समाचार
९ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति बन्न प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ चिकित्सक भगवान् कोइरालालाई प्रस्ताव गरेका छन् । विवादै विवादमा फसेर तीर्थ खनियाँ बिदा भएपछि रिक्त त्रिवि उपकुलपतिका लागि योग्य व्यक्तिको खोजी भइरहेका बेला प्रधानमन्त्रीबाट यस्तो प्रस्ताव गरिएको खबर नागरिक र रिपब्लिका दैनिकले आज छापेका छन् । यद्यपि, प्रधानमन्त्रीको प्रस्तावमा कोइरालाले […]
८ भदौ, काठमाडौं । सिनामंगलमा टिपरले तीन वटा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुई जना गम्भिर घाइते छन् । महानगरीय ट्राफिक महाशाखा, रामशाहपथका प्रमुख एसएसपी वसन्त पन्तका अनुसार, आइतबार साँझ तीनकुनेबाट गौशालातर्फ जाँदै गरेको टिप्परले तीन वटा मोटरसाइकलाई ठक्कर दिएर भागेको थियो । तर, तत्काल खोजीमा खटिएको प्रहरी वृत्त, गौशलाले […]
८ भदौ, काठमाडौं । तीन दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत क्रियाशील छन् गायक रामकृष्ण ढकाल । नारायण गोपाललाई बिर्साउने गायक भनेर सुरुमा चर्चामा आएका उनले अन्ततः आफ्नो बेग्लै स्थान निर्माण गरे । नेपाली संगीतको जति परिवर्तन आए पनि उनले आफ्नो सुगम संगीतको धार छोडेका छैनन् । रामकृष्ण निकै संघर्ष गरेर यहाँसम्म आएका हुन् । बाल्यकालमा […]
८ भदौ, काठमाडौंं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाप्रति असन्तुष्टि जनाएका छन् । अनिवार्य प्यान कार्डप्रति उनले असन्तुष्टि जनाए । फोहोर मैला उठाउनेलाई पनि प्यान लागू गरेको सुन्न आएको भन्दै नेता नेपालले पूर्वाधार विना विदेशीको नक्कल गरिएको टिप्पणी छ । पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघले […]
८ भदौ, काठमाडौं । नेपालमा बनेको पहिलो डिजेल गाडिबारे कुरा गर्दा प्रफुल दासलाई खाटा बसेको घाउ कोट्याई दिएजस्तो हुन्छ । हुलास मोटर्स प्रा.लिका महाप्रवन्धक उनी कुनै बेला नेपालको आफ्नै उत्पादन हुलास मुस्ताङ जीपका मुख्य डिजाइनर इन्जिनियर थिए । नेपालमै सस्तो र बलियो डिजेल जीप बनाउन २० वर्ष खर्च गरेका दास अहिले ‘मुस्ताङ सपना’लाई जीवनको सबभन्दा […]
८ भदौ, काठमाडौं । प्रहरीले एयरहोस्टेज भएको बताएर ठगीमा संलग्न रहेको आरोपमा एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको अर्जुनधारा–६ की २७ वर्षीया तविता राई छिन् । इलाका प्रहरी कार्यालय, बिर्तामोडले दुई युवकको उजुरीका आधारमा उनलाई पक्राउ गरेको हो । बिर्तामोडका डीएसपी मोहनकुमार थापा भन्छन्, ‘उनले गुरास र गरिमा श्रेष्ठको नक्कली फेसबुक […]
८ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ जना विरुद्ध विशेष अदालत काठमाडौंमा आइतबार मुद्धा दायर गरेको छ । जिल्ला प्रशासन कार्यालय बाराका नायब सुब्बा सनोज महतो, पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकाय डिनको कार्यालय विराटनगरका मुख्य अधिकृत गिरिराज कोइराला र उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौंडाका अधिकृत चन्दनकुमार अमात्यविरुद्ध मुद्धा दायर गरिएको आयोगका […]
८ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रदेशमा समायोजन हुने प्रहरीलाई एक तह बढुवा दिनपर्ने माग गर्दै ‘प्रहरी समायोजन विधेयक’मा संशोधन दर्ता गरेको छ । प्रतिनिधिसभाले पारित गरेको ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा समायोजनमा जाने प्रहरी कर्मचारीको दुई ग्रेड बृद्धि हुने व्यवस्था छ । यो […]
८ भदौ, काठमाडौं । शनिबार राजधानीमा रवि लामिछानेका समर्थकहरुले आयोजना गरेको विरोध प्रदर्शनमा भाषण गरिरहेका बेला पुण्य गौतमले पिटाइ खाए । विरोध प्रदर्शनपछिको कोणसभामा गौतमले माइक्रोफोन समातेर बोल्नासाथ केपी ओली र प्रचण्डको नाम लिए । प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्नासाथ रविका समर्थकहरुको भीडबाट गौतममाथि बोतल र ढुंगा प्रहार भयो । उनी मञ्चबाटै लखेटिए । आफूमाथि […]
८ भदौ, गोरखा । अवैध सालको गोलिया ओसारपसारमा संलग्न रहेको अभियोगमा गोर्खाको हर्मी भन्ज्याङबाट प्रहरीले ४ जनालाई आइतबार नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पालुङटार नगरपालिका- १ का सुन्दर लामा, मती घले, अर्पित गुरुङ र वडा-१० का अमित लामा रहेका छन् । ट्याक्टरमा काठ ओसारपसार गर्दै गर्दा सिरानचोक गाउँपालिका-३ को हर्मी भन्ज्याङबाट उनीहरुलाइ नियन्त्रणमा लिइएको […]
८ भदौ, बुटवल । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले गणतन्त्रमाथि कसैबाट खतरा नरहेको र हुन पनि नसक्ने बताएका छन् । आइतबार बुटवलमा प्रेस संगठन रुपन्देहीले गरेको पत्रकार भेटघाटमा प्रवक्ता बास्कोटाले गणतन्त्रमाथि हमला गर्ने तत्वहरु भने सक्रिय रहेको बताए । ‘जनताले लडेर, बलिदान दिएर ल्याएको गणतन्त्रमाथि कतैबाट खतरा छैन र हुन पनि […]
८ भदौ, काठमाडौं । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभजन प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को सहयोेगमा १० दिन लामो अनुसन्धानपछि चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको हो । लगत्तै वयान सुरु भयो […]
८ भदौ, काठमाडौं । प्रदेश ३ को प्रदेशसभामा चारवटा नयाँ विधेयक पेश भएको छ । प्रदेश सवारी ऐन संशोधन गर्न बनेको विधेयक, प्रदेश लोकसेवा आयोग गठन, काम, कर्तव्य, अधिकार र कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश भएको छ । प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक […]
८ भदौ, बुटवल । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले शीर्ष नेता र उच्च तहका कर्मचारीहरुको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन् । भ्रष्टाचारको जड शीर्ष नेता र उच्च तहका कर्मचारी नै भएको दाबी गर्दै उनले ०४६ सालयता सरकारको नेतृत्वमा पुगेकाहरुको सम्पत्ति छानबिनको माग गरेका हुन् । आइतबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै संयोजक मिश्रले भने, ‘भ्रष्टाचार रोक्न […]
८ भाद्र, विराटनगर । प्रदेश-१ की सांसद उमिता विश्वकर्माले खोटाङका टंकप्रसाद आर्चायलाई सामाजिक बहिष्कार गर्नेमाथि कानुनी कारवाहीको माग गरेकी छिन् । प्रदेशसभाको आइतबार बसेको बैठकको शुन्य समयमा बोल्दै सांसद विश्वकर्माले प्रचलित कानुनले जातिय विभेद् र छुवाछुत गर्न बन्देज लगाएको भएपनि वृद्ध आर्चायलाई आफन्तबाटै सामाजिक बहिष्कार गरेकाले उनीहरुलाई आवश्यक कारवाही गर्न सभामुखमार्फत प्रदेश सरकारसँग माग राखेकी […]
८ भदौ, विराटनगर । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले सामाजिक सञ्जालमा विकृति बढेकाले पत्रकारका लागि आचारसंहिता जारी गर्न लागिएको बताएका छन् । नेपाल पत्रकार महासंघ मोरङले आइतबार आयोजना गरेको ‘नागरिक दृष्टीकोणमा मिडिया पृष्ठपोषण’ कार्यक्रममा अध्यक्ष आचार्यले सामाजिक सञ्जालमा आएका विषयलाई पनि मिडियासँग जोड्ने गरेकाले महासंघले आफ्ना सदस्यलाई नियमन गरेपनि नागरिकको जिम्मा कस्ले लिने […]
८ भदौ, पोखरा । साइबर क्राइमकोमुद्धा लागेका पोखराका पत्रकार अर्जुन गिरीले सफाइ पाएका छन् । जग्गा कारोबारमा ठगीबारे समाचार लेखेका ताण्डव न्युज डटकमका सम्पादक गिरीलाई व्यवसायी विपेन्द्रराज बतासले साइबर क्राइमको मुद्धा हालेका थिए । न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले आइतबार गिरीलाई सफाइ दिएको हो । ठगी गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा २ जनाले जाहेरी दिएपछि […]
८ भदौ, काठमाडौं । काभ्रेको नमोवुद्ध नगरपालिकाले मापदण्ड पूरा नगरेको भन्दै आइतबार इट्टा उद्योगमा डोजर चलाएको छ । मापदण्ड पूरा गर्न व्यवसायीहरुलाई ६ महिनाको समयसीमा उपलब्ध गराउँदा समेत वेवास्ता गरेपछि इट्टा उद्योगमा बाध्य भएर डोजर र क्रेन चलाउनु परेको नगरपालिकाका प्रमुख टिपी शर्मा तिमिल्सिनाले जानकारी दिए । वडा २ र ३ भित्र सञ्चालित ८ वटै […]
८ भदौ, काठमाडौंं । चितवनमा प्रहरी र टेलिभजन प्रस्तोता रवि लामिछानेका समर्थकबीच झडप भएको छ । लामिछानेका समर्थकले प्रहरीमाथि बोतल प्रहार गरेपछि सुरक्षाकर्मीले अश्रुग्यास हानेको छ । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभजन प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आइतबार आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ । तर बयान नसकिएपछि थुनछेक बहस हुन सकेन । तीनै जनालाई […]
८ भदौ, काठमाडौं । गत चैत १७ गते साँझ बारा र पर्सामा आएको ‘टोर्नाडो’को नेपाली नाम ‘घुम्रपात’ नामकरण गर्न सिफारिस गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिाचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले एक अध्ययन समिति बनाई सो नाम सिफारिस गरेको हो । लामो छलफल र अध्ययनपछि ‘टोर्नाडो’ घुमीघुमी आउने र त्यसले उत्पात मच्चाउने भएकाले […]
८ भदौ, विराटनगर । राधाकृष्ण रथयात्राको क्रममा चोरी तथा लुटपाट गरेको आरोपमा प्रहरीले विराटनगरबाट ८४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने मध्ये १२ जना भारतीय नागरिक समेत छन् । विराटनगर महानगरपालिकाको तिनपैनी पानी ट्यांकीस्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा निकालिएको थियो । रथयात्रीहरुको बहुमल्य सुन, चाँदी लगायतका गरगहना, नगद तथा पर्स चोरी गरेको आशंकामा प्रहरीले ८४ […]
from समाचार – Online Khabar https://ift.tt/340KQ3S
via IFTTT






















