समाचार
१२ भदौ, काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ को अन्त्यसम्ममा बीमामा नेपालीहरुको पहुँच २५.५० प्रतिशत पुगेको जानकारी बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले दिएको छ । यो तथ्यांकमा वैदेशिक रोजगारी बीमासमेत समावेश छ । यसलाई अलग गर्दा बीमामा १९ प्रतिशत नागरिकको पहुँच पुगेको देखिन्छ । वैदेशिक रोजगार बीमासमेत जोड्दा आव ०७४/७५ को अन्त्यसम्म १२ प्रतिशत नागरिक […]
१२ भदौ, वीरगञ्ज । वीरगञ्जका दलित अगुवाले स्थानीय तहमा दलित महिला सदस्यको आरक्षणलाई उपेक्षा गरेर दिएको आरक्षण भएको बताएका छन् । अन्य पदमा आरक्षण नदिएर महिला वडा सदस्यमा मात्रै आरक्षण दिने कार्यले झनै हेपिएको महशुस भएको उनीहरुले बताएका हुन् । मुलुकमा संघीय गणतन्त्र आइसक्दा पनि दलित समुदायमाथि उठ्न नसक्नुको पछाडि कथित ठूला जाती भन्नेहरुको मनसाय […]
१२ भदौ, काठमाडौं । नेपाल मिडिया काउन्सिल विधेयक बिहीबार राष्ट्रिय सभामा पेश भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले राखेको विरोधको सूचना फिर्ता लिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले उक्त विधेयक पेश गरेका हुन् । मन्त्री बास्कोटाले विधेयक एउटा प्रस्ताव मात्र भएको भन्दै यसलाई समृद्ध बनाउन आउने सबै कुरालाई स्वागत गर्ने बताए […]
१२ भदौ, बाजुरा । संस्थागत सुत्केरी गराएवापत महिलाले पाउने सुविधा बाजुराको बूढीनन्दा नगरपालिकाबाटै गायब भएको छ । एकयस ८८लाई सुत्केरी भत्तावापत दिनुपर्ने रकम नदिएर नगरपालिकाको स्वास्थ्य शाखाले नै गायब गरेको आरोप लगाइएको छ । आर्थिक वर्र्ष २०७५/०७६ मा स्वास्थ्य संस्थामा सुत्केरी गराए वापतको रकम उपलब्ध नगराएको तथ्य सार्वजनिक भएपछि उक्त रकम सम्बन्धित शाखाका पदाधिकारीले नै […]
१२ भदौ,काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले नेपाल भुटान संसदीय मैत्री समूहको संयोजक पद अस्वीकार गरेकी छन् । वैवाहिक अंगीकृत नागरिक भएकै कारण आफूलाई संविधानले नै विभाग गरेको भन्दै उनले यो पद अस्वीकृत गरेकी हुन् । यो पदमा मनोनित गर्नु आफूलाई विशेष सम्मान भए पनि संविधानले नै विभेद गरेकाले आफू अनुपयुक्त भएको उनको तर्क […]
१२ भदौ, काठमाडौं । राष्ट्रिय टिमका नियमित कप्तान विराज मर्हजन विश्वकप २०२२ को छनोट अन्तगर्त कुबेत र चाइनिज ताइपेविरुद्ध खेल्ने नेपाली टोलीमा पर्न असफल भएका छन् । उनले जोहर दारुलविरुद्धको मैत्रिपूर्ण खेल पनि गुमाएका थिए । मैत्रिपूर्ण खेलमा नरहेका गोलकिपर किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द टिममा फर्किएका छन् । तर बिहीबार घोषित २३ सदस्यीय […]
१२ भदौ, काठमाडौं । नेपाली सेनाका मेजर अजितप्रताप सिंह पक्राउ प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमककी २६ वर्षीया प्रिया राई छिन् । इलाका प्रहरी कार्यालय, इटहरीले उनलाई चार दिनअघि पक्राउ गरेर अनुसन्धान थालेको हो । इटहरीका डीएसपी धर्मराज भण्डारी भन्छन्, ‘अनुसन्धानका सिलसिलमा राईको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको […]
१२, माघ, चितवन । गत वर्ष माघ १९ गते तत्कालिन पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारी भरतपुर विमानस्थल झर्दा उनले निकै डर लागेको बताएका थिए । उनी सवार विमान एकैपटकमा अवतरण गर्न नसकेर एक चक्कर घुमाएर मात्रै ल्याण्ड गरिएको थियो । मन्त्री अधिकारी आफैले यस्तो अनुभूति गरेपछि उनले विमानस्थल विस्तारको योजना बनाएका थिए । विमानस्थलको […]
१० भदौ, काठमाडौं । केही समयअघिको एक सार्वजनिक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले आफूलाई बैंकिङ प्रणालीमा प्रविधिको विश्वास नलाग्ने बताए । उनको त्यो अभिव्यक्तिलाई प्रविधिको प्रयोगबाट हुने सहज नगद कारोबारलाई निरुत्साहित गर्ने मनसायको रुपमा अर्थ्याइयो । यदाकदा केही समस्या आए पनि सहज र छिटो कारोबारका लागि प्रविधि प्रयोग आजको आवश्यकता भएको विज्ञहरु बताउँछन् । त्यसका […]
१२ भदौ,काठमाडौं । मिडिया काउन्सिल विधेयक संशोधन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तयार भएको छ । यो विधेयक बिहीबार राष्ट्रियसभामा टेबल हुँदैछ । शुक्रबार सैद्धान्तिक छलफलपछि विधायन ब्यवस्थापन समितिमा दफावार छलफलका लागि पठाइने छ । त्यसक्रममा प्रेसको अधिकारमा असर नपर्ने गरी संशोधन हाल्ने नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईले बताए । कुन कुन दफामा संशोधन […]
१२ भदौ, वीरगञ्ज । खाने तेलको ग्यालेनमा लागू औषध लुकाएर ल्याउँदै गरेका दुई जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले विहीबार वीरगञ्जबाट पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१६ रजत जयन्ती चोकबाट सशस्त्र प्रहरीले भारत मोतिहारी जिल्ला मोर्जे–२० का ३५ बर्षीय धर्मेन्द्र साह र १८ बर्षीय पिन्टु कुमार पासवानलाई नियन्त्रणमा लिएको हो । रक्सौलबाट वीरगञ्ज आउँदै गरेको अवस्थामा […]
१२ भदौ, काठमाडौं । नेपाल एयरलाइन्सको पहिलो जापान उडान सफल भएको छ । काठमाडौंबाट १ सय ३४ जना यात्रुसहित उडेको जहाज जापानको ओशाकास्थित कान्साई इन्टरनेशनल एयरपोर्टमा अवतरण गरेको हो । निगमका अनुसार ८५ जनाले टिकट काटेका थिए भने ४९ जनाको सरकारी–निजी क्षेत्रका प्रतिनिधीको टोली पहिलो उडानमा सहभागी भए । बुधबार राति पर्यटनमन्त्री योगेश भट्टराईले टोलीलाई […]
१२ भदौ, काठमाडौं । द्विपक्षीय व्यापार सम्बन्धमा सम्बाद टुटेको ८ वर्ष पछि नेपाल र भुटानबीच तेस्रो वाणिज्य वार्ता बिहीबार काठमाडौंमा सुरु भएको छ । वार्तामा दुई देशबीचको वाणिज्य व्यापार सहजीकरणमा छलफल केन्द्रित हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग–वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले गरेका छन् । […]
१२ भदाै, तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-४ चुनपहरामा आज (बिहीबार) बिहान पर्यटक कारको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीया मनिषा परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोखराबाट काठमाडाैंतर्फ जाँदै गरेको बा१य १३९७ नम्बरको कारले पैदलयात्री परियारलाई ठक्कर दिएपछि सख्त घाइते उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा […]
१२ भदौ, गुल्मी । मालपोत कार्यालय गुल्मीले अनलाइन मार्फत आफ्नो सेवा शुभारम्भ गरेको छ । सेवा प्रहवाहलाई सहजता र प्रबिधि मैत्री बनाउने उदेश्यका साथ अनलाइन मार्फत सेवा शुभारम्भ गरेको हो । मालपोत कार्यालयले यसअघि रजिष्टरमा लेखेर सेवा प्रवाह गर्दै आइरहेको थियो । रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले एक कार्यक्रमकाबीच विहीबार अनलाइन सेवाको शुभारम्भ गरेका छन् […]
१२ भदौ, काठमाडौं । प्रहरीले सामुहिक बलात्कारमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी-१ का २३ वर्षीय रविन श्रेष्ठ छन् । प्रहरीका अनुसार दैलेख घर भएकी १७ वर्षीया किशोरीलाई श्रेष्ठसहित धादिङकै ३० वर्षीय मदन थापा मगरले बलात्कार गरेका थिए । मगर भने पक्राउ परेका छैनन् । उनको खोजी भइरहेको […]
१२ भदौ, गलकोट । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड एक महिना दैनिक आठ घण्टा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङमा बुधबार बसेको सरोकारवालाहरुको बैठकले बागलुङ नगरपालिका–३ खहरे क्षेत्रमा रहेको चट्टानसहितको पहरो कटानका लागि झण्डै एक महिना खहरे खण्डको बाटो बन्द गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको अध्यक्षता तथा […]
१२ भदौ, चितवन । पयर्टन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ७० वर्ष कटेका वृद्ध–वृद्धालाई भाडामा ५० प्रतिशत छुट दिने सरकारको निर्णय कार्यान्वयन गरी छाड्ने बताएका छन् । साथै उनले आन्तरिक पर्यटनमा भाडादरले असर पारेकाले पुनरावलोकन हुने बताए । एयरलाइन्स कम्पनीहरूले मन्त्रीको निर्णय कार्यान्वयन गर्न असजिलो हुने बताइरहेका बेला मन्त्री भट्टराईले सरकार र एयरलाइन्स कम्पनीको साझा […]
१२ भदौ, डोटी । शिखर नगरपालिका-५, धामीगाउँकी २५ वर्षीया ईश्वरी बिकका श्रीमान् खेमराज बिक रोजगारीको लागि भारतको मुम्बईमा छन् । खेमराजसँग ईश्वरीले ११ वर्ष पहिले १४ वर्षकै उमेरमा बिहे गरेकी थिइन् । उहिले खेमराजले आफुले कमाएको पैसा घर पठाउँदा कुनै व्यक्तिसँग पठाउँथे । आफू घर आउँदा उनले आफै पनि नगद बोकेर आउने गरेका थिए । […]
१२ भदौ, दाङ । प्रा.डा. विश्वनाथ यादव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका रेक्टर हुन् । उनलाई ‘पोषण गृह कब्जा गरेर बसेको’ र प्रतिष्ठानविरुद्धको आन्दोलनलाई समर्थन गरेको आरोप छ । यसअघि उपकुलपति प्रा.डा. संगिता भण्डारी आफैंले अनलाइनखबरसँगको अन्तर्वार्तामा यादवमाथि यस्तो आरोप लगाएकी थिइन् । उपकुलपतिपछिको दोस्रो वरियतामा रहेका यादव भने भण्डारीको आरोप स्वीकार गर्न तयार छैनन् […]
१२ भदौ, काठमाडौं । उत्तरी नाका तातोपानी बन्द भएपछि रोकिएको भनिएको रक्तचन्दन तस्करी पुनः सुरु भएको देखिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय प्रहरी वृत्त, बौद्धको संयुक्त टोलीले ८३ किलो रक्तचन्दन बरामद गरेसँगै रक्तचन्दन तस्कर सल्बलाएको देखिएको हो । जेठ पहिलो सातादेखि चीन जोड्ने उक्त नाका खुले पनि रक्तचन्दन बरामद भएको थिएन । […]
from समाचार – Online Khabar https://ift.tt/2UexoF9
via IFTTT