समाचार
११ भदौ, धनगढी । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्सबाटै मन्त्रिपरिषद बैठक गर्नु गलत भएको बताएका छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएर गएका प्रधानमन्त्रीले विदेशबाट आफैं मन्त्रिपरिषद बैठक बोलाउनु नीतिसंगत नरहेको बताए । साथै भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक बोलाउनु सुरक्षा र गोपनियताका कारण उपयुक्त नभएको […]
११ भदौ, कैलाली । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले सुदूरपश्चिममा फेरि टीकापुर घटनाको पुनरावृत्ति गर्न खोजिएको बताएका छन् । डा. बाबुराम भट्टराईले टीकापुरमै आएर जातीय राज्य निर्माणका लागि आन्दोलन चर्काउन लगाउनु विखण्डनकारी काम भएको उनको आरोप छ । भट्टराईको अभिव्यक्ति देशमा फेरि विखण्डन निम्त्याउने खालको भएको उनले बताए । बुधबार धनगढीमा पत्रकारहरुसँग […]
११ भदौ, काठमाडौं । भूगोलको हिसाबले विश्वको अठारौं सानो देश सन्ट लुसियासँग नेपालको द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापना भएको छ । योसहित नेपालको कुटनीतिक सम्बन्ध स्थापित भएका देशहरुको संख्या १६५ पुगेको छ । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सन्ट लुसियाका समकक्षी कोसमोस रिचार्डसनले संयुक्त दस्तावेजमा हस्ताक्षर गरी कुटनीतिक सम्बन्ध आरम्भ गरेका हुन् […]
११ भदौ, काठमाडौं । एक दशक अगाडि नेपाली सेनाका अधिकारीबाट श्रम शोषणमा परेका र प्रहरीबाट यातना पाएका एक बालकलाई क्षतिपूर्ति दिन संयुक्त राष्ट्र संघले नेपाल सरकारलाई निर्देशन दिएको छ । घरेलु कामदारको रुपमा सैनिक अधिकारीको घरमा बसेका थारु समुदायका एक बालकबारे फैसला गर्दै संयुक्त राष्ट्रसंघको मानवअधिकार कमिटी (यूएनएचआरसी) ले क्षतिपूर्ति दिन नेपाल सरकारलाई मंगलबार निर्देशन […]
११ भदौ ,काठमाडौं । भारत तथा नेपालका अधिकारीहरूबीच साइबर अपराधको विषयमा सरकारी वकिलहरुलाई तालिम दिनेबारे छलफल भएको छ । भारत भ्रमणमा रहेका महान्यायाधिवक्ता अग्नि खरेलको त्यहाँका सर्वोच्च अदालतका प्रधान न्यायाधीश, न्यायाधीश, महान्यायाधिवक्ता र कानुनमन्त्रीहरुसँग यस विषयमा छलफल गरेका हुन् । महान्यायाधिवक्ता खरेलले दिल्लीस्थित सर्वोच्च अदालतमा प्रधानन्यायाधीश रञ्जु गोगोइसँग भेटवार्ता गरेका छन् । त्यस्तै, खरेलले सर्वोच्च […]
११ भदौ, रुकुमपूर्व । यतिबेला जिल्लास्थित पुथा उत्तरगंगा गाउँपालिका कर्मचारीविहीन बनेको छ । समायोजन भएर कर्मचारी गएपछि गाउँपालिका कर्मचारीविहीन बनेको हो । ६१ जनाको दरबन्दी रहेको उक्त गाउँपालिकामा हाल दुई जना मात्र कर्मचारी छन् । क्षेत्रफलका हिसाबले जिल्लाको सबैभन्दा ठूलो सो स्थानीय तहमा १४ वडा छन् । जहाँ एक वडामा पनि वडासचिव छैनन् । सबै […]
११ भदौ, बुटवल । बुटवल दीपनगरमा रहेको बाल विद्या मन्दिरमा रहेका बालबालिकालाई अपांगता परिचय पत्र वितरण गरिएको छ । बुटवल उपमहानगरपालिकाका कार्यवाहक प्रमुख गोमादेवी आचार्यले १८ जनालाई रातो कार्ड वितरण गरेकी हुन् । आचार्यले फरक क्षमता भएका सबैलाई नगरले उचित संरक्षण गर्दै उपयुक्त अवसर जुटाउने बताइन् । उपमहानगरपालिकाले अपांगता भएका व्यक्तिहरुलाई लगत संकलन गरेर उनीहरुको […]
११ भदौ, काभ्रे । धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयका प्राध्यापक र कर्मचारी संघले उपकुलपति, रजिष्ट्रार र डिनको कार्यालयमा लगाएको ताला २१ दिन बितिसक्दा पनि खुलेको छैन । प्राध्यापक संघ र कर्मचारी सङ्घले विश्वविद्यालय नीति–नियम र पद्धतिबाट भन्दा पनि व्यक्ति विशेषबाट चलाउन खोजिएको र त्यसभित्र देखिएका अनियमितता, दक्षता र अनुभवीलाई विभिन्न विभागको जिम्मेवारी सुम्पिन र पेशागत हितलगायतका […]
११ भदौ, सुर्खेत । रत्न राजमार्गअन्तर्गत सुर्खेतको हर्रे डाँडामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । २७ यात्रु घाइते भएका छन् । जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको बस बुधबार बिहान करिब ३ बजे भेरीगंगा नगरपालिका-५ स्थित हर्रेमोडमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार एक जनाको घटनास्थलमै […]
११ भदौ, विराटनगर । प्रदेश १ का नौं स्थानमा उपनिर्वाचनको तयारी सुरु भएको छ । निर्वाचन आयोगले मंसिर १४ गते उपनिर्वाचनको मिति तोकेपछि तनि स्थानीय तह प्रमुख र ६ वडामा उपनिर्वाचनको तयारी सुरु भएको हो । प्रदेश १ मा सुनसरीको धरान उपमहानगरपालिका ,पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष र संखुवासभाको मकालु गाउँपालिकामा प्रमुखको पद रिक्त छ । […]
११ भदौ, विराटनगर । विद्युत व्यवस्थापनका लागि विस्तार गरिएको ३३ केभी प्रसारण लाइनमा ग्रामथान गाउँपालिका-५ को गिधनियाका बासिन्दाले अवरोध पुर्याएपछि प्रदेश १ को राजधानी विराटनगर र त्यस आसपासका क्षेत्रमा समस्या भएको छ । त्यसै त अनियमित आपूर्ति र लो भोल्टेजका कारण कटहरीदेखि रंगेली क्षेत्रमा रहेका एकसय साना-ठूला उद्योग संकटमा परिरहेका बेला गिधनियाको अवरोधले थप समस्या […]
११ भदौ, काठमाडौं । नेपाल कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । दिउँसो २ बजे बस्ने बैठकमा भ्रातृसंस्थाबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । महामन्त्री पूर्णबहादुर खड्काले २२ असारको बैठकमा पेश गरेको एजेण्डाअनुसार बुधबार भ्रातृसंस्थाबारे छलफल हुन लागेको हो । कांग्रेसका १३ भ्रातृसंस्थामध्ये अधिकांशको समयावधि सकिएको छ । समय सकिएपछि ती सबै […]
१० भदौ, काठमाडौं । प्रदेश सरकारहरुले नेपाल भ्रमण वर्षको तयारीप्रति तीव्र असन्तुष्टि जनाएका छन् । संस्कृति, पर्यटन तथा तथा नागरिक उड्डयन मन्त्री योगेश भट्राईको नेतृत्वमा मंगलबार बसेको मूल आयोजक समितिको बैठकमा मूख्यमन्त्री तथा पर्यटनमन्त्रीहरुले भ्रमण वर्षको तयारी सुस्त भएको बताएका हुन् । कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले भम्रण वर्षको तयारी सकिएर स्वागत–सत्कारमा लाग्नुपर्ने समयमा पनि प्रारम्भक […]
१० भदौ, वीरगञ्ज । गएको १३ असारमा पर्साको पटेर्वासुगौली– ५ निचुटा, बेल्वामा मैनुदिन मियाँ दर्जीको घर जल्दा नजिक कतै दमकल नभएकाले आगो निभाउन आएन । घर हेर्दाहेर्दै जलेर खरानी भएपछि मियाँ परिवारले खाद्यान्न, भाडाँकुडा, लत्ताकपडालगायत राहतका लागि गाउँपालिकामा निवेदन दिए । संविधानले स्थानीय तहलाई विपद व्यवस्थापनसम्बन्धी अधिकार दिए पनि पटेर्वासुगौलीमा यससम्बन्धी कार्यविधि बनेको छैन । […]
१० भदौ, जनकपुरधाम । प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक प्रद्युम्नकुमार कार्कीले गलत काम गर्ने प्रहरीलाई कारवाही गर्न आफ्नो हात नकाँप्ने बताएका छन् । प्रदेश २ को प्रहरी प्रमुख भएर आएको करिब दुई महिनापछि मंगलबार पत्रकारहरुसँग अन्तरक्रिया गर्दै कार्कीले गल्ती गर्ने र आचरण विरुद्व काम गर्ने प्रहरीलाई कारवाही गरिने बताए । ‘गलत गर्नेलाई […]
१० भदौ, काठमाडौं । विपक्षीसँगै सत्तारुढ सांसदहरुको विरोधका बीच राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ प्रतिनिधिसभाबाट पास भएको छ । संसदको मंगलबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले पारित भएको हो । यसअघि विधेयकमाथिको छलफलमा सहभागी हुँदै सांसदहरुले विधेयक नआउँदै परिचयपत्र बाँड्ने काम भएको […]
१० भदौ, भीमफेदी । प्रदेश-३ को मंगलबार बसेको प्रदेशसभा बैठकले ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७६’ र ‘प्रदेशसभा नियमावली, २०७४ लाई पहिलो संशोधन गर्न बनेको नियमावली, २०७६’ लाई सर्वसम्मतिबाट पारित गरेको छ । बैठकमा सामाजिक विकासमन्त्री युवराज दुलालले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक र प्रदेशसभा नियमावलीको पहिलो संशोधन गर्न बनेको नियमावली कार्यदलका संयोजक […]
९ भदौ, काठमाडौं । समायोजन रोज्ने प्रहरी कर्मचारीको बढुवा नभई दुई ग्रेड वृद्धि हुने भएको छ । राष्ट्रियसभाको विधायन ब्यवस्थापन समितिले प्रतिनिधिसभाले दुई ग्रेड वृद्धि गरी प्रहरी कर्मचारीलाई प्रदेशमा पठाउने ब्यवस्थालाई स्वीकार गर्ने गरी प्रहरी समायोजनसम्बन्धी बिधेयकमा सहमति जुटाएको हो । नेपाली कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले नयाँ परिवेश र नयाँ संरचनामा काम गर्न जानेलाई प्रोत्साहन […]
१० भदौ, दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिका–१ मा विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन् । तामाकोसी नदीले बगाएर लाटभियाका ३२ वर्षीय कोन्स्टाटाइन्स टोडोसिन्निकोभ्स नाम गरेका नागरिक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको नेपालको लप्चीबाट फर्किने क्रममा लामाबगरमा […]
१० भदौ, काठमाडौं । सिराहा, तनहुँ र नवलपरासीका विभिन्न स्थानमा मंगलबार ३ जना मृत अवस्थामा फेला परेका छन् । सिरहाको कल्याणपुर नगरपालिका–३ मा ५५ वर्षीय शिवनाथ मलाह कमला खोला किनारमा मृत फेला परेको प्रहरीले जनाएको छ । यस्तै तनहुँको ब्यास नगरपालिका–५ स्थित मादी खोला किनारमा लमजुङ मध्यनेपाल–८ का ४९ वर्षीय सूर्य बहादुर थापा पनि मृत […]
१० भदौ, वीरगंज । जीर्ण सडक मर्मतको माग गर्दै वीरगञ्जमा मंगलबार साँझ प्रदशर्न भएको छ । नेपाल विद्यार्थी (नेवि )संघसँग आवद्ध युवा विद्यार्थीले सडकको दुरावस्थाले दुर्घटनाको जोखिम बढेको भन्दै वीरगंजको श्रीपुरमा प्रदर्शन गरेका हुन । विरोधको क्रममा उनीहरुले वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीको विरोधमा नाराबाजी समेत गरेका थिए । विरोध प्रदर्शनका कारण त्रिभुवन राजपथ […]
from समाचार – Online Khabar https://ift.tt/30EOdLR
via IFTTT