समाचार
१३ भाद्र ,काठमाडौं । भाद्र मसान्तसम्म एकता प्रक्रिया टुङ्गो लगाउने तयारीमा रहेको सत्तारूढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ । एकतामा साविक एमाले निकट अनेरास्ववियुबाट १८० जना र साविक माओवादी केन्द्रको अनेरास्ववियू(क्रान्तिकारी ) बाट १५५ जना रहनेछन् । यसैगरी एकीकृत संगठनको नेपाली नाम अनेरास्ववियू रहने र अंग्रेजी नाम […]
१३ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै अब देशब्यापी विशेष अभियान सञ्चालन गर्ने भएको छ । पार्टी सदस्यहरुलाई केन्द्रीय कार्यालयबाट पठाइएको अन्तरपार्टी निर्देशनमा चाँडै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आयोजना गरिने उल्लेख छ । अन्तरपार्टी निर्देशनमा भनिएको छ, ‘अब पार्टीले समस्त नेता, कार्यकर्ता एवं सदस्यहरुलाई […]
१३ भदौ, वीरगञ्ज । वीरगञ्जमा नगर प्रमुखको विरोधमा प्रदर्शन गरेपछि राष्ट्रिय जनता पार्टी पर्सा भित्रको किचलो बाहिरिएको छ । विरोध प्रदर्शन पार्टीको आधिकारिक नभएको भनी अध्यक्ष मण्डलका पर्सा संयोजक जगदिश पटेलले विज्ञप्ती जारी गरेपछि आन्तरिक किचलो बाहिरिएको हो । बुधबार राजपा वीरगञ्ज महानगरपालिका कमिटिले वीरगञ्जमा वेथिति, अनियमितता र भ्रष्टाचार बढेको भन्दै नगर प्रमुखको विरोधमा प्रदर्शन […]
१३ भदौ, काठमाडौं । भक्तपुरको चाँगुनारायणबाट प्रहरीले गाई मारेको अभियोगमा एक जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका-७ बागेश्वरी महादेवस्थान बस्ने सिन्धुपाल्चोक घर भएका २५ वर्षीय चिरन पुरी रहका छन् । मादक पदार्थ सेवन गरेका पुरीले फार्ममा रहेका ४ वटा गाईमध्ये १ वटा गाईलाई विहीबार राति दाउराको चिर्पट र कोदालोले प्रहार गरेर […]
जनकपुरधाम, १३ भदौ । जनकपुरधामको जानकी चोकमा नरिवल बेच्ने एक बालक र भिडियो खिच्ने एक व्यक्तिलाई प्रहरीले कुटपिट गरेको घटना छानबिनका लागि प्रहरीले समिति गठन गरेको छ । बिहीबार दिउँसो भएको उक्त घटनालाई छानबिनका लागि जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तुलाल प्रसाद जैसवारको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिमा एक जना प्रहरी […]
१३, भदौ, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक भाले गैंडा मृत अवस्था फेला परेको छ । निकुञ्जको पश्चिमी क्षेत्र मेघौलीमा पर्ने राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा गैंडा मृतावस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरले जानकारी दिए । गैंडा कालगतिले मरेको हुन सक्ने निकुञ्जले जनाएको छ । चालु आर्थिक बर्षमा कालगतिले मरेको यो नै पहिलो […]
१३ भदौ, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ को सडक तत्काल बनाउन माग गर्दै नेपाली कांग्रेसका सांसद गगन थापा आफैं धर्नामा बसेका छन् । उनीसहित काठमाडौंका ४ का स्थानीयबासीले पुल्चोकस्थित सडक विभागको कार्यालयमा धर्ना दिएका हुन् । ठेक्का लागेको ९ बर्ष बितिसक्दा पनि सडक नबनाएको विरोधमा सांसद थापाको नेतृत्वमा काठमाडौं ४ का जनताले धर्ना दिएका […]
१३ भदौ, चितवन । पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गइरहेको चितवनको माडीमा झण्डैं ४० बिघा जमिनमा फलफूल खेतीसहित रिसोर्ट सञ्चालनमा गरिने भएको छ । माडी नगरपालिका र गैरआवासीय नेपालीहरुको संस्था आइडिया फर नेपालले माडीको राधापुर तथा रमाइलोडाँडा क्षेत्रमा फलफूल खेतीसहितको रिसोर्ट सञ्चालनको सम्झौता भएको छ । सम्झौता पत्रमा माडी नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय […]
शहरमा नव धनाढ्यहरु बढ्दैछन् । इन्ट्री लेभलका गाडी चढिसकेर ‘अपग्रेड’ हुन खोजिरहनेहरु यही वर्गामा धेरै हुन्छन् । यस्ता वर्गमा व्यक्तिलाई कम्प्याक्ट एसयूभी (स्पोर्ट युटिलिटी भेहिकल) गाडी राम्रो विकल्प हो । एसयूभी गाडीको रहर गरिरहेकमाहरु एकैपटक पि्रमियि प्रोडक्ट किन्न नसक्ने अवस्थाका कारण यो सेगमेन्टमा अहिले नेपालकै सबैभन्दा धेरै आकर्षण छ । ग्राहकको आकर्षणले कार निर्माता तथा […]
१३ भदौ, चितवन । नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी सवार जीप खसेको दासढुंगामा निर्माण भैरहेको कंक्रिटको पर्खाल निर्माण नसकिदै भत्किएको छ । दुर्घटनाको ऐतिहासिक संरचनालाई नै बिगार्ने गरी बनाइएको पर्खाल गत साउन ३१ गते राती भत्किएको हो । पर्खाल झण्डै ३० मिटर लामो र ३० मिटर नै उचाइको छ । पर्खालको दक्षिण तर्फको भाग […]
१३ भदौ, पोखरा । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधनपछि खाली रहेको कास्की क्षेत्र नम्बर २ ले फेरि एकपटक सिंगो नेपालकै ध्यान खिच्दैछ । यो निर्वाचन क्षेत्रबाट नेकपाका उपाध्यक्ष वामदेव गौतमले समेत निर्वाचन लड्ने ईच्छा देखाएका छन् । मंसिर १४ को उपनिर्वाचनमा कास्की २ चासोको केन्द्र बन्नुको खास कारण धेरैवटा छन् । तर, त्योभन्दा पहिले […]
१३ भदौ, काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कर विवादबारे सर्वोच्च अदालतको फैसलामाथि सांसदहरुले प्रश्न उठाएका छन् । शुक्रबार प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी र विपक्षी दलका सांसदहरुले एनसेलको कर विवादबारे सर्वोच्च अदालतले भदौ ९ गतेको फैसला अध्ययन गर्नुपर्ने बताए । प्रमाण ऐन संशोधन गर्न बनेको विधेयकमाथि […]
१३ भदौ, काठमाडौं । पत्रकार तथा सञ्चारमाध्यमलाई सामाजिक सञ्जाल प्रयोगमा सजग गराउँदै नेपाल प्रेस काउन्सिल र पत्रकार महासंघले आचारसंहिता संशोधन गरेका छन् । आगामी असोज ६ गतेबाट लागू हुने आचारसंहितामा पत्रकारका लागि कडा प्रावधानहरु छन् । प्रेस काउन्सिलको स्वर्ण जयन्तीका अवसरमा असोज ६ गते राष्ट्रपतिबाट पत्रकार आचारसंहिता सार्वजनिक गरिने कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठले बताए । […]
१३ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको रानीघाटमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । सखुवाप्रसौनी गाउँपालिका–२ प्रसौनी घर भई वीरगजमा डेरा गरी बस्दै आएका लालबहादुर दासको श्रीमती ३६ बर्षिया रोमा देवी दासको करेन्ट लागेर मृत्यु भएको हो । घरमै रहेको कलधारामा जडान गरिएको मोटरबाट करेन्ट सर्ट भई उनलाई करेन्ट लागेको थियो । गम्भिर […]
१३ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मिडिया काउन्सिल विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर नबनाउने बताएका छन् । राष्ट्रियसभामा सांसदरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री बास्कोटाले प्रेसलाई व्यवस्थित र मर्यादित बनाउन यो विधेयक ल्याइएको बताए । मिडिया आफैं बहकिएर स्वतन्त्रताको नाममा स्वच्छन्दतालाई प्रेसको परिभाषाभित्र अनुबन्धित गर्न खोज्दा विश्वसनीयतामाथि प्रश्न उठेनको उनले […]
१३ भदौ, काठमाडौं । महिलाको विशेष चाड तीजले झपक्कै छोपिसक्यो । तीजलाई लक्षित गरेर विगतका वर्षहरुमा जस्तै धेरैखाले गीतहरु सार्वजनिक भएका छन् । यस वर्ष रिलिज भएका तीजका गीतमा पिसाबदेखि निसाफसम्म विषयवस्तुहरु समेटिएका छन् । यस वर्ष भाइरल भएको तीज गीत हो, ‘हामी पनि नाच्नुपर्छ बीच-बीचमा’ । गायक दुर्गेश थापाले यस गीतमा महिलाले मात्र तीजमा […]
१३ भदौ, काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको कान्जी हाउसबाट दैलेख लगिएका २३ वटा गाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका कट्कुवामा मृत भेटिएका छन् । बिहीबार राति ८ वटा ट्रकमा लगिएका दुई सय ९१ गाईमध्ये २३ वटा मरेका छन् भने अरु धेरै गाई सडक र जंगलमा अलपत्र अवस्थामा छन् । कर्णाली प्रदेशका प्रहरी प्रमुख पूर्णचन्द्र जोशीले २३ वटा […]
१३ भदौ, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र निर्माण गरिएको खुल्ला चिडियाखानामा एक अर्नाले बच्चा जन्माएको छ । अर्नाले भदौ ९ गते बच्चा (पाडो) जन्माएको हो । निकुञ्जका अधिकारीहरुका अनुसार अर्नाको बच्चा स्वस्थ छ । यो सँगै यहाँ अर्नाको संख्या १३ पुगेको छ । खोरमा अर्नाको बच्चा संख्या ४ पुगेको छ । हाल खोरमा वयस्क दुई […]
१३ भदौ, काठमाडौं । दुई वर्षअघि बुवाको मुख हेर्ने दिन थियो । सरिता महर्जनले केक ल्याइन् र हिराकाजीका अघिल्तिर राखिदिइन् । केकमा लेखिएको थियो, ‘न्यू लाइफ’ । अनि परिवारका सदस्यले ठूलो स्वरमा भने, ‘ह्याप्पी बर्थ डे टु यू ड्याडी ।’ बाबाको जीवनबाट खोसिएको खुशीलाई फिर्ता ल्याउने यो अर्को प्रयास थियो सरिताको । एक वर्ष बित्यो […]
१३ भदौ, काठमाडौं । आज भाद्र कृष्ण औंसी अर्थात बाबुको मुख हेर्ने पर्व । देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । पिता गुमाएकाहरूले भने उपत्यकाको उत्तर-पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने […]
१३ भदौ, काठमाडौं । गत हप्ता आफ्नो ७५ औं जन्मदिन मनाएका नेपालका वरिष्ठ इतिहासविद् डा. महेशराज पन्तले यही साता पद्मश्री साधना सम्मान प्राप्त गरे । डा. पन्तलाई बुढेसकालका दुःख दर्दबारे खासै चिन्ता छैन । यसको अर्थ उनी चिन्तामुक्त छन् भन्ने चाहिँ होइन । सम्भवतः उनको चिन्ता उदरस्थ सुख–दुःखभन्दा माथि छ । यहाँ हामीले त्यही चिन्ताबारे […]
from समाचार – Online Khabar https://ift.tt/327Hr1o
via IFTTT