा अहिले नेपालकै सबैभन्दा धेरै आकर्षण छ । ग्राहकको आकर्षणले कार निर्माता तथा […]

दासढुंगामा निर्मित पर्खाल भत्कियो, लाखौंको क्षति

१३ भदौ, चितवन । नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी सवार जीप खसेको दासढुंगामा निर्माण भैरहेको कंक्रिटको पर्खाल निर्माण नसकिदै भत्किएको छ । दुर्घटनाको ऐतिहासिक संरचनालाई नै बिगार्ने गरी बनाइएको पर्खाल गत साउन ३१ गते राती भत्किएको हो । पर्खाल झण्डै ३० मिटर लामो र ३० मिटर नै उचाइको छ । पर्खालको दक्षिण तर्फको भाग […]

वामदेवको उम्मेदवारीमा अलमल, साटो फेर्ने दाऊमा कांग्रेस

१३ भदौ, पोखरा । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधनपछि खाली रहेको कास्की क्षेत्र नम्बर २ ले फेरि एकपटक सिंगो नेपालकै ध्यान खिच्दैछ । यो निर्वाचन क्षेत्रबाट नेकपाका उपाध्यक्ष वामदेव गौतमले समेत निर्वाचन लड्ने ईच्छा देखाएका छन् । मंसिर १४ को उपनिर्वाचनमा कास्की २ चासोको केन्द्र बन्नुको खास कारण धेरैवटा छन् । तर, त्योभन्दा पहिले […]

एनसेलबारे सर्वोच्चको फैसलामाथि संसदीय समितिमा उठ्यो प्रश्न

१३ भदौ, काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कर विवादबारे सर्वोच्च अदालतको फैसलामाथि सांसदहरुले प्रश्न उठाएका छन् । शुक्रबार प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी र विपक्षी दलका सांसदहरुले एनसेलको कर विवादबारे सर्वोच्च अदालतले भदौ ९ गतेको फैसला अध्ययन गर्नुपर्ने बताए । प्रमाण ऐन संशोधन गर्न बनेको विधेयकमाथि […]

पत्रकारलाई नयाँ आचारसंहिता : सामाजिक सञ्जालमा अपुष्ट विषय लेख्न नपाइने

१३ भदौ, काठमाडौं । पत्रकार तथा सञ्चारमाध्यमलाई सामाजिक सञ्जाल प्रयोगमा सजग गराउँदै नेपाल प्रेस काउन्सिल र पत्रकार महासंघले आचारसंहिता संशोधन गरेका छन् । आगामी असोज ६ गतेबाट लागू हुने आचारसंहितामा पत्रकारका लागि कडा प्रावधानहरु छन् । प्रेस काउन्सिलको स्वर्ण जयन्तीका अवसरमा असोज ६ गते राष्ट्रपतिबाट पत्रकार आचारसंहिता सार्वजनिक गरिने कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठले बताए । […]

करेन्ट लागेर एक महिलाको मृत्यु

१३ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको रानीघाटमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । सखुवाप्रसौनी गाउँपालिका–२ प्रसौनी घर भई वीरगजमा डेरा गरी बस्दै आएका लालबहादुर दासको श्रीमती ३६ बर्षिया रोमा देवी दासको करेन्ट लागेर मृत्यु भएको हो । घरमै रहेको कलधारामा जडान गरिएको मोटरबाट करेन्ट सर्ट भई उनलाई करेन्ट लागेको थियो । गम्भिर […]



from समाचार – Online Khabar https://ift.tt/2HAcfQy
via IFTTT
Powered by Blogger.