Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कलंकीमा १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार

१२ भदौ, काठमाडौं । प्रहरीले सामुहिक बलात्कारमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी-१ का २३ वर्षीय रविन श्रेष्ठ छन् । प्रहरीका अनुसार दैलेख घर भएकी १७ वर्षीया किशोरीलाई श्रेष्ठसहित धादिङकै ३० वर्षीय मदन थापा मगरले बलात्कार गरेका थिए । मगर भने पक्राउ परेका छैनन् । उनको खोजी भइरहेको […]

लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड दैनिक ८ घण्टा बन्द हुने

१२ भदौ, गलकोट । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड एक महिना दैनिक आठ घण्टा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङमा बुधबार बसेको सरोकारवालाहरुको बैठकले बागलुङ नगरपालिका–३ खहरे क्षेत्रमा रहेको चट्टानसहितको पहरो कटानका लागि झण्डै एक महिना खहरे खण्डको बाटो बन्द गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको अध्यक्षता तथा […]

ज्येष्ठ नागरिकलाई भाडा छुट दिन आनाकानी गर्नुहुन्न : मन्त्री भट्टराई

१२ भदौ, चितवन । पयर्टन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ७० वर्ष कटेका वृद्ध–वृद्धालाई भाडामा ५० प्रतिशत छुट दिने सरकारको निर्णय कार्यान्वयन गरी छाड्ने बताएका छन् । साथै उनले आन्तरिक पर्यटनमा भाडादरले असर पारेकाले पुनरावलोकन हुने बताए । एयरलाइन्स कम्पनीहरूले मन्त्रीको निर्णय कार्यान्वयन गर्न असजिलो हुने बताइरहेका बेला मन्त्री भट्टराईले सरकार र एयरलाइन्स कम्पनीको साझा […]

फेरि सल्बलाए रक्तचन्दन तस्कर, बौद्धबाट ८३ किलो बरामद

१२ भदौ, काठमाडौं । उत्तरी नाका तातोपानी बन्द भएपछि रोकिएको भनिएको रक्तचन्दन तस्करी पुनः सुरु भएको देखिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय प्रहरी वृत्त, बौद्धको संयुक्त टोलीले ८३ किलो रक्तचन्दन बरामद गरेसँगै रक्तचन्दन तस्कर सल्बलाएको देखिएको हो । जेठ पहिलो सातादेखि चीन जोड्ने उक्त नाका खुले पनि रक्तचन्दन बरामद भएको थिएन । […]

गजेन्द्रनारायण सिंह अस्पताललाई संघीय सरकार मातहत ल्याइने

१२ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई संघीय सरकार मातहत ल्याउने निर्णय गरेको छ । रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको सो अञ्चल अस्पताल संघीय सरकार मातहतमा ल्याउने निर्णय गरेको मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को वि.सं. २०७५ पुस २३ गतेको बैठकले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने […]

सागका लागि क्रिकेटको तयारी आइतबारबाट, ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

१२ भदौ, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली क्रिकेट टोलीको तयारी आइतबारबाट सुरु हुने भएको छ । यसका लागि ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएकाे छ । सिनियर कि यू–२३ टोली खेल्ने भन्ने अन्यौलका कारण पुरुष टिमको तयारी सुरु हुन सकेको थिएन । यो अन्यौल अझै हटेको छैन । नेपाल ओलम्पिक कमिटीले टेष्ट […]

प्रधानमन्त्रीको अवस्था सामान्य, निजी चिकित्सक शाह फर्किइन्

१२ भदौ, काठमाडौं । सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिस् प्रक्रियामार्फत उपचार जारी राखिएको र अवस्था सामान्य रहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीसँगै सिंगापुरमा रहेका रिमालले ट्विट गर्दै प्लाज्मा फेरेसिस प्रक्रियाबाटै उपचार भइरहेको जानकारी दिएका हुन् । प्रधानमन्त्रीको प्रत्यारोपण गरिएको मिर्गौलामा एन्टिबडीको मात्रा बढेपछि चिकित्सकले प्लाज्मा […]

२९ वर्षे युवकको कृषिकर्म : वार्षिक डेढ करोड कारोबार

१२ भदौ, रुपन्देही । व्यवस्थापन विषयमा स्नातक गरेका पाल्पाका एक युवकले छोटो अवधिमै सफल र आधुनिक किसानको पहिचान बनाएका छन् । उनी हुन्, रैनादेवी छहरा गाउँपालिका-१ सिद्धेश्वर अर्चलेका २९ वर्षीय सुदर्शन पन्त । उनले पढाइ सकेपछि राम्रो जागिर खोजेनन् । बरु गाउँमै फर्केर व्यावसायिक तरकारी खेती सुरु गरे । ७० रोपनी जग्गामा गरिएको तरकारी खेतीबाट […]

रामचन्द्र पौडेल बिरामी हुँदा स्थगित कांग्रेस बैठक आज बस्दै

१२ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि बुधबार स्थगित बैठक बिहीबार बस्न लागेको हो । नेता पौडेलमा ग्यास्टिकलगायतका समस्या देखिएपछि उनले बैठकमा सहभागी हुन नसक्ने जानकारी बुधबार गराएका थिए । बैठकमा पार्टीका भातृ तथा शुभेच्छुक संस्थाबारे छलफल गर्ने […]

पोखरामा सवारी दुर्घटना, २ को मृत्यु, ३ घाइते

१२ भदौ, पोखरा । पोखरामा गएराति भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पोखरा महानगरपालिका–३२, गगनगौंडामा गएराति ग ७ प ७४२८ नम्बरको मोटरसाइकल र ग ११ प २३५८ नंको स्कुटर एकापसमा ठोक्किँदा स्कुटरको पछाडि बसेका पोखरा नदीपुर निवासी १८ वर्षीय जगबिन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

डेंगुबाट देशभर १५३७ बिरामी, कर्णालीमा संक्रमित भेटिएनन्

१२ भदौ, काठमाडौं । डेंगुबाट देशभरका १५३७ जना संक्रमित भएका छन् । ३ महिनाअघि धरानमा देखापरेको डेंगु नियन्त्रण सफल नहुँदा कर्णालीबाहेकका सबै प्रदेशमा फैलिइसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुका अनुसार डेंगु संक्रमण देखिएका ६ वटा प्रदेशमध्ये प्रदेश नं. १ सबैभन्दा बढी संक्रमित छ । भदौ ११ गतेसम्मको तथ्यांकअनुसार यो प्रदेशको १८ जिल्लामध्ये […]

ब्राउन सुगरसहित झापाबाट ३ जना पक्राउ

११ भदौ, झापा । जिल्लाको मेचीनगरबाट ब्राउन सुगरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मेचीनगर–६ भन्सारगेट अगाडिबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बुधबार मोरङ बेलबारी–३ का २४ वर्षीय सन्तोष खड्का र सोही स्थानका १९ वर्षीय सोमन लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट […]

१४ अक्टुबरसम्म बेलायतको संसद निलम्बित

१२ भदौ, काठमाडौं । बेलायतको संसद निलम्बन गर्ने सरकारको निर्णयलाई महारानी एलिजाबेथले स्वीकृत गरेकी छिन् ।  प्रधानमन्त्री बोरिस जोन्सनले आगामी १४ अक्टुबरसम्म संसद निलम्बन गर्ने निर्णय गर्दै त्यसको स्वीकृतिका लागि महारानीसमक्ष पेश गरेका थिए । महारानीले स्वीकृति दिएकाले अब सेप्टेम्बर महिनाबाट बेलायतको संसद निलम्बन हुने छ । त्यसपछि ३१ अक्टुबरमा विनाकुनै सम्झौता बेलायत युरोपेली युनियन […]

जम्मू-कश्मीर मुद्दामा पाकिस्तानले राष्ट्रसंघलाई फेरि लेख्यो चिठ्ठी

१२ भदौ, काठमाडौं । पाकिस्तानले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदलाई एकपटक फेरि पत्र लेख्दै भारत प्रशासित जम्मू कश्मीरमा मानवअधिकार उल्लंघन भएको जनाएको छ । विदेशमन्त्री शाह महमूद कुरैशीले पत्र लेख्दै जम्मू कश्मीरको हालत लगातार बिग्रिँदै गएको र मानवअधिकार गम्भीर संकटमा परेको बताएका हुन् । पाकिस्तानको मानवअधिकार मन्त्री शिरिन मजारीको ट्वीटले पनि संयुक्त राष्ट्रसंघलाई पत्र लेखिएको पुष्टि […]

आजका पत्रपत्रिका : आत्महत्या दुरुत्साहन कानून ‘अपूर्ण’

१२ भदौ, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूले फरक–फरक विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् । नागरिक दैनिकले आज केही समयदेखि चर्चामा रहेको आत्महत्या दुरुत्साहनसम्बन्धी कानून नै अपूर्ण भएको समाचार बनाएको छ । नागरिकका अनुसार कार्यविधि नहुँदा मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी महलको दफा १८५ मा कार्यान्वयनमा जटिलता उत्पन्न भएको छ । […]

संविधान दिवसको दिन तास खेल्न विदा दिएको होइन : सञ्चारमन्त्री बास्कोटा

११ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संविधान दिवस भव्यताका साथ मनाउनका लागि आ आफ्नो स्थानबाट योगदान दिन सबैलाई आग्रह गरेका छन् । संविधान दिवस मूल समारोह समिति अन्तर्गतको प्रचार प्रशार उपसिमितिले बुधबार सञ्चार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा उनले सरकारले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक विदा दिएको भन्दै सबैको अर्थपूर्ण […]

पोखरामा पर्यटनमन्त्रीलाई प्रश्न : एउटै एयरपोर्टका लागि कति पटक बिस्थापित हुने ?

११ भदौ, पोखरा । २०३१ सालमा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको सपनासहित जग्गा अधिग्रहण सुरु भयो । त्यतिबेला गण्डकीका अञ्चलाधीश शंकरराज पाठकको नेतृत्वमा ४ हजार रोपनी जग्गा अधिग्रहण भएको थियो । जग्गा अधिग्रहणमा स्थानीय यामबहादुर कार्की र खिमबहादुर कार्कीको केही जग्गा नापी गर्दा छु्ट्यो । मुआब्जा माग गर्दै उनले सर्वोच्च अदालतसम्म कानुनी लडाईं‌ लडे । २०७० सालमा […]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारलाई दुर्व्यवहार, प्रहरीमा किटानी जाहेरी

११ भदौ, दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका रजिष्ट्रार रामप्रसाद प्याकुर्याललाई प्रतिष्ठान बचाउ अभियानका प्रतिनिधिहरुले दुर्व्यवहार गरेका छन् । उनीहरुले प्याकुर्याललाई कार्यकक्षमै दुर्व्यवहार गरेका हुन् । आफ्ना पदाधिकारीलाई दुर्व्यवहार गरेको भन्दै प्रतिष्ठानले सीडीओ कार्यालय र जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले भने, ‘रजिष्ट्रारलाई दुर्व्यवहार भएको भनेर […]

सरकारले कम्युनिस्ट राज्य बनाउन खोज्दैछः देउवा

११ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले देशलाई कम्युनिस्ट राज्य बनाउने खतरा बढ्दै गएको बताएका छन् । ललितपुरमा बुधबार आयोजित एक कार्यक्रममा सभापति देउबाले नेकपाको सरकारले प्रजातन्त्रको सबै मुलभूत कुराहरु मास्दै गएकाले कम्युनिस्ट राज्य बनाउन खोजेको बताए । सरकार प्रजातन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रता विरोधि भएको टिप्पणी गर्दै […]

जिससलाई बढी अधिकार दिने तयारी ! सांसदको खबरदारी

११ भदौ, काठमाडौं । नेपालको संविधानले जिल्ला समन्वय समिति (जिसस) लाई जिल्लाभित्रका गाउँपालिका, नगरपालिकाबीच समन्वय गर्ने, विकास निर्माणसम्बन्धी कामको अनुगमन गर्ने अधिकार दिएको छ । तर यो भन्दा बढी अधिकार दिने गरी कानुन बनाउन लागिएको भन्दै सांसदहरुले विरोध जनाएका छन् । बुधबारदेखि राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा छलफल सुरु भएको ‘संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध […]

बंगलादेश र कतारका लागि राजदूत नियुक्त

११ भदौ, काठमाडौं । बंगलादेश र कतारका लागि राजदूत नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दुई राजदूत नियुक्त गरेकी हुन् । डाक्टर वंशीधर मिश्रलाई बंगलादेश र डाक्टर नारदनाथ भारद्वाजलाई कतारका लागि राजदूत नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले मिश्र र भारद्वाजलाई राजदूत नियुक्त गरेकी हुन् ।



from समाचार – Online Khabar https://ift.tt/2Pok6aa
via IFTTT
Powered by Blogger.