Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

तीजका गीत : बीचबीचमा नाच्नेदेखि ‘पिसाब लाग्यो’ सम्म !

१३ भदौ, काठमाडौं । महिलाको विशेष चाड तीजले झपक्कै छोपिसक्यो । तीजलाई लक्षित गरेर विगतका वर्षहरुमा जस्तै धेरैखाले गीतहरु सार्वजनिक भएका छन् । यस वर्ष रिलिज भएका तीजका गीतमा पिसाबदेखि निसाफसम्म विषयवस्तुहरु समेटिएका छन् । यस वर्ष भाइरल भएको तीज गीत हो, ‘हामी पनि नाच्नुपर्छ बीच-बीचमा’ । गायक दुर्गेश थापाले यस गीतमा महिलाले मात्र तीजमा […]

पाल्ने भनेर दैलेख लगेको २३ गाई मृत भेटिए, १५० भन्दा बढी बाटोमै अलपत्र

१३ भदौ, काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको कान्जी हाउसबाट दैलेख लगिएका २३ वटा गाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका कट्कुवामा मृत भेटिएका छन् । बिहीबार राति ८ वटा ट्रकमा लगिएका दुई सय भन्दा बढी गाईमध्ये २३ वटा मरेका छन् भने अरु धेरै गाई सडक र जंगलमा अलपत्र अवस्थामा छन् । कर्णाली प्रदेशका प्रहरी प्रमुख पूर्णचन्द्र जोशीले २३ […]

चितवन राष्ट्रिय निकुञ्जको इन्क्लोजरमा अर्ना सुत्केरी, संरक्षणका लागि क्षेत्रफल विस्तार गरिँदै

१३ भदौ, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र निर्माण गरिएको खुल्ला चिडियाखानामा एक अर्नाले बच्चा जन्माएको छ । अर्नाले भदौ ९ गते बच्चा (पाडो) जन्माएको हो । निकुञ्जका अधिकारीहरुका अनुसार अर्नाको बच्चा स्वस्थ छ । यो सँगै यहाँ अर्नाको संख्या १३ पुगेको छ । खोरमा अर्नाको बच्चा संख्या ४ पुगेको छ । हाल खोरमा वयस्क दुई […]

गोकर्णेश्वरमा बुवाको सम्झना (फोटोफिचर)

१३ भदौ, काठमाडौं । आज भाद्र कृष्ण औंसी अर्थात बाबुको मुख हेर्ने पर्व । देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । पिता गुमाएकाहरूले भने उपत्यकाको उत्तर-पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने […]

महेशराज पन्त : इतिहास सच्याउने अभियन्ता

१३ भदौ, काठमाडौं । गत हप्ता आफ्नो ७५ औं जन्मदिन मनाएका नेपालका वरिष्ठ इतिहासविद् डा. महेशराज पन्तले यही साता पद्मश्री साधना सम्मान प्राप्त गरे । डा. पन्तलाई बुढेसकालका दुःख दर्दबारे खासै चिन्ता छैन । यसको अर्थ उनी चिन्तामुक्त छन् भन्ने चाहिँ होइन । सम्भवतः उनको चिन्ता उदरस्थ सुख–दुःखभन्दा माथि छ । यहाँ हामीले त्यही चिन्ताबारे […]

एनसेलबारे सर्वोच्चको फैसला संसदीय समितिले अध्ययन गर्ने

१३ भदौ, काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले एनसेलको कर विवादबारे सर्वोच्च अदालतले भदौ ९ गते गरेको फैसला अध्ययन गर्ने भएको छ । समितिको शुक्रबार बसेको बैठकमा सांसदहरुले एनसेलले तिनुपर्ने करबारे सर्वोच्चले सुनाएको फैसलाबारे अधययन गर्नुपर्ने बताएका थिए । सांसदहरुको धारणा सुनपछि समितिका सभापति कृष्णभक्त पोखरेलले भने, ‘न्यायपालिकालाई संसदीय समितिले यस्तो फैसला […]

वडाध्यक्षलाई भाटे कारवाहीको धम्की दिने डीएसपीले माफी मागे

१३ भदौ, दोलखा । दोलखाका प्रहरी प्रमुख मानबहादुर राईले एकजना जनप्रतिनिधिलाई गद्धार भन्दै भाटे कारवाही गर्ने धम्की दिएपछि चर्किएको विवाद प्रमुख जिल्ला अधिकारी र नेकपाका नेताहरुको रोहबरमा समाधान भएको छ । बिहीबार साँझ एकजना यातायात मजदूरको हत्या भएको घटनाबारे जानकारी लिन पीडित परिवार र अन्य स्थानीयसहित जिल्ला प्रहरी कार्यालय पुगेका भीमेश्वर नगरपालिका ४ का वडाध्यक्ष […]

दुबै खुट्टा नचल्ने सितालाई घर उपहार

१३ भदौ, गुल्मी । जन्मजात अपाङ्गता भएकी रेसुङ्गा नगरपालिका गुल्मीकी सिता पन्थीलाई सामाजिक क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले निर्माण गरिदिएका छन् । जिल्ला सदरमुकाम तम्घास रेसुङ्गा नगरपालिका-७ सुकुम्बासी लाइन बस्ने दुबै खुट्टा नचल्ने पन्थीका लागि तम्घासको पुतलीबजारमा अपाङ्गमैत्री घर निर्माण गरिएको हो । बृद्धा आमासँग कष्टपूर्ण अवस्थामा बस्दै आएकी पन्थीका लागि तम्घासमा रहेको आशा अपाङ्ग केन्द्रको […]

बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न माग

१३ भदौ, काठमाडौं । मानवअधिकारवादी संस्था र नागरिक समाजले बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक गर्न माग गरेका छन् । अन्तर्राष्ट्रिय बेपत्ताविरुद्धको दिवसको अवसरमा शुक्रबार संयुक्तरुपमा प्रेस वक्तव्य जारी गर्दै उनीहरुले अविलम्ब अनुसन्धान प्रक्रिया अघि बढाइ मानवअधिकार उल्लंघन गर्नेलाई कानुनी कठघरामा ल्याउन माग गरेका हुन् । माओवादी जनयुद्धका क्रममा एक हजार ४०० बढी नागरिक बेपत्ता […]

सुनको मूल्य एक हजारले घट्यो

१३ भदौ, काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७२ हजार ४ सय र तेजावीको ७२ हजार १ सय रुपैयाँ तोकेको छ । बिहीबार छापावल सुनको मूल्य प्रतितोला ७३ हजार ४ सय र तेजावी सुनको मूल्य ७३ हजार एक सय […]

सुर्खेतको कट्कुवामा २३ वटा गाई मृत भेटिए

१३ भदौ, काठमाडौं । सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको कट्कुवा जंगलमा २३ वटा गाई मृत भेटिएका छन् । बाँकेको नेपालगञ्जबाट ट्रकमा राखेर दैलेख लैजादै गरेका गाई मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मृत गाई भेटिएको ठाउँमा १५० वटा जिवित गाई पनि भेटिएका छन् । गाई कसैले मारेर फालेको हो या आफै मरेका हुन् भन्ने […]

चार खानीलाई उत्खनन अनुमति

१३ भदौ, काठमाडौं । खानी तथा भूगर्भ विभागले चार खानीलाई उत्खननका लागि अनुमति दिएको छ । विभागले चालू आर्थिक वर्षको डेढ महीनामा स्वर्गद्वारी माइन्स एण्ड मिनिलर्स प्रालिलाई चुनढुङ्गा, बालकुमारी प्रालिलाई क्वार्जजाइट, पाल्पा कोल प्रालिलाई पत्थर तथा कोइला र गुँरास स्टोन उद्योग प्रालिलाई क्वार्जजाइट उत्खननका लागि अनुमति दिएको हो । विभागका खनिज सम्पदा महाशाखाका प्रमुख रामप्रसाद […]

कन्टेनर र पिकअपको ठक्करबाट चितवनमा २ गम्भीर

१३ भदौ, चितवन । पूर्वी चितवनको खैरहनीमा कन्टेनर र भरतपुर महानगरपालिका-२९, जुगेडीमा पिकअप भ्यानले ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् । ना ३ ख ८८१५ नम्बरको कन्टेनरले खैरहनी नगरपालिका–९, सिमलटाँडीमा साइकलयात्रीलाई शुक्रबार बिहान ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइतेको परिचय नखुलेको र अहिले पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, […]

रेशम चौधरीलाई मुद्दा लगाउनु गलत : वैद्य

१३ भदौ, बुटवल । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले रेशम चौधरीमाथि राज्य पक्षबाट अन्याय भएको बताएका छन् । टीकापुर घटना राजनीतिक भएको भन्दै उनले राजनीतिक रूपमै समाधान खोज्नुपर्ने बताए । ७ भदौमा टीकापुरमा भएको थरुहट सम्मेलनबाट फर्किएका वैद्यले शुक्रबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै बैद्यले भने, ‘रेशम चौधरीमाथि मुद्दा लगाइनु गलत हो, उनी अन्यायमा परेका […]

नेपाली फुटबल टिमलाई बिदाइ, कुवेतविरुद्ध अंक खोस्ने नेपालको लक्ष्य

१३ भदौ, काठमाडौं । विश्वकप फुटबलको दोस्रो चरणअन्तर्गत कुवेतसँग खेल्ने नेपाली टिमलाई बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सादोबाटोमा आयोजित एक कार्यक्रमबीच आज खेलाडीलाई बिदाइ गरेको हो । बिदाइका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालगायत सातदोबाटो पुगेका थिए । बिदाइ कार्यक्रममा सदस्यसचिव सिलवालले खेलाडीलाई राष्ट्रका […]

उमेर नपुग्दै विवाह : परिपक्वतासंँगै सम्बन्धविच्छेद

गाउँकै राजबहादुर थापासँग १३ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिइन्, रोल्पा सुनील स्मृति गाउँपालिका–६, गजुलकी निर्मला थापा । अहिले उनको उमेर २० वर्ष पुग्यो । चार वर्षीया एक छोरीसहितको असल परिवार थियो थापा, दम्पतीको । थापा दम्पतीमा विस्तारै वेमेल बढ्दै गयो । राजबहादुरले श्रीमतीलाई अनावश्यक आशंका गर्ने, कुटपिट गर्ने र खान लाउन नदिने गर्न थाले । […]

वामदेवको उम्मेदवारीमा अलमल, साटो फेर्ने दाऊमा कांग्रेस

१३ भदौ, पोखरा । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधनपछि खाली रहेको कास्की क्षेत्र नम्बर २ ले फेरि एकपटक सिंगो नेपालकै ध्यान खिच्दैछ । यो निर्वाचन क्षेत्रबाट नेकपाका उपाध्यक्ष वामदेव गौतमले समेत निर्वाचन लड्ने ईच्छा देखाएका छन् । मंसिर १४ को उपनिर्वाचनमा कास्की २ चासोको केन्द्र बन्नुको खास कारण धेरैवटा छन् । तर, त्योभन्दा पहिले […]

तीजमा कमाइ नहुँदा पार्टी प्यालेस सञ्चालक आक्रोशित

१३ भदौ, काठमाडौं । राजधानीमा सञ्चालन भइरहेका पार्टी प्यालेसका लागि पैसा कमाउने सिजन हो तीज । तर, यसपालिको तीजमा भने उनीहरुको व्यवसायमा मन्दी आएको छ । अघिल्ला वर्षहरुमा तीज आउनुभन्दा महिना दिन अगाडिबाटै विभिन्न संघ–संस्थाका नाममा दर खान पार्टी प्यालेस र क्याटरिङहरु बुक हुन थाल्थे । यसपालि भने धेरै पार्टी प्यालेसहरु लगभग सुनसान छन् । […]

सुडान घोटाला प्रकरण : ठेकदार शम्भु भारती पक्राउ

१३ भदौ, काठमाडौं । चर्चित सुडान घोटाला काण्डका दोषी शम्भु भारती पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ललितपुरस्थित निवासबाटै पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान व्युरो (सीर्आइबी) का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रामदत्त जोशीले भारतीलाई पक्राउ गरेको पुष्टि गरे । उनले अनलाइखबरसँग भने, ‘नियन्त्रणमा लिइएका भारतीलाई फैसला कार्यान्वयनका लागि आजै […]

बाजुराका ५० परिवार बाढीको जोखिममा

१३ भदौ, बाजुरा । सदरमुकाम मार्तडी नजिकैको बडिमालिका नगरपालिका–८, गडखेतको सिङ्गो बस्ती जोखिममा परेको छ । गाउँ नजिकैबाट बाउली खोला बग्न थालेपछि बस्ती बग्ने खतरा बढेको हो । हरेक वर्ष जागराम बस्नुपर्ने समस्या हुँदा पनि तटबन्धका लागि समेत कसैले वास्ता नगरेको स्थानीयको गुनासो छ । बाउली खोलामा मिसिने खारगाड खोलाले बढी क्षति पुर्याएको हो । […]

भारतीय सेना आएर यातना दिएको कश्मीरका गाउँलेको आरोप

१३ भदौ, काठमाडौं । कश्मीरका स्थानीयले भारतीय सेना आएर आफूहरूलाई यातना दिएको आरोप लगाएका छन् । भारतले कश्मीरलाई दिएको विशेषाधिकार खोस्ने निर्णय गर्नुअघि नै कुटपिट र यातना दिइएको गाउँलेहरुको भनाइ छ । बीबीसीले तयार पारेको  एक रिपोर्टअनुसार, भारतीय सुरक्षाकर्मीले करेन्ट लगाएर आफूहरूलाई यातना दिएको गुनासो कश्मीरका गाउँलेहरूले गरेका छन् । यसका अतिरिक्त लौरो र तार […]



from समाचार – Online Khabar https://ift.tt/2Zxo9Vn
via IFTTT
Powered by Blogger.